केरा एक प्रख्यात फलफूल हो । गरीब देखि धनीसम्मका विभिन्न समुदायका वीच यो फल ज्यादै लोकप्रिय छ । बर्षेभरी खान मिल्ने फलको रुपमा केरा फल देखिएको छ । यो ज्यादै उपयोगी फलफूल हो । यसलाई विभिन्न रुपमा प्रयोग गरिन्छ । काचो फलबाट तरकारी र पाकेको फलबाट जुस आदि वस्तुहरु बनाइन्छ । हाल केराबाट बियर एवं उच्च गुणस्तरको वाइन पनि बनाई प्रयोग गर्न सुरुवात भैसकेको छ । केराको थाम वा पातबाट निस्कने रेशाहरुबाट कपडा, टिस्यू पेपर, कार्ड कप तथा प्लेटहरु बनाउन सकिन्छ । साथै रेसाबाट झोला तथा कार्पेटहरु समेत बनाउन सकिन्छ । केरा काटिसकेपछि पात, थाम, घरीको काण्ड आदिलाइ टुक्रा पारेर, कुहाएर राम्रो कम्पोष्ट मल बनाउन सकिन्छ ।
केरा खेति प्रविधि
परिचय
पाकेको केरा एक स्वादिष्ट र पौष्टिक तत्वयुक्त फलको रुपमा प्रयोग हुने गरेको छ । केरालाई आजकल आलंकारिक रुपमा, धार्मिक रुपले समेत प्रयोग गरिन्छ । केराको फल पोषणको हिसाबबाट ज्यादै उपयोगी मानिन्छ । मानव शरीरलाइ आवश्यक पोषण तत्वहरु विभिन्न रुपमा केराको फलमा पाइन्छ । कार्बोहाइड्रेट, भिटामिन र खनिजतत्वहरु प्रशस्त मात्रामा पाइन्छ । भिटामिनहरुको हिसाबले भिटामिन ए, र केहि मात्रामा बी, सी तथा खनिज तत्वको हिसाबले प्रशस्त मात्रामा म्याग्नेसियम, सोडियम, पोटासियम, फस्फोरस, क्याल्सियम, तथा फलाम तत्वहरु पाइन्छन् । एउटा पाकेको फलमा ७१ प्रतिशत खानयोग्य भाग हुन्छ भने बांकी बोक्रा र डांठले ओगट्छ । खानयोग्य भागमा पानीको मात्रा ७०.१ प्रतिशत हुन्छ ।
प्रति १०० ग्राम खानयोग्य फलमा |
|
प्रोटिन १.२ ग्राम |
कार्बोहाइड्रेट २७.२ ग्राम |
शक्ति ११६ किलो क्यालोरी |
नापसिन ०.५ मि ग्राम |
फलाम ०.३६ मि .ग्राम |
थायामिन ०.०५ मि ग्राम |
क्याल्सियम १७ मि ग्राम |
फस्फोरस ३६ मि ग्राम |
राइवोफ्लोबीन ०.०८ मि ग्राम |
भिटामिन सि ७ मि ग्राम |
चिल्लो पदार्थ ०.३ ग्राम |
खनिज ०. ८ ग्राम फाइबर ०.४ ग्राम |
जातहरु
विलियम हाइव्रिड/हरिछाल
- यो केरा अष्ट्रेलियन जात केभेन्डीस वर्गमा पर्छ ।
- नेपालमा यो जातको केरा सन् १९८०/८३ मा इजरायलवाट आयात गरी वागवानी फर्म त्रिसुलीमा सुरुमा ल्याएर लगाएको हो ।
- फलको उत्पादन २७० कोसा/घरी, ५५ किलो/घरी
- नेपालमा सर्वप्रथम टिस्यू कल्चर विधिबाट गोदावरीको प्रयोगशालामा उत्पादन भएको हो । नर्सरीमा सर्वप्रथम नक्टाझिझ (कृषि विकास योजना) जनकपुरमा उत्पादन गरिएको थियो ।
- वेर्ना लगाउंदा १२—१८ महिनामा फलको उत्पादन दिने गर्दछ ।
- एक वोटमा २००—४०० कोशा फल्ने गर्दछ ।
- फल १०—१२ से.मी. लामो, ५—६ से.मी मोटाई, स्थानीय जात भन्दा ठूलो
- फलको वाहिरी रगं पहेलो, खाने भाग घिउ रगंको, फलको स्वाद र वासना भएको ।
- औषत उचाई २.५ देखी ३ मि. को हुन्छ ।
- यो जातको केराले (Banana wilt) रोग सहन सक्छ । तर थोप्ले रोग वढि लाग्छ
रोवुष्टा
- रोवुष्टा एक होचो जात हो
- यसको वोटको उचाई २.८ देखी ४ मि सम्म अग्लो हुन्छ ।
- फल वसराई ड्वार्पmको जस्तै हुन्छ ।
- राम्रो घरीको तौल ८० देखी ९० के.जी को हन्छ । जसमा ४०० देखि ४५० फलहरु हुन्छन् ।
- पनामा वील्ट रोग नलाग्ने खालको जात, (resistant variety) तर थोप्ले रोग (leaf spot) वाट वढि ग्रसित हुन्छ ।
पुभान (poovan) (chinia champa)
- भारत (मद्रास/वंगाल/आसाम) मा वढि प्रचलित जात
- वोट अग्लो करीव ४ देखि ८ मि. सम्म
- फल सानो (करिव ७ देखि ९ से. मि.) बोक्रा पहेंलो र पातलो, गुदी गुलीयो खदिलो र अम्लीय स्वाद हुने ।
- घरी (दगलअज) समान आकारको, वसार पसार गर्दा नबिग्रने ।
- फल (१८० देखी २२० फल) करीव १५—२० के. जी÷घरीको तौल हुने ।
- पनामा विल्ट र केराको थोप्ले रोग अवरोधक
- वोट केराको घुनवाट बढि प्रभावित हुदैन ।
मालभोग (Malbhog)
- नेपालमा ज्यादै प्रिय जात ।
- बोट अग्लो हुने ।
- सुख्खा सहन सक्ने ।
- मिठो र बढि मूल्यमा विक्री हुने ।
जायन्ट नायन (Grand Naini)
- उचाई ६—६.५ फिट, ७.५ फिट अग्लो सम्म हुन सक्ने ।
- फल तयार हुने अवधि ११—१२ महिना (रोपे देखि) ।
- एक घरीमा १० देखी १४ हाता र २१० देखि २४० वटा फल फल्ने स्वभाव ।
- यो जातको केरा ज्यादै स्वादिलो हुन्छ ।
- वढि उत्पादकत्व दिने जात हो (सरदर ४५ के.जी), घरीको तौल ४० देखि ५० के.जी सम्मको हुन्छ
- कांचो केरा हरियो तर पाके पछि पहेंलो हुन्छ ।
- यो जातको केरालाई ताजा फल वा फलका प्रशोधित परिकारहरु वनाउन प्रयोग गरिन्छ ।
- १ कोसा केराको तौल १९० देखि ३०० ग्राम कोसाको लम्बाई ९देखि १० इन्च सम्मको हुन्छ ।
- यो होचो केभेन्डीस तन्तु प्रजनन् प्रविधिवाट उत्पादन हुने केराको जात हो ।
- यो जातको केराको भन्डारणमा रहने क्षमता ९पभभउष्लन त्रगबष्तिथ० वढि हुन्छ ।
- अन्तराष्ट्रिय हिसाववाट नै ताजा फल वा प्रशोधित वस्तु तयार गर्न मान्यता पाएको जात हो ।
- गुदि र वोक्राको अनुपात वढि हुन्छ, वढि प्रशोधित वस्तु निकाल्नको लागि उपयुक्त मानिन्छ ।
- नेपालमा ब्यवसायिक हिसाबले मालभोग, रोवुष्टा, विलियम हाइब्रिड, जि – ९, जातहरु प्रख्यात छन् ।
अन्य केराका जातहरु र तीनका गुणहरुको सारांश देहायबमोजिम उल्लेख गरिएको छ ।
हरिछाल
छोटो जातको, राम्रो फल्ने, स्वादमा राम्रो, काम गर्न सजिलो, बाह्रै महिना फल दिइराख्ने टेका कम लाग्ने उन्नत जातको केरालाई हरिछाल भनिन्छ । यस जातमा रोग, किरा र ठण्डीले प्रकोपले सताउने गर्दछ । यसको कोसा पनि सानो हुन्छन् । यहाँ फल पाक्दा पनि वोक्राको रङ्ग हरियो हुने भएकोले यसलाई हरिछाल भनिन्छ ।
विलियम हाइव्रिड
यस जातको केराको कोसा ठुलो हुन्छ । रोग तथा किराहरु कम लाग्ने गर्दछ । तर यस जातमा टेका बढि लाग्छ, कोसाहरु कम लाग्छ र मल—जल को व्यवस्था वढि चाहिने हुन्छ ।
रोबस्टा
रोबस्टा जातको केराको स्वाद धेरै गुलीयो हुन्छ र धेरै फल लाग्ने हुन्छ । यो जातको केरालाइ मलखाद र पानीको वढी आवश्यक पर्दछ । घरिको तौल धेरै हुने हुदा केरा ढल्ने सम्भावना वढि हुन्छ ।
अस्ट्रेलियन हाईब्रिड
उन्नत र छोटो जातमा सवभन्दा राम्रो, रोग र कीरा कम लाग्ने, टेका कम लाग्ने र धेरै फल्ने जात मानिन्छ । यस जातमा मलको आवश्यकता धेरै पर्दछ । झट्ट हेर्दा यो जात विलियम हाइव्रिड जस्तै लाग्छ ।
झापाली मालभोग
विलियम हाईब्रिड जस्तै गुण र दोषहरु हुने गर्दछ । यो जात शुखा हावापानी र सिँचाइ सुविधा नभएको ठाउमा पनि लगाउन सकिन्छ ।
मालभोग
मालभोग केरा विभिन्न साइज र स्वादमा उपलब्ध हुन्छ । रोग र कीराको प्रकोप हुने, केहि जातमा पनामा ९एबलबmब० रोग लाग्ने गर्दछ । मालभोग जातको केरा पानी जम्ने ठाउमा फस्टाउन सक्दैन ।
जी ९ (grand naini)
भारतमा हाल प्रचलित उन्नत जात हो र यसको धेरै गुणहरु अस्ट्रेलियन हाईब्रिड जस्तै हुन्छ ।
आवश्यकता
हावापानी
केरा एक मुख्य उष्ण प्रदेशीय फलफूल बाली हो । यसले गर्मी र ओसिलो हावापानी मन पराउंछ । केरा १८ देखि ३०० से तापक्रम भएको तुसारो नपर्ने क्षेत्रमा सफलतापूर्वक खेती गर्न सकिन्छ । केराको बोट तथा फलको बिकाशको लागि २० देखि ३०० से सम्मको तापक्रम उपयुक्त हुन्छ । बढि चिसो र तुसारो पर्ने ठाउंमा बोटको बृद्धि बिकास राम्रो हुंदैन ।
तापक्रम १० डिग्री से भन्दा कम भएमा केराको बृद्धि विकासमा नकरात्मक असर पर्न सक्छ । यस्तो क्षेत्रमा स्थानीय जातहरुले सहन सक्छन् तर उन्नत जातहरुको खेती गर्न सकिदैन । सिचाइ सुविधा उपलब्ध भएमा सुख्खा क्षेत्रमा पनि सफलतापूर्वक खेती गर्न सकिन्छ । उन्नत जातहरु भन्दा स्थानीय जातहरुले चिसो र तुसारो पनि केहि हदमा सहन सक्ने भएकाले पहाडी क्षेत्रमा पनि केरा खेती भएको पाइन्छ । वार्षिक २०० –२५० से. मि वर्षा हुने ठाउंमा वर्षाकै भरमा पनि केरा खेती गर्न सकिन्छ ।
