बिउ

असल बीउगानोको छनौट 
अदुवामा पाइने रेसा (Crude fiber) को मात्राले गुणस्तरमा निकै प्रभाव पार्दछ । रेसा नै नहुने अदुवाको जात नभए तापनि जातअनुसार रेसा कम र बेसी भने हुन्छ । अदुवाखेती गरिने माटोको भौतिक अवस्था र पोषक तत्वहरूको साथै अदुवाको खन्ने उमेरले पनि अदुवाको रेसाको मात्रामा फरक पार्दछ । अदुवाको असल बीउगानो छान्न निम्न कुराहरूमा ध्यान दिनुपर्दछः
⦁    जातीय शुद्धता भएको एउटै जातको गानो 
⦁    उपयुक्त साइज तथा आकार ४०–६० ग्राम तौल भएको
⦁    पोटिलो, छिप्पिएको (पहाडमा भए ९ महीनामा खनेको)
⦁    कम्तीमा एउटा पुष्ट, मोटो टुसा निस्कन सक्ने क्षमता भएको
⦁    रोग–कीराको प्रकोपबाट मुक्त, साथै माउबोटमा गानो कुहिने रोग नलागेको
⦁    घाउ/चोट नलागेको, बीचमा नकाटिएको, बोक्रा टासिएको (नखुइलिएको)
 अघिल्लो वर्षहरूमा गानो कुहिने रोग नलागेको खेतमा उत्पादन गरिएको (स्वस्थ माटोमा उत्पादन भएको) ।

बीउ उपचार
अदुवाबालीमा लाग्ने रोगहरूमध्ये गानो कुहिने रोग एक प्रमुख रोगको रूपमा चिनिन्छ । यो रोगको संक्रमण नेपालको सबै अदुवा लगाइने क्षेत्रहरूमा भएको पाइएको छ । बीउ–उपचार गरी अदुवा लगाउनु नै एक प्रभावकारी तथा व्यावहारिक उपाय मानिन्छ । बीउ–उपचार गर्नु भनेको रोग तथा कीराहरूको आक्रमणबाट बीउलाई जोगाउन गरिने एक 
  प्रभावकारी उपाय हो । अदुवाको बीउको उपचार गर्नु भनेको गानोबाट सर्ने रोगहरूलाई प्रतिरोध गर्नु हो । बीउअदुवालाई २ पटकसम्म उपचार गनर्पुदर्छ । पहिलो भण्डारण गनर्पुर्वू र दास्रो बाली लगाउनपुर्वू ।
बीउअदुवाको गानालाई प्रतिलिटर पानीमा २.५ ग्राम म्यानकोजेब वा १ ग्राम कार्बेण्डाजिमको घोलमा एक घण्टासम्म डुबाई छायामा सुकाएर सुख्खा भएपछि मात्र भण्डारण गर्ने, वा रोप्ने कार्य गर्नुपर्दछ । आवश्यकता अनुसारको पानी र बिषादीको मात्रा मिलाई ठूलो भाडामा तयार पारी बीउगानालाई उपचारका लागि डुबाउनुपर्दछ ।
बीउ उपचार गर्दा ध्यान दिनुपर्ने कुराहरू
⦁    सिफारिश गरिएको बिषादी र त्यसको सिफारिश मात्रा प्रयोग गर्ने
⦁    म्याद नाधेको बिषादीको प्रयोग नगर्ने
⦁    बीउगानोलाई १ घण्टासम्म बिषादीको घोलमा डुबाएर राख्ने
⦁    उपचार गरिएको पानालाई छायामा पूर्ण रूपमा सुक्न दिनुपर्दछ
⦁    पानाहरू पूर्ण रूपमा सुकेपश्चात् मात्र भण्डारण गर्ने, वा बारीमा लगाउनुपर्दछ
⦁    बिषादी प्रयोग गर्दा आवश्यक सम्पूर्ण सावधानी अपनाउनुपर्दछ ।