अदुवा धुने उपकरण (Ginger Washing Machine) 

 ताजा अदवुाका पानाहरूलाई खनपेछि धुने र सफा गर्ने प्रमुख कार्य हो। नेपालमा अदुवाका पाना धुने र सफा गर्ने कार्यलाई प्राथमिकता दिइएको पाइदैन । अदुवाका पाना धुने र सफा गर्ने काम विभिन्न चरणमा गर्ने गरिन्छ । खाडलमा पानी जमाएर त्यसमा अदुवाका पाना पखाल्ने । पखालेको अदुवालाई खुला ठाउमा सुक्न दिने । सुकेका पानालाई आवश्यकतानुरूप छानेर बोरामा प्याक गरेर बिक्रीका लागि तयार पारिन्छ । अदुवा धुनका लागि हाल बजारमा उपकरणहरू पनि उपलब्ध छन् । नेपाल कृषि अनुसन्धान परिषद्को कृषि इन्जिनीयरिङ् महाशाखाद्वारा निर्मित अदुवा सफा गर्ने मेसिनको बारेमा यहा चर्चा गरिन्छ ।

२
मेसिनको विशेषता 
यो मेसिन बिजुलीबाट चल्ने भएकाले अदुवालाई सफा गर्नका लागि प्रयोग गरिएको पानीको फोहराले धोई सफा गरिदिन्छ । मेसिन प्रयोग गरेर सफा गरेको अदुवाको गुणस्तरमा वृद्धि भई बढी मूल्यमा बिक्री गर्न सकिन्छ । सफा गरेको अदुवालाई निर्यात गर्न सजिलो हुन्छ।
मेसिनको क्षमता
यो मेसिनको प्रयोग गरी प्रतिघण्टा ४०० के.जी.सम्म अदुवा सफा गर्न सकिन्छ। एकजना व्यक्तिले पनि यो मेसिन सञ्चालन गर्न सक्दछ। मेसिनले प्रतिघण्टा १.५ युनिट बिजुली खपत गर्दछ ।
उपयोगिता
स्थानीय अदुवा संकलन केन्द्रहरू, सामुदायिक र व्यावसायिक साना प्रशोधन केन्द्रहरूमा यस मेसिनको प्रयोग गर्नु उपयुक्त हुन्छ ।