मध्यम चिसो आवश्यक पर्ने जातहरु

ख) मध्यम चिसो आवश्यक पर्ने जातहरु:
मध्यम चिसो आवश्यक पर्ने जातहरु(mild chiling cultivars)लाई ७ डिग्रि  से. भन्दा कम तापक्रम हुने समय(chilling period) ६०० देखि १,००० घण्टा सम्म आवश्यक पर्दछ । मध्यम चिसो आवश्यक पर्ने स्याउका जातहरुको खेती समुन्द्र सतहवाट १,५०० मिटर २,००० मिटर सम्म उचाई भएको मध्यपहाडी भागमा गर्न सकिन्छ । जस्तै
     १. क्रिस्पीन (Crispin)
यो जात गोल्डेन डेलिसियस र इन्डो जातको क्रसवाट निकालिएको हो ।वोट ठूलो, वलियो र चारैतर्फ फैलिएको हुन्छ । पछौटे समुहमा पर्ने यस जातको फल असोज/कार्तिक महिनामा पाक्दछ ।साधारण तापक्रम(room temperature) मा करिव ३ महिना सम्म राम्रो संग फल भण्डारण गर्न सकिन्छ

  २. रेड जुन(Red June)
अगौटे समुहमा पर्ने यस जातको फल श्रावणको अन्तिम हप्तामा पाक्दछ । साधारण तापक्रममा करिव २ हप्तासम्म भण्डारण गर्न सकिन्छ । यस जातलाई डेलिसियस जातका स्याउको लागी परागसेचनकार्ताको रुपमा लिन सकिन्छ । यो साधारणतया वर्ष विराएर फल्ने( Binneal bearing)खालको हुन्छ । यो जात छिटो पाक्ने हुनाले वजारमा राम्रो मुल्य पाउन सकिन्छ ।

     ३.कक्स अरेन्ज पिपिन( Cox's Orange Pippin)
यसको फलको वोक्रा अलिअलि  पहेलो र राता रंगको हुन्छ । आफैमा परसेचन क्रिया नहुने हुंदा यसलाई परागकणकर्ता (polinizer)जातको वोट आवश्यकता पर्दछ तर यसमा प्रत्यक वर्ष फल लाग्न सक्ने जातीय गुण हुन्छ । यसमा फल वाक्लो लाग्ने गर्दछ र भाद्रको शुरुमा नै पाक्न शुरु गर्दछ ।


     ४. किङ अफ पिपिन(King of Pippin)
फलको आकार मध्यम खालको र हल्का टुप्पो तर्फ चुच्चो हुन्छ । फलको वोक्रा चिल्लो, पहेलो–सुन्तला रङ्गको र रातो धर्साहरु छरिएको हुन्छ । यो अगौटे समुहमा पर्ने जात भएकोले श्रावण अन्तिम हप्ता तथा भाद्रको शुरु तिर पाक्न थाल्दछ ।यो जात वर्ष विराएर फल्ने भएता पनि फलेको वर्ष अत्याधिक फल्ने गर्दछ ।