बढी हुरीबतास लाग्ने ठाउँमा केरा खेती उपयुक्त हुंदैन । हावा हुरीको नियन्त्रण तथा अवरोध गर्न वायुनिरोधक वृक्षहरु रोप्नु र बालीको उचित ब्यबस्थापन गरेर केहि बढि घनत्वमा खेती गर्नुपर्दछ । चिसोबाट क्षति, १२ डिग्री से भन्दा कम भएपछि, बोटको चोप जम्छ र लक्षणहरु देखाउंछ । –उचित वृद्धि र विकासमा २३० से सरदर मासिक रुपमा हुनुपर्छ । उपयुक्त वार्षिक वर्षा – २००० देखि २५०० मि. मि चाहिन्छ । वृद्धि १८ डिग्री से बाट सुरु हुन्छ र उचित तापक्रम २७ डिग्री से मा पुग्छ । त्यसपछि घट्दै जान्छ र ३८ डिग्री से मा पुगेर बन्द हुन्छ । यस भन्दा बढी तापक्रम भएमा फलमा डढेको दाग देखिने (Sun scorching) हुन्छ ।
माटो
माटो एक प्राकृतिक परिवर्तित वस्तु हो । यो खनिज पदार्थ प्राङ्गारिक वस्तु, हावा, र पानी मिलेर बन्दछ । प्राङ्गारिक वस्तु बढी भएको बलौटे दोमट माटो केरा खेतीको लागी उपयुक्त हुन्छ तर पनि बलौटे रातो अन्य विभिन्न माटोमा राम्रो ब्यबस्थापन गरी खेती गर्न सकिन्छ । खोलाको किनारमा भएको बलौटे माटोमा समेत असल कृषि अभ्यास (GAP) को उपयोगबाट केरा खेती गर्न सकिन्छ । गहिरो, मलिलो दोमट र पानीको निकास भएको माटो हुनुपर्छ । जमिन भित्र कडा चट्टान वा कडा आवरण भएको माटो केरा खेतीको लागी राम्रो हुदैन । बढी अम्लीय र क्षारीय माटो केरा खेतीको लागी राम्रो हुदैन । केरा खेतीको लागी माटोको पि एच को मात्र ६–८ उपयुक्त हुन्छ । ब्यबसायिक बगैंचा स्थापना गर्नु अघि माटोको नमुना संकलन गरेर परिक्षण गर्नुपर्छ ।
नर्सरी व्यवस्थापन
छोटो समयमा रोग मुक्त विरुवाहरु बढी संख्यामा उत्पादन हुने र नियन्त्रित वातावरणमा निकालिन्छ । कोथा वा सराबाट हुने प्रसारण केरा लगाएको केही महिना पछि मुख्य काण्डबाट पानी र तरबारे सकरहरु विरुवा प्रशस्त मात्रमा आउछ । सकरबाट गरिने प्रजनन्मा तरबारे सकर बढी उपयुक्त हुन्छ किनकि यो ढुवानी गर्न सजिलो र प्रजनन्को सबभन्दा सस्तो तरिका हो ।
केराको वृद्धि राम्रो र उत्पादन छिटो दिने ध्यान दिनुपर्ने पक्षहरु
- सरा लगाउदा –उचाइ ६० से.मी भएको
- गानोको तौल –२ के. जी सम्म हुनुपर्ने
- निरोगी स्वस्थ गाना हुनुपर्ने
सरालाई ४–५ दिनसम्म छहारीमा राख्ने र पछि रोप्ने ५.२ केराको टिस्यूकल्चर प्रविधि कुनै पनि विरुवाको रोग रहित भाग वा एउटा कोषको समूह (तन्तु) प्रयोग गरी टेस्ट्ट्युबमा नियन्त्रित वातावरणमा प्रसारण गर्ने प्रविधिलाई टिस्यूकल्चर प्रविधि भनिन्छ ।
तन्तु प्रजनन् र यसका फाइदाहरु
- छोटो समयमा रोगमुक्त, प्रचुर संख्यामा विरुवा उत्पादन गर्ने तरिका हो ।
- बोट विरुवाको एकरुपता देखिने र बृद्धि र विकास समान तरिकाबाट हुन्छ ।
- घरि एकै चोटी पसाउछ र केरा चाडो छिपिन्छ ।
- विरुवाहरु उच्च घनत्वमा लगाइन्छ र जमीनको राम्रो सदुपयोग हुन्छ ।
- वर्षभरि नै केरा लगाई रहन सम्भव हुन्छ ।
- घरि निस्कने दर बढी हुन्छ ।
- छोटो समयमा नयाँ जातको विस्तार गर्न सकिन्छ ।
विरुवा उत्पादन गर्ने तरिका
- उच्च प्रविधियुक्त वायो टेक्नोलोजी ल्याबमा विरुवा तयार गर्न माउ बोटहरु जातीय गुणस्तर, स्वस्थता र उत्पादन सबै पक्षको जाच गरेर प्रसिद्ध कम्पनी वा फर्महरुमा माउ बोट ब्लकमा ल्याइन्छ र हुर्काएर स्टक राखिन्छ ।
- माग बमोजिम अति सानो वायोसेक्युरीटीको साथमा ल्याबमा प्रविधि र केमिकलको सहायताले विशेषज्ञबाट नियमित जाच गर्ने, उपचार गर्ने, कटिंग गर्ने र अन्त्यमा प्रोसेसरमा राखिन्छ ।
- टिस्यू अति सुक्ष्म हुन्छ, यसलाइ मूल विरुवाबाट थुप्रै विरुवा उत्पादन गर्न सकिन्छ । विरुवा बाट पाचौ वा छैटौ पटक प्रसारण गरिसकेपछि यसलाई उचित वृद्धि र विकासको लागी ल्याबमा अन्तिम सेसनमा बोतल भित्र उचित विकास र वृद्धिका लागी राखिन्छ । नियन्त्रित वातावरणमा उचित तापक्रममा र प्रकाश र खाधतत्वहरुको सहायताबाट बोतलमा विरुवा हुर्केर तयार हुन्छन् ।
- बोतलमा हुर्केका विरुवाहरु जरा विहिन हन्छन् । तालिम प्राप्त नर्सरी धनीहरुले नियन्त्रित नर्सरीमा वा सेन्ड मिडिया/कोकोपिट ट्रेमा उचित रेखदेख र स्याहार सम्भार गरी २०/३० दिन सम्ममा जरा सहित विरुवाहरु तयार हुन्छन् ।
- यसरी निकालिएका सेन्ड मिडिया वा कोकोपिट ट्रेमा तयार भएका विरुवाहरुलाइ बालुवा अथवा कम्पोस्ट मल वा जंगलको माटो ल्याइ राम्ररी उपचार गरेर मात्रै १:२:३ अनुपातमा वालूवा मल र माटोको मिश्रण बनाएर ४*५ साइजको पोलिपटमा राखि जरा सहित विरुवाको जरा मात्रै माटो भित्र पर्ने गरी रोपिन्छ ।
- रोपेको विरुवाहरु नर्सरी वा सेड हाउसमा नियन्त्रित अवस्थामा आवश्यक स्याहार संहार गरी हुर्काइन्छ । सामान्यतया २–३ महिना पछि हुर्केका विरुवाहरु हार्डेनिङ गरेर मात्रै ४ महिना पछि सार्न लायक हुन्छन् ।
टीस्यु कल्चर विरुवा र अन्य विरुवामा पाइने फरकहरु
टीस्यू कल्चर विरुवा |
अन्य विरुवा |
टिस्यू कल्चर प्रविधिबाट निकालिएको विरुवाहरु भाइरसजन्य रोग र ढूसीजन्य रोगबाट मूक्त हुन्छन् । |
भाइरस रोग र ढूसीजन्य रोगहरुबाट प्रभावित भएका वा राम्ररी हूर्काएकोमा स्वस्थ विरुवा पनि हुन सक्छ । |
रोप्ने जमिन मिडिया र रोगी वातावरणको संसर्ग भएमा रोग देखा पर्न सक्छ । |
स्वस्थ माउवोट बाट मात्रै सकर प्रयोग भएमा स्वस्थ हून्छ तर रोगी कौचाबाट रोग लाग्दछ । |
सबै विरुवा एकनासको हुन्छ हुर्कन्छ र फल्छ । फलमा गूणस्तरमा वद्धि र गुणस्तर हुन्छ । |
सबै विरुवा एकनासको हूदैन, सोही अनूसार वृद्धि तर फरक र फल्ने समयमा विविधता हुन्छ । |
विरुवा मर्ने संभावना कम हुन्छ किनकि पोलिपिट मा विरुवा हुर्केको हुन्छ । |
विरुवाको मोर्टालिटि बढी हुन्छ । |
विरुवा बगैंचा फल हेर्दा राम्रो आकर्षक देखिन्छ । |
बगैंचामा विरुवाहरुको एकरुपता र आकर्षणपना कम हुन्छ । |
टीस्यूकल्चर प्रविधिमा २५ प्रतिशत भन्दा बढी उत्पादन लिन सकिन्छ । |
अन्य विरुवाबाट उत्पादन कम हुन्छ । |
टीस्यु कल्चर विरुवाबाट उच्च घनत्वमा बाली उत्पादन
परम्परागत तरिकाबाट केरा खेती गर्दा केराको बोट देखि बोटको दुरी ६ फिट र लाइन देखि लाइनको दुरी ७ फिट कायम गर्ने चलन छ । यस हिसाबले सामान्यतया प्रति हेक्टर २४०० देखि २५०० विरुवा लाग्छ । तर उच्च घनत्वमा टिस्यू कल्चरको विरुवा बोटका दूरि ४ फिट र लाइन देखि लाइनको दूरी ५ फिटमा रोप्दा प्रति हेक्टर ३६०० देखि ३७०० विरुवा चाहिन्छ । एक हेक्टरमा १२०० जति बढी विरुवा सारिन्छ । यसबाट कृषकहरुले केरा खेतिबाट धेरै फाइदा प्राप्त गर्न सक्दछन् ।
जग्गा तयारी
जग्गा छनोट गर्दा उपयुक्तता, सिंचाइको उपलब्धता, बाटोघाटो तथा बजार, लगाउने जातको उपयुक्तता, हावाहुरीको प्रकोपको अवस्था विचार गर्न जरुरी छ । छनौट गरिएका जग्गालाइ २ देखि ३ पटक सम्म गहिरो गरी जोतेर झारपात हटाउनु पर्दछ । सिंचाइ तथा निकासको उचित प्रबन्ध जग्गा तयारी गर्दा गर्नु पर्दछ |
रोप्नु भन्दा १ महिना अगाडी आयाताकार/वर्गाकार/त्रिभुजाकार आदि विधिवाट रेखाङ्कन गरी निश्चित दुरीमा ५० घन से.मी को खाडलको तयारी गर्नु पर्छ ।
जात, माटोको उर्वराशक्ति, खेति प्रणाली, खाडलमा रोप्ने विरुवा संख्या, रेखाङ्कन विधि अनुसार दुरी कायम गरीन्छ । एक पटक मात्र वालि लिने भने उच्च घनत्वमा केरा खेती तर २—३ वर्ष सम्म उत्पादन लिने हो भने कम घनत्वमा केराको खेति गर्न आवश्यक छ ।
जात |
लाइन-लाइनको दुरी |
वोट-वोटको दुरी |
अग्ला जात |
३.० —४.० मी |
१.५ — २.० मी. |
होचो जात |
१.५ — २.० मी. |
१.५ — २.० मी. |
हावापानी र सिँचाइको उपलव्धता वमोजिम केरा रोपिन्छ । दसै तिहारलाई लक्षित गरी केरा उत्पादन गर्न माघको तेस्रो हप्ता वाट फागुनको दोस्रो हप्ता सम्म तराई क्षेत्रमा केरा रोप्नु पर्दछ । सामान्यतया ४–५ महिने पुरानो तरवारे सकर रोप्दा ६–२० महिनामा पसाउने गर्छ । केराको पसाउने अवधि जात, वाली व्यवस्थापन र हावापानीमा भर पर्छ ।
- तराईमा केरा लगाउने उपयुक्त समय — माघ, फागुन
- पहाडमा — चैत्र, वैशाख तर सिंचाईको असुविधाले गर्दा जेठ असारमा केराको रोपण बढि मात्रामा हुन्छ ।
- सकर छुट्याउंदा वरपर खाडल खनेर गानो समेत वाहिर निकाल्ने र पलाएको साना साना जरा काटी छोट्याउनुपर्छ । गानो ठूलो भएमा ३० से. मी. माथी काटेर हटाउने ।
