सेतो धुलो ढुसी रोग (Powdery Mildew)

यो रोग (Pedosphera leucotricha) भन्ने ढुसीवाट लाग्दछ । स्याउको खेती भएको ठाउंहरुमा चिसो मौसम र हावामा आद्र्रता बढी भयो भने यस रोगले आक्रमण गर्न शुरु गर्दछ । चैत्र–बैशाख महिनामा पालुवा पलाउदा बढी संक्रमण हुने यो रोग नर्सरीका विरुवामा बढी लागेको पाइन्छ । यो रोगले अन्य जातहरुमा भन्दा गोल्डेन डेलिसियस, जोनाथन, अन्ना र कक्स अरेन्ज पिपिन त्रयाब एप्पल जातका स्याउहरुमा बढी संक्रमण गरेको पाइन्छ । सेतो धुलो ढुसीले पातका कलिला मुनाहरमा बढी आक्रमण गर्दछ । यस रोगवाट प्रभावित पातहरु खुम्चिने वा दोव्रिने गर्दछन् भने कलिला मुना तथा पातको भित्री तथा बाहिरी सतहमा पाउडर जस्तो  सेतो धुलोले ढाकेको हुन्छ । ढुसी लागेको पात टिपेर हातमा टकटक्याउँदा समेत हातमा सेतो धुलो झर्दछ ।

चित्र ३८: फलमा धुले ढुसीको क्षति

रोकथाम/व्यवस्थापन :
१. हिउंदमा कांटछांट गर्दा रोग लागेका हांगाहरु हटाएर जलाईदिनु पर्छ ।
२. नर्सरीका विरुवामा पालुवा आउने समयमा रोगको लक्षण देखा पर्ने भएकोले २ ग्राम केरेथेन प्रतिलिटर पानीमा मिसाएर १० दिनको फरकमा छर्ने   गर्नु पर्दछ ।
३. फूल फुलेपछि रोगको लक्षण देखापरेमा तत्कालै लाइम सल्फर २–३ ग्राम प्रति लिटर पानमिा मिसाएर छर्कनु पर्छ