फल टिप्ने र उत्पादन

स्याउ फल पाक्न साथ टिप्नु पर्दछ । फललाई  टाढाको बजारमा लैजानु पर्ने भएमा वा भण्डारण गर्ने हो भने पाक्नु भन्दा केही दिन अगाडी नै टिप्नु पर्दछ । धेरै कांचो र धेरै पाकेको फल पनि टिप्नु  हुदैन । कांचो भएमा भण्डारणमा फल चाउरिन सक्दछ भने धेरै पाकेको छ भने चांडै विग्रन्छ । फल टिप्दा फल टिप्ने झोलाको प्रयोग गर्नु पर्दछ । भेटनो सहितको स्याउ फल टिप्दा फल हातको पञ्जा भित्र पारी समातेर फललाई माथी तिर धकेलेर छिटो घमाउनु पर्छ जस्ले गर्दा फलको भेटनो सहित आउछ । भेटनो नहुने गरेर फल टिप्नु हुदैन । तर भेटनोलाई भने कैचीको सहयोगले फलको सतह भन्दा होचो हुने गरी छांटनु पर्दछ । भेटनो नभएको फल भण्डारणमा चांडै कुहिन्छ । पछि झोलामा फल राख्दा एक अर्कामा कुनै पनि हालतमा ठोकिन दिनु हुदैन ।  राम्रो ब्यबस्थापन गरेमा एक बोटबाट औषतमा ३० देखी ९० के.जी सम्म फल उत्पादन  लिन सकिन्छ ।