परिचय

परिचय

परिचय
तोरी एक बहुउपयोगी बाली हो जसलाई अंग्रेजीमा रेपसिड (Rapeseed) भनिन्छ । यसको वैज्ञानिक नाम ब्रासिका क्यामपेसट्रिस भार. तोरीया (Brassica campestris var. toria) हो । यो  cruciferae परिवारमा पर्दछ । यसको उचाई ४५–१५० से.मी. हुन्छ । तोरीको तेल संसारमा तेस्रो प्रमुख हो भने भाटमाश पहिलो र पाल्मतेल दोस्रो स्थानमा पर्दछन् भने तोरी नेपालको महत्वपुर्ण तेलबाली हो ।  खेती गरिएको धेरै भाग तोरी खेतीले ओगटेको हुन्छ । तोरीमा तेलको मात्रा ४० देखी ४५ प्रतिशत र प्रोटिन २४ प्रतिशत हुन्छ ।
नेपालमा प्रति व्यक्ति ४.५ लिटर प्रति बर्ष तेल खाने गरेको अवस्था छ भने विश्व खाध संगठनको सिफारिस मात्रा १४.५ प्रति व्यक्ति हो जसले तोरी खेतीको अवसरको बारेमा जनाउछ । 

उत्पति 
तोरीमा सबै भन्दा पहिलो लिखिल विवरण भनेको प्राचीन संस्कृतको किताब २०००–१५०० वि.सि मा पाइएको थियो । यसको उत्पति पूर्वी अफगानस्तान र योसँग जोडिएको भारत र पाकिस्तानको भु–भागबाट भएको मानिन्छ । 

विभिन्न जिल्लामा तोरी बालीको वस्तु स्थिति २०१५/१६

जिल्ला क्षेत्रफल उत्पादन (के.जी) उत्पादकत्व (के.जी/हेक्टर) कैफियत
ब्र्दिया १०७९० १०१३२ ९३९  
सिन्दुली ५२७४ ४६६४ ८८४  
कैलाली १८०४० २०९८६ ११६३ दोस्रो
मोरङ्ग १२३९८ १२९७९ १०४७  
सुनसरी ९३९० १५४३४ १६४४ प्रथम
चितवन १३०१० ११३६४ ८३७  
सुर्खेत ३९४० ३६०९ ९१६  
ललितपुर ३००० २८८० १६०  
दाङ १९०७२ २०९८८ ११०० तेस्रो
महत्व

तेल तथा तोरी बालीको महत्व र उपयोगिता

  • तोरीको तेलमा २ देखी ४ केसरा लसुन पकाएर जोर्नीहरुमा मालिस गर्दा  तूरुन्त सन्चो गराउछ ।
  • तोरी, रायोको धूलो/तेल अचारमा हाल्दा अति मिठो र स्वादिलो हुन्छ ।
  • तोरीको साग पोसिलो र लावणयुक्त र लोकप्रिय मानिन्छ ।
  • तोरीको मुन्टा घाममा सुकाएर, बेसन हालेर मास्यौरा÷गुन्द्रक तयार गर्न सकिन्छ ।
  • यसको तेल कपालमा लगाउ र औषधिको रुपमा प्रयोग हुन्छ ।
  • यसको तेल साबुन तथा ग्रीज बनाउनमा प्रयोग हुन्छ ।
  • यसको पिना बस्तुलाई खुवाउन तथा मलको रुपमा प्रयोग गरिन्छ ।
  • यसको हरियो डाठ पात बस्तलाई खुवाउन प्रयोग गरिन्छ ।
  • तोरी/रायोको तेल छाला उधोगमा छाला नरम पार्न प्रयोग गरिन्छ ।
  • यसको तेल प्रयोगको रुपमा संसार भरिमा तेस्रो स्थानमा पर्दछ ।
  • तोरी/रायोको तेलमा बनाएको परिकारहरु स्वादिलो तथा मनमोहक हुन्छ ।

 

उद्योग स्थापना

तोरी खेती नेपालको तराई र मध्य पहाडी जिल्लाहरुमा गरेको पाइन्छ । यसको उद्योग स्थापना गर्न नेपालमा प्रचुर सम्भावना ब्याप्त छन् । उद्योग स्थापना गर्न मुख्य आवश्यकता भनेको राम्रो तोरी मिल नै हो । ठुला ठुला मिलहरु जसले तोरीबाट धेरै भन्दा धेरै तेल निकालोस, यस्ता मिलहरुको स्थापनाबाट तोरीको प्रशोधन गर्न सकिन्छ  । वालीलाई यत्तिकै वेच्नु भन्दा प्रशोधन गरेर बेच्दा वा बजारीकरण गर्दा तुलनात्मक रुपमा राम्रो मुल्य पाइन्छ । नेपालमा त्यती ठुला ठुला प्रशोधन मिलहरु स्थापना भएको छैन । यदि ठुला प्रशोधन मिलहरुको स्थापना गर्न सक्ने हो भने प्रशोधत वस्तुको मुल्य वा बजार भाउ बढी पाउन सकिन्छ । तोरीको खाने तेल, तोरीको धुलो, तोरीको कपालमा लगाउने तेलको उद्याग स्थापना गर्न सकिन्छ ।
 

