१.१ सेतो भुवादार लाही कीरा (Wooly aphid)

सेतो भुवादार लाही कीराको Erisoma lanigerum प्रजातिले सबै जातका स्याउमा नोक्सान गर्दछ । बैजनी र∙को यस कीराले सेतो भुवा निकाल्छ र त्यही सेतो पदार्थले शरीरलाई वरिपरिवाट ढाकेर सेतो कपासको गुच्छा जस्तो भएर बसेको देखिन्छ (चित्र २३, २४) । यसलाई हातले थिच्दा बैजनी र∙ निस्केको देख्न सकिन्छ । विरुवाको मूलबृत, हांगा, पात तथा जरामा बसेर विरुवाको कमलो भागवाट लगातार रस चुस्ने यस कीराले नर्सरी बगैंचाका बोटहरुमा नोक्सान पुर्याउछ । यस कीराले हिंउदमा पात झरेको बेला मूलकाण्ड र जमीन मुनीको भागलाई चुस्ने गर्दछ । यस्तो लाही कीराले बढी सताएको विरुवा भागहरुमा गिर्खाहरु निस्कने गर्दछन् भने बढी असर पारेका रुखहरुमा फल कम लाग्ने, फल कमसल खालको हुने र विरुवा नै मर्ने समस्या उत्पन्न हुन्छ ।
 

रोकथाम/व्यवस्थापन:
यस्तो कीराको नियन्त्रणका लागि देहायका उपायहरु अपनाउन सकिन्छ ।
१. बेना उत्पादन गर्दा Maling Metron (MM) series  वा Malus prunifola जातका कीरा अवरोधक रुटस्टकहरु प्रयोग गर्नुपर्दछ ।
२. कीरा बढी देखा पर्नेको क्षेत्रहरुमा लाहीको प्राकृतिक शत्रु Aphinus mali नामक परजीवी छोडी दिंदा त्यसले कीरा नियन्त्रण  गर्दछ ।
३. कीरा लागेका हांगा तथा मर्न लागेका बुढा बोटहरुलाई हटाएर सबै कीरा मार्दा पनि यसको रोकथाम हुन्छ ।
४. रोगर वा मालाथियन जस्ता कीटनाशक विषादी १मि.लि प्रति लिटर पानीमा मिसाई सबै ठाउमा पर्ने गरी बैशाख–जेष्ठ महिना १५–१५ दिनको फरक पारेर २–३ पटक छर्कदा भुवादार लाही कीराको समस्या नियन्त्रण हुन्छ ।

चित्र २३: स्याउको भुवादार लाही

चित्र २४: स्याउको भुवादार लाही