ब्याक्टेरियल रोग

अन्नबालीको प्रकार

विवरणको प्रकार

रोगको जीवाणु - Xanthomonas oryzae pv oryzae

लक्षण

यस रोग लागेपछि धानको पातको किनारा बा कुनै भागबाट पानीले भिजेको जस्तो लामा अर्ध पारदर्शक धर्साहरु देखिन्छन् । यी धर्साहरु पछि गएर लम्बाई तथा चौडाई दुबैतिर बढ्दछन् र अक्सर पातको किनारामा तरङ्गित अर्थात नागबेली रुपमा देखिन्छन् । पछि गएर यो भाग पहेंलो अर्थात सुकेको परालको जस्तो रङ्गमा परिणत हुन्छ । यो रोग डढुबा नै हो कि होईन भनी जांच्न रोगी पातलाई काटेर पानी भरेको सिसाको ग्लास वा टेष्ट ट्यूबमा नचलाई राखेमा काटिएको भागबाट मसिना धर्साहरुका रुपमा शाकाणुंहरु पानीमा झर्न थालेको प्रष्ट देखिन्छ ।

3

व्यवस्थापन

(क) रोग निरोधक जातहरु लगाउने । हालसम्म सिफरिस भएको जातहरुमध्ये लक्ष्मी, चन्दिना, बिन्देश्बरी, मलिका, जानकी, साबित्री, चैते – २, चैते – ४, आइ. आर.–२२, बर्षे – २, मकबानपुर – १, राधा –४, राधा–७, राधा– ११, राधा–१२, हर्दिनाथ– १ आदिमा यो रोग कम लाग्दछ (मानन्धर, २०६१) ।

(ख) हिले ब्याडको सट्टा धुले ब्याड राख्ने ।

(ग) बोटलाई सकेसम्म घाउचोट लाग्नबाट बचाउने र धानको टुप्पा काट्ने चलनलाई हटाउने जसले गर्दा यी शाकाणुंहरु सजिलैसँग बोट भित्र पस्न सक्दैन ।

(घ) नाईट्रोजनयुक्त मल मात्र बढी प्रयोग नगर्ने र पोटासको प्रयोगमा बिशेष जोड दिने ।

(ङ) आवश्यक परेमा एग्रीमाईसीन–१०० दुई ग्राम ३ लिटर पानीका दरले मिलाई छर्ने ।  

(च) गाईको ताजा गोबर ३०/३५ ग्राम प्रतिलिटर पानीका दरले घोल बनाई त्यसलाई छानेर पूरा बोटमा राम्ररी छर्दा पनि यो रोग केही हदसम्म नियन्त्रण भएको पाईएको छ ।

(छ) धान काटी सकेपछि खेतमा रहेका ठुटा ठुटी पोलेर नष्ट गर्ने ।

(ज) यो रोगको जीवाणुलाई आश्रय दिने खालका झारहरु जस्तै मोथे, बन्सो आदिको नियन्त्रण गर्ने ।

(झ) त्यसैगरी रोग सार्न मद्दत गर्ने किराहरु जस्तै पातको फड्के र फट्याङग्रा आदिको नियन्त्रणका लागि बिशेष तरिका अपनाउने ।

 

Serial No.

2