जातहरु

तोरीका सिफारिस जातहरु 
तोरीका जात सिफारिस  वर्ष पाक्ने दिन उत्पादन क्षमता (के.जी./हेक्टर ) सिफारिस क्षेत्र
विकास २०४५ ८६ ९००–११०० सम्पुर्ण तराई/भित्री मधेश
प्रगति २०५३ ८४ ९००–१०००

असिँचित/सिँचित

तराई/भित्री मधेश

उन्नती २०६२ ८५ १०००–१३००

असिँचित/सिँचित

तराई/भित्री मधेश

प्रिती २०६२ ९० ९००–१०००

असिँचित/सिँचित

तराई/भित्री मधेश

मोरङ्ग तोरी –२ २०७० ८३ १०००–१३००

असिँचित/सिँचित

तराई/भित्री मधेश

लुम्ले तोरी–१ २०५३ ८९–१५३ ९००–१००० पश्चिम क्षेत्र ७०० मिटर माथि उच्च मध्य पहाड
सुर्खेत स्थानिया २०५३ ८५–९० ९००–१००० मध्यपश्चिम मध्य पहाड

 तोरी, रायोको प्रजातिहरु (Species of Rapeseed and Mustard)

Species Comman name Local name
Brassica Campestris var. black toria Indian rape Black tori or Lahi
Brassica Campestris var. yellow toria Indian rape Yellow tori
Brassica Campestris var. Brown sarson Turnip rape Brown sarson
Brassica Campestris var. yellow sarson Turnip rape Yellow sarson
Brassica juncea Indian mustard Rayo/raya/rai
Brassica nigra Black mustard Banarashi rai
Brassica napus Canola Gobi sarson
Brassica alba White mustard -
Eruca sativa Rapeseed Taramir

आवश्यकता

हावापानी र माटो

८० प्रतिशत आद्रता, ४ देखि १० डि.से.ग्र्रेड र २९ डि. से. ग्र्रेड भएको तुषारो नपर्ने तापक्रम तेलहन बालीको खेतिको लागि उत्तम हुन्छ ।
तातो हावा र उच्च तापक्रम बोटको बिकास, तोरीको दाना, तेलको मात्रामा प्रतिकूूल असर पार्दछ । तेलहन बालीको खेती सबै माटोमा हुन्छ तर दौमट माटो उत्तम मानिन्छ ।बलौटे माटोमा बर्षातको समय सुक्ष्म खाद तत्व चुहिएर जाने भएकोले प्राङगारिक पर्दाथ वा गोबर मलको मात्रा बढाउनु पर्दछ । पि. एच. ६ देखि ८ भएको माटो उपयुक्त हुन्छ । निकासको राम्रो ब्यबस्था भएमा बेसि उत्पादन हुनुको साथै बीउ बिजनको गुणस्तर राम्रो हुन्छ ।

कृषि इन्पुट

बीउको मात्रा
  • तोरी वालीको लागि प्रति हेक्टर ८ देखि १० के.जि. विउ प्रयोग गर्नु पर्ने अनुसन्धनबाट थाहा भएको छ ।
  • मिश्रित बाली ८ के.जी. तोरी १० के.जी. मसूरो प्रति हेक्टरका दरले छरिन्छ ।
  • तर वाक्लो वा बढि बिउ प्रयोग गरीएको ब्याडमा, बढि भएको बोट विरुवाहरु पतल्याउने, बेडाउने, र उखेलिएका वोटहरु: fusfu रुपमा बजारमा बेचि थप आम्दानी लिन सकिन्छ ।
बीउ उपचार

बीउबाट सर्ने रोगहरु जस्तै : डढुवा, जरा कुहिने, डाठ कुहिने रोग नियन्त्रणका लागि प्रति के. जि. बिउमा ३ देखि ४ ग्राम डाईथेन एम. ४५ वा बेभिस्टीनले उपचार गरी बिउ छर्दा रोगबाट हदै सम्म जोगाउन सकिन्छ ।
तोरी परसेचित वाली अन्तर्गत पर्ने भएकोले बिउको लागी खेती पृथ्क्ता दुरी (मूल बिउ उत्पादनको लागि ३०० देखि ४०० मीटर र प्रमाणित बिउ उत्पादन गर्न २०० मीटर ) दूरी राख्नु पर्दछ ।

