रोग तथा किरा व्यवस्थापन

अन्नबालीको प्रकार

किराको हकमा माटोमा वसेर क्षति पुयाउने खालका किराहरु फेदकटुवा, खुम्रे आदी प्रमुख मानिन्छन। यि किरा नियन्त्रणका लागि राम्रोसंग पाकेको तथा पुरानो गोवर तथा कम्पोष्ट मल प्रयोग गर्ने, किराको माउलाइ बत्तिको पासो बनाइ मार्ने, गहिरा खनजोत गरी जोत्न ताकी किराको लाभ तथा प्युपा अवस्था माटोको सतहमा आइ चर्को घामका कारण नष्ट हुन सक्छन । रासायनिक विषादी का हकमा क्लोरपाइरिफस १०इ.सी. (डर्सवान) २ मि.लि. प्रति लिटर पानीमा घोली प्रति कठठा २० देखि २५ लिटरका घोलले माटो भिज्ने गरि स्प्रे गर्ने । डाठ तथा गुवो भित्र वसेर खाने गवारो किरा जमिन माथी लाग्ने मुख्य किरा हो । यस्को नियन्त्रणका लागि क्लोरपाइरिफस ३० इ.सी. १.५ देखि २ मि.लि. प्रति लिटर पानीमा मिसाइ छर्ने वा फयुराडन २ देखि ३ दाना प्रत्येक गुवोमा राखिदिने । रोगहरुको हकमा दक्षिणी पात डढुवा,उत्तरी पात डढुवा, मकैको ध्वाँसे थेग्ले रोग, घोगा कुहिने रोग, डाँठ कुहिने रोग आदी हुन । प्रभावकारी रोग व्यवस्थापनका लागि रोग अवरोधक जातहरुका प्रयोग, विउ उपचार (वेभिष्टिन २.५ ग्रा. प्रति केजी विउका दरले ), बाली चक्र अपनाउने, रोगी विरुवाका अवशेषहरुलाइ गाडने, सन्तुलित मात्रामा मलको प्रयोग गर्ने, पानी निकासको उचित प्रवन्ध गर्ने तथा रासायनिक विषादी प्रयोग गर्नु परेमा २ ग्राम डाइथेन एम ४५ वा टिल्ट १ मिली प्रति लिटर पानीमा मिसाएर स्प्रे गर्ने ।

Serial No.

4