सेलार स्टोर 

यो अदुवा भण्डारण गर्ने अर्को उपयुक्त स्थानीय प्रविधि हो । यस प्रविधिमा बिजुलीको आवश्यकता नपर्ने र गाउघरमा नै थोरै लगानीमा बनाउन सकिने भएकाले यसलाई सफल प्रविधिको रूपमा लिन सकिन्छ । खाडल भण्डारणमा एउटा खाडलमा २००–३०० के.जी. अदुवा भण्डारण गर्न सकिन्छ भने सेलार स्टोरमा २,०००–३,००० के.जी.सम्म भण्डारण गर्न सकिन्छ । तसर्थ, यो प्रविधिबाट एकैपटक धेरै मात्रामा अदुवा भण्डारण गर्न सकिन्छ।
सेलार स्टोरको निर्माण आफ्नो आवश्यकतानुसार सानो वा ठूलो आकारको सेलार स्टोर निर्माण गर्न सकिन्छ । सामान्यतया सेलार स्टोरका लागि निम्न कुराहरूमा ध्यान दिनुपर्दछः
जग्गाको छनौट
⦁    स्थानः १,००० मीटर उचाइभन्दा माथि, घर या बोटबिरुवाले सिधा घाम छेकेको ठाउ 
 मोहडाः उत्तर दिशा फर्किएको 
⦁    घरको नाप 
उचाइः ३ मीटर 
लम्बाइः ५ मीटर 
चौडाइः ३ मीटर 
⦁    पखार्लः जमीनसग जोडिएको तीन तिरको मोहडामा भित्री र बाहिरी गरी दुईवटा पर्खालहरू र अगाडिको मोहडा एकोहोरो  पर्खालको हुन्छ ।                                  

1

तस्वीर १५: सेलार स्टोर
⦁    भित्री पर्खालः ३० से.मी. मोटाइको ढुङ्गा–माटाको पर्खालमा सिमेन्टले टिप्स गरिएको।                                 
⦁    बाहिरी पखार्लः ३० से.मी. मोटाइको इटाको पर्खाल । 
⦁    दुई पर्खाल बीचको खाली भागः १५ से.मी. चौडा राखिएको खाली भागमा खस्रो बालुवाले पुर्ने र माथिबाट सानो–सानो प्वाल पारिएको प्लाष्टिक–पाइप बिछ्याउने र पाइपको दुवै छेउ पर्खालभन्दा बाहिर निकाल्ने । पाइपको बीच भागबाट अर्को पाइप जोडेर पानीको टङ्कीसग जोडी पानी सञ्चालन गरी बालुवाको सतहमा एकनासले पानी खसाल्ने । 
⦁    ढोकाको दिशाः पूर्व 
⦁    छानोः खरको
⦁    भेन्टिलेसनः छानोको बीच भागमा ०.३६ वर्गमीटरको 
⦁    तख्ताः घरभित्र ८०–९० से.मी. चौडाइको बासको अदुवा राख्ने  तख्ता बनाउने र एक तख्तादेखि अर्को तख्ता ५० से.मी. उचाइको फरकमा बनाउने ।
अदुवा भण्डारणका लागि सेलार स्टोर बनाउदा ४–५ मीटर अग्लो कान्लालाई खनेर पूर्व ढोका पर्ने गरी उत्तर मोहडाको स्थान छनौट गर्नुपर्दछ । यसरी छनौट गरिएको ठाउमा सेलार स्टोर बनाउदा घरको तीनवटै मोहडा जमीनमा पर्दछ । सेलार स्टोर भित्रको तापक्रम ८–१० डिग्री सेन्टिग्रेड र सापेक्षिक आर्द्रता ७०–७५% मा रहने गरी व्यवस्था मिलाउनुपर्दछ । यसका लागि दुई पर्खाल बीच बिछ्याइएको पाइपमा आवश्यकतानुसार ३–४ दिनको फरकमा पानी सञ्चालन गर्नुपर्दछ । भण्डारणमा राखिएको अदुवालाई बेला–बेलामा हेरी कुहिन लागेका वा कुहिएकालाई छानी–छानी हटाउनुपर्दछ ।
ध्यान दिनुपर्ने कुराहरू
⦁    बोक्रा खुइलिएको, रोगी र कीरा लागेको अदुवा भण्डारण गर्नुहुदैन 
⦁    भण्डारण गर्नु १ हप्ताअघि थायोडान २ मिलीलिटर प्रतिलिटर पानी र इण्डोफिल ३ ग्राम प्रतिलिटर पानीका दरले बनाइएको घोल छर्की सेलार स्टोरको उपचार गर्नुपर्दछ 
⦁    स्टोरको तापक्रम र सापेक्षिक आर्द्रतालाई समय–समयमा निरीक्षण गर्नुपर्दछ 
विशेषता
बिषादीको प्रयोग नगरेमा खायन अदुवालाई पनि भण्डारणमा राख्न सकिन्छ 
अदुवा राखेको ६–७ महीनासम्म पनि टुसा आउदैन  
भण्डार निरीक्षण गर्न सजिलो हुन्छ 
भण्डार गरिएको ६ महीनामा पनि अदुवाको तौल १५–२०% सम्म मात्र कमी हुन्छ