कम चिसो आवश्यक पर्ने जातहरु:

कम चिसो आवश्यक पर्ने जातहरु:

कम चिसो आवश्यक पर्ने जातहरु (low chiling cultivar) लाई ७ डिग्री से. भन्दा कम तापक्रमको चिसो समय ४०० देखि ६०० घण्टा सम्म आवश्यक पर्दछ । नेपालको १,२०० देखि १,५०० मिटर उचाई भएको पहाडी क्षेत्रमा यस्ता जातका स्याउहरुको खेतीगर्न सकिन्छ । कम चिसो आवश्यक पर्ने स्याउका मुख्य जातहरु:
     १. अन्ना(Anna)
यसको फल मझौला देखि ठूलो, शंकु आकारको वोक्रा पहेंलो तर ३०–४० प्रतिशत भाग रातो रंङ्ग ढाकिएको हुन्छ । असारको तेश्रो हप्ता देखि फल पाक्न शुरु गर्दछ ।


  २. भेरिड(Vered)

यसको फल असारको दोश्रो हप्ता देखि पाक्न शुरु गर्दछ । फल रातो, गोलो, अलि अमिलो, मझौला आकारको हुन्छ । यसलाई न्यानो शितोष्ण क्षेत्रमा लगाउन सकिन्छ ।

     ३. ट्रपिकल व्युटी (Tropical Beauty)
फल मध्यम आकारको हुन्छ र पाक्दा रातो–सुन्तला रङ्गको देखिन्छ । गुदि नरम खालको तथा गुलियो स्वादको हुन्छ ।