लिची (Litchi chinensis) एक महत्वपुर्ण उष्ण प्रदेशिय फलफूल हो । यो फल सापिन्डेसि (sapindaceae) परिवारमा पर्दछ । नेपालमा लिची मुख्यगरी तराई क्षेत्रमा लगाईएको पाईन्छ । यो फल मुख्यगरी ताजा वोक्रा छोडाएर खाने गरियतापनि यसवाट जुस, सर्वत, सुकाएर क्यान्डी वनाएर खान पनि सकिन्छ । यो फलको उत्पत्ति चिनवाट भएको हो तर यसको उत्पादन चिन लगाएत भारत, ताईवान, थाईल्याण्ड, दक्षिणी अफ्रिका, ईन्डोनेशिया, मेक्सीको आदी देशमा भएको पाईन्छ । भिटामीन सी प्रचुर मात्रामा पाईने यो फलमा उपयुक्त परिमाणमा फस्फोरस, क्याल्सीयम, फलाम, जस्ता तत्वहरु पाईन्छ ।
लिची खेति प्रविधि
परिचय
पाकेको फल, ताजा फलको रुपमा खान सकिन्छ भने फललाई सुकाएर लिची नट (Litchi nuts) वनाएर खान पनि सकिन्छ । यसवाट जेली, सर्वत, रक्सी तथा आईसक्रिम जस्ता खाद्य वस्तुहरु वनाउन सकिन्छ । लिचीलाई घरको सौन्दर्यता वृद्वि गर्नका लागी तथा हरियाली राख्नका लागी पनि प्रयोग गरिन्छ । सुकेका हाँगाहरुलाई दाउराको रुपमा उपयोग गर्न सकिन्छ भने स्थानिय लिचीलाई फर्निचर वनाउन प्रयोग गरिन्छ । लिचीका वोटहरु लाहा कीरा पाल्नको लागी उपयोगी हुन्छन् ।
सापिन्डेसी पारिवारमा पर्ने यो फलका दुईटा प्रजातिहरु Litchi philippinensis, Litchi chinensis छन् । Litchi philippinensis जङ्गली प्रकृतिको, ठुलो भएको हुन्छ भने यो व्यवसायिक दृष्टिकोण वाट उपयोगी मानिदैन तर यो विरुवा उत्पादन गर्दा मुलवृत्त (rootstock) उत्पादनगर्न प्रयोग गरिन्छ भने Litchi chinensis व्यवसायिक रुपले उत्पादन गर्न उपयोगी हुन्छ ।
लिचीको वोट ६–९ मीटरसम्म अग्लो, हाँगाहरु चौतर्फि फैलिएको, वाक्लो तथा चिल्ला पातहरु भएको हुन्छ । रुखको वोक्रा खैरो तथा खस्रो खालको हुन्छ भने फूल रेसिम (raceme) खालको हुन्छ । लिचीको फूलहरु विभिन्न प्रकारका हुन्छन जस्मा भाले, पोथि तथा उभएलिङ्गी फूलहरु पाइन्छ । भाले र पोथि एउटै फूलका गुच्छामा भएतापनि एकैपटक खुल्दैन त्यसैले यसमा स्वसेचनहुन सम्भव हुँदैन । लिची नट वर्गमा पर्ने फल हो भने यसको खाने भाग बोक्रा भित्र तथा विया वाहिरको सेतो, नरम भाग (fleshy aril) हो जस्लाई सजिलैसँग छुट्टाउन सकिन्छ ।
हालसम्म लिची खेती मुख्य गरी नेपालको तराई क्षेत्रमा गरेको भएता पनि भित्री मधेस र मध्य पहाडका नदि किनार, टार, तथा वेसी क्षेत्रमा पनि उल्लेख्य रुपमा गरेको पाईन्छ । नेपालको पश्चिम भन्दा पुर्व तर्फ क्रमश यसको खेती फस्टाउँदै गएको पाईन्छ भने सवैभन्दा वढि मध्यमाञ्चल विकास क्षेत्रमा भएको देखिन्छ । व्यवसायिक लिची उत्पादनको लागी प्रचुर सम्भावना वोकेका सिरहा, सप्तरी, उदयपुर, सर्लाही, महोत्तरी, धनुषा, वारा, पर्सा, रौतहट, धादिङ्ग, नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ्ग, वाँके, वर्दिया, सुर्खेत, कैलाली तथा कञ्चनपुर गरी १९ जिल्लाहरु रहेका छन् भने मध्य पहाडी जिल्लाहरुको नदी किनारका समथर भाग, टार तथा वेशीमा पनि लिचीको सम्भावना रहेको छ ।
सरकारी स्तरवाट लिचीको जातिय परिक्षण, जर्मप्लाज्म संकलन एवं सम्वद्र्धन तथा गुणस्तरिय विरुवा विक्री वितरणका कार्यहरु फलफूल विकास निर्देशनालय अन्तर्गतका वागवानी फार्म/केन्द्रहरुले गर्दछन भने क्षेत्र विस्तारको कार्यक्रम सम्वन्धित जिल्ला कृषि विकास कार्यालयहरुले गर्ने गर्दछन् ।
हाल नेपालमा यसै आर्थिक वर्ष देखि व्यवसायिक फलफूल पकेट क्षेत्र विस्तार कार्यक्रममा लिचीको क्षेत्र विस्तार कार्यक्रम मध्यमाञ्चल तथा पश्चिमाञ्चलका गरी जम्मा पाँच जिल्लाहरु –धादिङ्ग, गोरखा, तनहुँ, स्याङ्गजा तथा पाल्पा) मा सञ्चालन भएको छ । विशेष गरी जिल्लाका तल्लो भु–भाग, वेशी, नदिकिनारा तथा टारहरुलाई लक्षित गरी यो कार्यक्रम लागु गरिएको छ ।
नेपालमा लिची खेती विस्तारको सम्भावना
