खैरो थोप्ले रोग

अन्नबालीको प्रकार

विवरणको प्रकार

धानको मरुबा रोग जस्तै यो प्रायः सबै क्षेत्रहरुमा ब्याप्त छ । धानको मरुबा रोग पछिको सबै भन्दा महत्बपूर्ण रोगको रुपमा लिईएको छ । यो रोगका कारण सन् १९४२ मा भारतको बङ्गाल राज्यमा धानको उत्पादनमा ब्यापक ह्रास आई भोकमरी समेत फैलिएको थियो । यसलाई बङ्गालको महामारीको रुपमा लिईन्छ । यो रोगको कारण नर्सरीका बिरुवामा शतप्रतिशतसम्म नोक्सानी पुर्याएको पाईएको छ भने धान रोपी सकेपछि ९० प्रतिशत सम्म नोक्सानी गरेको पाईएको छ । बिशेषगरी दानाको तौल, आकार र रंगमा यसको असर देखिन्छ । यो रोग बाईपोलारिस ओराईजा ९द्यष्उयबिचष्क यचथशबभ० कारणले गर्दा हुने गर्दछ । पातमा बाटुला अर्थात अण्डाकार थोप्लाहरु निस्कन्छन् जुन तिलको दानाको आकारका हुन्छन् । भर्खरका अर्थात बिकसित हुँदै गरेका थोप्लाहरु गाढा खैरो रंगका हुन्छन् भने, पूर्ण बिकसित थोप्लाहरु खैरो रंगका हुन्छन् र तिनका केन्द्र भाग फुस्रो अर्थात खरानी रंगको हुन्छ । यस्ता लक्षणहरु जरा भन्दा माथिका सबै भागहरु जस्तैः उम्रने अवस्थामा कोलियोप्टाईल, पातको आधार, डाँठ र डाँठका गाँठाहरुमा प्रष्ट देखिन्छन् । तथापि यसको प्रष्ट लक्षण भने पातमा मात्र देखिन्छ । नर्सरीमा भएको आक्रमणको प्रकोप अलि बढी नै छ भने यो खैरो रातो रंगले पुरै प्लटको भाग डढेको जस्तो लक्षण परैबाट प्रष्ट रुपमा देखिन्छ, तर बेर्ना भने मर्दैनन् । जबकी स्वास्थ्य नर्सरी भने स्पष्टसँग हरियो रंगको देखिन्छ । बेर्ना अवस्थाको शुरुमा साना खैरा रंगका थोप्लाहरु देखिन्छन् । रोपीसकेका बिरुवाको पातमा भने यस्ता थोप्लाहरु ठुला आकारका हुन्छन् । त्यसैगरी शुरुको अवस्थाका दानाको बाहिरी खोलमा गाढा खैरो बा कालो अण्डाकारका थोप्लाहरु देखिन्छन्, रोगको प्रकोप बढी भएको बेलामा दानाको पुरै सतह कालो हुन्छ र पछि खुम्चिन्छ ।

रोगको जीवाणु: Bipolaris oryzae

लक्षण:

पात वा धानका गेडामा स–साना गोलाकार वा लाम्चिला खैरो थोप्लाहरू देखिन्छन् । थोप्लाको केन्द्र भागमा खरानी रंगको हुन्छ |

1

व्यवस्थापन:

(क) यो रोग खासगरी मलजल नपुगेको अवस्थामा हुने हुँदा उचित मात्रा र उपयुक्त समयमा मलको प्रयोग गर्ने

(ख) यो रोग बिउबाट पनि सर्ने भएकाले स्वास्थ्य बिउको प्रयोग गर्ने

(ग) बेभिष्टिन १—१.५ ग्राम प्रति के.जि. बिउका दरले बिउ उपचार गर्ने

(घ) डाईथेन एम्–४५ बा डाईथेन जेड्–७८ तीन ग्राम प्रति किलोग्राम बिउको दरले बिउ उपचार गरी ब्याड राख्ने

(ङ) आवश्यक परेमा माथि उल्लेखित बिषादी ३ ग्राम प्रति लिटर पानीका दरले बिरुवामा छर्ने

Serial No.

1