परिचय

अन्नबालीको प्रकार

विवरणको प्रकार

धान, मकै र गहुँ नेपालका प्रमुख खाधान्न बाली हुन्। यी बालीहरुको खेति नेपालको तराईदेखि तल्लो हिमालसम्म गरिन्छ| क्षेत्रफल अनुसार धान पहिलो, मकै दोस्रो स्थानमा पर्दछन् भने उत्पादनको हिसावले पनि धान पहिलो, मकै दोस्रो र गहुँले तेस्रो स्थान ओगटेका छन्।

विश्वमा धान बालीलाई प्रमुख खाद्यान्न बाली मानिन्छ । विश्वमा एशिया तथा दक्षिण एशियाका देशहरुको धान खेतीमा अग्रणी स्थान छ । उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन रहेको छ भने त्यसपछि क्रमशः भारत, इन्डोनेशिया, वंगलादेश, भियतनाम, थाइल्याण्ड, फिलिपिन्स, म्यान्मार, ब्राजिल र जापान पर्दछन्। नेपालमा पनि धान नै प्रमुख खाद्यान्न बाली भएकोले खाद्य सुरक्षामा धान खेतीको ठूलो महत्व रही आएको छ । हाम्रो साँस्कृतिक तथा धार्मिक रुपमा अक्षेता देखि खाद्यान्नसम्म धान नै चाहिने वेद, पुराणमा उल्लेख भै आएको पाईन्छ । धानको उपभोग गरीब देखि धनीसम्म र बच्चा देखि वृद्धसम्म सबैले गर्छन् । धानको चामल, भुजा, चिउरा प्रमुख उत्पादन हुन्। यसैगरी बढ्दो व्यवसायिक पशुपालन व्यवसायमा धान पराल, राईस ब्रान, धानको ढुटो मुख्य पशु आहार हुन् भने च्याउ उत्पादनमा धानको पराल अत्यधिक प्रयोग हुने गर्दछ । धानमा आधारित कृषि जन्य उद्योग गाउँ देखि शहर सम्म प्रशस्त छन्। यसैले नेपालको कूल जनसंख्याको करिब ६५% जनसंख्या कृषिमा आश्रित भै ३३% कूल गार्हस्थ उत्पादन कृषि क्षेत्रबाट प्राप्त हुने अवस्थामा त्यसको करिब २० प्रतिशत योगदान धानको मात्र रहेको छ ।

Serial No.

1