- नेपालको तराई देखी लिएर भित्री मधेस तथा मध्य पहाडका जिल्लाहरुको तल्लो भु–भाग, खोंच, नदि किनार तथा टार आदि क्षेत्रमा लिचीको खेतीको प्रशस्त सम्भावना रहेको छ
- सामुन्द्रिक सतहदेखी १००० मी उचाईसम्म सजिलैसँग यस्को उत्पादन गर्न सकिन्छ,
- फलफूलसँग आवद्ध कृषक, व्यपारी तथा आम उपभोक्ताहरुको लिची प्रति बढ्दो चाख
नेपालमा लिची उत्पादनमा देखिएका केही चुनौतीहरु
- लिचीको हावापानी सुहाउँदो उपयुक्त जातको अभाव
- लिचीको उत्पादन प्रणालिलाई आधुनिकीकरण गर्न नसकिनु प्राय लिची उत्पादित क्षेत्रहरुमा परम्परागत तरिकाले स्थानिय जातहरुको वर्चस्व रहेको
- लिची खेतीको लागी दक्ष प्राविधिक हरुको कमी तथा समय सापेक्ष्य प्रविधिहरु कृषकहरुलाई हस्तान्तरण गर्न नसक्नु
- विभीन्न रोग, कीराहरुको प्रकोप, वातावरण मैत्री तथा दिगो व्यवस्थापन गर्न नसक्नु
- गुणस्तरिय तथा स्वस्थ्य विरुवाको अभाव, फल झर्ने तथा फुट्ने समस्या
- समय सापेक्ष लिचीमा अनुसन्धान तथा खोजहरु हुन नसक्नु
हालसम्म नेपालमा लिचीको वजारमा कुनै समस्या परेको छैन । उत्पादक कृषकहरु आँफैले उपभोक्ता हरु सम्म पुर्याउने गरेको पाईन्छ भने कहिले काँही विचौलियाहरुद्वारा लिची वजारमा आएको पनि पाईन्छ ।
विचौलियाहरुको चलखेलले गर्दा एकातर्फ लिची उत्पादक कृषकहरुले उचित मुल्य पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ उपभोक्ताहरुले पनि चर्को मुल्य तिर्न वाध्य हुनुपरेको छ । मुख्य लिची उत्पादन हुने समयमा पनि काठमाण्डौ, पोखरा, नारायणगढ, विराटनगर जस्ता ठुला बजारहरुमा लिचीको खुद्रा मुल्य करिव रु. ८०–१२०/के.जी. परेको पाईन्छ । स्थानिय स्तरमा डोको तथा ठेलामा विक्री वितरण गर्ने गरेको पाईन्छ ।
जातहरु
जातिय विशेषताहरु
क्र.स. | लिचीको जात | जातीय विषेशता |
१ | मुजाफरपुर | यो जात नियमित रुपमा प्रत्यक वर्ष फलदिने खालको हुन्छ, एक वोटवाट सरदर ८०–१०० के.जी./वर्ष उत्पादनलिन सकिन्छ, फल फूट्ने समस्या कम हुन्छ, एउटा फलको तौल करिव २० ग्राम जति हुन्छ, फल ठुलो, रातो, गुलियो तथा रसयुक्त हुन्छ । |
२ | रोज सेन्टेड | यसको पाकेको फलवाट एक प्रकारको गुलाफको जस्तो वास्ना आउने भएकोले यसलाई rose scented नामाकारण गरिएको हो, यो मध्यम मौसममा पाक्ने जात हो, यो आषाढको दाश्रो हप्ता देखी पाक्न शुरु गर्दछ, एक वोटवाट करिव ८०–९० के.जी. र वर्ष उत्पादन लिन सकिन्छ, फल ठुलो, रातो, गुलियो हुन्छ भने भित्रको विया सानो हुने तथा फल फूट्ने समस्या वढि हुन्छ । |
३ | कलकत्तिया | अत्याधिक गर्मी तथा सुख्खा सहन गर्न सक्ने तथा प्रत्यक वर्ष फल्ने खालको हुन्छ, प्रतिवोट उत्पादन सरदर ८०–९० के.जी. र वर्ष हुन्छ, यो ढिलो पाक्ने जातमा पर्दछ, सामान्यतया श्रावणको विचतिर मात्र पाक्दछ, वोट सानो करिव ४ मिटर सम्म अग्लो भएकोले काँटछाँट तथा अन्य काम गर्न सहज हुन्छ, फल ठुलो, चुच्चे, ठुलो झुप्पो, तथा गुलियोको मात्रा वढि भएको हुन्छ । |
४ | शाही | यो अगौटे जातमा पर्दछ र फल पाक्न आषाढको पहिलो हप्ता वाटै शुरु गर्दछ, नियमित तथा वाक्लो फल्ने प्रकृतिको हुन्छ, फल ठुलो (२२–२४ ग्राम) सम्मको अण्डाकार हुन्छ, विशेषगरी यसको फल डिव्वा वन्दी (canning)गर्नको लागी उपयोगी हुन्छ, औषतमा ९०– १०० के. जी. र वोटर वर्ष फल्दछ । |
५ | अर्लि सिडलेस | मध्यम खालको रुख हुन्छ, नियमीत फल दिने खालको हुन्छ, एउटा बोट बाट करिव ५०–६० के.जी./वर्ष उत्पादन हुन्छ, फलको आकार सानो (१६–१८ ग्राम) हुन्छ तथा विया सानो र चाउरिएको हुन्छ, फल गुलियो, गाढा रातो तथा सुगन्धित हुन्छ । |
६ | लेट सिडलेस | रुख ठुलो आकारको हुन्छ, श्रावणको पहिलो हप्तावाट पाक्न शुरु गर्दछ, एउटा बोटवाट सरदर उत्पादन ८०– १०० के.जी./वर्ष सम्म हुन्छ, फल ठुलो (२५ ग्राम) को हुन्छ तर विया भने सानो तथा चाउरिएको हुन्छ । |
