अदुवाको बोक्रा छोडाउने मेसिन  (Ginger peeling machine)

 फलाम, जस्ता र रबरको सहायताबाट स्थानीय स्तरमै अदुवाको बोक्रा छोडाउने मेसिन तयार पार्न सकिन्छ । फलामले बनेको तीन फीट अग्लो स्ट्याण्डमा जस्ताले बनेको ड्रमलाई तेर्सो पारी राख्नुपर्दछ । ड्रमको भित्री भागमा स–साना (५ मिलीमीटर) चुच्चो भएका खस्रो रबर टास्नुपर्दछ । उक्त ड्रमको पूरै लम्बाइमा ६ इञ्च चौडाइको मुख राखिएको हुन्छ । त्यस मुखको ढक्कनमा रबरको सट्टा मोटो र बलियो तारजाली फिट गर्ने व्यवस्था मिलाइएको हुन्छ ।

१
मेसिनको कार्यप्रणाली
बोक्रा छोडाउनुअघि ताजा अदुवालाई कम्तीमा १२ घण्टासम्स पानीमा भिजाउनुपर्दछ । यसरी भिजाइएको अदुवालाई मेसिनको क्षमताअनुसार उक्त मेसिनभित्र राख्नुपर्दछ । मेसिनभित्र राख्नुअघि अदुवालाई ठीक आकार मिलार्इ भाच्नपुदर्छ । यसो गर्नाले मेसिनले राम्रोसँग काम गर्दछ । ड्रमलाई प्रतिमिनेट ४०–५० फन्को घुमाउनुपर्दछ । दश मिनेटसम्म ड्रमलाई घुमाउदा पहिलो पटकमा ६०–७०% सम्म बोक्रा जान्छ । पहिलो पटक बोक्रा छोडएपछि सोलारमा १ दिन वा घाममा २ दिन सुकाउने, त्यसपछि पुनः मेसिनमा ५ मिनेट घुमाउने । यो प्रक्रिया अरू २ पटक दोहोर्याइएमा ९०–९५ %सम्म बोक्रा छोडिन्छ । मेसिनद्वारा बोक्रा छोडाइएको अदुवा घाममा १२–१४ दिनमा सुक्दछ भने सोलार ड्रायरमा ६ दिनमा सुक्दछ ।
मेसिनको विशेषता 
यो मेसिन जोसुकैले सजिलैसग चलाउन सक्दछ । मेसिनको प्रयोग गरी बोक्रा छोडाएर बनेको सुठोबाट १.५% भन्दा बढी तेल कायम गर्न सकिन्छ । परम्परागत तरीकाभन्दा ५०% कम लागतमा सुठो तयार हुन्छ । एक दिनमा एउटा व्यक्तिले मेसिन प्रयोग गरी ३०० के.जी.सम्म बोक्रा छोडाउन सक्दछ ।