खाडल खन्ने

अर्को बर्षबाट स्याउ रोप्ने हो भने अघिल्लो बर्षको चैत्र÷बैशाखमा खाडल खनि आवश्यक तयारी गर्नुपर्दछ । विरुवा रोप्ने खाडलको लम्बाई, चौडाई र गहिराई १ह१ह१ को हुनु पर्दछ र उक्त क्षेत्रमा  खन्दा कडा चट्टान  आउन हुदैन । खाडल खन्दा माथीको आधा मिटर माटो एकातर्फ र तलको बांकी आधा मिटरको माटो  अर्कोतर्फ राख्नु पर्दछ ।
 माथिल्लो सतहको आधा मिटर माटोमा २० के.जी. कम्पोष्ट मल, वोनमिल, रासायनिक मल र माटो उपचार गर्ने विषादीहरु राम्रोसंग मिसाएर त्यसैले खाडल पुर्नु पर्दछ । विरुवा रोपिसकेपछि माटो बसेर खाल्टो पर्ने र पानी जम्ने समस्या उत्पन्न हुन नदिन खाडल पुर्दा जमीनवाट १ देखि १.५ फिट माथी सम्म उठाउनु पर्दछ  पुरे पछि खुट्टाले थिचेर खांदनु पर्दछ ।