७ | देहरादुन | यो पनि ढिलो पाक्ने जातहो, श्रावणको विचतिर पाक्दछ, एउटा वोटवाट सरदर उत्पादन ८०–९० के.जी. र वर्ष हुन्छ, फल मध्यम खालको (१५ ग्राम), गोलो, तथा रातो हुन्छ, घामवाट डढ्ने तथा फल फुट्ने समस्या वढि हुन्छ । |
८ | चाईना | यसको वोट मध्यम खालको हुन्छ जेष्ठको दोश्रो हप्तादेखी फल पाक्न शुरु गर्दछ, फल मध्यम खालको हुन्छ र पाक्दा गुलावी रातो रङ्गको हुन्छ, औषतमा ८०–१०० के.जी./वोट/वर्ष फल्दछ । |
आवश्यकता
व्यवसायिक रुपमा लिची खेती सामुन्द्रिक सतह देखी ८०० मीटर सम्मको उचाई उपयुक्त भएतापनि नेपालमा यसको खेती तराई देखी पहाडको सामुन्द्रिक सतहदेखि करिव १२०० मीटरसम्म गर्ने गरेको पाईन्छ । यसको उत्पादनको लागी वढी आद्रता भएको, गरम, ओसिलो तथा हिउँदमा ठण्डा चिसो हुने तर तुषारो नपर्ने ठाँउ उपयोगी हुन्छ । राम्रो सँग फूलफूल्नको लागी फूलफूल्ने समय भन्दा अगाडि ठण्डा हावापानी हुनु पर्दछ भने फलको विकास भईरहेको तथा फल पाक्ने समयमा कम आद्रता भएमा फल फूट्ने, पात झर्ने जस्ता समस्याहरु देखा पर्दछन् । वोटको राम्रो वृद्वि विकासको लागी वार्षिक औसत तापक्रम १५–३० डिग्री से. चाहिन्छ ।
लिचीको खेती विविध खालको माटोमा गर्न सकिने भएतापनि प्रसस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको, निकासको राम्रो व्यवस्था भएको, गहिरो, वलौटे दोमट किसिमको माटो उपयुक्त मानिन्छ । माटोमा पि. एच. ५.५–७ सम्म भएको उपयुक्त मानिन्छ ।
नर्सरी व्यवस्थापन
लिची मुख्य गरी वानस्पतिक तरिका वाट प्रसारण गरिएता पनि दुवै लैङ्गीक (विउवाट) तथा वानस्पतिक तरिकाद्वारा गर्न सकिन्छ । विउवाट प्रसारण गर्दा विरुवाको वृद्धि विकास विस्तारै हुने तथा फल दिन लामो समाय लाग्नुका साथ साथै गुणस्तर राम्रो नहुने कारणले त्यति लोकप्रिय छैन । वानस्पतिक प्रसारण विधिमा कलमी (Air layering/gootee/markotage) सफल तरिका हो तर यदाकदा कटिङ्ग, ग्राफ्टिंग, तथा वडिङ्ग गरेको पनि पाईन्छ ।
एयर लेयरिङ्ग अर्थात कलमी गर्दा चक्कु अथवा लाग्ने आँसी, वनको झ्याउ अथवा गोवर, मलिलो माटो, वाँध्ने डोरी, प्लाष्टिक र खरानी जस्ता वस्तुहरुको आवश्यकता पर्दछ । निरोगी करिव एक वर्ष पुरानो हाँगा छान्नु पर्दछ जसवाट सजिलैसँग जरा आउन सक्दछ । हाँगाको टुप्पातिर नभएर फेदतिर करिव एक इन्च जति वोक्रा निकाल्नु पर्दछ यसरी वोक्रा निकाल्दा भित्रको क्याम्वीएमको तह लाइ हातको सहायताले राम्रो सँग मिच्नु पर्दछ ।
वोक्रा निकाले पश्चात वनको भिजाएको झ्याउ, खरानी, मलिलो माटो, गोवर मिलाएर उक्त ठाँउमा सवै ढाक्ने गरी लगाउनु पर्दछ । झ्याउले राम्रो सँग वेरिसकेपश्चात कालो प्लाष्टिक ले राम्रोसँग पानी नपस्ने गरि तल र माथी सुतिको धागोले वाँध्नु पर्दछ ।
एयर लेयरिङ्ग गर्ने समय ठाँउ अनुसार फरक पर्ने भएता पनि साधारणतया नेपालमा तराईमा माघको अन्तिम हप्तादेखि फागुनको अन्तिम हप्तासम्म गर्न सकिन्छ भने मध्य पहाडी क्षेत्रमा फागुनको पहिलो हप्ता देखि चैत्रको पहिलो हप्तासम्म गर्न सकिन्छ । हावापानी ओसिलो भएको वेलामा एयर लेयरिङ्ग गर्नु उपयुक्त हुन्छ ।
एयर लेयरिङ्ग गरेको करिव २–२.५ महिना भित्रमा प्रसस्त मात्रामा जराहरु आउँछन त्यस पश्चात लेयरिङ्ग गरिएको हाँगालाई मुल वोटवाट निकालिन्छ, त्यस पश्चात २५–३० प्रतिशत पातहरु हटाएर छाँयादार नर्सरी व्याडमा रोप्नु पर्दछ, त्यसको ८–१० महिनामा विरुवा व्याडमा राम्रो सँग हुर्कन्छन् त्यस पश्चात मुख्य ठाँउमा लगेर विरुवा रोपण गर्नु पर्दछ ।
जग्गा तयारी
विरुवा लगाउने समय तथा रोप्ने तरिका
