मलखाद व्यवस्थापन

अन्नबालीको प्रकार

मलखादको दर माटोको उर्वराशक्ति, लगाउने जात, लगाउने विधि, सिंचाई सुविधा, माटोको बनोट आदिमा भर पर्छ ।

रासायनिक तत्वको नाम सिंचित क्षेत्र (प्रति हे.) असिंचित क्षेत्र (प्रति हे.)
नाइटोजन १०० की. ग्रा. ६० की. ग्रा.
फोस्फोरस ३० की. ग्रा. २० की. ग्रा.
पोटास ३० की. ग्रा. २० की. ग्रा.

नाईट्रोजन बाहेकका अन्य सबै खाद्यतत्व धान रोप्ने बेलामा हाल्नु पर्दछ ।नाईट्रोजन र फोस्फोरस तत्व पाईने अर्थात मिश्रित मल जस्तै डि.ए.पी. धान रोप्दा बीउसँगै छर्नु पर्दछ । यदि रोप्ने बेलामा माटोमा जिङ्क मलको प्रयोग गरिएको छैन भने रोपेको ३० दिन भित्रमा ०.५% को जिङ्क सल्फेटर १% यूरिया (अर्थात १० ग्राम जिङ्क सल्फेट र २० ग्राम यूरिया २०लिटर पानीमा) मिसाएको घोल धान बारीमा छर्नु पर्दछ । छरुवा धान रोप्दा प्रयोग गरिएको मिश्रित मलबाट बाँकी रहेको नाईट्रोजन ३-४ चरणमा समान्यतया रोपेको २-३ हप्ताबाट शुरु गरी बाला निस्कने बेलासम्म हाली सक्नु पर्दछ ।

हल्का माटो (बलौटे दुमट वा दुमट) मा लगाइएको छरुवा धान अक्सर फलामको कमीबाट ग्रसित हुन्छ र अझै कम वर्षा भएको अवस्थामा फलामको कमी हदैसम्म पनि हुन्छ । छरुवा धानमा फलाम तत्वको कमीको लक्षण सामान्यतया कलिलो उमेरमा पात पहेंलो, कक्रक्क परेको बोट र बेर्ना मर्ने हुन्छ । लक्षण देखा पर्ने बित्तिकै बालीमा १% फेरस सल्फेट को घोल छर्नु पर्दछ र यदिलक्षण देखा परि रहेमा उक्त घोल एक हप्तापछि पुन छर्नु पर्दछ ।

Serial No.

2