गानो कुहिने रोग (rhizome rot)

क्षतिका दृष्टिकोणले अदुवामा लाग्ने विभिन्न प्रकारका रोगहरूमध्ये गानो कुहिने रोग प्रमुख मानिन्छ । यो रोगले बिरुवाको वृद्धि अवस्थादेखि भण्डारण एवम् उपभोक्तामाझ पुग्ने अवस्था सम्ममा कुनै न कुनै रूपले क्षति पुर्याएको हुन्छ । नेपालमा यो रोग अदुवाखेती गरिने प्रायः सबै क्षेत्रमा कम वा बढी लागेको पाइन्छ । तर अदुवाबालीमा रोगको संक्रमण स्थान विशेषअनुसार कम वा बेसी (५ देख ७५% सम्म) हुने गरेको रोग सर्वेक्षणबाट थाहा भएको छ । यो रोगबाट मात्रै राष्ट्रिय अदुवा उत्पादनमा प्रतिवर्ष सालाखाला ३० % सम्म क्षति हुने अनुमान गरिएको छ ।
रोगको लक्षण
 रोप्नुअघि नै बीउगानामा ढुसीको संक्रमण भइसकेको रहेछ भने उम्रने वित्तिकै टुसाहरूमा पानीयुक्त (water soaked) धब्बाहरू देखिन्छन् । रोग बढ्दै गएमा टुसाहरू नै मर्दछन् । माटाबाट बिरुवामा रोग सरेको भए सरा (pseudo stem) को फदेंको पातका टुप्पा पहेँलिन्छ र पातको दुवै किनारा हुँदै सम्पूर्ण पातहरू नै पहेँलिन्छ। अन्तमा सराहरू कुहिन्छन् र सुकेर जान्छन् । माटा मुनिका गानाहरूबाट रोग लागेको सरा सजिलै उखेल्न सकिन्छ । रोगको उग्र अवस्थामा पहेंलो देखिने सम्पूर्ण सराहरू जमीनमाथि लडेका देखिन्छन् । रोग संक्रमित गानो उखेलेर हेर्ने हो भने गानो फ्यात्त सडेको पाइन्छ र केही गन्हाउछ । यो रोगबाट गानो फ्यात्त पररे सडने भएकाले यो      
रोगलाई ‘सफ्ट रट’ (soft rot) पनि भनिन्छ। 

१

तस्वीर ९: गानो कुहिएको लक्षण
रोगको कारक
अदुवाको गानो प्यात्त परी सडने रोग (Pythium) ‘पिथियम’ पज्रातिका विभिन्न ढुसीहरूबाट हुने गरेको पाइएको छ । साथै, फ्युजारियम ढुसीका  कारणले पनि अदुवामा यो रोग देखा पर्दछ । अदुवाखेती गरिने धेरै मुलुकहरूमा पिथियमको संक्रमणद्वारा उत्पादनमा क्षति भएको पाइन्छ । पिथियमका विभिन्न प्रजातिहरूमध्ये पिथियम एफनिडर्माटम(Pythium aphanidermaticum), ग्रामिनिकोलम (graminicolum), मारियोटाइलम (myriotilum) र ग्रासिली (gracile) धेरै ठाउमा संक्रामक भएको पाइन्छ। यो रोग बीउ र माटो दवुबौट सदर्छ ।
 रोगचक्र
यो रोगको ६०% जति संक्रमण बीउबाट नै शुरू हुने गर्दछ । एकपटक ढुसीबाट खेतीयोग्य माटो संक्रमित भइसकेपछि सो माटामा रोगबाट बाली–बिरुवालाई जोगाउन निकै कठिन हुन्छ । माटो, वा रोगी गानो, वा डाठमा यो ढुसीको जीवाणु (oospore) २ वर्षसम्म जीवित रहन सक्दछ । उचित वातावरण पाएमा यसले पुनः बिरुवामा आक्रमण गर्दछ । पिथियम पज्रातिका प्राय: सबै ढसुीहरूले जमीनमा पानी जम्नजेस्तो उचित वातावरण पाएमा पानीमा तैरिने खालका असंख्य जीवाणु जन्माउछन् र बग्ने पानी र वर्षाको पानीको छिट्टाको माध्यमबाट एक ठाउबाट अर्को ठाउमा पुग्छन्, अनि नयाँबिरुवामा आक्रमण गर्दछन् । वायुमण्डलमा प्रशस्त आर्द्रता भएको र तापक्रम २५ देखि ३५ डिग्री सेन्टिग्रेड भएको न्यानो अवस्थामा रोगको वृद्धि छिटो हुन्छ । श्रावण र भाद्र महीनामा यो रोगको प्रकोप ज्यादै देखिन्छ । यो रोग सर्न र पैmलन बीउ, माटो र वातावरणको महत्वपूर्ण भूमिका रहेको हुन्छ।
