सिंचाई र झार नियन्त्रण

अन्नबालीको प्रकार

धान बालीमा पानी हुने भएकोले खासै समस्या देखिंदैन तर घैया खेतिको लागि १५-२० दिनको अन्तरालमा गोडमेल गरेर झार नियन्त्रण गर्न सकिन्छ साथै सहि मात्रामा विषादी प्रयोग गरेमा झार नियन्त्रण हन्छ।

सिँचाइको व्यवस्थापन

धानको रोपाइँ गरेको १५–२० दिनसम्म खेतमा पानीको सतह करिव २–५ सेन्टिमिटर रहने गरेर राख्नु पर्दछ । अन्यथा झारको प्रकोप बढ्ने गर्दछ । यदि पाखोबारीमा धान खेती गरिएको छ भने करिव २–५ पटकसम्म सिँचाइ गर्नु पर्दछ । धान बालीमा बिशेष गरी बाला लाग्ने तथा फूल खेल्ने समयमा पानीको अभाव हुनु हुँदैन, उक्त समयमा धेरै पानी भएमा रोग तथा कीराको प्रकोप बढ्दछ, भने कम भएको खण्डमा दाना कम लागि उत्पादन घट्न सक्दछ, तसर्थ पानी ठिक्क मात्रमा लगाउनु पर्दछ, यदि रोग तथा कीराको प्रकोप देखिएमा तुरुन्तै पानी सुकाउनु पर्दछ ।

गोडमेल तथा झारपातको व्यवस्थापन

साधारणतया धानबालीमा झारपातहरु हातले उखालेर नियन्त्रण गर्ने गरिन्छ । धानबाली झारपातहरु नियन्त्रण गर्नको लागि पहिलो पटक धान रोपेको २५ दिन पछि र दोस्रो पटक गाँज आउने बेलामा गोडमेल गरेर झारपातहरु हटाउनु पर्दछ । आजभोली किसानहरुले झार मार्ने बिषादीको पनि प्रयोग गरेको पाइन्छ, तर बिषादीहरु मानव जाती लगायत सम्पूर्ण जन्तुहरुको लागि हानिकारक भएकोले सकरभर प्रयोग गर्नु हुँदैन ।

Serial No.

3