भण्डारण

अदुवा खनिसकेपछि पानामा भएका जरा, बोट तथा पानामा टासिएको माटो हटाई छहारीमा, अथवा घामले नभेट्ने ओभानो कोठामा थुप्रो लगाई राख्नुपर्दछ । यसो गर्नाले अदुवाको भण्डारण अवधि बढ्न जान्छ तथा रोग–कीराहरूको आक्रमणबाट बचाउन सकिन्छ । खन्दा काटिएका, चोट लागेका, साना तथा रोगी देखिएका पानाहरूलाई छुट्याएर राम्रा र स्वस्थ पानाहरू मात्र बीउका लागि भण्डारण गनर्पुदर्छ । सठो बनाउन र बजारमा बिक्रीका लागि लैजान पनि यस्तै पानाहरूको छनौट गर्नुपर्दछ। यसरी ग्रेडिङ गरी तयार गरिएको अदुवा राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ । नगदेबालीका रूपमा कृषकहरू अदुवाखेतीतर्फ आकर्षित हुदै आएपछि यो बालीको बीउको माग दिन–प्रतिदिन बढदै गएको छ, तथापि उपयक्तु जात तथा गुणस्तरीय बीउको अभाव भने कायमै छ । उत्पादित अदुवालाई बीउका रूपमा लामो समयसम्म भण्डारणको समस्या भने उस्तै छ । अदवुा खन्ने बेलामा पानामा करीब ८० देखि ८५% सम्म पानीको मात्रा रहेको हुन्छ । यसकारण अदुवालाई खनिसकेपछि केही दिनभित्र तुरून्त बिक्री गर्नुपर्ने हुन्छ, वा सही तरीकाबाट यसलाई भण्डारण गर्नुपर्ने हुन्छ । यदि अदुवालाई ५–६ महीना सम्मलाई भण्डारण गर्नु छ भने १२–१४ डिग्री सेन्टिग्रेड तापक्रम र ६५–७०% सापेक्षिक आद्र्रताको वातावरण कायम राख्न सक्नुपर्दछ । भण्डारणमा राखिएको अदुवा विभिन्न कारणले गर्दा बिग्रन वा कुहिन सक्दछ । खाडल भित्रको तापक्रम २० डिग्री सेन्टिग्रेडभन्दा माथि तथा सापेक्षिक आर्द्रता ८५% भन्दा माथि भएमा विभिन्न किसिमका ढुसीजन्य सूक्ष्म जीवाणुहरूको संक्रमणले गर्दा भण्डारणमै अदुवा सड्न सक्दछ । भण्डारणको अदुवा सडाउनमा एक्रिमोनियम, अल्टरनेरिया, एस्परजिलस, फ्युजारियम, पिथियम, राइजोक्टोनिया, स्क्लेरोसियम आदि प्रजातिका ढुसी तथा ब्याक्टेरियाको संलग्नता रहेको पाइन्छ । विशेष गरी अदुवा भण्डारणमा तीन किसिमका सडनहरू (रातो सडन, कालो सडन र खैरो सडन) पाइन्छन् ।