धानको पतेरो (Rice Ear Head Bug)

अन्नबालीको प्रकार

विवरणको प्रकार

पहिचान:

वयस्क पतेरो खैरोमा हरियो मिसिएको हुन्छ भने बच्चा पतेरो हरियो हुन्छ । यसलाई समातेर विस्तारै थिच्दा नराम्रो गन्ध छोड्छ ।

1

क्षतिको लक्षण:

पातमा बढी आक्रमण भएमा वोट नै पहेंलिने हुन्छ र वालामा आक्रमण गरेको छ भने दानाहरूमा खैरो दाग देखिने, दानाहरू फोस्रा हुने अथवा आधा फोस्रिएका दाना हुने गर्दछ ।

व्यवस्थापन: 

  • खेतभित्र तथा वरपरको झारपात गोडमेल गरी पतेरोको वैकल्पिक आश्रयस्थललाई नष्ट गर्ने
  • एकैसमय पाक्ने धानका जातहरू छनोट गरी लगाउने
  • प्रकाश पासोको माध्यमबाट वयस्क कीरालाई मार्न सकिन्छ
  • डर्टी ट्रयापको प्रयोग गर्ने । यसको लागि गाई भैंसीको ताजा पिसावमा कपडा वा जुटको वोरालाई भिजाएर एउटा घोचोको एक छेउमा बांध्ने र उक्त घोचोलाई धानबारीको बीचमा लगेर गाड्ने गर्नु पर्दछ । ट्रयापमा आकर्षित भएका पतेरोहरूलाई बाहिर पट्टीबाट प्लाष्टिकको झोलाले छोपी संकलन गरी मार्ने
  • यो कीराको प्रकोप ज्यादा भएमा अन्तिम विकल्पको रुपमा कीटनाशक विषादी जस्तै मालाथियन ५०% इसी (साइथियन, अनु मालाथियन,सूर्याथियन) २ मिलि प्रति लिटर अथवा साइपरमेथ्रिन २५% इसी (अनुकील, साइपरसीड, केआइ साइपर) वा अथवा फेन्भेलेरेट २०% इसी (अनुफेन, फेनभल, कीफेन ) ०.५ मिलि प्रति लीटर पानीका दरले कुनै एक विषादी विरुवा राम्ररी भिज्ने गरी छर्नुपर्दछ

Serial No.

5