- सानो सकरहरु भएमा काण्ड काटी हटाउने खाडल खनेपछी राम्ररी पाकेको गोवरमल १ डोको, १ के.जी. पिना, र ५ के.जी. खरानीले खाडल पुर्ने र वोट सारेपछि सिचाइ गर्नुपर्छ ।
- माटोको चिस्यान कायम गर्न छापो दिनु पर्छ ।
बाली व्यवस्थापन तथा हेरचाह
मलखाद
केराको उत्पादनमा मलखादको महत्वपूर्ण भूमिका हुन्छ । उच्च घनत्व प्रविधिबाट खेति गर्दा प्रति वर्ष प्रति विरुवा २० केजी गोबरमल, २०० ग्राम नाइट्रोजन, ६५ ग्राम फस्फोरस, ३०० ग्राम पोटास अर्थात ४१२ ग्राम युरिया, १४१ ग्राम डी. ए. पी. र ५०० ग्राम म्युरेट अफ् पोटास चाहिन्छ । केरा सम्बन्धि अध्ययनले एक मेट्रिक टन केरा उत्पादनको लागि ८ केजी नाइट्रोजन, १५ के.जी फोस्फोरस र १८ केजी पोटासको जरुरत पर्दछ ।उत्पादनमा मलखादको महत्वपूर्ण भूमिका रहन्छ । मुख्य तत्वहरु नाइट्रोजन, फसफारेस र पाटोस तत्व वढी मात्रामा चाहिन्छ भने सुक्ष्म तत्वहरु क्याल्सीयम, म्याग्नसेीयम, जिकं, वारोने, तामा आदी तत्वहरुको पनि जरुरत पर्छ । जनु तत्व माटावोट मलखादको रुपमा दिइन्छ । विरुवा रोप्ने बेलामा प्रति खाडल १० देखि १५ के.जी. कुहिएका कम्पोस्ट मल २०० ग्राम नाइट्रोजन, ४३५ ग्राम युरिया, १५० ग्राम फस्फारेस, २५० ग्राम पाटोस, (४१७ ग्राम म्यरुटे अफ पाटोस) दिनु पर्छ । विरुवा रोप्नु भन्दा अगाडी खाद्य तत्वको विश्लेषण गर्नु आवश्यक छ । माटोको उवर्राशक्ति हरेी वाषिर्क रुपमा एक पटक करो रापेी सकपेछी ५ के.जी. कम्पोष्ट मल, २०० ग्राम नाइट्रोजन, १५० ग्राम फस्फारेस र २५० ग्राम पाटोस दिनपुर्छ । मलखाद प्रयोग गर्दा नाइट्रोजन ३ पटक – पहिलो पटक २ महिनामा, दोस्रो पटक रोपेको ४ महिनामा र तेस्रो पटक ६ महिनामा दिनपुर्छ । फस्फारेस र पाटोस सुरु र केरा पसाउने बेलामा प्रयोग गरी सिचाई दिनुपर्छ ।
थोपा सिंचाइ प्रविधि जडानबाट हुने देखिएका फाइदाहरु
- केराको विरुवाले नियमित रुपमा पानी र खाद्य तत्व प्राप्त गर्ने भएकाले बृद्धि विकास राम्रो भएको पाइएको छ ।
- सिंचाइ पर्ने पानीको ८० प्रतिशत सम्म बचत हुन्छ । त्यसैले पानी कम भएका ठाउं वा सुक्खा क्षेत्रको लागि पनि उपयुक्त हुन्छ ।
- सिंचाइ गर्न प्रयोग हुने ज्यामिको ८० प्रतिशत जति बचत हुन्छ ।
- रासायनिक मल हाल्न प्रयोग हुने ज्यामिको बचत हुन्छ ।
- केरामा विषादि प्रयोग हुने ज्यामिको बचत हुन्छ ।
- पाइपबाट नियमित रुपमा पानी र मल उपलब्ध हुने भएकाले केराको बोटको बिकास निकै राम्रो भएको पाइयो
- रोग किरा हरुको प्रकोप कम गर्न प्रयोग भएको खाद्य तत्वहरुको समुचित सदुपयोग नभए नियमित रुपले झारपात हटाई वगैचा सफा राख्नु पर्छ ।
- २ लाइनको विचमा मिनिटिलरवाट खनजोत वा हेगा लगाइ वा झारपात नाशक विषादी प्रयोग गर्न सकिन्छ केराका पुराना पहेंला रोगी तथा किराले खाएका, सुकेका पातहरु नियमित रुपमा वेला वेलामा हटाउने कार्य गनुपर्छ ।
- वोटमा आएका अनावश्यक कोथारसकर अटाउनु पर्छ । एक पटकमा एउटा मात्रै केरा पसाउने गरी राख्ने गर्नुपर्छ ।
- माउ हुर्किसकेपछि ६ महिनामा एउटा मात्रै कोथा राख्ने र घरी पसाएपछि अर्को कोथा राख्न सकिन्छ।
- सामान्यत २/२ महिनामा कोथा काटेर हटाउने वा काटेको ठाउँवाट आएका मुना समेत हटाउने गर्नुपर्छ ।
- माउ वाट उत्पादन लिएपछि माउ वोटलाई फेदवाट काटी हटाउनु जरुरी छ ।
- कोथा काट्दा विरुवाको लाईन नवीग्रने गरी काट्नु पर्छ ।
वढि पानी पर्ने तथा हावा हुरी चल्ने क्षेत्रका केरा वगैचाको बोटबिरुवाको वरि परी माटोको उकेरा दिनुपर्छ । समान्यत युरिया मलको टपड्रेस गरिसकेपछि उकेरा दिनु राम्रो हुन्छ ।
वोटमा हुरी वतासवाट हुने क्षेतिबाट जोगाउन, केरा पसाएपछि वाँसको वा रुखको हागाको कापे वनाएर टेका दिनुपर्छ । हावाहुरीवाट वचाउन हावा चल्ने दिशा तर्फ पश्चिम दिशामा वकाइनो, इपिइपिल आदि छिटै वढ्ने विरुवा लगाएर छेकवारको रुपमा प्रयोग गर्न सकिन्छ ।
- केराको काइयो बनिसके पछि वुङ्गो काटेर हटाउनु पर्छ । यसले गर्दा फलको वृद्धि विकास हुने गर्छ ।
- घरीमा कोसा लाग्न छोडेपछि हसियाले २/३ इन्च तल छोडेर काट्नु पर्छ ।
- यो कार्यवाट घरीको तौल २—५ प्रतिशत सम्म वृद्धि हुन सहयोग पुग्छ ।
- केराको उत्पादन वृद्धिको लागि एक पटक केरा लगाएपछि ३—४ वर्ष सम्म मात्र कायम गर्ने ।
घरीलाई निलो/कालो प्लाष्टीकले छोप्न सकिन्छ । घरीको तल्लो भाग खुल्ला राखिन्छ । घरी छोप्दा चिसोवाट, घामवाट, धुलोवाट, छर्दा आएका विषादीको अवशेष, किरा चरा र असिनावाट वचाउंछ र फलको गुण स्तर वढ्छ । घरी छोप्दा घरी भित्रको तापक्रम वढ्छ र फल छिटो पकाउन सहयोग पुग्छ । फल ५ देखी ७ दिन अघि तयार हुन्छ ।
रोग व्यवस्थापन
- यो रोग ढुसीवाट हुने रोग हो ।
- खास गरी वढि सापेंक्षिक आद्र्रता र तापक्रम भएको ठाउँ र समयमा यसको प्रकोप वढि हुन्छ ।
- यो रोग लागेको फलहरु पहेंलिन्छन् र फलका बोक्राहरुमा साना थोप्लाहरु देखा पर्छन् । थोप्लाहरु वढ्न गइ त्रिकोण आकारका ठूला धसेका काला दाग वन्दछन् ।
- धेरै आक्रमण भएमा फल कालो भइ चाउरिन वा सड्न पनि सक्छ ।
व्यवस्थापन
- केराको फल विरुवालाई चोट पटक लाग्नबाट वचाउने ।
- भण्डारमा यो रोग लाग्न केरा काटेपछि फललाई २०० ग्राम वेनोमिल १०० लि. पानीमा मिसाई कोसामा छर्ने ।
- ढुसीवाट लाग्ने रोग ।
- यो रोगले पात तथा कोसाहरुमा आक्रमण गर्छ ।
- रोगी फलहरु समय अघि नै पाक्छन् ।
- पातमा यो रोग टुप्पोवाट सुरु भइ सम्र्पूण भागमा आक्रमण गर्छ ।
- सुरुमा तेस्रो वा चौथो पातमा १–२ मि.लि. लामा पहेंला वा खैरा धर्साहरु नसाको समानान्तर भएर गएको देखिन्छ ।
- कलिला पातहरुको तल्लो सतहमा २ मि.लि. सम्म लम्वाई भएका राता वा कालो रगंका धर्सा देखा पर्छन् पछि बिस्तारै आकार वढ्दै जान्छ र विचमा खैरो हल्का एवं किनाराहरुमा खैरो वा कालो डढेको रगं देखिन्छ ।
व्यवस्थापन
- समय–समयमा वगैचा सरसफाई गर्ने ।
- डाइथेन एम –४५ वा डाइथेन जेड – ७८, १ के.जी. प्रति १०० ली पानीमा मिसाएर १०–१५ दिनको अन्तरमा २–३ पटक स्प्रे गर्ने ।
- नयाँ फलमा र वोटमा वोर्डेक्स मिक्चर १० दिनको अन्तरमा फल नपाकुन्जेल छर्ने ।
व्याक्टेरियाबाट केरा वा आलुमा आक्रमण हुने रोग हो । यो रोग Pseudomonus solanacearum नामक व्यक्टेरीयाको आक्रमण वाट हुन्छ । यो रोग सम्र्पूण केरा उत्पादित क्षेत्रमा फैलिएको पाइन्छ ।
यसले घाउ चोट पटक लागेको ठाउँमा प्रवेश गरेर कलिलो भागमा आक्रमण गर्छ । रोगको आक्रमण पछि रोगी पातहरु पहेंलिन थाल्छन् । पछि गएर विरुवा नै मर्ने गर्छ र फलमा आक्रमण भएमा फल परिपक्क हुनु अगावै पहेंलिन्छन् र अन्त्यमा कालो भएर सडेर जान्छ ।
व्यवस्थापन
- वगैचाको झारपात नष्ट गर्ने र बोट वरीपरी राम्रो सरसफाइ गर्ने ।
- फल लाग्नासाथ वुङ्गो हटाउने ।
- एकै ठाउँमा लगातार केरा नलगाउने वा ३–वर्ष पछि वाझो छोड्ने ।
व्याक्टेरीयाको आक्रमणवाट हुने रोग । सामान्यत केरा रोपेको ८–२० हप्तामा देखा पर्छ । सुरुमा केराको गानोमा कालो धव्वाहरु देखा पर्छन् र पछि गएर पहेंलो रंगमा परिवर्तन हुन थाल्छ । अन्त्यमा रोगी क्षेत्रका वोटहरु सडेर जान्छन् । गानो सडेपछि जराहरु पनि सड्न थाल्छन् । विरुवा रोप्ना साथ आक्रमण गरेमा नयाँ कोथाहरु आउँदैनन् र कोथाको वृद्धि भएपछिको आक्रमणमा विरुवा पहेंलिन्छ र वृद्धि रोकिन्छ । फल पाकेपछि आक्रमण भएमा रोगी फलहरु पाक्नु वा छिप्पिनु अगाडी नै झरेर जान्छन् । व्यवस्थापन
व्याक्टेरीयाको ओइलाउने रोगको व्यवस्थापन जस्तै ।
यो भाइरसवाट हुने अत्यन्त खतरनाक रोग हो ।
- सुरुमा ई.सं.१८९१ मा फिजीमा यो रोग पत्ता लागेको थियो ।
- रोगी वोटका पातहरु गुजुमुज्ज हुने र वोट नवढ्ने हुन्छ ।
- यो रोगले होचा तथा पुड्का जातका केरालाई वढी आक्रमण गर्छ ।
- यो भाइरस, केरामा लाग्ने लाही कीराले सार्दछ ।
- कीराले आक्रमण गरेको ३५–४५ दिन पछि मात्र विरुवामा रोगको लक्षण देखा पर्छ ।
- यो रोग लाग्दा पातमा १ मि. मि. चौडाइ भएका टुक्रा–टुक्रा गरी गएका नसा उपनसा भएका गाढा हरिया रगंका धर्सा हुन्छन् ।
