बोक्रा खुइलिने रोग(Papery Bark/Pink Disease)

नेपालका स्याउका बगैंचामा प्रशस्त देखा परेको यो रोग (Pellicularis salmonico)भन्ने ढुसीको कारणले लाग्दछ । यो रोग बढी मात्रामा रेड डेलिसियस, रोयल डेलिसियस र रिच ए रेड जातहरमा लागेको देखिएको छ । यस प्रकारको रोग लागेपछि शुरुमा बोक्रामा स–साना गोलाकार बैजनी रङक दागहरु देखा पर्दछन् र पछि दागहरु बढ्दै गएर बोक्राहरु नै चर्कन्छन् । यस प्रकारको ढुसी फैलिएपछि बोक्राको पातलो सतह सुख्खा हुन्छ र बोक्रा फुट्ने तथा खुइलिने लक्षण देखाउदै विरुवाको सबै भागमा फैलिन्छ । यस रोगको संक्रमण बढ्दै गए पछि बोट नै मर्दछ ।

चित्र ३९: बोक्रा खुइलिने रोग


रोकथाम/व्यवस्थापन :
१. रोगले बढी असर पारेका हांगाहरु काटेर हटाउनु र जलाउनु पर्दछ ।
२. रोग लागेको ठाउँमा चक्कुले हल्कासंग खुर्केर बोर्डोपेष्ट लगाउनु पर्दछ ।
३. बगैंचामा काँटछाँट गरेपछि १ प्रतिशत बोर्डो मिक्चर छर्नुपर्दछ ।
४. पोटास मलको प्रयोगले रोगसंग लड्ने क्षमताको बिकास गर्दछ ।