पहेंलो रोग (Yellows)

यो रोग (Fusarium oxysporum f.sp. Zingiberi) नामक ढुसीबाट हुने गर्दछ । नेपालमा २०५४–०५५ मा अदुवाबालीमा गरिएको रोग सर्वेक्षणअनुसार यो रोग ज्यादै व्यापक भएको पाइयो । विभिन्न अदुवाका पकेटक्षेत्रबाट संकलित ८५ रोगी अदुवाका नमूनाहरूमध्ये ६१ वटा नमूना फ्युजारियमबाट संक्रमित भएको पाइयो ।
रोगको लक्षण 
संक्रमित बिरुवाका पातहरू टुप्पाबाट पहेंलिन थाल्छन् र क्रमशः पूरै पात पहेंलिन्छ । रोगले उग्र रूप लिदैं जादा पूरै बोट पहेंलिन्छ, सुक्छ, तर आफै ढल्दैन । ढुसीको संक्रमणपछि गानाको वृद्धि रोकिन्छ । गानो क्रमशः सुकेर चाउरिंदै जान्छ । यो रोगलाई सुख्खा सडन (Dry rot) पनि भनिन्छ। यो रोगको संक्रमण पिथियम ढुसीबाट हुने गानो कुहिने रोगभन्दा कम व्यापक हुन्छ भने स–साना पकेटक्षेत्रमा मात्र सीमित रहेको पाइन्छ । यो पनि बीउ र माटो दुवैबाट सर्ने रोग हो ।
रोकथाम 
गानो कुहिने रोगको रोकथामका लागि अपनाइने सम्पूर्ण उपायहरू नै यसमा पनि अपनाउनुपर्दछ ।