- यस्तै लक्षण मुख्य नसा र पातको भेट्नोमा पनि देखिन्छन् ।
- रोगी पातहरु साना पंहेला र किराहरु माथि तिर बटारीएका हुन्छन् । पातहरु गुजुमुज्ज परेको, पहेंला भई विरुवा झुप्प परेको देखिन्छ ।
- रोगी विरुवाहरु २–३ फिट भन्दा अग्ला हुदैनन् र फल लाग्दैन ।
व्यवस्थापन
- रोगी वोट उखेलेर जलाइदिने ।
- रोगी वोट सगं सगैं अन्य वोट विरुवाहरु उखेलेर जलाइदिने ।
- भाइरसवाट सक्रंमित विरुवाहरु कहिल्यै प्रयोग गर्नु हुदैन ।
- केरा खेती ३ वर्ष सम्म मात्रै गर्ने ।
- केराको लाही किरा नियन्त्रण गर्ने ।
- विरुवामा आन्तरिक रुपमा फैलन नदिन एग्रसेन GN सुरुद्धारा विरुवामा दिने ।
रोगी वोटवाट निस्केको गुभो पहेंलो भई पछि कालो भएर जान्छ र अन्यमा बृद्धि नै रोकिएर विरुवा मर्दछ । यो रोग ढुसीले गुभोमा आक्रमण गर्दा गुभो कुहिन जान्छ र कुहिएको भाग एकदमै गन्हाउने हुन्छ । यो रोग लागेमा साना ठूला सबै विरुवामा आक्रमण गर्दछ ।
व्यवस्थापन
- रोगवाट वचाउन सदैव वगैचा सफा राख्ने ।
- जमिनमा पानी जम्न नदिने, राम्रो निकासको व्यवस्था मिलाउने ।
- बगैचामा हावा खेल्न सक्ने बनाउन बढि बाक्लो भएका विरुवा हटाउनु पर्छ ।
- क्यप्टन, डाइथेन एम–४५ छरेर यो रोग अनेत्र फैलन वाट वचाउन सकिन्छ ।
- यो रोग cercospora musae zimm (Mycorphaerella musicola leach) नामक ढुसीवाट लाग्दछ ।
- यो रोग सुरुमा अमेरीकामा सन् १९१३ मा सिगां टोका उपत्यकामा देखिएकोले यसको नाम सिगांटोका रोग पनि भनिएको हो । त्यसबेला सबै केरा वगैचाहरु यो रोगवाट नष्ट भएको थियो ।
- पातको नसाको समानान्तरमा हल्का खैरोदेखि पहेंलो धर्सा देखिन्छ र विस्तारै काला धव्वाहरु देखिन्छ पछि पातहरु सुकेर जान्छ र उत्पादन घट्छ ।
- यो ढुसीले सामान्यतया पातको छिद्रवाट छिरी पातको तल्लो भागमा आक्रमण गर्छ ।
- सापेंक्षिक आद्रताको मात्रा वढी र धेरै नजिक विरुवा लगाउनाले र झारपातको प्रकोप वढी भएको अवस्थामा वढी फैलन्छ ।
- रोग लाग्दा पातको तल्लो सतहमा पहेंला रगंका धव्वाहरु देखिने र खाना वनाउने प्रकृयामा शिथिलता आई कोसा साना हुने र थोरै फल्ने गर्छ ।
- केरा वगैचामा वढी तापक्रम (२४– ३०डि.सें) र सापेंक्षिक आद्रता ९८ प्रतिशत भन्दा वढी भएमा यो रोग लाग्ने र फैलने संभावना वढी हुन्छ ।
- माथी वाट गन्दै जादां तेस्रो पातामा रोग देखिएको पाइन्छ ।
व्यवस्थापन
- वोट वरिपरी वगैचामा पानी जम्न नदिने, निकासाको राम्रो प्रवन्ध मिलाउने ।
- केरा वगैचालाई सधैं झार मुक्त राख्ने र केराको कोथा २–३ वटा मात्रै कायम गरी अन्य हटाउने ।
- विरुवा एकदमै नजिक लगाउदा रोग प्रकोप वढ्ने भएकोले सकेसम्म दुइ विरुवा वीचमा केहि खुल्ला राख्ने । ढुसी नाशक विषादीको प्रयोगले रोगको न्यूनीकरण गर्ने ।
- क्षे.कृ.अ. केन्द्र तरहरामा गरिएको परिक्षण अनुसार पिनाकल (propiconazole 25\Ec) ले स्प्रे गर्दा प्रभावकारी रुपमा नियन्त्रण भएको पाइएको छ । पिनाकल ०.५–१.० मि.लि. प्रति लि. पानीमा मिसाएर छर्कने ।
- यो आवस्यकता अनुसार २–३ हप्ताको फरकमा छर्न सकिन्छ । विषादी एउटै मात्र प्रयोग नगरी मेन्कोजेव वा (Chloro thaionil) युक्त ढुसीनाशक विषादी प्रयोग गर्न उपयुक्त हुन्छ ।
- रोगी वोट काटेर नष्ट गर्ने तथा वढी भएमा वोटै नष्ट गर्ने । नियमित र उचित मात्रामा सन्तुलित मलखादको प्रकोप गर्ने ।
- ढुसीवाट हुने अत्यन्त खतरनाक रोग ।
- संसारमा सबै जसो केरा लगाइने क्षेत्रमा यसको प्रकोप देखिएको पाइन्छ ।
- सन् १९०० मा पानामा भन्ने क्षेत्रमा पत्ता लागेको हुनाले यो रोगलाई पानामा रोग पनि भनिन्छ
- यो रोगको ढुसी माटोमा रहिरहन्छ र जरा भित्र प्रसारण हुन्छ ।
- पानीको राम्रो निकास नभएको र माटोमा तापक्रम बढी भएमा यो रोग देखा पर्छ ।
- रोगको ढुसी पानीको माध्यमबाट सञ्चार तन्तु हुदै केराको गाना र पोथ्रामा आक्रमण गर्छ ।
- रोगी गाना काटेर हेर्दा सञ्चार तन्तुमा ढुसीका खैरा थुप्राहरु पाइन्छन् ।
- रोगी पात फेद बिचवाट फुटी तल तिर झुण्डिन्छन् र पात ओइलाउँछ र विरुवा विस्तारै मर्दै जान्छ ।
- नयां पोथ्राहरु लामो समय सम्म जीवित रहने र रोगी गानावाट नराम्रो गन्ध आउँछ र काटेर हेर्दा रातो खैरो र पहेलो रगं देखिन्छ ।
रोगको व्यवस्थापन
- केराको रोगी ओइलाएको बोट देख्नासाथ उखेलेर जलाउने वा नष्ट गर्ने ।
- यथासभंव केरालाइ एकै जमिनमा ३ वर्ष भन्दा वढि समय लगातार नलगाउने ।
- रोगी वोटको गाना प्रयोग नगने ।
- रोगी विरुवामा कार्वान्डाजीम समुहको कुनै एक रोगनाशक विषादी जस्तै बेविष्टीन १–२ ग्रा. प्रति लि. पानीमा मिसाई छर्ने ।
- रोग अवरोधक जातको प्रयोगवाट रोगवाट वचाउन सकिने । जस्तै वसराईड्रवार्फ, पुभन, चिनिचम्पा ।
- वगैचामा जरामा चोट पटक लाग्ने गरी खनजोत गर्नुहुदैन ।
- निमाटोड केरामा लाग्नु हुदैन ।
किरा व्यवस्थापन
केराको मुख्य विनाशकारी शत्रु किरा हो । यसको माउ र वच्चा दुवैवाट वढी हानी नोक्सानी पुग्छ । यो केराको घुन भनेर वढी चिनिन्छ । माउ किराको शरिर पहेंलो टाउको रातो खैरो हुन्छ भने लार्भाको शरिर सेतो टाउको रातो खैरो र खुटट विहिन हुन्छ । किरावाट आक्रमण भएको थाम चिरेर हेर्दा भित्र भित्रै छेडेर वनाएको सुरुङ देखिन्छ र सुरुङको मुखवाट र्याल जस्तो च्याप च्याप लाग्ने पदार्थ निस्किरहेको देखिन्छ । सडेगलेका वस्तु खाएर माउ किरा वाच्ँछ र खुकुलो भएका पात वा वोक्रा वाट भित्र पसेर अन्डा पार्दछ । गवारो लागेको बोट कमजोर हुन्छ हावाहुरीवाट ढल्छ पछि वोट मर्दछ वाचेका वोट फले पनि भाचिने गर्छन्।
व्यवस्थापन
- किरा मुक्त सकरको मात्रै प्रयोग गर्ने ।
- वगैचा वोटको राम्रो सरसफाई, सुकेका लत्रेका पातहरुको राम्रो काँटछाँट गर्ने ।
- किरा लागेको पुरानो थामलाई टुक्रा टुक्रा पारेर सुकाउने वा कुहाउने ।
- केराको सकरलाई किटनाशक विषादि (क्लोपाइरिफस) २ मि.ली. प्रति लिटर पानीमा मिसाइ घोलमा डुवाई उपचार गर्ने ।
- किरा लागेको वोटमा १०—१२ ग्राम प्रति वोट फ्यूराडानवोटको कापमा वा गुवोमा प्रयोग गर्नुपर्छ ।
- हुर्किसकेको वोटमा गवारोको प्वालहरु देखिएमा १ वोटमा १ चक्कीसेल्फस फेदमा प्वालमा राखी वन्द गनुपर्छ । यो विष खतरनाक हुन्छ यसलाई सावधानी पूर्वक प्रयोग गर्नु जरुरी छ ।
किराको माउ तथा वच्चा दुवै वाट नोक्सान पुग्छ । किराको थामको गवारो संग मिल्दो जुल्दो तर माउ किराको रगं चम्किलो कालो हुन्छ । किरावाट हुने हानी नोक्सानी प्रवृत्ती थामको गवारो सगं मिल्दो जुल्दो हुन्छ । तर यसको असर गानोवाट सरेर माथी खादै जान्छ । पछि डांठ खाइदिन्छ र कालो दाद देखिन्छ । माउ किराले केराले गानोमा अण्डा पार्दछ । यसको आक्रमणवाट साना वोट विरुवाहरु वढ्न सक्दैनन् हुकिएका वोटका पातहरु पहेलिन्छन् र सुक्छन् ।
व्यवस्थापन
केराको थामको गवारोको जस्तै गर्न सकिन्छ ।
यो किराले विरुवा वाट रस चुसेर खान्छ र भाइरस वोकि वन्चिटप नामक रोग सार्छ । लाही किरालाई विरुवाको जुम्रा पनि भनिन्छ । लाही जुम्रा भन्दा केही ठूला र विभिन्न रगंका हुन्छन् । लाही किराको शरिर सजिलै किचिने खालको हजारौ संख्या झुण्डको रुपमा पात गुवो र पत्र, डाठं एवं फलको भेट्नो वरीपरी वसेर रस चुस्ने गर्छन् । लाहीले गुलियो विस्टा (मधुरस) निकाल्दछ यसमा कालो ढुसी लाग्छ । रोगी/भाइरस रोग लागेको ठाउँवाट लाही किरा उडेर आएमा वन्ची टप ( भाइरस रोग ) सार्दछ । किरावाट ग्रसित भएको वोटको पातहरु पहेंलिनछन् र वोटको वृद्धि रोकिन्छ । यो किरा तापक्रम कम भएको समयमा वढि देखा पर्छ र तापक्रम वढदै गएपछि वोट हरियो हुदै जान्छ ।
व्यवस्थापन
- केरा खेती सफा एवं स्वच्छ राख्ने,।
- लाहीको शत्रुहरु स्त्री स्वभावको खपटे किरा, सुनकिटिका माउ र वच्चा, कान्छी औलेको वच्चा वेहुली किराका वच्चाले लाहीको सिकार गर्छन् ।
- मित्रजीवको सुरक्षा स्वरुप किरा आर्कषण गर्ने फापर वाली नजिकै लगाउनुपर्छ ।
- घरेलु किटनाशक विषादी गहुत र अन्त्यमा दैहिक विषादीको प्रयोग गर्ने ।
