अदुवा सुकाउने सोलार ड्रायर (Solar dryer for ginger drying)

सूर्यको प्रकाशलाई सोसेर उक्त प्रकाशलाई तापशक्तिमा विकसित गर्नका लागि बनाइएको विशेष आकारको संरचना वा उपकरणलाई सोलार ड्रायर (solar dryer) भनिन्छ। सोलारको मद्दतले अदुवालाई सुठो बनाउनका लागि सहयोग पुर्याउदछ ।
१
 आफ्नै गाउघरमा डिजाइन गरिएको सोलार ड्रायरको मुख्य गरी दुईवटा भागहरू हुन्छन् । हावालाई तातो बनाउने प्यानल र वस्तु सुकाउनका लागि राखिने ट्रे–चेम्बर (कोठा) । फलामको पाताबाट बनेका दुईवटा प्यानलहरू हुन्छन् । प्यानलको सतहमाथि इन्सुलेटरको रूपमा फोम बिछाई त्यसमाथि कोरुगेटेड जस्ता वा आलुमिनियम सीट प्रयोग गरिन्छ । प्यानलको तल्लो भागबाट बाहिरी हावा भित्र आउनका लागि जालीजस्तो बिछ्याइएको हुन्छ । प्यानलको भित्री भागमा ब्ल्याक पेन्ट लगाइएको हुन्छ । प्यानलका माथिल्लो भागमा भने वस्तु सुकाउनलाई चेम्बर जोडिएको हुन्छ।
ट्रे–आकारको चेम्बर जमीनको सतहदेखि २ फीटजति माथि बनाइएको हुन्छ । १.७५ ह ३.७५ फीट आकारका ८ वटा ट्रेहरूलाई दुई तह पारी राख्ने व्यवस्था मिलाइएको हुन्छ । चेम्बरको तीनैतर्फ टिन लगाइन्छ भने भिरालो तर्फको एक साइड र माथिल्लो भागमा पोलिथिन–सिटले ढाकेको हुन्छ । चेम्बरको सम्पूर्ण ट्रेहरू र टिनका पाताहरूमा ब्ल्याक पेन्ट लगाइन्छ । टिनको पाताको बाहिरी भाग पोलिथिन–सिटले ढाक्नुपर्दछ । ढोकाको सबैभन्दा माथिल्लो भागमा तातो हावा बाहिर निकासको लागि भेन्टिलेशन बनाइएको हुन्छ ।
सोलार ड्रायरको कार्यसिद्धान्त
प्यानलको तल्लो भागमा रहेका प्वालहरूबाट चिसो हावा प्रवेश गर्दछ । हावालाई तताउने काम भित्री भागमा ब्ल्याक पेन्ट लगाइएको टिनको पाताले गदर्छ । उक्त ताता हावालार्इ वस्तु सकुाउन लागि बनाइएको च्याम्बरमा पठाइन्छ । च्याम्बरमा सिधै प्राप्त सौर्य–प्रकाशबाट पनि तापक्रम बढेर जान्छ । तापक्रम बढ्नाले उक्त च्याम्बरमा राखिएको वस्तुको जल वियोजन (Dehydration) हुन जान्छ । वियोजित जल वाफको रूपमा भेल्टिलेसनबाट बाहिरिन्छ र वस्तु सुक्दै जान्छ । सामान्यतया चेम्बर भित्रको तापक्रम बाहिरी वातावरणको भन्दा २ गुणासम्म बढी हुन जान्छ । गुणस्तरीय सुठो बनाउनका लागि ६०–७० डिग्री सेन्टग्रेडमै अदुवा सुकाइनुपर्दछ । अन्यथा बढी तापक्रम भएमा सुठो कालो हुने र सुगन्धित तेलको मात्रा घट्ने हुन सक्दछ ।
सुकाउने तरीका 
अदुवाको बोक्रा छोडाउने तथा पानीमा धोएर ओभानो भएपछि ट्रेहरूमा राखेर फैलाउने 
ट्रेलाई ड्रायरमा राखेर ढोका बन्द गर्ने, अनि हावा भित्र पस्ने र बाहिर निस्कने प्वालहरू खुला गरिदिने यसरी तयार पारिएको सोलार ड्रायरमा सिङ्गो गानालाई घाम लागेको बेला सुक्नका लागि ६ देखि ७ दिनसम्म लाग्न सक्छ भने चाना बनाएको अदुवा २ दिनमै सुक्न सक्छ ।
सोलार ड्रायरबाट हुने फाइदा 
⦁    पानीले भिज्ने डर हुदैन 
⦁    खुला अवस्थाको तुलनामा ड्रायर भित्रको वस्तुलाई सुक्न आधा समय मात्र लाग्छ ।
⦁    चाडै सुक्ने भएकाले पौष्टिक तत्व नाश हुन पाउदैन । 
⦁    कीरा, धूलो, पात–पति·रबाट सुरक्षित हुन्छ ।
⦁    एक पटकमा ४० के.जी.सम्म अदुवा सुकाउन सकिन्छ । 
⦁    मौसमी तरकारीबालीहरू, जस्तैः काउली, आलु, मूला, खुर्सानी, मेथी, चम्सुर आदि सागसब्जीहरू, सबै प्रकारका मस्यौराहरू, माछामासु आदि पनि सुकाउन सकिन्छ ।