हावापानी र माटो

अदुवा न्यानो तथा छहारी भएको हल्का सेपिलो ठाउमा राम्रो उत्पादन हुने मसलाबाली हो । यो बालीको सफलतापूर्वक खेती गर्नाका लागि ३०० मीटरदेखि १,६०० मीटर उचाइ भएका क्षेत्रहरू उपयुक्त हुन्छन् । यो बालीलाई दिनमा २०–३० डिग्री सेन्टिग्रेड सम्मको तापक्रम उपयुक्त मानिन्छ भने यसले अधिकतम ३५ डिग्री सेन्टिग्रेड सम्मको तापक्रम सहन सक्दछ । बाली अवधिमा १,५००–३,००० मिलीमीटर वर्षा भएमा यसको उत्पादन राम्रो हुने पाइएको छ । यो बालीले बतास तथा सुख्खापन सहन सक्न ेभए तापनि तषारोले भने यसको उत्पादनमा प्रतिकलू असर पादर्छ । नेपालमा यसको खेती भित्री मधेश, उपत्यका तथा मध्य–पहाडी क्षेत्रमा सफलतापूर्वक गर्न सकिन्छ। पानाहरू रोपेपछि टुसाउने बेलासम्म माटोमा उचित चिस्यान हुनु आवश्यक हुन्छ । बाली अवधिभर पानीको राम्रो व्यवस्था मिलाउनुपर्दछ । तर, बाली थन्क्याउनु १ महीनाअघि भने मौसम सुख्खा हुनु उपयुक्त हुन्छ । 
पानीको उचित निकास भएको र प्रशस्त प्राङ्गारिक पदार्थ भएको बलौटे दोमट माटोमा यसको खेती राम्रोसँग गर्न सकिन्छ । धेरै चिम्ट्याइलो तथा बढी बलौटे माटोलाई अदुवाखेतीको लागि उपयुक्त मानिंदैन, तथापि पानीको उचित निकास मिलाउन सके अन्य सबै खाले माटोमा तथा जल फडानी पश्चात्को नयाँ माटो (कृषि–वन) मा यसको खेती सफलतापूर्वक गर्न सकिन्छ । अदुवाबालीले माटोबाट अधिक मात्रामा खाद्य तत्व लिने भएकाले वर्षैपिच्छे एउटै जमीनमा अदुवाखेती गरिरहनु उपयुक्त मानिँदैन ।