गवारो (Yellow Stem Rice Borer)

अन्नबालीको प्रकार

विवरणको प्रकार

पहिचान: वयस्क अवस्थामा विभिन्न आकार प्रकारका पुतली हुन्छन् । लाभ्रेहरू फिका पहेंला अथवा गुलावी रङ्गका अथवा शरीरमा धर्का भएका हुन्छन् र यिनीहरू विरुवाको डाँठभित्र रहन्छन् ।

Stem Borer

क्षतिको लक्षण: बिरुवाको कलिलो अवस्थामा आक्रमण भएमा मृत गावा देखिन्छन् यदि विरुवाको फूल फुल्ने अवस्थामा आक्रमण भएमा भुस मात्र भएको सेतो वाला देखिन्छन् ।

व्यवस्थापन:

१. गवारोको क्षति कम गर्न हरेक वर्ष धान काटी सकेपछि रहेको सम्पूर्ण ठूटा निकाली जलाइ दिने अथवा ठूटा डुब्ने गरी पानी पटाइ दिने अथवा धान काटेपछि खेतलाई जोतिदिने 

२. बेर्नाको पातको टुप्पोमा देखिएका फुलहरूलाई पातको टुप्पो चुँडेर नष्ट गर्ने 

३. प्रकाश पासोको माध्यमबाट वयस्क पुतलीलाई आकर्षण गरी मार्ने 

४. ट्राइकोग्रामा परजीवी कीरा ५०,०००–१,००,००० प्रति हेक्टरका दरले रोपाइ गरेको ३–४ हप्ता पछि छाड्ने

५. धानखेतको आलीमा भटमास लगाउने

६. व्यासीलस थुरीनजियन्सीस ३ ग्राम प्रति लिटर पानीका दरले छर्कने 

७. गवारोहरूको धेरै प्रकोप भएको खेतमा कार्वोफ्यूरान (फ्यूराडन, डाइफयूरान, की फयूरान आदि) वा कारटेप हाइड्रोक्लोराइड ४% जीआर (अनुदान, विदान, कीटाप, आदि) वा फिप्रोनिल ०.३% जीआर(रीफ्री, रिजेन्ट, टाटाजेन्ट आदि) दाना विषादी कुनै एक १.२५ के.जी. प्रति रोपनीका दरले वा क्लोरानट्रानीलीप्रोल ०.४% जिआर (फेरटेरा) खेतमा छिपछिपे पानी जमाइ छर्ने । विषादी छरेपछि ४ दिनसम्म खेतबाट पानी बग्न दिनु हुँदैन 

८. माकुरा, लामा सिंगे फट्याङग्रा जस्ता मित्रजीवको संरक्षण गर्ने ​

Serial No.

1