गबारो

 गबारो अदुवाको खतरनाक कीरा मानिन्छ । यसको माउ मध्यम  साइजको पुतली हुन्छ । शुरूमा यसको लार्भाले सराको ५—७ से.मी.माथि फेंदमा प्वाल पारी गुदी खादै टुप्पोतिर जान्छ । डाठमा प्वाल देखिन्छ र प्वाल कीराको बिष्टाले टालिएको देखिन्छ । बोट पहेंलिएर गानो कुहिने रोगजस्तै देखिन्छ । सराको गुबो पहेंलो हुन्छ र सुक्छ । यस अवस्थालाई डेडहर्ट (Dead heart) भनिन्छ।        

1

2

 

तस्वीर १२: गबारोको क्षति र यसको लक्षण 
असारदेखि भदौ महीनासम्म कीराको प्रकोप बढी हुने गर्दछ।

व्यवस्थापन
⦁    प्रतिगाँज औसत एउटा सरामा गबारो लागेको छ भने थायामेथोक्जाम २५% डब्लु.जी. ०.२ ग्राम प्रतिलिटर पानीमा वा इमिडाक्लोप्रिड १७.८% एस.एल. ०.२५ मिलीलिटर प्रतिलिटर पानीमा मिसाई १५ दिनको अन्तरमा २ पटक छर्केमा रोकथाम गर्न सकिन्छ । 
⦁    प्रकाश–पासो  (Light trap) को प्रयोग गरी माउ–पुतलीको संख्या घटाउने ।