स्याउमा लाग्ने कत्ले किरा (san jose scale)

 Quadrapidipxotus pernisiosus बैज्ञानिक नाम भएको कत्ले किरा स्याउको मुख्य हानिकारक कीराहरुमा पर्दछ । यो कीरा स्याउ खेति गरिने सबै क्षेत्रहरुमा पाइन्छ ।  यसको रंग हल्का पहेंलो , सानो चेप्टो र गोलाकारको हुन्छ (चित्र २५, २६) । यस कीराले हांगाविगा लगायत फल र फूल दुवैमा आक्रमण गर्छ र रस चुसेर नोक्सान पुर्याउछ । यस कीराको बढी संक्रमण भएका बोटहरुको हांगाहरुमा  खरानी दलेको जस्तो देखिन्छ भने कलिला हांगाहरु ओइलिंदै गएर मर्ने सम्भावना हुन्छ भने फलको बाहिरी सतहमा पनि हल्का रातो र∙का गहिरो दागहरु देखा पर्दछन् र उत्पादित फलको  गुणस्तरहीन हुन्छ ।
रोकथाम/व्यवस्थापन:
१. कीरा लागेका र सुकेका हांगाहरु हटाउने ।
२. कीराको प्रकोप भएका ठाउका विरुवाहरु अन्यत्र नया ठाउंमा नलैजाने ।
३. स्याउको कत्ले किरा (scale insect) नियन्त्रण गर्न बिरुवामा छर्ने खनिज तेल जस्तै ATSO वा servo oil १५देखी २० एम एल प्रति लिटर पानीमा मिसाएर वोटको सबै भागमा भिज्ने गरेर पौष/माघ महिना तिर १५–१५ दिनको फरकमा २ पटक छर्ने

चित्र २५: स्याउको  डंँठमा  कत्लेकीरा

चित्र २६: फलमा  कत्लेकीराको क्षति