भण्डारमा लाग्ने ढुसी (Storage moulds)

यस रोगले अदुवा खनेपछि उपभोक्तासम्म पुग्दा उल्लेखनीय क्षति गर्ने गरेको पाइन्छ । काचो अदुवा भण्डारण गर्दा यो रोगबाट २०% सम्म क्षति भएको पाइन्छ । सुठो भण्डारणमा ७ महीनाको अवधिमा ५% सम्म क्षति हुने अनुमान गरिएको छ । यसरी क्षति हुनुको मुख्य कारणमा अस्वस्थ भण्डारण व्यवस्था र अव्यवस्थित ढुवानी साधन प्रयोग गरिनुलाई मान्न सकिन्छ । अदुवाको बोक्रा खुइलियो भने भण्डारणमा विभिन्न किसिमका ढुसीहरू लाग्दछन् र यसले अदुवालाई सडाउने काम गर्दछन् । भण्डारणका क्रममा संक्रमित गानाहरूमा विशेष गरी एक्रोमोनियम(Acremonium) , आल्टरनेरिया (Alternaria),  एस्परजिलस (Aspergillus), युजारियम (Fusarium), पिथियम (Pythium), राइजोक्टोनिया(Rhizoctonia), स्क्लेरोसियम (Sclerotium) आदिजस्ता रोगका प्रजातिहरूको संलग्नता रहेको पाइएको छ । विभिन्न प्रकारणका ढुसीहरूको कारणले संक्रमित गानाहरूले विभिन्न लक्षण देखाउछन्, जस्तैः रातो (Nectria inventa), कालो (Rosellinia bunodes), खैरो (Diplodia metalinsis) आदि । भण्डारणमा आक्रमण गर्ने उपरोक्त ढुसीहरूमध्ये एस्परजिलस (Aspergillus flavus) अन्तर्राष्ट्रिय महत्वको छ । यो ढुसी लागेको अदवुाबाट सठो बनाइयो वा सठोको उचित भण्डारणमा अनकुलू वातावरण मिलेन भने यसले ‘एफ्लाटक्सिन’ (Aflatoxin) भन्ने मानव शरीरमा क्यान्सर गराउने विषालु पदार्थ उत्पन्न गर्दछ । Aspergillus flavus बाट संक्रमित खाद्य वस्तुमा ४ प्रमुख एफ्लाटक्सिनहरू, B1, B2, G1  G2पाइएका छन् । एफ्लाटक्सिन B1 सबैभन्दा बढी खतरनाक रहेको थाहा भएको छ ।
भण्डारणमा लाग्ने ढुसी रोगको व्यवस्थापन
⦁    भण्डार गरिने स्थानको तापक्रम १२–१४ डिग्री सेन्टिग्रेड र सापेक्षिक आर्द्रता ६५–७५% सम्म हुने गरी व्यवस्था मिलाउनुपर्दछ । खाडलमा भण्डारण गरिने हो भने हरेक वर्ष पानी नजम्ने ठाउमा नयाँखाडल बनाउने । खाडलको पिंधमा बालुवा, पराल वा धानको भुस राख्ने, त्यसमाथि रोग नलागेको अदुवा नच्यापिने गरी मिलाएर राख्ने । खाडलको माथि ६ इञ्च भाग खाली राख्ने खाडललाई फल्याकले छोप्ने, खाडलमा हावा सञ्चारको लागि ढक्कनको बीचमा प्वाल पारी बास वा पोलिथिन पाइप राखी पानी नपस्ने गरी माटोको गुम्बज बनाउने । घामपानीबाट बचाउन अस्थायी छाप्रो पनि बनाउन सकिन्छ । भण्डारण गरिने अदुवा रोग–कीरा नलागेको हुनुपर्दछ । संक्रमित अदुवाको गानो भण्डारण गरियो भने खाडलको पूरै अदुवा सडाउन सक्छ ।
⦁    प्रत्येक १ महीनाको अन्तरमा अदुवाको भण्डारण स्थितिको निरीक्षण गर्ने ।
⦁    खायन अदुवा भण्डारणको लागि ट्राइकोडर्माद्वारा उपचार गरेर भण्डारण गरिएमा अन्य ढसुीहरूको संक्रमणबाट बचाउन सकिन्छ ।
⦁    बीउको लागि मात्र अदुवा भण्डारण गरिने भए म्यान्कोजेब ०.१% को घोलमा १ घण्टा डुबाउने र छायामा सुकाउने । ओभानो भइसकेपछि भण्डारण गर्ने ।
⦁    एस्परजिलस फ्लेभस तथा अफ्लाटक्सिनबाट बचाउन अदुवाको बोक्रा नखुइलिने गरी ढुवानी एवम् भण्डारण गर्ने । सुठो बनाउदा बोक्रा छोडाइसकेपछि नसुकुञ्जेलसम्म लगातार घाममा वा ड्रायरमा सुकाउने ।
⦁    भण्डारण गरिने सठुामो १०% भन्दा बढी चिस्यान हनुहुदुनै । धेरै लामो समयसम्म सुठो भण्डारण गर्नु परेमा एक–एक महीनाको अन्तरमा घाममा सुकाइरहनुपर्दछ ।