ढुसिनाशक र किरानाशक विषादीबाट बीउ उपचार

अन्नबालीको प्रकार

विवरणको प्रकार

जुन ठाँउमा बीउबाट सर्ने जस्तैः लुज स्मट, फल्स स्मट, जरा कुहिने (रुट रट), जमिनको सतहमा सड्ने (कोलार रट) तथा डाँठ सड्ने (स्टीम रट) रोगहरुको प्रकोप छ, त्यस्तो ठाँउमा बीउ ढुसिनाशक विषादीबाट उपचार यी रोगहरु प्रकोप न्यून गर्न सकिन्छ । बेभिस्टीन वा थाईराइड वा सेरेसन वा डाईथेन एम्-४५ औषधि २ देखि २.५ ग्राम प्रति के.जी. धानको बीउ सुख्खा अवस्थामा नै उपचार गर्नु पर्दछ । अथवा यसको लागि कार्वोन्डाजिम/बेभिस्टिन २ ग्रामप्रति के. जी. बीउको दरले राखी बनाएको घोलमा २४ घण्टासम्म बीउलाई भिजाउनु पर्दछ । भिजाउन प्रयोग गरिने पानीको मात्रा बीउको मात्रासँग बराबर हुनुपर्छ । त्यसपछि बीउलाई उक्त विषादीको घोलबाट हटाई ४-५ घण्टा छायाँमा सुकाउनु पर्दछ ।डढुवा रोग जस्तो रोगका बिरुद्ध बीउहरुलाई नुन पानीको घोलमा भिजाएपछि १० लिटर पानीमा स्ट्रेप्टोसाईल्कन वा एग्रोमाईसिन १०० को एक ग्राम धुलो औषधि प्रति के.जी बीउको लागी उपचार गर्नु पर्दछ । यदि खेतमा माटोबाट सर्ने किरा जस्तै धमिराको समस्या छ भने किरा मार्ने विषादी जस्तै ईमिडाक्लोप्रिड ३ मिली लिटर प्रति किलो बीउका दरले बीउ उपचार गर्नुपर्दछ ।

Serial No.

3