साधारणतया विरुवा जेठको चौथो हप्तादेखि असारको चौथो हप्तासम्म कलमी गरेर रोप्न सकिन्छ । विरुवा लगाउनु भन्दा पहिले रेखाड्ढन गरेर मात्र रोप्नु पर्दछ । खाडल करिव १ मीटर लम्वाई, १ मीटर चौडाई तथा १ मीटर गहिरो करिव विरुवा रोप्नु भन्दा २–३ महिना अगाडि खन्नु पर्दछ । खाडलमा सुकेका पात पतिङ्गर तथा स्याउलाहरु हालेर वालिदिनाले माटोमा भएका हानिकारक रोग तथा किराहरु मर्दछन साथै खाडल मलिलो पनि हुन्छ ।
यसरि तयार भएको खाडलमा पाकेको कम्पोष्ट मल २०–३० के. जी. तथा माथिको माटो तल पर्ने गरि राम्रो सँग मिसाउनु पर्दछ । यसरी तयार भएको खाडलमा विरुवाविचमा पर्ने गरि प्लान्टिङ्ग वोर्डको सहायताले विरुवा रोप्नु पर्दछ र विरुवाको फेदमा राम्रोसँग थिच्नु पर्दछ । विरुवा देखी १० से. मी. जती टाढा सिधाकिला गाडि सुतरीको सहायताले विरुवालाई वाँध्नु पर्दछ । जस्ले गर्दा हावावाट हल्लन पाउँदैन र विरुवा पनि सिधा वढ्न मद्दत गर्दछ । त्यस पश्चात विरुवाको जरा भिज्ने गरि हजारीको अथवा कुनै फोहराको सहायताले सिंचाई गर्नु पर्दछ ।
तालिकाः रोप्ने समय तथा विरुवा लगाउने दुरीको विवरण
विवरण | कृयाकलाप |
रोप्ने समय |
|
विरुवा लगाउने दुरी |
|
बाली व्यवस्थापन तथा हेरचाह
लिचीको वोट ठुलो नभएसम्म करिव ४–५ वर्ष सम्म छोटो समयमा उत्पादन दिन सक्ने फलफूल तथा तरकारी वालीहरु अन्तर वालीको रुपमा लगाउन सकिन्छ । हिउँदे तथा वर्षे तरकारी वालीहरु (काउली, वन्दा, मुला, वोडी, सिमी, भटमास आदी), फलफूलहरु (भुँइकटहर, मेवा आदी) तथा मसला वालीहरु (अदुवा, वेसार आदी) जस्ता वालीहरु लगाउन सकिन्छ । यस्ता वालिहरु लिचीवाट उत्पादन लिनु भन्दा अगाडिसम्म लगाउन सकिन्छ तर अन्तर वाली लगाउँदा वोटको फैलाबटमा नपर्ने गरी लगाउनु पर्दछ ।
लिची सदावाहार फलफूल भएको कारणले विरुवाको वृद्धि, विकास, तथा फलको उत्पादनको लागी माटोमा चिस्यानको मात्रा रहिरहनु अति आवश्यक हुन्छ तसर्थ स–साना विरुवा देखी उत्पादन दिने बोटहरुलाई पनि नियमित सिंचाईको व्यवस्था मिलाउनु पर्दछ । थोपा सिंचाई लिचीको लागी उपयुक्त एवं दिर्घकालीन हुन्छ । शुरुमा अलिक वढि खर्च लागेता पनि लामो समयको हिसाव गर्दा कम खर्च लाग्दछ, यसका साथ साथै, कम पानी वाट सिंचाइ गर्न तथा सिंचाइ गर्दा पानी सँग सँगै खाद्यतत्व हरु पनि दिन सकिन्छ । यसको अलावा पायप वाट वेसिनमा पानी दिएर तथा पानि बगैचामा लगाएर सिंचाइ गर्ने गरेको पनि पाईन्छ । वोट विरुवामा चिस्यान कायम राखी राख्नको लागी सिंचाइ तथा गोडमेल गरेपश्चात सुकेका पात पतिङ्गर, खर तथा पराल जस्ता वस्तुहरुको छापो दिनु उत्तम हुन्छ जस्ले माटोको चिस्यान कायम राख्नुका साथै झारपात उम्रिन दिदैन तसर्थ खाद्यतत्वको उपलव्धता पनि वढाउन सकिन्छ ।
फलको विकास हुने अवस्थामा हरेक ४/५ दिनको फरकमा सिंचाई गर्ने तथा उचित छापोको व्यवस्था मिलाउन सकेमा फल फूट्ने समस्यालाई न्युनिकरण गर्न सकिन्छ । कालो पोलिथिनद्वारा छापो दिन सकेमा लामो समयसम्म चिस्यान लाई जोगाउन सकिन्छ साथै अनावश्यक झारपात स्वतह नियन्त्रण हुन्छन् ।
लिचीको विरुवालाई तालिम तथा काँटछाँटको त्यति आवश्यकता नपरेता पनि राम्रो सँग वोटको वनौट वनाउनको लागी विरुवा रोपेपछि तालिम दिनु आवश्यक हुन्छ । लिचीको नयाँ पालुवामा फूलफूल्ने भएको कारण वर्षे्नि हल्का काँटछाँट गर्नु आवश्यक हुन्छ ताकि नयाँ पालुवा सँगै फूलको संख्या वृद्विभई उत्पादन वढ्न सकोस् । वोट वुढो भएपछि क्रमश उत्पादन घट्दै जानुका साथ साथै फल साना तथा कम गुणस्तरीय हुन्छन् यस्तो अवस्थामा कडा खालको काँटछाँट गर्नु आवश्यक हुन्छ जस्ले गर्दा नयाँ पालुवा पलाउनुको साथसाथै वढि उत्पादन दिन सक्छ यसका साथ साथै रोग किरा लागेका, सुकेका तथा भित्री हाँगाहरुलाई नियमित वगैचा अनुगमन निरिक्षण गरि हटाउनु पर्दछ । साधारणतया नेपालको सन्दर्भमा फल टिप्दा २०–३० से.मी. लामो डाँठ सहित फल टिप्ने परमम्पराले नै काँटछाँटको काम गरिरहेको हुन्छ ।
