गोडमेल र सिँचाइ

शुरूको अवस्थामा अदुवाको बिरुवाको वृद्धिदर सुस्त रहन्छ भने हामीले पय्रागे गरको ेमलखादका कारण झारपातको वृद्धि भने चाँडा–ेचाँडो हुन्छ । यसले गर्दा झारपातले मुख्य बालीसग खाद्य तत्व, चिस्यान, प्रकाश आदिका लागि प्रतिस्पर्धा गरी बाली उत्पादनमा प्रतिकूल असर पार्दछ । अदुवाबालीमा प्रयोग गरिएको छापोले झारपात नियन्त्रणमा केही हदसम्म मद्दत पुगे पनि सफल खेतीका लागि हामीले कम्तीमा दुई पटकसम्म गोडमेल गर्न जरूरी हुन्छ।
पहिलो गोडाइ
बीउ उम्रेको १ महीनापछि गानालाई असर नपर्ने गरी गोडाइ गर्नुपर्दछ । युरियाको प्रयोग यसै समयमा गर्नुपर्दछ ।
दोस्रो गोडाइ 
बीउ उम्रेको २ महीनापछि दोस्रो गोडाइ गर्नुपर्दछ । साथै, बचेको थप मलखाद पनि त्यसै बेला प्रयोग गर्नुपर्दछ ।
सिँचाइ
अदुवा वर्षायाममा खेती गरिने बाली भएकाले सिंचाइका लागि खासै समस्या देखिँदैन । तर माटामा चिस्यान नभएमा रोप्नुअगावै सिंचाइ गर्नुपर्दछ । मौसम सुख्खा भएमा रोपेको एक महीनापछि दुई ड्याङको बीचमा पानी हाल्नुपर्दछ । थपमल दिएपछि माटाको चिस्यान हेरी हल्का सिंचाइ गर्नुपर्दछ । पानी जम्ने खालको जग्गा हो भने पानी जम्न नदिन पानीको निकासका लागि उचित व्यवस्था मिलाउनुपर्दछ ।