रोगको रोकथाम 
बाली–बिरुवामा लाग्ने रोगलाई एउटै मात्र विधि अपनाएर दिगो रूपमा रोकथाम गर्न सकिंदैन । वरिपरिको वातावरणलाई कुनै पनि नकारात्मक असर नपर्ने गरी कृषिकमर्मा सधुार ल्याएर, रोग प्रतिरोधी जात लगाएर, बिषादीको कम प्रयोग गरेर तथा जैविक विधि अपनाएर बाली–बिरुवाका रोगहरूलाई रोकथाम गर्नु हाम्रो मुख्य उद्देश्य हुनुपर्दछ । अदुवाको गानो कुहिने रोगको दिगो रोकथामको लागि तपसिलका उपायहरू एकीकृत रूपमा अपनाउनुपर्दछ । रोग नियन्त्रणमा रोग लागिसकेपछि निको पार्ने तरीकाभन्दा रोग नै लाग्न नदिने तरीका सर्वोत्तम उपाय हो । रोगको संक्रमण कम गर्न तलका उपायहरू निश्चित रूपमा अपनाउनुपर्दछः
निरोगी बीउ–गानोको प्रयोग
अदवुाको बीउ गानो रोगरहित स्थानमा उत्पादन भर्इ प्राप्त भएको हनुपुदर्छ । नाङ्गो आखाले ढुसी देख्न सकिंदैन । तर रोगको लक्षणहरू भने देख्न सकिन्छ । यदि गानाको बाहिरी भाग (pith) मा असाधारण ध्वासेको प्रभाव देखिएको छ भने ढुसीको आक्रमण भइसकेको ठानी यस्तो गानो बीउको लागि छनौट गर्नुहुदैन । बीउको लागि अदुवाको पाना भाच्दा रोगको कुनै पनि लक्षण देखिनुहुदैन ।
रोग अवरोधी वा रोग सहन सक्ने जातको प्रयोग
पूर्ण रूपमा गानो कुहिने रोग नलाग्ने अदुवाको जात अहिलेसम्म विकास भएको छैन । तर रोग सहन सक्ने (रोग लागे तापनि क्षति कम हुने) जातहरू राष्ट्रिय अदुवाबाली अनुसन्धान कार्यक्रम, कपुरकोट, सल्यानले सिफारिश गरेको छ । अदुवाबाली अनुसन्धान कार्यक्रम, कपुरकोटले जेड.आई.–९७२१ र जेड.आई.–८५०२ अदुवाका जातहरू गानो कुहिने रोग सहन गर्न सक्ने एवम् बढी उत्पादन दिने जातका रूपमा छनौट गरेको छ ।
बालीचक्र
एकपटक कुनै पनि बाली एक ठाउमा लगाइसकपेछि त्यही बाली कम्तीमा २ वर्षसम्म सोही ठाउमा नलगाई, अन्य परिवार (family) को बाली मात्र लगाई खेती गर्ने तरीकालाई ‘बालीचक्र’ भनिन्छ । कुनै एक जमीनमा एउटै बाली लगातार खेती गरिरहेमा त्यसमा लाग्ने रोगका कीटाणुहरूको संख्यामा वृद्धि हुन गई रोगको प्रकोप अझ बढ्न सक्दछ । पिथियम ढुसीको जीवाणु कम्तीमा २ वर्ष माटोमा वा संक्रमित गानामा बाच्न सक्ने भएकाले एउटै जमीनमा वर्षेनी अदुवाखेती गर्नुहुदैन । रोग कम गर्न अदुवाबालीको कम्तीमा तीन वर्षे बालीचक्र अपनाउनुपर्दछ । बालीचक्र अपनाउदा मकै र कोदो समावेश गरिनु बालीमा रोगको रोकथामका लागि बढी प्रभावकारी हुन्छ । मुख्य बाली अदुवा, मकै र कोदो भए तापनि ती बालीहरूसग अन्य कोसेबाली मिश्रित वा अन्तरबालीको रूपमा खेती गर्न 