अति सानो शरिर नरम हल्का पहेलो हुन्छ । किराले कलिलो केराको फललाई क्षति गर्छ । केराको वोक्राको रँग परिवर्तन हुन्छ । सानो खस्रो हुन्छ । केराको गुणस्तर विग्रन्छ ।
व्यस्थापन
- वगैचाको सरसफाई, घरीको हातालाई ढाकेको पत्र हटाइदिने ।
- सुर्तिको झोल घरी पसाउन थालेपछि डेसिस वा रिवकार्ड १ मि. लि. प्रति लि. पानीमा मिसाई स्प्रे गर्ने ।
माउ खपटे किरा, सानो खैरो कालो रगंको हुन्छ यसले कलिला पात गुवो र कलिला फलको वोक्रामा कोत्रेर खान्छ । यो किराहरु प्राय गुवो तथा केराको हाता माथि ढाकिने पत्र मुनि लुकेर वस्छ । दिनमा देखिदैनन् तर रातमा आक्रमण गरी फल कोत्रेर खाइ कालो दाग वनाउंछ र वजारमा यसको गुणस्तर घट्छ । स्वाद तथा सुगन्धमा खासै असर पर्दैन । यो किराले बोटको फेद नजिकै फुल पार्छ ,लार्भाहरु केरा र अन्य झारपातका जराहरु आएर हुर्कन्छन् । पछि माटोमा नै अचल (प्यूपा ) अवस्थामा परिणत भई माउ किरा वन्दछन् र जमिन माथि आई विरुवालाई आक्रमण गर्छन् ।
व्यवस्थापन
वगैचाको नियमित सरसफाई, केराको घरीलाई ढाकेको पत्र हटाउने र सम्र्पक विष क्वोरोपाइरिफस १.५ मि.लि.प्रति .लि. पानीमा मिसाई स्प्रे गर्ने ।
रिर अण्डा आकार भएको र वाहिरी पत्र पिठो वा कपास जस्तो आवरण वाट ढाकिएको किरा मिलिवग हो । फुलवाट भर्खरै निस्केका लार्भाहरुलाई हावाले उडाएर लगी फैलाउंछ । कहिलेकाँही कमिलाले पनि ओसारपसार गर्छ । मुख्य तया कोथाहरुको ओसार पसार गर्दा नै किराहरु फैलने गर्छ । यो किरा माउ र वच्चा दुवैले लामो सुडले चुसेर वोटका विभिन्न भागहरुवाट रस लिने गर्छन् । यसले पनि लाहीले जस्तै मधुरस (झोलविष्ठा) फाल्छ र कालो ढुसी फैलाउंछ ।
व्यवस्थापन
लाहि किरा जस्तै ।
किरा पातमा लपक्क टांसिएर वस्छ र यसलाई निकाल्दा माछाको कत्ला जस्तै गरी निस्कने भएकोले कत्लेकिरा भनिएको हो । किराको वाहिरी आवरणवाट शरीरको रक्षा गर्छ । माउ किराले कत्ला भित्रै फुल पार्छ जसवाट स–साना वच्चाहरु निस्कन्छन् । कलिलो पात डाँठ फलमा टांसिएर सुडवाट चुसेर खान्छ ।
एक पटक टांसिएर खान थालेपछि खुटट गुमाउने भएकोले वाकिं समय एकै ठाउँमा विताउने गर्छ ।
व्यवस्थापन
कत्ला भित्रकिरा लुकेर वस्ने भएकोले विषादीवाट किरा व्यवस्थापन गर्न गाह्रो हुन्छ । परजीवि किरा वारुला तथा शिकारी किरा खेत वारीमा संरक्षण गर्न सहयोग पुग्छ । खनिज तेल जस्तै सर्वो आयल ५ देखि १५ एम.एल. प्रति लि. पानीमा मिसाएर स्प्रे गर्ने ।
यो खैरो रंगको पखेटाको वीच भागमा चम्किलो टाटो भएको पुतली वयस्क पुतलीले पातमा सेता रगंका कोदोका गेडा जस्ता फुलहरु पार्छन् । लार्भाको शरीर पीठोमा लट्पटिएको जस्तो सेतो देखिन्छ । लार्भाले कैचिले काटे जस्तै गरी पात काटेर वटार्दछन् र आफु वेरिएको ठाउँमा वसि खान्छन् । यो किरा वढि भएको ठाउँमा केराको पात पहेंलो देखिन्छ ।
व्यवस्थापन
- बेरिएको पात सकंलन गरी कीराहरु नष्ट गर्ने ।
- परजीवि किराहरुको सरंक्षणवाट आक्रमण घटाउने ।
केरा खेतीमा अत्याधिक रासायनिक मल, खतरनाक विषादीको प्रयोग वारे कम ज्ञान, लगातार विषादीको मात्रै प्रयोग र वगैचा व्यवस्थापन पक्ष कमजोर भएकाले किराहरुको प्रकोप वढदै गैरहेको छ । कुनै एक विधिवाट मात्रै कीराहरुको नियन्त्रण संभव छैन तर समुचित किरा व्यवस्थापनका सवै तरिकाहरु प्रयोग गर्दा ज्यादै फाइदा पुग्छ ।
- केरा उत्पादन गर्दा फेदवाटै केराको थाम हटाउने ।
- केराका सुप्लाहरु (झुण्डीएका) वोटको राम्रो सरसफाई र झारपातहर गोडमेल गर्ने ।
- केराको थाममा स–साना प्वालहरु देखिएमा मटितेलमा कपास चोपि झिरले प्वालमा राख्ने र टाल्ने।
- लगातार २–३ वर्ष पछि वाली नलिने र १ वर्षे जमिन खाली वा अन्य वाली प्रयोग गर्ने ।
- उपयुक्त रुपमा खाद्य तत्वहरुका व्यवस्थापन हुने गरी मलखादको प्रयोग गरी स्वस्थ विरुवा उत्पादन गर्ने।
- रोग किरा नलाग्ने वा कम लाग्ने जातहरुको उन्नत प्रविधि अनुशरण गरी खेती गर्ने ।
विकृति व्यवस्थापन
यो समस्या तापक्रम लगातार १४ डि. से. भन्दा कम भएमा देखा पर्छ । फल काट्नु अघि वा पछि फलको वोक्रा कालो भइ राम्रो संग नपाक्ने हुन्छ । फलको स्वाद मिठो हुदैन ।
- पुरानो पातको टुप्पो पहेंलो हुने र पात भित्र पट्टि वागिंएर मर्ने (chlorosis) हुन्छ ।
- आँख्ला छोटो भई वोट होचो हुने ।
- केराको काईयो छोटो, पातलो र फलको आकार विग्रेको हुने ।
केराको वृद्धि विकासमा तापक्रम कम भएमा केरा सामान्य तरिका वाट पसाउन सक्दैन र केराको घरीको वीच भाग फुटेर निस्कन्छ । यस्तो अवस्थामा कहिले कांहि १–२ काइयो थाम भित्र रहन्छ । बाँकी घरी वाहिर निस्कन्छ । वाहिर निस्केको कोसाहरु राम्रो आकृतिको देखिदैन । यस्तो समस्या देखिएको वोटको पात स–साना र गुजुमुज्ज परेको देखिन्छ । यस्तो घरीलाई छिप्पिन लामो समय (५–६ महिना) लाग्छ र घरी ३.५–४ महिनामा छिप्पी सक्छ ।
कारणहरु
- मलजल नपुगेमा र वढि चिसोले गर्दा हुन्छ ।
- कतै–कतै वढी पानी जम्मा हुने र जोडले चिसो हावा चल्ने स्थानमा यसको प्रकोप वढी हुन्छ ।
- वढी चिसोको कारणले पातहरु पलाउने केराको थामको टुप्पो अलिक कडा हुन जान्छ । फल स्वरुप घरी पसाउन सक्दैन र वीच वाटै थाम फुटेर निस्कछ ।
व्यवस्थापन
- वढी चिसो सहने अग्ला खालका जातहरुको प्रयोग गर्ने ।
- केरा लगाउने ठाँउ तुषारो पर्ने र चिसो कडा हावा चल्ने हुनुहुदैन ।
- केरा चिसो समय (हिउँद) मा नपसाउने गरी लगाउने समय मिलाउनु पर्छ ।
- पानी जम्ने समस्या भएमा निकासको व्यवस्था एवम् बोटमा उकेरा लगाउनुपर्छ ।
- मलखाद र कम्पोष्ट समय–समयमा दिइराख्नु पर्छ । यसबाट बोट बलियो र स्वस्थ हुन्छ ।
बाली कटानी तथा भण्डारण
रोपेको ९ देखि १५ महिनामा साधारण अवस्थामा काट्न तयार हुन्छ । फलको रङ कडा हरियोवाट हल्का हरियो भएपछि घरि काट्न लायक भएको मानिन्छ । फल पूरा पोटिलो भएपछि पाकेको मानिन्छ । घरिको फेदमा २५ से.मि. डांठ राखेर काटिन्छ । घरि काट्दा १ मि. माथि विचमा २ जना भई काटिन्छ । जात र व्यवस्थापन अनुसार उन्नत जातमा १५० देखि २०० कोसा सम्म लाग्छ । राम्रो व्यवस्थापन भएमा ३० देखि ५० टन र हे उत्पादन लिन सकिन्छ ।
परिचय
सामान्यतया जग्गाको किसिम, सिंचाई सुविधा, प्रविधी प्रयोग आदिको प्रतिनिधित्व हुने किसिमले दैवी छनोटको आधारमा छानिएको कित्ताबाट एक निश्चित आकारको साना खण्डमा वाली किटानी गरी उत्पादकत्व अनुगमन गर्ने तरिकालाई वाली कटानी विधि भनिन्छ । यसमा क्षेत्रफल तोकिएको हुन्छ । खेतको आकार क्षेत्रफलका आधारमा आवश्यकता अनुसारको अन्य समायोजन पनि गरिएको हुन्छ ।
वाली कटानीका लागि प्लट संख्या र छनौट गर्ने तरिका
वाली कटानी गर्दा सामान्यतया जिल्लाको सवै किसिमको खेती गरिएको जग्गा सिंचाई सुविधा भएका वा नभएको विभिन्न जात र उत्पादनको मौसम अनुसार सवै विशेषताको समानुपातिक प्रतिनिधित्व हुने गरी न्यूनतम रुपमा ४० वटाको वाली कटानी गर्नु पर्दछ । जात र सिंचाईको अवस्था अनुसार समानुपातिकरुपमा संख्या निर्धारण गर्दा देहायबमोजिम गर्नु पर्दछ ।
जग्गाको किसिम |
मालभोग |
जी–९ |
जम्मा |
सिंचित |
१० |
२ |
१२ (३०) |
असिंचित |
१६ |
१२ |
२६ (६५) |
जम्मा |
२६ (६५) |
१२ (३५०) |
४० (१००) |
त्यस्तै अन्य जातहरु पनि छन भने त्यही अनुसार समानुपातिक प्रतिनिधित्व हुने गरी वाली कटानी गर्नु पर्दछ । जति धेरै वाली कटानी गरिन्छ त्यति धेरै उत्पादकत्वको अनुमान सही हुन्छ । वाली कटानी गर्ने क्षेत्रफलः केरा वालीमा वाली कटानीको सर्वस्वीकार्य विधी नभएको अवस्थामा अन्य फलफूलको भन्दा केही भिन्न तरिकाले यसको क्षेत्रफल किटान गरी गर्दा सहज तरिकाले उत्पादकत्व निकाल्न सकिन्छ । केराको वाली कटानीका लागि सामान्यतया ४० वर्ग मिटर (५*८) को क्षेत्रफल लिनु पर्दछ । पहाडी भेगमा ४० वर्ग मिटर उपलव्ध हुन नसकेको अवस्थामा प्रतिनिधित्व हुने गरी छनौट गर्न सकिन्छ । वाली कटानीका लागि आवश्यक सामानहरुः क. करिव ३ फिटको मसिनो लठ्ठी ४ वटा ख. करिव ४० मिटर लामो डोरी ग. मेजरिङ्ग टेप घ. डिजिटल तराजु ग्राम पनि तौलन मिल्ने
