अदुवाको धूलो 

सुठो बनाएको अदुवालाई पिसेर धूलो बनाई मसलाको रूपमा तरकारी, मासु, चिया आदिमा प्रयोग गर्न सकिन्छ । यो तयारी धूलालाई अन्य विभिन्न खानाका परिकारहरूमा प्रयोग गर्न सकिन्छ । जिन्जर बियर, जिन्जर ब्राण्डी, जिन्जर वाइन तथा परम्परागत तथा आयुर्वेदिक औषधीमा पनि यसको प्रयोग गरिन्छ ।
पेय पदार्थमा अदुवाको प्रयोग जिन्जर बियर, जिन्जर ब्राण्डी, जिन्जर वाइनका अलावा अदुवाबाट हल्का पेय पदार्थ पनि बनाउन सकिन्छ । ताजा अदुवाको बोक्रा हटाएर त्यसलाई पिंधेर पेष्ट बनाइन्छ । यसमा चीनी, अमिलो पदार्थ तथा पानीको मात्रा मिलाई जिन्जर सिरप बनाउन सकिन्छ । यसै गरी अदुवाको सर्वत एवम् अन्य परिकारहरू पनि तयार गर्न सकिन्छ ।