तालिम तथा कांटछांट

स्याउको वोटको अकार प्रकार मिलाउन र स्याउको वोटलाई व्यवस्थीत गर्न हरेक बर्ष  तालिम तथा कांटछांट गरिन्छ । त्यसैले स्याउको वोटको तालिम र कांटछांट स्याउ खेतिको लागी अति महत्वपुर्ण कार्य हो । तालिम र कांटछांट   राम्रोसंग  नगरेमा फल नफल्ने  वा कम फल्न पनि सक्दछ । स्याउको वोटलाई तालिम दिंदा निम्न फाईदाहरु हुन्छ ।

  • मुख्य हांगाहरु (scaffold branch) बलियो हुन्छ जसले गुणस्तरिय फल उत्पादन हुनुको साथै सो हांगाले धेरै फलहरु धान्न सक्दछ ।
  • लगातार हरेक बर्ष उत्पादन लिन सकिन्छ ।
  • बोटमा धेरै हांगा र पातहरु आउंंछन र सबै पातहरुले सुर्यको किरण प्राप्त गर्दछन् ।
  • ईच्छाएको मात्रा र दिशामा फल फलाउन सकिन्छ ।
  • बगैचा व्यवस्थापन (गोडमेल, विषादी छर्न, मलखाद दिन) सजिलो हुन्छ ।
  • वोटको सबै भागमा हावाको संचार हुन्छ ।
  • राम्रो तालिमले हांगाहरुलाई कडा सूृर्यको किरणवाट जोगाउंदछ ।
  • चांडै उत्पादनमा आउन सहयोग गर्दछ ।

नेपालमा प्रचलित तालिम दिने तरिकाहरु दुई प्रकारका छन्:
१. सुधारिएको नेता प्रणाली (Modified leader system)
विरुवा रोपेकै बर्षको बैशाख देखि जेष्ठ महिना सम्ममा रोपेका वोटहरुमा भएका हरेक मुना (axillary bud)  वाट नयां पालुवा (new flush) आई सक्छ । यसरी आएका नयां पालुवाहरु जमिनवाट ३० देखि ६० से.मी माथी तिरवाट ३ देखी ४ वटा मात्र राखेर घाम लागेको समयमा हातैले वा कैचिको सहयोगमा त्यहावाट पुनः पालुवा नआउने गरी हटाई दिनु पर्दछ । ति ३ वटा नयां पालुवाहरुको एक अर्काको दूरी  १० देखि २० से.मी कायम गर्नु पर्दछ । यस प्रक्रियालाई summer prunning भनिन्छ ।                          
दोस्रो बर्षमा सबभन्दा माथीको मुनावाट बढ्दै गरेको हांगावाट अघिल्लो बर्षमा जस्तै गरी तिनवटा मात्र मुना राखेर अरुलाई हटाई दिई summer pruning गर्नु पर्दछ । यसरी तेस्रो बर्षमा भने ४ वटा सम्म मुना राखेर हांगाहरुको व्यवस्थापन कार्य सकिन्छ । सुधारिएको नेता प्रणाली (modified leader system)  मा ठुला मुख्य हांगाहरु (scaffold branches) को संख्या १० देखि १२ वटा  (चित्र नं. २०) सम्म राख्न सकिन्छ ।
२. खुल्ला केन्द्र प्रणाली (Open center system)
विरुवा रोपेकै बर्षको बैशाख देखि जेष्ठ महिना सम्ममा रोपेका वोटहरुमा भएका मुना (axillary buds) वाट नयां पालुवा (new flush) आई सक्छ । यसरी आएका नयां पालुवाहरु जमिनवाट ३० देखि ६० से.मी माथी तिरवाट ३ देखि ४ वटा scaffold branches को रुपमा मात्र राखेर घाम लागेको समयमा हातैले वा कैचिको सहयोगमा त्यहावाट पुनः पालुवा नआउने गरी हटाई दिनु पर्दछ । ति ३ देखि ४ वटा नयां पालुवाहरुको एक अर्काको दूरी  सकभर कम गर्दा (चित्र नं. २०) उपयुक्त हुन्छ । खुल्ला केन्द्र प्रणाली (open center system) मा ठुला मुख्य हांगाहरु (scaffold branches) ३ देखि ४ वटा मात्र राखिन्छ  । ति मुख्य ठुला हांगाहरुलाई माथीतिर ठाडो रुपमा बडन नदिई तिनीहरुलाई लगभग तेर्सो रुपमा बढाउनु पर्दछ ।        

चित्र २०: स्याउको तालिमको तरिका (सुधारिएको नेता  र खुल्ला केन्द्रिय प्रणाली)