जग्गाको तयारी

अन्नबालीको प्रकार

विवरणको प्रकार

माटोको तयारी धान लगाउने विधि, समय, तरिका, कृषि औजार, चिस्यान र माटोको किसिममा भर पर्छ । रोपाई भन्दा एक हप्ता अगाडी आली लगाउने र मुसाको प्वाल टाल्ने गर्नु पर्छ । गह्रामा पानी लगाएर झारपात कुहाउनु पर्छ। जमिनमा पानी लगाएर राम्रोसंग २ पटक जोतेर हिल्याउनु पर्छ र सम्याउनु पर्छ । तयारी जमिनमा ४-५ से. मि. सम्म पानी जमाउनु पर्छ र प्राङ्गारिक मललाई जग्गाको तयारीको बेला राम्रोसँग माटोमा मिलाउनु पर्छ। आधा भागमा नाइट्रोजन र पुरा भागमा डीएपी र पोटास अन्तिम तयारीमा माटोमा मिलाउनु पर्छ ।

सोझै बिउ छर्ने धानको लागि र रोपाई गर्ने धानको लागि जग्गाको तयारी फरक फरक हुन्छ । छरुवा धानको लागि जमिनको तयारी गर्दा जमिनलाई राम्रोसंग पाकेको सुधारिएको गोठेमल राखेर त्यसलाई जोत्ने, झारपातरहरु हटाउने र माटो सम्म पार्नको लागि दाँदे वा पाटा लगाउने गरिन्छ । जमिन सम्याई सकेपछि यसमा दाँते लगाइन्छ र धानको बिउ छरिन्छ । धानको बिउ छरेपछि पुन दाँते लगाएर धानलाई माटोले पुरिन्छ । रोपाइँ गरिने धानको लागि जमिनलाई बाली लगाउनु भन्दा करिव १–२ महिना अगाडी अर्थात बैशाख/जेष्ठ महिनामा जोतेर छाडिन्छ, जसले गर्दा झारपातहरु कुहिन्छ र माटोमा भएका रोग तथा कीराहरु पनि मर्दछन् । धानको बिरुवा रोप्ने दिनमा वा त्यस दिन भन्दा करिव १–२ पहिले पानी लगाएर पुन जोतिन्छ र पाटा लगाएर सम्म पारिन्छ । जमिनको तयारीका लागि गोरु, हाते ट्याक्टर वा ट्याक्टरको प्रयोग गर्न सकिन्छ । जमिनलाई हिल्याउने र पाटा लगाउने गर्नाले माटो नरम हुन्छ जसले गर्दा धानको बिरुवा रोप्न सजिलो हुन्छ भन,े जमिनमा पानी चुहिएर हुने नोक्शानी पनि कम हुन्छ ।

Serial No.

3