वाली कटानीको विधी सामान्यतया निम्न अनुसार हुनेछः
क. प्लटको दक्षिण पश्चिम कुनामा उभिने ।
ख. त्यस कुनाबाट ५ कदम त्यस कित्ताको लम्वाई तर्फ जाने ।
ग. ५ कदम पुगेको विन्दुबाट २ कदम चौडाई तर्फ भित्र जाने ।
घ. २ कदम भित्र गईसकेपछि २ कदमको विन्दुमा पहिलो लठ्ठी गाड्ने ।
ङ. पहिलो लठ्ठी गाडिएको विन्दुबाट ५ मिटर नापेर ५ मिटरको विन्दुमा दोस्रो लठ्ठी गाड्ने ।
च. दोस्रो लठ्ठीको विन्दुबाट लम्वाई तर्फ ८ मिटर नापेर ८ मिटरको विन्दुमा तेस्रो लठ्ठी गाड्ने ।
छ. तेस्रो लठ्ठीको विन्दुबाट चौडाई तर्फ ५ मिटर नापेर चौथो लठ्ठी गाड्ने । त्यसरी चार वटा लठ्ठी भित्रको क्षेत्रफल ४० वर्ग मिटर हुन्छ र एक कुना बाट अर्को कुनाको दुरी ९.४३३ मिटर हुनु पर्दछ ।
ज. यसरी ठीक तरिकाले नाप गरी लठ्ठी गाडीसकेपछि चारैतिर डोरीले घेरा लगाउनु पर्दछ । डोरीले घेरा लगाउँदा डोरी बाहिर र भित्र परेका बोटहरु स्पष्टरुपमा छुट्टाउनु पर्दछ । चौघेरामा रहेको वाली कटानी गर्ने वर्ष फलदिन सक्ने वोटहरु गणना गरी रेकर्ड राख्नु पर्दछ ।
झ. ४० वर्ग मीका बोटहरु गणना गरी सकेपछि ४ वटा लठ्ठीबाट सवै भन्दा नजिकका ४ वोट र डायगनलको केन्द्र विन्दु ४.७१ मी. को सवै भन्दा नजिकको १ बोट गरी जम्मा ५ बोटमा चिन्ह ट्याग लगाउने ।
ञ. चिन्ह लगाएका केराका वोट हरु एकै चोटी हार्भेष्टका लागि तयार हुदैन्न । जतिवेला हार्भेष्ट गर्न तयार हुन्छन् त्यतिनै वेला चिन्ह लगाएका ५ वटा बोटका घरी काटी जम्मा कोसा संख्या गणना गर्ने । त्यसरी ५ बोटमा भएका कोसा संख्याकै आधारमा युनिटरी विधीबाट ४० वर्ग मिटरमा भएका जम्मा कोषा संख्या र १०००० वर्ग मि भएका कोसा संख्या अनुमान गर्ने ।
नेपालका कृषकहरु बीच पर्याप्त ज्ञानको कमिले गर्दा, काट्ने बेलाको विचार नगरी केरा काटेको पाइन्छ । केराको अवस्थालाइ विचार नगरी केरा काट्दा ठूलो क्षती भइरहेको छ । कलिलो अवस्थामा काट्दा केरा गुदी पस्न पर्ने जति पसेको हुदैन र पाकेपछि बढि क्षति हुन्छ र बढि परिपक्व भएको केरा पनि काट्न मनासिव देखिदैन, क्षति बढि हुन्छ । केरालाइ पुर्ण परिपक्व हुनु केहि दिन अघि काटेमा केरालाइ राम्रो संग भण्डार गर्न सकिन्छ र गुणस्तर पनि राम्रो हुन्छ । बढि परिपक्व भएको केरा भएमा कोसा फुट्ने र छिटो पाक्ने हुदा टाढा टाढा लैजान सकिदैन । जात अनुसार र फलको उपयोग हुने प्रकृति अनुसार केरा बालीको कटान गरिन्छ । तरकारी खाने केराहरुमा गुदी भरिएपछि र फलको रुपमा प्रयोग गरीने केरा परिपक्व भएपछि र फलको रुपमा प्रयोग गरीने केरा परिपक्व भएपछि मात्र लिनु पर्छ । प्रायजसो अग्लो जातहरुमा भन्दा होचो, पुड्को जातहरुको उत्पादन छिटो हुन्छ । मौसमले पनि प्रभाव पार्छ । जाडो मौसममा केरा पसाएपछि पाक्नेबेला सम्म ५–६ महिना लाग्छ भने गर्मि महिनामा २–३ महिना लाग्छ । कोसा परिपक्व हुदै जादा पाटाहरु भरिएर आउछन् र कोसा बढ्दै जान्छ र फलको आकार गोलो देखिन्छ र साथै केरा बोका्रको रंग गाढा हरियो रंगमा बदलिएर पछि उत्पादन लिने गरीन्छ । फल लिदा केराको घरीलाइ एकजनाले समाएर अर्कोले लाग्ने हतियारले काट्नुपर्छ । काट्दा जमिनमा बज्रन दिनु हुदैन र साथै चोटपटक र क्षति हुन हुदैन । एकै जनाले पनि केराको घरीलाइ समाइ सुरुमा काण्डको बिच डांठमा काट्ने र लडेपछि घरीलाइ राम्ररी बोट बाट छुट्याइन्छ । काटेका घरीको छेउ छाउमा काटेर मिलाउने र ओसार पसार गरी छापा भएको ठाउंमा राखिन्छ । केरा काट्नु अघि काइयोको बिच बिचमा फम राखेर काट्दा चोट पटक लाग्न बाट बचाउन सकिन्छ ।
केराको उत्पादन, जात, बगैचा ब्यवस्थापन र सिचाइ तथा मलखादमा निर्भर गर्दछ , उत्पादन हुने सिजन र स्थान विशेषले पनि असर पार्दछ । साधारणत उन्नत जातको केरामा प्रति घरी सरदर १२५ देखि १५० सम्म कोसा १२ देखि १५ किलो लाग्ने गर्दछ, राम्रो ब्यवस्थापन गरेमा प्रति हेक्टर ३० – ५० मे टन लिन सकिन्छ । घरीमा कोसाको संख्या, लम्बाइ र मोटाइ बढेमा मात्रै उत्पादन लाइ बढाउन सकिन्छ । हाइब्रिड जातको विलियम, अष्ट्रेलिएन हाइब्रिड, जि–९ केराका कोसा संख्या बढी र बढी घनत्वमा खेती गर्दा बढी उत्पादन लिन सकिन्छ । सामान्यतया ४० – ५० मे टन सम्म प्रति हे उत्पादन लिन सकिन्छ ।
गर्मी महिनामा केरा आफै चाडै पाक्ने हुदा धेरै दिनसम्म भण्डारण गरेर राख्न सकिदैन । ११˚ से भन्दा कम तापक्रममा भण्डारण गरेमा चिसो लागेर केराको बोक्रामा दागहरु राम्ररी पाक्न नसक्ने हुन्छ । केराको फल टिपेपछि पनि स्वासप्रस्वास कृया अत्याधिक भएर इथाइलिन ग्यास अधिक मात्रामा उत्पादन भइ छिटै पाक्ने भएकोले साधारण अवस्थामा यसलाइ लामो समय संग भण्डारण गरी राख्न सकिदैन । केरालाई लामो समयसम्म भण्डारण गर्न परेमा ११ देखि १५˚ से तापक्रममा भण्डारण गरेमा फलको बोक्रामा कालो दाग देखिने र फल राम्ररी नपाक्ने हुन्छ । केरा भण्डारण गर्ने अवधि भण्डारण गरिएको स्थानको तापव्रmम, केराको जात, केरा लगाइएको ठाउं र केराको फलको अवस्था निर्भर गर्दछ । पाक्न सुरु गरिसकेको केरालाइ धेरै दिनसम्म भण्डारण गरेर राख्न सकिदैन । चिस्यान सिस्टम भएको राइपेनिङ च्याम्बरमा केरालाई पकाउने र केही समय भण्डारण गरिन्छ । क्रेटमा केरा राख्ने पकाउने गर्न सकिन्छ । काचो केरालाइ प्लाष्टिक ब्यागमा स–साना प्वाल बनाएर फलहरु बन्द गरी राखेमा वा कार्टुन प्वाल
भएकोमा २–४ दिन सम्म राख्न सकिन्छ । भण्डारण गरिएको वस्तुभित्र पोटासियम परम्याग्नेटयुक्त चकहरु राखेमा पनि ७–८ दिनसम्म बढि भण्डारण गर्न सकिन्छ । केरा भण्डारण गर्दा काचो र चोटपटक नलागेको केराहरु मात्र भण्डारण गर्नुपर्छ । भण्डारण गरेर राख्ने केरामा पाकेको केराहरु मिसाएर राख्नुहुदैन ।
उत्पदनोप्रान्त गरिने क्रियाकलापहरु
केरा पकाउन २०˚ से भन्दा माथिको तापक्रमको आवश्यकता पर्दछ । जाडोयाममा केरा पकाउन समस्या पर्छ । केरा भण्डारण गर्ने स्थान र पकाउने स्थान वा कोठा वेग्ला वेग्लै हुनुपर्दछ । केरा पकाउने कोठामा २५˚से को तापक्रम मिलाउनुपर्छ जसमा बोक्राको रङ र फलको गुणस्तर राम्रो हुन्छ । काचो केरालाइ २–४ वटा पाकेको केरासंग मिसाएर राखेर पनि पाक्न मद्दत पुग्छ । केरा पकाउंदा १–२ वटा कोसालाइ घाउचोटपटक बनाइ राखेमा त्यसबाट इथाइलिन ग्यास उत्पन्न भइ केरा पाक्न मद्दत पुग्दछ । नेपालमा परम्पराकाल देखि नै विभिन्न तरीकाबाट केरा पकाउने चलन छ । गाउंघरमा अगेना माथि, खाल्टोमा राखेर, धानको भकारीमा राखेर टिनको ड्रम भित्र विभिन्न तरिकाबाट केरा पकाउने चलन लोकप्रिय छ । ड्रमको प्रयोग गर्दा पराल वा प्लाष्टिकले केरालाइ लपेटि हावा नछिर्ने गरी ढकन लगाइ राख्नुपर्दछ र ड्रमलाइ चर्को घाम पर्ने ठाउंमा राखिन्छ । कतिपय ठाउंमा वनस्पतिजन्य पदार्थहरु जस्तै घुस्रेलो, वनमारा, राजवृक्षको प्रयोग गरेर केरा पकाउने गरिन्छ । मण्डीहरुमा केरालाइ कोठामा खापा खापा मिलाएर राख्ने र उक्त कोठामा हावा नछिर्ने गरी चारै तर्फबाट बन्द गरी धुवाएर अर्थात विभिन्न रसाइनिक पदार्थहरु जस्तै क्यालसियम कार्वाइड, इथिफोनको प्रयोग गरी केरालाइ पकाउने गरिन्छ । रसायनहरुको प्रयोग गरी केरा पकाउदा अत्याधिक रसायनको प्रयोग हुदा मानव स्वास्थमा नै प्रतिकुल असर पर्ने देखिन्छ । क्यालसियम कार्वाइड प्रति केजि फलको लागी ५–१० ग्राम वा १००० पि पि एम् सिफारिस गरिएको छ ।
फल काटिसकेपछि उपभोक्ता सम्म नपुर्याइन्जेल गरिने सम्पुर्ण कृयाकलापहरुलाई पोष्टहार्भेष्ट प्रविधि भनिन्छ । क्षतिलाइ न्यूनिकरण गरी उपभोग योग्य र गुणस्तरीय वस्तु तयार गर्न र बढी मूल्य पाउन यो प्रविधि ज्यादै उपयोगी छ । गे्रडिङ, प्याकेजिङ, ओसार पोसार, प्रिकुलिङ, पकाउने, भण्डारण गर्ने र वितरण गर्ने कृयाकलापहरु यस प्रविधिमा पर्दछन् । बोटबाट काटिएका घरिहरु सुरुमा छायाँमा राखिन्छ । ठुला र साना केराहरुलाई ग्रेडिङ गर्ने नराम्रा दागी केराहरुलाई सर्टिङ गरी छुट्याइन्छ । ठूलाठूला फर्महरुमा केराको घरीहरुमा काइयोको बिचबिचमा फर्म लगाइ घिर्निबाट ओसारपोसार एवं संकलन गरी प्रिकुलिङ गरिन्छ । सर्टिङ, ग्रेडिङ गरिएका केराका घरी वा कोसाहरु डोका, के्रट वा कार्टुनमा राखी, बोलेरो गाडी, ट्रक वा बसमा टाढाटाढाको बजारमा ओसारपोसार गरिन्छ ।
