हावापानी

    स्याउको ब्यबसायिक खेतीको लागी १००० देखि १५०० घण्टा ७सेल्सियस भन्दा कम तापक्रमको आबश्यकता पर्दछ । नेपालमा समुन्द्र सतह देखि २००० देखि ३००० मिटर उचाई भएको स्थानमा स्याउ खेती गर्न सकिन्छ । स्याउको बोटको सक्रिय वृद्धि विकास  हुन २१देखि २४ सेल्सियस औषत तापक्रमको आवश्यकता पर्दछ । स्याउको फुल फुलेको अवस्थामा कम तापक्रम, बर्षा, हिमपात र बादल भई रहेमा परागसेचन प्रक्रियालाई निकै बाधा  पुगी फल उत्पादन घट्दछ ।
      स्याउ फलको वृद्धि विकास हुन प्रशस्त घमाईलो दिनहरुको आवश्यकता पर्दछ तसर्थ जेठ देखी भाद्र सम्म घमाईलो दिन भएमा फलको राम्रो बृद्धि बिकास हुन्छ । फलमा रंग आउनको लागी एन्थोसायनिन नामक रसायन बन्नुपर्ने हुन्छ जसको लागि घामको आवश्यकता पर्दछ । साधारणतया १५०० देखि २००० मिटर सम्मको उचाई भएको स्थानको लागी उत्तर पुर्वी मोहडा र सो भन्दा माथीको उचाई भएको स्थानमा दक्षिण पश्चिमी मोहडा स्याउ खेतिको लागी उपयुक्त हुन्छ ।
 स्याउ खेतीको लागि असिना र फूल फुल्ने समयमा तुषारो पर्न हुर्देन । स्याउको राम्रो गुणस्तरीय फल उत्पादनको लागी बार्षिक २०० देखि २५० मिलि मिटर बर्षा जुन चैत्र देखि भदौ सम्म बराबर हिसाबले  परेको हुनु पर्दछ ।  स्याउको फलको बृद्धि बिकासको समयमा माटो सुख्खा हुन हुदैन अन्यथा फलको साईज घटने, फलको संख्या घटने र जेष्ठ अषाढमा (जून ड्रप) साना फल अत्यधिक मात्रामा झर्दछ । धेरै हावा चल्ने स्थानहरुमा गुणस्तरिय स्याउ उत्पादन गर्न  गाह्रो हुन्छ ।