जमीनमा पानी निकासको उचित प्रबन्ध 
पानी जम्ने सम्भावना भएको जग्गामा खेती गर्दा ड्याङमा अदुवा रोप्ने व्यवस्था मिलाउनुपर्छ । भिरालो जमीनमा भने ड्याङ बनाइराख्नुपर्दैन । तर पानी निकासको उचित व्यवस्था मिलाउनुपर्छ । अदुवाको प्लटमा पानी जम्न पाएन भने रोग व्यापाक हुन पाउदैन ।
बीउ–भण्डारण 
रोगरहित बीउ बनाउन भण्डारणमा पनि ध्यान दिनुपर्दछ । आगामी वर्षको लागि बीउ छनाटै गरिसकपेछि उचित भण्डारणको व्यवस्था मिलाउनुपर्दछ । बीउलाई खाडलमा राख्न सकिन्छ । तर परम्परागत किसिमको भण्डारणमा केही सुधार गरिनुपर्छ । खाडल १ मीटरभन्दा गहिरो हुनुहुदैन । खाडल ओभानो हुनुपर्दछ । बीउ उपचार गरेर मात्र भण्डारण गरिनुपर्दछ ।
बीउ–उपचार 
बीउका लागि छनोट भएका अदुवाका गानाहरू प्रति १० लिटर पानीमा म्यान्कोजेब १० ग्राम र कार्बेण्डाजिम १० ग्राम मिसाई बनाएको घोलमा एक घण्टासम्म डबुाउने र छायामा सकुाउने। बीउहरू ओभानो भइसकपेछि भण्डारण गर्ने । भण्डारणबाट निकालेपछि र रोप्नुभन्दा अगाडि पनि यो कार्य दोहोर्याउनु पर्दछ, अनि मात्र जमीनमा रोप्ने । एकपटक बनाएको घोलमा ३–४ पटकसम्म बीउ–अदुवा उपचार गर्न सकिन्छ ।
जमीनको सरसफाइ 
अदुवामा छापो राखिए तापनि केही झारहरू आउन सक्दछन् । ती झारपातलाई हटाउनुपर्दछ । रोगी बोट देखा पर्नासाथ जरासहित उखेलेर हटाउनु जरूरी हुन्छ । अदुवा खनिसकेपछि अदुवाको कुनै पनि भाग बारीमा छोड्नुहुदैन । जरा, डाठ, पात, कुहेका वा चाउरिएका गानाहरू समेत संकलन गरी गहिरो खाडलमा पुर्नुपर्दछ, वा जलाइदिनुपर्दछ । रोगको जीवाणु रहेन भने आगामी वर्ष रोग कम लाग्छ ।
बिषादीको प्रयोग
बिरुवा उम्रेको १ महीनाभित्र रोगको प्रारम्भिक लक्षण देखा परेमा लक्षण देख्नासाथ इन्डोफिल एम–४५ एक ग्राम र बेभिस्टिन आधा ग्राम वा रिडोमिल आधा ग्राम प्रतिलिटर पानीका दरले मिलाई बनेको घोलले जरा भिज्ने गरी ड्रेन्चिङ गर्ने र फाटफुट रोगी बोटहरूलाई उखेली हटाउनुपर्दछ । बेभिष्टिन र रिडोमिल ०.२ % (१:१) र तोरीको पीना २ टन प्रतिहेक्टरका दरले प्रयोग गर्नुपर्दछ । भण्डारण गर्नुअघि अदुवाको बीउलाई मेनकोजेब ०.२५% का दरले उपचार गर्ने, तथा त्यस बीउलाई रोप्नुअघि मेनकोजेब ०.२५% र कार्बनडाजिम ०.१% का दरले उपचार गरेर मात्र बीउलाई जमीनमा लगाउनुपर्दछ । असोज महीनातिर रोगका लक्षण फाटफुट रूपमा देखा परे फलेको जति अदुवा खनेर बेच्नु नै उपयुक्त हुन्छ । यो अवस्थामा बिषादी प्रयोग गर्दा आर्थिक रूपले लाभदायक हुँदैन ।