स्थानीय स्तरमा उत्पादन भएको केरा डोका वा डालोमा राखी हाट बजारमा बेच्ने गरिन्छ । व्यबसायिक केराखेती भएको ठाउंमा बस, जीप, ट्रक, ट्याकटर आदि साधनहरु प्रयोग गरि ढुवानी गरेको पाइन्छ । ठुलो साधनहरुको प्रयोग गर्दा, माथिल्लो सतहमा रहेको केराले पिधमा रहेको केरा माथी भार दिइ अत्यधिक क्षति हुन्छ । परिपक्व भइसकेको केरा ढुवानी गर्दा ताप बढेर ढुवानीमा ३६ प्रतिशत क्षति भएको पाइएको छ । सम्भव भएमा धेरै केरालाइ एकै ठाउंमा नराखी तहतह गराएर राखेमा क्षतिलाइ कम गराउन सकिन्छ । राती वा विहानको समयमा केरालाइ ढुवानी गर्दा क्षति कम हुन्छ किनकि तापक्रम कम हुदा स्वासप्रस्वास कृया समेत कम भइ क्षति कम हुन्छ ।
कार्य तालिका
केरा खेतीलाई व्यवस्थित र उत्पादन मूलक वनाउन, वाली अनुसार गरिने असल कृषि अभ्यासका कृयाकलापहरु समयमा नियमित रुपले संचालन गर्नुपर्छ । यसको लागि महिना (महिनामा गरिने वार्षिक कार्य तालिका चाहिन्छ । कामको व्यवस्थापन गर्न सजिलो, प्रभावकारी भई श्रम, पूँजि र सामग्रीहरुको उचित रुपमा प्रयोग गर्न कार्यतालिकाले सहयोग गर्छ । केरा वगैचामा गर्नुपर्ने कार्यहरुको मासिक कार्य तालिकाः–
वैशाख महिना
- नयाँ वगैचा पुरानो वगैचा वेर्ना लगाउने ठाउँको रेखाङ्कन गर्ने । घुसुवा वा अन्तरवाली लगाउने ।
- घुसुवा वाली तथा अन्तर वाली लगाउने ।
- गवारोले आक्रमण गरेका विरुवाहरु जरै समेत उखेलेर फल्ने ।
- केराका फल लिइसकेको वगैचावाट स्वस्थ र राम्रा वेर्नाहरु छनौट गरी निकाल्ने
- वगैचा भित्र मरेका भाँचिएका र खाली भएका स्थानमा नयाँ वेर्नाहरु सार्ने ।
- मल राम्रोसँग मिसाई खाडल भर्ने, अन्य विरुवाहरु रोप्न खन्ने, सिचाई गर्ने ।
- झोलमल वनाउने र छर्ने ।
- टिस्यूकल्चरका तयार भएका केराका वेर्नहरु भएमा खाडल तयार गरी सार्ने ।
- कम्पोष्ट मल बनाउने ।
- बेर्नाहरुमा आवश्यकता अनुसार सिचांई गर्ने ।
- संभव भएमा वोट वरीपरी छापोको व्यवस्थापन गरी जमिनको चिस्यान वचाउने ।
- नर्सरीमा वेर्नाहरु तयारी अवस्थामा भएमा हेरचाह गर्ने ।
- केराको वगैचा नियमित निरिक्षण गर्ने,आवश्यकता अनुसार वगैचाको सरसफाई गर्ने, सिचांई विषादी र मलको उचित प्रयोग गर्ने ।
- फगुन चैत्रमा रोपिसकेको विरुवाहरु भएमा सिचाई झारपात गोडमेल गर्ने, झोलमल विषादी छर्ने काम, आवश्यकता अनुसार गर्नुपर्छ ।
- रेटुन केरा वालीमा मुल वोटवाट घरी तयार भएमा काट्ने, तयार भई रहेको भए एक सकर छोडी अन्य सकरहरु हटाउने, वुङ्गो कोसा छोडीसकेपछि हटाउने,घरी छोप्ने काम गर्नुपर्छ ।
जेष्ठ महिना
- तयारी खाडलमा वेर्नाहरु रोप्ने । वगैचामा मिल्ने भएमा घुसुवा वा अन्तरवाली लिने ।
- घुसुवा वा अन्तरवाली लगाउने । रोप्न लायक विरुवाहरु वनाउन हार्डेनिङ गर्ने ।
- तयारी केरा काट्ने, हुर्कदै गरेको भएमा वुंगो हटाउने, कोशाको वृद्वि विकास गर्न हर्मोनहरु छर्ने ।
- झोल मल, गहुत पानी छर्ने ।
- झोलमल, कम्पोष्ट मल वनाउने ।
- वानस्पतिक विषादीहरु वनाउने । फागुन देखी वैशाख सम्म लगाएका वेर्नाहरुको नियमित निरीक्षण सिचांई र रोग किरावाट वचाई विरुवालाई वढ्न प्रश्चय दिने ।
- वोटको वरीपरी छानो दिने, सरसफाई गर्ने सुकेको मरेको भाचिएका पात÷ डाठंहरु हटाउने र विरुवाको आवश्यकता वमोजिम सिचाई गर्ने ।
असार महिना
- पानीको निकासको व्यवस्था मिलाउने ।
- वोर्ड़ो मिक्चर वा ढुसि नाशक विषादी तथा किटनासक विषादीहरु आवश्यकता वमोजिम छर्ने ।
- नयाँ ठाउँमा लेआउट भएको स्थानमा खाडलमा केराका विरुवाहरु रोप्ने ।
- पुरानो विरुवा मरेको स्थानमा ९न्ब्ए० फिलिङ गर्ने ।
- साना विरुवाहरुलाई टेका दिने ।
- पानीको निकासको व्यवस्था मिलाउने ।
- झोलमल वानस्पतिक विषादी वनाउने र छर्ने । विरुवा रोपिएको नयां वगैचाको नियमित निरीक्षण गरी आवश्यकता अनुसार वगैचा व्यवस्थापन गर्ने ।
- वगैचाको नियमित निरीक्षण र आवश्यकता वमोजिम वगैचा व्यवस्थापन कार्यको अवलम्वन गर्ने।
श्रावण महिना
- फागुन देखि असार सम्म रोपण भएका विरुवाहरुको वगैचामा नियमित निरीक्षण र आवश्यक व्यवस्थापन, मलजल विषादी, निकास सकर हटाउने आदी ।
- तयार भएका घरीहरु काटेर विक्री वितरण गर्ने ।
- गोठेमल, झोलमलको तयारीलाई नियमितता दिने ।
- वगैचाको नियमित सरसफाई गर्ने ।
- Gap filling लाई नियमिता दिने ।
- पानीको निकासको व्यवस्था मिलाईरहने ।
- आवश्यक भएमा माटो चढाउने, लाइन–लाइनको विचमा कुलेसो बनाउने र निकास मिलाउने ।
- झारपातहरु नियमित गोडमेल गर्ने ।
- सकरहरुलाई काटेर हटाउने
- कम्पोष्ट मल, झोलमल रासायनिक मल यूरिया, डि.ए.पी., पोटास र अन्य सुक्ष्म तत्वयुक्त मलको व्यवस्था मिलाउने ।
- वगैचाको सरसफाई र झारपातको व्यवस्थापन गर्ने ।
- Gap filling गर्ने ।
- झोलमल, ढुसीनासक एवं किटनासक विषादी छर्ने ।
- किटनासक र ढुसी नासक विषादी आवश्यक भएमा छर्ने ।
- वगैचाको फोहरमैला पात डाठंको उचित व्यवस्थापन गरी मल वनाउने ।
भाद्र महिना
- नर्सरी तथा वगैचाको हेरचाह गर्ने ।
- मुख्य वोट वाहेकका सकरहरु हटाउने
- नर्सरी तथा वगैचामा आवश्यकता वमोजिम किटनाशक, ढुसिनासक र सुक्ष्मतत्वयूक्त मलहरु पात डाठंमा स्प्रे गर्ने ।
- खाली जमिन वा वोटको वीचको खाली ठाउंमा कोसे बालीहरु तथा तरकारी लगाउन जमिनको तयारी गर्ने ।
- झारपात हटाउने तथा वगैचाको नियमित सरसफाई गर्ने ।
- छापो मलहरु दिने र आवश्यकता वमोजिम रोग किराको व्यवस्थापन गर्नुपर्छ ।
- तयारी मल,कम्पोष्ट मल पल्टाउने तयारी गर्ने ।
- मल र विभिन्न आवश्यक सामग्रीहरुको व्यवस्थापन गर्ने । सिचाई सुविधाको व्यवस्था मिलाउनु पर्छ
असोज महिना
- वगैचामा झारपात हटाउने ।
- केरा काट्ने, झारपात हटाउने, सकरहरु हटाउने ।
- सिचाई, गोडमेल, विषादीको आवश्यकता वमोजिमको प्रयोग गर्न विर्सनु हुदैन ।
- मल र किटनाशक एवं रोग नाशक विषादी आवश्यकता वमोजिम प्रयोग गर्ने ।
- मल र आवश्यक सामग्रीको व्यवस्थापन । मल विषादीको व्यवस्थापन गर्ने ।
- छापो झोलमल उत्पादन गर्ने नियमित प्रयोग गर्ने ।
- रासायनिक तथा सुक्ष्म तत्वयूक्त मलको प्रयोग गर्ने ।
- सिचाई दिने , उकेरा लगाउने ।
- गवारो ग्रस्त रोगी वोटहरु हटाउने वा व्यवस्थापन गर्ने ।
- सकर काट्ने ।
- वगैचाको नियमित हेरचाह गरी उचित व्यवस्थापन मिलाउने ।
- सिचित स्थान भएमा भदौ र असोज सम्म पनि विरुवा रोपण खाली जमिनमा गर्न सकिन्छ ।
कार्तिक महिना
- वगैचाको नियमित हेरचाह गरी व्यवस्थापन गर्ने
- झारपात, गोडमेल आवस्यकता वमोजिम किटनाशक, झोलमल र ढुसिनाशक विषादीको प्रयोग गर्ने ।
- सिचाई मल र रोग किराको राम्रो व्यवस्था मिलाई प्रयोग गर्ने ।
- सकरहरु काटछांट गर्ने ।
- झारपात नियमित गोडमेल छापो दिने । सकर हटाउने ।
- वगैचाको नियमित सरसफाई गर्ने र सिचाई गर्ने ।
मंसिर महिना
- नियमित वगैचाको हेरचाह टिस्युकल्चर विरुवाको नर्सरी सेड वा पोलि हाउसको निर्माण । वगैचाको नियमित निरिक्षण र वगैचा व्यवस्थापन ।
- बोटलका टिस्यूकलचर वा विरुवाहर उत्पादन गर्न सुरुवात गर्ने ।
- कम्पोष्ट मल झिक्ने र प्रयोग गर्ने झोलमल विषादी आवश्यकता वमोजिम प्रयोग गर्ने ।
- वगैचामा मल दिने सकर हटाउने गोडमेल गर्ने सिचाई आदी कामहरु गर्ने । विषादी माइक्रोन्यूट्रिन्ट स्प्रे गर्ने ।
- चिसो वाट वगैचालाई वचाउन वगैचा छोप्ने, नियमित सिचाई गर्ने । सकर काटेर हटाउने ।
पौष महिना
- वगैचामा वढि तुषारो पर्ने र चिसो हुन्छ जसवाट अयमि क्ष्लवगचथ हुने र वढी भएमा पात पहेलिएर मर्छ।
- विरुवालाई चिसो वाट वचाउन खाद्य तत्वहरुको सन्तुलित प्रयोग हुने व्यवस्था मिलाउने ।
- चिसोवाट वचाउन नियमित सिचाई गर्ने पोटास म्याग्नेसियम सल्फर तत्वको कमि हुनवाट वचाउनु पर्छ ।