मलखाद वगैचा अनुसार फरक फरक पर्दछ किनकी ठाँउ अनुसार माटोको मलिलोपना फरक फरक पर्दछ । लिचीमा सकेसम्म प्राङ्गारिक मलको प्रयोग गर्नु उपयुक्त हुन्छ । प्रमुख खाद्यतत्वहरु (N,P, K) लाई मुख्यगरी माटोमा हाल्नु उपयुक्त हुन्छ तर नाईट्रोजन लाई पातमा छर्न पनि सकिन्छ ।
तालिकाः लिचीको लागी मलखादको सिफारिस मात्रा
वर्ष | मात्रा/वार्षिक/वोट | ||||||
के.जि. | ग्राम | ||||||
कम्पोष्ट | पिना | नाईट्रोजन | फस्फोरस | पोटास | जिन्क | वोरन | |
१ | १० | १ | ५० | २५ | २५ | २५ | |
२ | १५ | १.५ | १०० | ५० | ५० | ५० | |
३ | २० | २ | १५० | १२५ | ७५ | ७५ | |
४ | २५ | २.५ | २०० | १५० | १०० | १०० | |
५ | ३० | ३ | २५० | २०० | १२५ | १२५ | १२५ |
६ | ३५ | ३.५ | ३०० | २५० | १५० | १५० | १५० |
७ | ४० | ४ | ३५० | ३०० | १७५ | १७५ | १७५ |
८ | ४५ | ४.५ | ४०० | ३५० | २०० | २०० | २०० |
९ | ५० | ५ | ५०० | ४०० | २५० | २५० | २२५ |
≥९ | ६० | ५ | ६०० | ६०० | २५० | २५० | २५० |
विरुवा रोपेको ३ वर्षसम्म मलखाद राम्रो सँग दिन सकेमा विरुवाका वृद्वि विकास राम्रोसँग हुन मद्वत गर्दछ । रासायनिक मल सिफारिस मात्राभन्दा वढी हाल्नु हुँदैन र मल हाल्दा वोटको फेदैमा पर्ने गरि हालेमा विरुवा मर्ने सम्भावना हुन्छ तसर्थ विरुवाका वरीपरी माथी पात फैलिएर गएको ठाँउसम्म पर्नेगरी राम्रोसँग खनेर हाल्नु पर्दछ । मलखाद्य साधारणतया वर्षको दुईपटक दिन सकिन्छ, एकपटक फल टिपेको लगत्तै पछि र अर्को असोज कार्तिक महिनामा तर मलखाद्य दिने वित्तीकै सिंचाईको राम्रो प्रवन्ध मिलाउनु पर्दछ ।
मुख्य खाद्यतत्वहरु (N,P,K) व्यवस्थापन गर्दा ध्यान पुर्याउनु पर्दछ । नाईट्रोजन पाँच वर्ष सम्मको विरुवालाई आधा भाग फल टिपेको लगत्तै तथा आधा भाग फाल्गुन/चैत्रको समयमा दिनु पर्दछ तर ५ वर्षभन्दा माथीको वोटमा २५–३० प्रतिशत फल लागे पश्चात र वाँकी फल टिपेको लगत्तै दिनु राम्रो हुन्छ । साधारणतया १००० के.जि ताजा लिची उत्पादन हुँदा माटोबाट बिरुवाले नाईट्रोजन २.२ के.जि, फस्फोरस २ के.जि, पोटास ६.६ के.जि,क्याल्सियम १.६ के.जि,म्याग्नेसियम १.१ के.जि लिने गर्दछ ।
फस्फोरसको पुरै मात्रा फल टिपे पछि दिनु पर्दछ भने पोटासको ३० प्रतिशत फल लागे पश्चात (Pea size)र वाँकी फल टिपेपछि दिनु उपयुक्त हुन्छ ।
शुक्ष्म खाद्यतत्वहरु पातमा छरेर (Foliar spray) गर्नु उपयुक्त हुन्छ । पातमा छर्कनाले तत्काल खाद्यतत्वको कमिवाट हुने समस्यालाई न्युनिकरण गर्न सकिन्छ । साधारणतया वोरन र जिड्ढ वर्षको एक पटक छर्दा राम्रो हुन्छ तर शुक्ष्म खाद्यतत्वहरुको जव वोटमा कमि देखिन्छ तव छर्दा राम्रो हुन्छ ।
तालिकाः शुक्ष्म खाद्य तत्वहरुको सिफारिस मात्रा
खाद्यतत्व | उत्पादित वस्तु | माटोमा (ग्राम/मी.) | पातमा छर्ने (ग्राम/लीटर) |
वोरन (B) | वोरेक्स | २ | २ |
जिन्क (Zn) | जिन्क सल्फेट | २५ | १ |
तामा (Cu) | कपर सल्फेट | ४ | २ |
फलाम (Fe) | फेरस सल्फेट | १० | ५ |
म्याङ्गानिज (Mn) | म्यागानिज सल्फेट | ५ | २.५ |
शुक्ष्म खाद्यतत्वहरुले लिचीको फूल फूल्न र फल लाग्नको लागी विशेष सहयोग गर्दछ । खाद्यतत्व लाई झोल वनाएर छर्दा विशेष ध्यान दिनुपर्दछ । यदि सिफारीस गरिएको मात्रा भन्दा वढी मात्रामा छरियो भने त्यसले फलफुलहरु झर्ने समस्या हुन सक्दछ ।
