असल बीउमा हुने गुणहरु:

अन्नबालीको प्रकार

विवरणको प्रकार

जातीय शुद्धता

बीउ उत्पादनको मुख्य उद्देश्य पुनः प्रयोग गर्नका लागि बीउ उत्पादन गर्ने हो । प्रजननकर्ताले नयाँ जात उन्मोचन गर्दा त्यस जातको नाम तथा बिस्तृत बर्गीकरण गरेको हुन्छ र त्यो जात उत्पादन गर्दा सोही बर्गीकरण अनुसार हुनुपर्दछ ।

भौतिक शुद्धता

उत्पादन भएको बीउमा अरु बालीको बीउ, झाडपातको बीउ, धूलो, डाँठ, बोटको अरु भागका टुक्राहरु आदि मिसिएको हुन सक्छ । उपरोक्त कुराहरुबाट बञ्चित भएको बीउलाई भौतिक शुद्धता कायम भएको बीउ भनिन्छ । अतः बीउ सफा गर्दा निकै ध्यान पुर्याउनुपर्ने हुन्छ।

तौल

प्रजननकर्ताले कुनै पनि जात उन्मोचन गर्दा त्यस जातको १००० वा १०० दानाको तौल अनिवार्य उल्लेख गरेको हुन्छ । उत्पादित बीउको तौल र अनुसन्धानबाट प्राप्त तौल एकै नासको हुनुपर्दछ । तौल कायम भए बीउबाट राम्रो बेर्ना निक्ली स्वस्थ भई बोट राम्रो उत्पादन दिने हुन्छ ।

समानता

बीउको लागि प्रयोग गर्न राखिएको लट वा थुप्रोमा भएका दानाहरु आकारमा एक आपसमा समान हुनु अति आवश्यक हुन्छ । समान भएको बीउबाट एक नासका बोटहरु उम्रनुका साथै प्रति इकाई जमिनमा एक नासले उम्री बोट राम्रो उत्पादन दिने हुन्छ ।

चिस्यान

हरेक बीउमा चिस्यानको मात्रा हुन्छ तर चिस्यान सिफारिस अनुसारको हुनु अति आवश्यक हुन्छ । बीउमा सिफारिसभन्दा बढी चिस्यान भएको खण्डमा बीउ चाँडै ह्रास हुन जान्छ । बीउमा रोग कीरा लाग्ने नलाग्ने कुरामा पनि बीउमा भएको चिस्यानले महत्वपूर्ण भूमिका खेल्दछ ।

जीवितपना

बीउ एक वानस्पतिक प्रक्रियाबाट उत्पादन हुने हुनाले जीवित वस्तु जस्तैः त्यसमा ज्यान हुन्छ । यदि बीउमा ज्यान भएन भने त्यसबाट पुनः बीउ उत्पादन गर्न सकिदैन ।

उमारशक्ति

बीउ जीवित भए तापनि विभिन्न कारणबाट बीउ विकृत भई उम्रन्छ र त्यस्ता विकृत अवस्थामा उम्रने बीउबाट स्वस्थ बोट हुँदैन र केही समयपछि मरेर जान्छ । बीउमा हुने विभिन्न गुणहरुमध्ये यो एउटा महत्वपूर्ण गुण मानिन्छ ।

ओजस

बीउमा उम्रने क्षमता भए पनि कस्तो किसिमबाट उम्रने हो, त्यसको शक्ति र गतिमा भर पर्दछ । यदि बीउमा शक्ति बलियो छैन भने माटोबाट बाहिर आउन नसकी भित्रै कुहिएर मर्न जान्छ । यदि माटोबाट बेर्ना निक्लिए तापनि पातलो र कमजोर हुन्छ भने यस्ता बोटहरु कम फल्नुको साथै उत्पादित बीउ पनि कमजोर हुन्छ ।

स्वस्थता

बालीमा विभिन्न किसिमका रोग लाग्दछ तर बीउबाट सर्ने रोगको नियन्त्रण समयमा नै गर्न अति आवश्यक हुन्छ । बीउमा रोगको असर नदेखिए तापनि जब बीउ उम्रन थाल्छ, त्यसको असर एकैचोटि बढेर आउँछ । अतः बीउ छनौट गर्दा, रोग कीराबाट बञ्चित बीउको लट छान्नुको साथै बाली चक्र, पृथकता दूरी तथा बीउ उपचारमा विशेष ध्यान पुर्याउनुपर्दछ ।

Serial No.

2