परिचय

अन्नबालीको प्रकार

विवरणको प्रकार

मकै पहाडी भेगको मुख्य खाद्यान्नको श्रोत हो । यद्धपी यसको खेति नेपालका सबै भुभागमा गर्ने गरेको पाइन्छ । नेपालमा करिव ८,९१,५८३ हे. क्षेत्रफलमा मकै खेति गरेको पाइन्छ भने उत्पादकत्व २.५ मे.टन रहेको छ (कृ.वि.म.,२०७२।०७३)। कुल मकै खेति गरिने क्षेत्रफलको ७० प्रतिशत भुभाग पहाडमा, २० प्रतिशत तराई तथा १० प्रतिशत उच्च पहाडमा रहेका छ भने उन्नत मकैले ढाकेका क्षेत्रफल करिव ८६ प्रतिशत, करिव १० प्रतिशत क्षेत्रफल स्थानिय एंव रैथाने मकैले तथा हाइव्रिड मकैले ढाकेका क्षेत्रफल करिव ४ देखि ५ प्रतिशत रहेको अनुमान गरिएको छ । नेपालमा उत्पादित मकैको ८७ प्रतिशत खाद्यान्नमा र १२ प्रतिशत दानाको रुपमा प्रयोग हुन्छ भने यस बालीले नेपालको कृषि क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा ६.८८ प्रतिशत हिस्सा ओगटेको छ ( एफ.ए.ओ., २००९ ) । पुराना तथा स्थानिय जातका मकैको विउमा प्रयोग, रोग र किराग्रस्त विउको प्रयोग, माटोमा विभिन्न खाद्य तत्वहरुका कमी, उन्नत तरिकाको खेति प्रविधिको कमी जस्ता कारण मकैको उत्पादकत्व कम रहेको छ । पछिल्ला बर्षहरुमा बाटोको सुविधा भएको, रासायनिक मल, सिंचाईका राम्रा प्रवन्ध र वजारका व्यवस्था भएका क्षेत्रहरुमा बढदै गएको हाइव्रिड मकै खेतिका कारण उत्पादन, उत्पादकत्व एंव रोजगारी श्रृजनामा समेत फाइदा पुगेको देखिन्छ । तर स्थानिय स्तरमा स्थानिय हावापानी सुहाउदा हाइव्रिड नभएका कारण बर्षैपिच्छे कृषकहरु महंगा एंव आयातित हाइव्रिडहरु प्रयोग गर्न बाध्य हुंदै आएका छन ।

हाइव्रिड भन्नाले क्रमवद्ध रुपमा मकैको विरुवालाइ ६देखि ७ पुस्ता सम्म स्वसेचन गरी निकालीएका इन्व्रेड लाइनहरु आपसमा क्रस गरेर निकालिएको पहिलो पुस्ता भन्ने जनाउँदछ । हाइव्रिडहरु विभिन्न प्रकारका हुन्छन । सिंगल क्रस, डवल क्रस, थ्रि वे क्रस, डबल क्रस हाइव्रिड तथा टप क्रस हाइव्रिड आदी । सिंगल क्रस हाइव्रिडको उत्पादन क्षमता अन्य हाइव्रिडको भन्दा वढि हुन्छ । हाइब्रिडलाइ एक पटक लगाइ त्यसबाट आएका वीउ पुन लगाएमा उत्पादनमा निकै कमी आउने हुंदा प्रत्येक सिजन मकै लगाउदा बीउ किनी लगाउनु पर्दछ । हाइव्रिडको सव बोटमा एकनासका घोगा पाइन्छ । यसमा बोटका उचाइ, घोगा लाग्न आँख्ला सम्मको उचाई, धान चमरा तथा जुंगा निस्कन लाग्ने दिन तथा पाक्न दिनमा सव बोटमा एकरुपता हुन्छ तथा एकै किसीमको वंशाण रहने हुंदा सवै वोट निरोगी हुन्छन र रोग लागेमा सवै वोटमा रोग लाग्दछ । साधारण तया खुल्लासेचित मकैको तुलनामा होचा हुने , उत्पादन क्षमता बढि हुने, मल जलका सदुपयोग गर्न सक्ने क्षमता बढि भएको कारण उत्पादन बढि लिन सकिन्छ । सामान्यतया हाइव्रिड मकै खेतिका लागि १४  ३८ डिग्री सेल्सियस तापक्रम चाहिन्छ । परागसेचनका बेला ८ डि.से.भन्दा कम तथा ४२ डि.से. भन्दा  बढता तापक्रम भयो भने मकैमा दाना लाग्दैन ।

Serial No.

1