लिचीमा स्वसेचन हुन सक्दैन । लिचीको फुल हाँगाहरुको टुप्पामा फुल्ने गर्दछन् । पहिले फेदतर्फ र विस्तार विस्तार टुप्पोतर्फ फल्दै जाने प्रकृतिको हुन्छ । साधारणतया अघिल्लो वर्ष फुल नफुलेका हाँगाहरुमा फुल फुलेको पाईन्छ । विजु विरुवाहरुमा ढिलो फुल फुल्दछ भने वानस्पतिक प्रजनन वाट उत्पादित विरुवाहरुमा छिटो फुल फूल्दछ । फुल फुल्नु भन्दा अघी विरुवालाई सुषुप्तावस्थाको आवश्यकता पर्दछ । फुल फुल्नु अगाडी चिसो मौसम आवश्यकता पर्दछ तसर्थ करिव १५ डिग्रीभन्दा कम भएमा राम्रोसँग फुल फुल्दछ । फुल फुल्न शुरु भएपछि करिव ३५–३६ दिन सम्ममा सम्पुर्ण फुलहरु फुलिसक्छ । फुलहरु झुप्पामा फुल्दछन् र ३ प्रकारका (भाले, पोथी र उभयलिङ्गी) हुन्छन् । साधारणतया लिचीमा पराग शेचन मौरी, झींगा, वारुला जस्ता किराहरुद्वारा गर्ने गर्दछन् भने कहिले काहीं हावा तथा पानीवाट पनि हुने गर्दछ । फुल फुल्ने समयमा मौरीलाई लिचीको वगैचामा चराउनको लागी मौरी सहितको घार लगेर राख्नु पर्दछ । लिचीको वगैचामा राम्रोसँग परागशेचन भएन भने त्यस्ता फलहरु राम्रो सँग नवढ्ने तथा झर्न सक्दछन् । बगैचामा लटरम्म फुलहरु फुलेको देखिएतापनि सवै फुलहरुवाट फल लाग्न सक्दैनन् र फुल तथा फलहरु व्यापक रुपमा झर्ने समस्या हुन्छ ।
त्यस्तो समस्या विभिन्न कारणहरु जस्तै खाद्य तत्वहरुको कमी, हर्मोनको उपलव्धता नहुनु, राम्रोसँग पराग शेचन नहुन, तथा गर्भा अवस्थामै तुहिनु तथा फूल फूल्ने र फल लाग्ने वेलामा तातो हावा चल्नु आदी कारणहरु प्रमुखहुन । मलखाद तथा सिंचाईको राम्रो व्यवस्था गर्न सकेमा फल झर्ने समस्यालाई न्युनिकरण गर्न सकिन्छ, विशेषगरी फल लागेको ३ देखी ५ हप्तासम्ममा अत्याधिक फलहरु झरेको पाईन्छ तसर्थ विरुवा वर्धक रसायनहरु जस्तै जिव्रेलिन २०–३० पि.पि.एम. अथवा २–४ डि फूल लागेको पहिलो हप्तामै छर्नु पर्दछ । वोरन, जिड्ढ, मोलिब्डेनम, फलाम जस्ता शुक्ष्म तत्वहरुको कमीले पनि फल झर्ने हुँदा त्यस्ता तत्वहरुको घोल वनाई छरेमा फल झर्ने समस्या कम गर्न सकिन्छ ।
रोग व्यवस्थापन
लिची वालीका प्रमुख रोगहरुमा लिची रष्ट, एन्थ्राकनोज आदी प्रमुख हुन ।
किरा व्यवस्थापन
यस कीराका लाभ्रेहरु फलको भेट्नुबाट भित्र पस्छन र कोयालाइ छेडेर त्यसभित्र पसेर खान्छन । कीराको दिशाले गर्दा फल खान लायक हुँदैनन् ।
बोक्रा खाने झुसिल कीरा
झुसिल कीराले वर्षा याममा बढी आक्रमण गर्दछ । फूल पारेको १०–११ दिनमा फूलबाट लार्भाहरु निस्केर विरुवाका बोक्राहरु खान शुरु गर्दछन् । वर्षायाम समाप्त हुने बेलामा बोटको काण्डमा प्वाल पारी भित्रभित्रै खाएर नष्ट गर्दछन् ।
रोकथाम
यी कीराहरुको नियन्त्रण गर्न कपासलाइ पेट्रोलमा वा फर्मालिन वा कार्बनडाइसल्फाइडमा चोपेर प्वालमा राखेर टालिदिनु पर्छ ।
पहिचान
यो सुलसुले धैरै सानो र शरिरको रङ्ग सेतो हुन्छ ।
क्षतिको पहिचान
सुलसुलेको माउ र वच्चा दुबैले पातको तल्लो सतहमा बसेर रस चुस्दछन् जसले गर्दा पातको तल्लो सतहमा खैरो भुवा जस्तो पदार्थको विकास हुन्छ । यसरी आक्रमण भएका पातहरु बटारिन्छन र कालान्तरमा बोटवाट झर्दछन ।
रोकथाम
असर गरेका पात तथा सुलसुले लागेर झरेका पात बटुलेर जलाउने ।
साबुन, गन्धक, पानी (२०:२:६००) को मिक्सचर, वा डाइमेथोएट २ एम एल प्रति लिटर पानीमा वा गन्धक ४.५ ग्राम प्रति लिटर पानीमा नयाँ पालुवा निस्कने समयमा पहिलो पटक र १० र १५ दिनको फरकमा ३–४ पटक उपचार गरेर सुलसुलेको नियन्त्रण गर्न सकिन्छ ।
पहिचान
वयस्क पतेराको रङ्ग रातो हुन्छ । शरिरको लम्बाइ ३० मि मि र चौडाइ १७ मि मि हुन्छ ।
क्षतिको पहिचान
यो किराका माउ र बच्चा दुबैले लिचीको फूलको डाँठ र फलको भेट्नुबाट रस चुस्दछन जसले गर्दा फलहरु पूर्ण विकसित नहुदै झर्दछन् ।
रोकथाम
कीराको धैरै प्रकोप भएमा फड्के कीरा नियन्त्रण गर्न प्रयोग हुने विषादि प्रयोग गर्ने ।
मेवामा २ प्रकारका जरामा गाँठो पार्ने निमाटोड मेलोइडोगाइन इन्कोगनिटा (Meloidogyne incognita) र प्रेटिलेन्चस रेनिफर्मिस (pratylenchus reniformis)ले धैरै नोक्सानी पुर्याउँदछ ।
रोकथाम
