जिन्जर पिकल (अचार) 

सर्वप्रथम कलिलो अदुवालाई छनौट गरी धोएर बोक्रा फाल्नुपर्दछ । बोक्रा फालिसकेपछि त्यो अदुवालाई आपूmलाई मनपर्ने आकारमा टुक्रा पार्ने । त्यसपछि तेल, नून, बेसार, खुर्सानी र अन्य अचारका मसलाहरू मिसाई अदुवाका टुक्राहरू मोल्ने । फर्मेन्टेशनको लागि ठूलो चौडा मुख भएको सिसामा खादेर राख्ने । यति गरेर छोडेको २–३ महीनामा स्वादिलो जिन्जर अचार तयार हुन्छ । यदि प्रिजर्भेटिभको प्रयोग गरेको छ भने १ वर्षभन्दा बढी समयसम्म पनि यो अचार सुरक्षितसाथ राख्न सकिन्छ । माथि उल्लेख भएअनुसार अदुवाबाट प्रशोधित वस्तुहरू आफ्नै देशभित्र उत्पादन गर्न सकिएमा हाम्रो आफ्नो आन्तरिक तथा बाîय व्यापारलाई पनि प्रवद्र्धन गर्न सकिन्छ । फलस्वरूप, प्रत्यक्ष रूपमा अदुवाखेती र प्रशोधनमा संलग्न कृषकहरूको आय आर्जनमा वृद्धि हुन्छ । यसका अलावा यदि गुणस्तरीय उत्पादन गर्न सकेमा अन्तर्राष्ट्रिय बजारमा समेत प्रशोधित वस्तुहरू निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने प्रशस्त सम्भावनाहरू छन् ।