सिंचाई

स्याउलाई विरुवा रोप्न साथ पानी दिनु पर्दछ त्यस पछि भर्खर रोपिएका विरुवाहरुलाई आवश्यक पर्ने चिस्यानमा कमि नहुने गरी सिंचाईको व्यवस्था मिलाउनु पर्दछ । फागुन देखि भदौ महिना सम्म स्याउ बगैचामा अवश्यक मात्रमा चिस्यानको व्यवस्थापन गर्न सकेमा सबै उमेरका वोटहरुको बृद्घि विकास राम्रो हुनुको साथै फलेका फलहरुको साईजमा पनि बृद्घि भई उत्पादन बढ्छ । यस अवधीमा बगैचामा कुनै पनि हालतमा चिस्यानको कमी हुन दिनु हुंदैन । नेपालमा स्याउलाई पाईपवाट वा बोकेर पानी दिने चलन छ भने अन्य देशमा थोपा (चित्र ९) तथा फोहरा (चित्र १०) वाट सिंचाई दिने गरिएको छ ।

चित्र ९: स्याउमा थोपा सिंचाई  

 चित्र  १०: स्याउमा फोहरा सिंचाई