यी दुबै प्रकारका निमाटोडलाई प्mयुराडन ०.६ ग्राम प्रति थैला नर्सरी ब्याडमा राखेर वा बगैँचामा प्रतिबोट २५ ग्राम फेदको वरिपरि राखेर नियन्त्रण गर्न सकिन्छ । निभागन २० किलो प्रति हेक्टरका दरले बिरुवा लगाउन भन्दा पहिले माटोमा मिलाउनाले यी जुकाबाट बचाउन सकिन्छ ।
विकृति व्यवस्थापन
यो समस्या छिटो पाक्ने जातहरुमा बढी देखा पर्दछ । फलको बृद्धि बिकास तथा फल परिपक्व हुने समयमा उच्च तापक्रम, तातो हावाको बहाब, कम आद्रता र माटोमा चिस्यानको मात्रा कम भएमा वा सुक्ष्म तत्वको कमी भएमा यो समस्या देखा पर्ने गर्दछ । बोरोन तत्वको कमी तथा माटोमा क्याल्सियम कम भएमा पनी यो समस्या देखा पर्दछ । दिन र रातको तापक्रमको फरक धेरै र धेरै समय सम्मको सुख्खा पछि अधिक पानी परेमा पनी यो समस्या देखा पर्दछ ।
व्यवस्थापनका उपायहरु
- फल विकास हुने अबस्थामा माटोमा चिस्यान कायम राख्ने तथा बोटको वरिपरी छापोको व्यवस्था गर्ने
- १०० पि. पि. एम (२० मि.ग्रा.)को एन. ए. ए, १० पि. पि. एमको २४ डि (१ मि.लि.), जिब्रेलिक एसिड २० पि. पि. एम. को स्प्रे गर्ने
- २ ग्राम बोरेक्स प्रति लिटर पानीमा मिसाएर फलको बृद्धि हुने अबस्थामा छर्दा फल फुट्ने समस्या कम गर्न सकिन्छ ,
- तातो हावा बहने दिशातर्फ छिटो बढ्ने रुखको छेकबार लगाउने ।
यो लिचीको प्रमुख समस्या हो । यसबाट करिब १ देखी २० प्रतिशतसम्म फलहरुमा क्षति पुग्ने गर्दछ । बाताबरणीय, जातिय, हार्मोन, चिस्यान, खाद्यतत्व आदि जस्ता पक्षहरुले यसलाई बढावा दिन्छन् । यो बढी मात्रामा बालुवा भएको माटो, तापक्रम ४० डिग्रीभन्दा बढी र आद्रता ५० प्रतिशत भन्दा कम भएको अबस्थामा प्रकोपको रुपमा देखा पर्दछ । यो समस्या बढी मात्रामा छिटो पाक्ने जातहरुमा देखा पर्दछ । सूर्यको किरण परेको फलको भागमा हल्का खैरो धब्बाहरु देखा पर्ने गर्दछ । अन्तमा यो भाग सुकेर गुदीको विकास हुन पाउँदैन ।
व्यवस्थापनका उपायहरु
- नियमित अन्तरालमा फलको बिकास तथा पाक्ने अबस्थामा सिंचाई गर्ने ।
- तातो हावा बहने दिशातर्फ छिटो बढ्ने रुखको छेकबार लगाउने ।
- समुचित खाद्य तत्वको व्यवस्थापनमा ध्यान दिने ।
फल सानो हुने, गुदी तथा रस कम हुने जस्ता समस्या देखा पर्दछन् । फल धेरै समय सम्म पहेलो हरियो रंगको (pale green) हुने र केही हल्का रातो रंग भई फल खस्ने । राम्रोसंग परागसेचन हुन नसक्नु, रोग कीराको आक्रमण, चिस्यानको कमी आदि यसका कारण हुन् ।
व्यवस्थापनका उपायहरु
- उचित खाद्यतत्व व्यवस्थापन ।
- परागसेचनको लागि मौरी तथा अन्य परागसेचनमा सहयोग गर्ने भमरा लगायतका कीराको ब्यबस्था ।
- फलको बृद्धि बिकासको बेलामा बिहानीपखको समय (९ देखी १२ बजे) पानी स्प्रे गर्ने जसले फलको आकार तथा गुणस्तर बृद्धिमा सहयोग गर्दछ, ।
- फोहरा सिंचाई प्रबिधिबाट पानी दिने ।
उच्च तापक्रम, कम आद्रता, तातो हाबाको बहाब, बिशेष हार्मोनहरुको कमी, राम्रोसँग गर्भाधान प्रकृया (fertilization) नहुनु र इम्ब्रियो बन्न नसक्नु (abortion), फल प्वाल पार्ने गबारो तथा सुलसुलेको आक्रमण आदि कारणले गर्दा फूल तथा फल झर्ने समस्या देखा पर्दछ ।
व्यवस्थापनका उपायहरु
- बगैचामा मौरीघार ब्यबस्था गर्ने।
- फूल फूलेको अबस्थामा बिषादीको प्रयोग नगर्ने ।
- बोरेक्स वा बोरिस एसिड २ ग्राम प्रति लिटर पानीको दरले फलको बृद्धि हुने अवस्थामा २–३ पटक छर्ने, ।
- लिची बदामको दाना जत्रो भएपछि १५ दिनको फरकमा प्लानोफिक्स ४ मि.लि प्रति लिटर पानीमा मिसाएर २ पटक छर्ने, ।
- फुल फक्रनु भन्दा अगाडी एन ए ए २० देख ३० पि. पि. एम (२० ३० मिलि ग्राम प्रति लिटर पानी), जिब्रेलिक एसिड २० २५ पि.पि.एम वा २४ डी १० २० पि.पि.एम छर्ने ।