- आवश्यक भएमा चिसोवाट जोगाउन ढुसिनाशक विषादी प्रयोग गर्ने ।
- झोलमल वनाउने र छर्नेवानस्पतिक विषादी वनाउने र छर्ने, आवश्यक भएमा किटनाशक तथा ढुसिनाशक विषादी छर्ने ।
- वगैचा नियमित रुपमा सिचाई गर्ने ।
- सकरहरु हटाउने, कम्पोष्ट मल र रासायनिक मल सिफारिस गरिएको खाद्य तत्वहरु व्यवस्थापन हुने गरी प्रयोग गर्ने ।
माघ महिना
- टिस्यूकल्चर ल्याव वाट निकालिएको बेर्नाहरुलाई कबलम चययतष्लन गराउने वा ट्रेहरुमा राख्ने ।
- वगैचामा केराको विरुवाहरुलाई चिसोवाट वचाउन आवश्यक व्यवस्थापन गर्ने ।
- नयां वगैचाको नियमित निरीक्षण गर्ने, सिचाई,मलजल र उचित विषादीको प्रयोगको व्यवस्था गर्ने ।
- मलखादको प्रयोग, वगैचाको सरसफाई वानस्पतिक विषादी कम्पोष्ट मल वनाउने र प्रयोग गर्ने ।
- सकर हटाउने, झारपात गोडमेल र सिचाईको उचित व्यवस्थापन गर्ने ।
- वगैचका वोटहरुलाई टिस्यूकल्चरवाट निकालिएका विरुवाहरुलाई चिसोवाट वचाउन आवश्यक व्यवस्थापन गर्ने,जस्तै (मल्चिङ सिचांई सन्तुलित खाद्यतत्वको प्रयोग आवश्यकता वमोजिम रोग तथा किटनाशक विषादीको प्रयोग गर्ने ।
- किटनाशक र रोगनाशक एवं खाद्यतत्वहरु आवश्यकता र सिफारिस मात्रा अनुसार प्रयोग
- Sand rooting भैसकेका विरुवाहरुलाई ४*६” पोली व्यागमा १:२:१ अनुपातमा वालुवा माटो र मलको मिश्रणलाई भरेर रिुवा न्यानो सेड हाउसमा राखी हुर्काइन्छ ।
फाल्गुन महिना
- मंसिरमा टिस्यूकल्चर ल्यावबाट निकालिएका विरुवाहरु पहाडमा नयाँ वगैचाको लागि रोप्न फागुनमा तयार हुन्छ ।
- वगैचामा रासायिनक र अन्य मलको प्रयोग गर्नुपर्छ ।
- मलहरुको व्यवस्थापन सिचाई रोग किरा उचित व्यवस्थापनलाई नियमितता दिनुपर्छ ।
- सिचाई, गोडमेल, डि–सकरिङ, वुङ्गो हटाउने कामलाई जोड दिनुपर्छ ।
- सकरहरु हटाउने र वगैचाको सरसफाईमा विशेष ध्यान दिनुपर्छ ।
- रोगकिराबाट वचाउन नियमित निरीक्षण गरी रोग किरा अनुसार उचित व्यवस्थापन गर्नुपर्छ ।
चैत्र महिना
- नयाँ वगैचामा सिचाईको व्यवस्थापन अति जरुरी छ। सकर हटाउने झारपात हटाउने मलजल गर्ने ।
- नयाँ वगेचा व्यवस्थापन गर्न जमिनको छनौट खाडल तयारी आदी ।
- नियमित निरीक्षण र किरा तथा रोगनाशक रोगनाशक विषादी छर्ने तथा सरसफाई गर्ने ।
- छनौट भईसकेको स्थानमा विरुवा राप्ने काम गर्नुपर्छ ।
- वाली लिइसकेपछि सकर सरसफाई गर्ने, मल वनाउने ।
- वगैचामा नियमित निरीक्षण गरी किटनाशक तथा रोगनाशक विषादी प्रयोग गर्नुपर्छ ।
- झोलमल, जडीबुटी युक्त विषादी र मलको व्यवस्थापन गर्ने ।
अन्य जानकारी
केरा चिप्स
- ८० प्रतिशत पाकेको फल टिप्ने ।
- बोक्रा छोडाउने ।
- १ प्रतिशत potassium metabisulphite ले उपचार गर्ने ।
- १.२–०.८ मि.मि. मोटाइको सानो सानो टुक्रा बनाउने
- टुक्रा हरुलाई तेल मा deep fry गर्ने र fry गरेको चिप्समा नुन छर्कने प्लास्टिक मा प्याक गर्ने ।
- यसरी प्याक गरिएको चिप्स ३०÷३५ दिन सम्म सामान्य अवस्थामा भण्डारण गर्न सकिन्छ ।
केरा फिग र केराको सुकुटी
- पाकेको फलको बोक्रा छोडाउने र १ प्रतिशत potassium metabisulphite ले उपचार गर्ने ।
- उपचारित फल लाई घाममा अथवा ५० डिग्री तापक्रम मा २४ घण्टा सम्म यखबल मा राख्ने ।
- फिग लाइ प्लास्टिकको झोलामा अथवा कुनै भाडोमा भण्डारण गर्ने ।
- अनुकुल अवस्थामा ३-४ महिना सम्म भण्डारण गर्न सकिन्छ ।
केराको पाउडर
- पाकेको केरालाई बोक्रा छोडाएर, (Pulped harmogenized and spray drying) गर्ने ३०– ३२⁰ तापक्रममा र सापेक्षिक आद्रता ३० प्रतिशत भन्दा कम राख्ने ।
- ड्रम ड्रायर प्रयोग गरेर पनि केराको पाउडर बनाउन सकिन्छ । जहाँ तापक्रममा ९४ डिग्री भन्दा बढी हुनु हुन्न
- पाउडरको चिस्यान २ –४ प्रतिशत हुनु पर्छ ।
- पाउडरलाइ आइस क्रीम बनाउन, बच्चाको खाना बनाउन प्रयोग गरिन्छ ।
- पाउडरलाइ प्याक गरे देखि ६ महिना सम्म प्रयोग गर्न सकिन्छ ।
केरा पुरी
- पाकेको केरालाई बोक्रा छोडाएर, pulped, homogenized, deaerated, flash pasteurized गरेर aseptic प्लास्टिक झोलामा high pressure of steam मा प्याक गर्ने ।
- केरा पुरीलाई डेरी प्रोडक्ट बनाउन प्रयोग गरिन्छ । उदाहारण योगर्ट, मिल्क सेक, आइसक्रीम, बेकिङ ब्रेड, केक, banana drinks ।
- स्मल स्केलमा बनाउदा, पल्परमा पल्पिङ गर्ने र pasteurized गर्ने ८५० तापक्रममा र त्यसपछि २००० ppm potassium metabisulphite ले उपचार गर्ने र air tight container मा प्याक गर्ने ।
- सल्फर डाइअक्साइड रिलिज गर्न प्रयोग गर्नु पुर्व पुरीलाइ तताउनु पर्छ ।
- ल्याबोरेटरीमा ३ महिना सम्म रुम तापक्रममा भण्डार गर्न सकिन्छ ।
केरा जुस
- केरा पुरीलाइ पेक्टोलाइटिक इन्जाइमले उपचार गर्ने र / filteration or centrifugation बाट clear जुस बन्छ।
- Clear juice लाई शुद्धिकरण decant गर्ने र २–५ पटक पानीमा पातलो पार्ने ।
- जुसको TSS 16˚brix र एसिडिटि ०.३ प्रतिशत गर्ने ।
- त्यसपछि pasteurized गरेर बोतलमा भर्ने र सिल गर्ने ।
- Sealed bottle लाई १००˚ तापक्रममा २० मिनटको लागी प्रोसेस गर्ने चिसो पार्र्ने र स्टोर गर्ने ।
केरा biscuit
६०% केराको पिठो र ३० ५ मैदा मिसाउने र चिनी, डाल्डा, बेकिंग पाउडर (baking powder), milk powder, essence mix गर्ने र बनाउने र रोटि पकाए जसरी पकाउने ।
केरा जाम
केरालाई चिनी, pectin, र citric acid उचित अनुपातमा राखेर पकाउने ।
केरा जेल्ली
केरालाई उमालेर रहेको fruit extract, चिनी, citric acid, pectin राखेर पकाउने ।
केराको वाइन
- चिनी र पानीको झोलमा केरालाई मोलेर राख्ने
- तेस्मा wine yeast हालेर, सेरामिक जारमा एक हप्ता सम्म राख्ने र स्ट्रेन गर्ने ।
- वाइनलाई अध्यारो ठाउँमा राख्ने ।
केराको बोक्राबाट अल्कोहल
पाकेको केराको बोक्रालाई maceration गर्ने त्यसपछि acidification, saccharification र fermentation गर्ने । फरमेन्टेड पदार्थलाई फिल्टर गर्ने त्यसपछि डिस्टिल गर्ने र कमर्सिएल ग्रेडको अल्कोहल बनाउने ।
केराको पिठो र धूलो
- धेरै स्ट्राच भएको हरियो, नपाकेको केरा बाट धुलो, पिठो बनाउने
- काचो केरालाई तातो पानीमा उमाल्ने, बोक्रा छोडाउने, १% पोटासियम मेटाबाइल्सफाइट ले उपचार गर्ने ।
- केरालाई काट्ने र डीहाइड्रेट गर्ने ।
- तेस्पछि मिक्स्चरमा पाउडर बनाउने ।
- यसरी बनाइएको केराको पिठो रोटि, केक, विस्कुट बच्चाको पाउडर बनाउन प्रयोग गरिन्छ ।
- केराको पिठोमा अल्सर ठिक गर्ने औषधीय गुण हुन्छ ।
- यसलाई अनुकुल बाताबरणमा एक वर्ष सम्म भण्डारण गर्न सकिन्छ ।
केराको फाइबर
सुकेको पात/डाँठ र थम्बाबाट फाइबर निकालिन्छ । त्यस्तो फाइबर पेपर, रसी, धागो, टोकरी, खेलौना, बनाउन प्रयोग गरिन्छ ।
केरा पकौडा
- बोक्रा छोडाउने त्यसपछि पानीले धुने, धोएको त्यस फललाई ३ टुक्रामा टुक्राउने अथवा चप गर्ने ।
- यो चपिङ्ग प्रक्रियालाई दोहोराउने ।
- बेसन, चामलको पिठो, बेकिङ्ग सोडा, नून, रातो धुलो खुर्सानी र बेसारको धुलो मिसाउने र ब्याटर (Batter) को तयार गर्ने
- ब्याटरको तयारी भैसकेपछि, काटिएको केरा लिने र त्यस टुक्राएको केरालाई ब्याटरमा कोट गरेर प्यानलमा फ्राई गर्ने, गोल्डेन ब्राउन रङ्गमा वरिवर्तन नहुने बेलासम्म फ्राइ गर्ने
- अत्यधिक तेल हटाउनको लागि, किचन टिस्युमा तयार गरिएकोलाई राख्ने ।
केराको लस्सी
पाकेको केराको बोक्रा छोडाउने र स–साना गरेर टुक्राउने वा काट्ने र ब्लेन्डर मा राख्ने, त्यसपछि दहि, cardamom र मह र अन्य आवश्यक flavor राख्ने र यी राम्रो संग घुलिनको लागि blender मा blend गर्ने।
केरा चप
- केरालाई नून पानीमा उमाल्ने, बोक्रा फाल्ने, केरालाई मसिनो गर्ने
- Fried प्याज, जिराको धुलो, मसला, नूनहरु सँग त्यस काटेको साना टुक्रामा पारिएको केरालाई mix गर्ने ।
- बेसनको धुलो पनि हाल्ने जसले गर्दा बाहिरी भाग हल्का दरो हुन्छ ।
- मध्यम तापक्रम मा pan मा fry गर्ने ।
सन्दर्भ सामग्री
केरा खेती प्रविधि पुस्तिका
महेश्वर लामिछाने
वरिष्ठ कृषि अधिकृत