खाद्य तत्वको अभावमा देखा पर्ने लक्षणहरु

अन्नबालीको प्रकार

विरुवाका आवश्यक खाद्यतत्वहरु मध्य कुनै एक तत्वको अभाव भयो भने विरुवाले आफ्नो जीवन चक्र पुरा गर्न सक्दैन । माटोले विरुवालाई आवश्यकता अनुरुप नाइट्रोजन दिन नसके विरुवा बढन सक्दैन। विरुवाको पातमा हलुका पहेंलोपना देखा पार्दछ र बुढा पातहरुमा पहेंलोपना देखापर्दछ । सुधारका लागि नाइट्रोजन युक्त मल दिनु पर्दछ । यस्तैगरी फस्फोरसको कमीमा पातमा बैजनी रङ्ग (गाढा हरियोमा रातो मिसिएको) देखापर्दछ । विरुवा गाढा हरियो र ठाडो देखिन्छ । पोटासको कमीमा विरुवाको पूराना पातमा खैरोपनको पहेंलोपन (पातका किनारा डढे जस्तो) देखापर्दछ । म्याग्नेसियमको कमीमा विरुवाले धानको बुढो पातमा सुन्तला रङ्गको पहेंलोपना देखिन्छ ।

यी बाहेकका तत्वहरुको कमीमा कमीका लक्षणहरु नयाँ पातमा देखा पर्दछ । गन्धकको कमी भएमा पातमा फिका पहेंलोपनाको हरियो देखिन्छ । क्याल्सियमको कमीमा पात बेरिनुको साथै पहेंलो सहितको सेतो रुप देखापर्दछ| जस्ता (जिन्क) तत्वको समस्या नपालको प्रायः सबै जिल्लामा देखा परेको छ ट्र तराईमा यसको प्रकोप बढ्ता नै देखा परेको पाइन्छ । यसका कमीमा विरुवाको पात र डाठ कमला हुन्छ, पातमा बदामे रङ्गको खैरो दाग जस्टो रुप देखा पर्ने भएकाले यसलाई खैरा रोगको नामले पनि चिनिन्छ । बोट बढ्न सक्दैन र गांज पनि कम हाल्दछ । फलामको कमीमा धानका निस्कनै लागेका पातहरुमा अन्तरनशीय पहेंलोपना देखा पर्दछ । पछि गएर यो सेतोमा परिणत हुन्छ । फलामको कमीको लक्षण घैया धानमा यो बढ्ता देखिन्छ। यस्तै म्याङ्गनिजको कमीमा पनि नयाँ पातमा अन्तरनशीय खैरो किसिमको पहेंलोपना देखा पर्दछ । तामाको कमीमा धानको पातमा पहेंलो धर्सा जस्ता देखा पर्नु, पात आकाशे रङ्ग (निलो), हरियोमा परिणत हुनु र ओइलाउने जस्ता लक्षण देखा । सुहागको कमीमा नयाँ पात सेतो र टुप्पो बटारिएको देखिनुका साथै पातको विकास हुने ठाउँ नै मर्नु तथा बाला निस्कन नसक्नु जस्ता लक्षणहरु देखा पर्दछन ।

Serial No.

1