नाईटोजनयुक्त मलको ढिला प्रयोग, फुल फुल्नु अगाडी धेरै पटक तथा धेरै मात्रामा पानीको प्रयोग तथा बिभिन्न खाद्यतत्व कम वा बढी प्रयोग गर्नु आदि यसका कारक तत्वहरु हुन् । बढी सिंचाई , खाद्य तत्वको कमी तथा वातावरणीय तत्व नियमित फल नफल्न बढी कारक तत्वको रुपमा लिईन्छ । ढिलो फल टिप्नु तथा बढी काँटछाँटले गर्दा अर्को बर्ष फल कम लाग्ने हुन सक्छ । कुनै अवस्थामा जातिय बिशेषताले पनि असर पार्दछ ।
व्यवस्थापनका उपायहरु
- वर्षे पिच्छे फल्ने जात लगाउने (जस्तै शाही, रोज सेन्टेड, देहरादुन आदि) तर चाईना, सिडलेस बर्षे पिच्छे नफल्ने जातहरु हुन्छ ।
- फल टिपेपछि सिफारिस मात्रामा खाद्यतत्व तथा सिंचाई ब्यबस्थापनमा ध्यान दिने ।
- रोग तथा कीरा नियन्त्रणका प्रभाबकारी उपाय अबलम्बन गर्ने ।
- फल टिपेपछी आबश्यक मात्रमा मात्र तालिम तथा काँटछाँट गर्ने । फल टिप्दा ८ देखी १० इन्च जति हाँगा सहितको फल टिप्ने जसले गर्दा बलियो तथा स्वस्थ मुना पलाउन सहयोग गर्दछ, ।
- अर्ध बृताकार वा छाता आकारको बिरुवा हुने गरी फल टिपेपछि काँटछाँट गर्ने र धेरै मात्रामा हाँगा नहटाउने ।
यो फलको क्षतिको प्रमुख कारण हो सामान्यतया फल टिपेको २४ घण्टामा २० देखी ३० डिग्री तापक्रम भएको अबस्थामा पानीको मात्रा घटी गुदीमा खैरोपना देखा पर्दछ । कोषमा क्षति पुर्याउने जुनसुकै कृयाकलाप जस्तै कीराको आक्रमण, चोटपटक आदिले गुदीमा खैरोपना ल्याउने गर्दछ ।
व्यवस्थापनका उपायहरु
- फललाई चिस्यान प्रुफ ब्यागमा राख्ने ।
- ३५ प्रतिशत अक्सिजन र ३–५ प्रतिशत कार्बनडाईअक्साईड भएको अवस्थामा भण्डारण गर्ने १० प्रतिशत भन्दा बढी कार्बनडाईअक्साईड भएमा फलको गुणस्तर बिग्रन्छ ।
- फल टिप्दा क्षति नपुर्याउने ।
बाली कटानी तथा भण्डारण
लिची टिपे पश्चात नपाक्ने (Non-climacteric) फल भएकोले फल टिप्दा वोटमै राम्रोसँग पकाएर मात्र टिप्नु पर्दछ । फल पाक्दै जाँदा फलको अम्लिय पन (acidity) घट्दै जान्छ भने कुल घुलनशिल चिनी (TSS) को मात्रा वढ्दै जान्छ । टाढा लैजानुपर्ने फल टिप्दा बअष्मष्तथ ३–४ प्रतिशत र TSS १९ व्रिक्स हुनुपर्दछ भने स्थानिय वजारमा लैजाने फल टिप्दा फल राम्रो सँग वोटमा पकाएर मात्र टिप्नु उपयुक्त हुन्छ । फल पाक्ने वेलामा क्रमश हरियो वाट गुलावी हुँदै रातो रङ्गमा परिवर्तन हुन्छ र फलको वोक्रामा भएका काँडाँहरु विस्तारै वोदा हुँदै जान्छन् ।
साधारणतया फल लागेको ६५–८० दिन सम्ममा फल पाक्न शुरु गर्दछ तर यो जात र हावापानी अनुसार फरक पर्न सक्दछ । लिचीको फल टिप्दा झुप्पाको साथमा केहि भाग हाँगा र पातहरु सँगै टिप्नु पर्दछ । सकेसम्म विहानी पख तापक्रम कम भएको वेलामा फल टिप्नु उपयुक्त हुन्छ जस्ले गर्दा फलको भण्डारण क्षमता (Storage capacity)वढाउन मद्दत गर्दछ ।
लिचीको उत्पादन हावापानी, माटो, व्यवस्थापन, जात जस्ता विभिन्न कुराहरुमा निर्भर गर्दछ तर एउटा परिपक्व वोट (१४–१६ वर्ष) वाट करिव ८०–१५० के.जी. सम्म उत्पादन लिन सकिन्छ भने राम्रो व्यवस्थापन गरिएमा परिपक्व वोटवाट करिव ५०० के.जी. सम्म उत्पादन लिन सकिन्छ । वगैचामा मौरी पालन व्यवसाय गर्नाले १५–२० प्रतिशत सम्म लिचीको उत्पादन वढाउन सकिने कुरा विभिन्न अध्ययन अनुसन्धानवाट प्राप्त भएको छ । विशेष गरि युरोपिनयन मौरी (Apis mellifera) लिचीको लागी उपयुक्त हुन्छ जस्ले लिचीको उत्पादन वृद्धि गर्नुका साथ साथै लिचीको मह उत्पादन वाट थप आय आर्जन गर्न सकिन्छ ।
लिचीको फल टिपे पछी लामो समयसम्म भण्डारण गर्न सकिदैन । साधारण तापक्रममा लिचीलाई २–३ दिन सम्म मात्र राख्न सकिन्छ भने चोटपटक नलगाईकन टिपेको लिचीलाइ शित भण्डारण (Cold storage) मा करिव ३–४ महिना सम्म राख्न सकिन्छ जस्मा तापक्रम १–७ डिग्री सेन्टिग्रेट मिलाउनु पर्दछ ।
सन्दर्भ सामग्री
सन्दर्भ
पद्मनाथ आत्रेय
फलफूल विकास अधिकृत
उष्ण प्रदेशीय फलफूल खेति प्रविधि पुस्तिका - लिची खेती प्रबिधि
फलफूल विकास निर्देशनालय
कीर्तिपुर, काठमाडौं