स्याउ खेतीको बार्षिक तालिका

 

महिना

प्रमुख कार्यहरु

श्रावण

  • बगैंचा सरसफाई गर्ने

  • बोक्रा खुइलिने (Papery Bark)रोगको लागी बोर्डोपेष्ट पेष्ट बनाई रोग लागेको भागमा लगाउने ।

  • धूलो ढूसी/खराने (Powdery Mildew)रोग देखा परेमा केराथेन १ देखी २ ग्राम÷लीटर पानीमा हाली छर्कने ।

  • पानी जम्ने ठाउंहरुमा पानीको निकासको प्रवन्ध मिलाउने ।

भाद्र

  • बगैचा सरसफाई गर्ने ।

  • स्याउको गुलावी रोगको रोकथामका उपायहरु अपनाउने ।

  • स्याउमा लाग्ने पाउडरी मिल्डयू रोग रोकथाम गर्न १% को बोर्डो मिश्रण स्प्रे गर्ने ।

आश्विन

  • स्याउको गुलावी रोग रोकथाम गर्न रोगग्रस्त भागलाई सफा चक्कुले खुर्केर बोर्डोलेप तयार गरि वु्रसले लगाउने ।

  • स्याउको फेद कुहिने रोगको रोग ग्रस्त भाग सफा चक्कुले हटाई बोर्डोपेष्ट लगाउने तथा जरा कुहिने रोगको लागि १ %को वोर्डो मिश्रण तयार गरी फेद नजिक माटोभित्र पस्ने गरि खन्याउने ।

  • रोग ग्रस्त स्याउको बोक्रा बटुली जलाई दिने ।

कार्तिक

  • बगैंचा सरसफाई गर्ने हल्का खनजोत गर्ने

  • बोट विरुवालाई  छापो दिने ।

मंसिर

  • झरेका पातहरुलाई बटुली जलाई दिने वा मल बनाउन खाडलमा हाल्ने ।

  • माटोमा चिस्यानको कमी भएमा सिंचाई गर्ने ।

  • कम्पोष्ट तथा रसायनिक मलको व्यवस्था मिलाउने ।

  • नया बगैंचा स्थापनाको लागि रेखाड्कन गर्ने, खाडल खन्ने र पुर्ने ।

पौष

  • या बगैंचा स्थापनाको लागि  खाडल खन्ने, पुर्ने र विरुवा रोप्न शुरु गर्ने

  • पुरानो विरुवा मरेको ठाउंमा नया विरुवा लगाउने ।

  • बोट विरुवाको कांटछांट शुरु गर्ने ।

  • कांटछांट सके पछि बोर्डो पेष्ट (BordoPaste)बनाएर काटेको भागमा र फेदमा लगाई हाल्ने ।

  • बोट विरुवा गोडमेल गरि कम्पोष्ट मलको साथै सिफारिश गरिएका रासायनिक मलको मात्रा प्रयोग गरि हल्का सिंचाई गर्ने ।

  • स्याउको कत्ले किरा (Scale insect)नियन्त्रण गर्न बिरुवामा छर्ने खनिज तेल जस्तै (ATSO jf Servo Oil)१५ देखी २० एम एल प्रति लिटर पानीमा मिसाएर वोटको सबै भागमा भिज्ने गरेर छर्ने ।

  • (ATSO jf Servo Oil)छर्नु भन्दा अगाडी बगैचामा भएका सबै स्याउको वोटलाई भिज्ने गरी (Bordeaux Mixture)को घोल बनाएर छर्ने ।

माघ

  • पौष महिनामा गर्नु पर्ने अन्य कृयाकलापहरु नगरेको भए यस महिनामा पुरा गर्ने ।

  • स्याउको कत्ले किरा नियन्त्रण गर्न खनिज तेल (Servo Oil, ATSO jf Oil)१५ देखी २० ए   एल र  दैहीक बिषादी  १ एम एल प्रति लिटर पानीमा मिसाएर स्प्रे गर्ने ।

फाल्गुण

  • सिंचाई गर्ने ।

  • सिंचाईको व्यवस्था नभएको स्थानमा मल्चीङ्ग (छापो) को व्यवस्था गर्ने ।

चैत्र

  • बोटविरुवामा आएका सकरहरु, चोर हांगाहरु, तथा सुकेका हांगाहरु भए ति सबै हटाउने ।

  • सिंचाई गर्ने ।

  • मल्चीड्ग गर्ने ।

  • नयां पालुवा आउन साथ पाल बनाउने कीरा (Tent Caterpillar)रोकथाम गर्न  साईपरमेथ्रिन २ एम एल प्रति लिटर पानीमा मिसाएर स्प्रे गर्ने ।

बैशाख

  • सकरहरु, चोरहाँगाहरु तथा सुकेका हंँगाहरु भए ती हटाउने ।

  • बगैंचा सरसफाई गर्ने ।