तोरी खेती चाहिने औजार तथा मेसिनहरु

औजारहरु यस प्रकार छन् 
१. हाते ट्रयाक्टर/ट्रयाक्टर
२.न्यापस्याक स्प्रेयर
३. कुटो
४. कोदालो
५. थ्रेसर
६. माक्स
७. गाडी
 

जग्गा तयारी

लगाउने समय

तराई र भित्री तराईमा असोज तेस्रो हप्ता देखी कात्र्तिक दोस्रो हप्ता र पहाडमा असोज १५ देखी २५ गते भित्र  खेती गर्दा रोगकिरा कम र उत्पादन बढी हुन्छ ।

 

जग्गाको तयारी
  • दुई पटक खानजोत, डल्ला फुटाउने र माटो मसिनो पार्नू पर्दछ ।
  •  दोस्रो पटकको जोताईमा १० टन प्रति हे. प्राङगारिक वा गोबर मल र सिफारिस ना.फो.पो. को मात्रा माटोमा मिलाउने ।
  • बीउ छरिसकेपछि हल्का पाटा लगाउने वा सम्याउने ।
लगाउने दुरी
  • तोरी लाइन देखी लाइन ३० से.मी. र बोट देखी बोट भने लगातारमा लगाईन्छ । तोरी लगाउदा धेरै गहिरो गरी लगाउन हुदैन मात्र २.५–३ से. मी. गहिरामा हुनु पर्दछ ।    

बाली व्यवस्थापन तथा हेरचाह

मलखादको प्रयोग

 तोरी बाली अन्य खाद्यान्न बालीको तुलनामा अलि बढी मल चाहिन्छ ।

  •  १० टन प्राङगारिक वा गोबर मल प्रति हेक्टर
  •  डि. ए. पी ८७ केजी प्रति हेक्टर,
  •   युरिया ९७ केजी प्रति हेक्टर,
  •  पोटास ३३ केजी प्रति हेक्टर,
  • सल्फर २० केजी प्रति हेक्टर,
  • बोरोन १ केजी प्रति हेक्टर  र
  •  जिङ्क २० केजी प्रति हेक्टर
  • युरियाको आधा भाग फूल फुल्नु भन्दा १ हप्ता अघि छर्ने तर अरु सबै मल जग्गा तयारी गर्ने बेलामा छर्ने ।
  •  मलखादको प्रयोगले तोरी उत्पादनमा २५ देखि ५० प्रतिशत बढेको पाइन्छ ।
  • गाईवस्तको बासी पिसाबमा ३ देखि ४ गुणा पानी थप्ने र १६ लिटर प्रति कठाको दरले फूल फुल्नु अघि एक हप्ताको अन्तरालमा दुई पटक छर्नाले लाही किराको प्रकोप कम, बोटको वृृद्धि भई उत्पादन बढने गर्दछ ।
सिँचाई तथा निकास

तोरी बालीको खेती प्राय:  पाखो जग्गामा आकासे पानीको भरमा गरिन्छ । सम्भव भए वीउ छरेको २०–२५ दिन भित्र (फूल फुल्न शुरु अघि) सिंचाई दिएमा विरुवाको बृद्घि राम्रो हुन्छ ।
 पानी जम्ने अवस्थमा निकाशको राम्रो व्यवस्था हुनु पर्दछ नत्र तोरीका बोटहरु पहेँलिन सक्छ ।
स्प्रिन्कल सिँचाई सुविधा भएको ठाउमा कोशा लागे पछि दाना पोटिलो हुने बेलामा दोस्रो सिँचाई राम्रो मनिन्छ । यस बेलाको सिँचाईले तेलको मात्रा पनि बढाउछ ।

बाली प्रणाली तथा घुसुवा बाली

तेलहन बालीहरुलाई एकल वा मिश्रित वा घुसुवा बालीको रुपमा ठाउ परिस्थिति तथा समयनाकुल लगाउन सकिन्छ । त्यसकारण बाली लगाउदा निम्न प्रणाली अपनाई खेती गर्दा बढि फाइदा लिन सकिन्छ ।

  • धान–तोरी–मुंग
  • धान–तोरी–धान
  • मकैै–तोरी–मकैं
  •  धान–तोरी+मसूरो
  •  धान–तोरी+चना
  • धान–तोरी+आलस
  • धान–¬तोरी+धनिया
  •  धान–तोरी+उखू

    

रोग व्यवस्थापन

पात डढुवा

यो रोग पात, कोसा र डाठमा गाढा खैरो थोप्ला उत्पन्न हुन्छ र थोप्लाहरु एक अर्कासँग मिल्न गई सम्पुर्ण पात तथा हरियो भागहरु डढेको जस्तो देखा पर्दछ ।
नियन्त्रण
रोगको प्रकोप देखना साथ डाईथेन एम.–४५, ३ ग्राम प्रति लिटर पानीमा मिसाई १० दिनको फरकमा २ वा ३ पटक छर्नाले रोग नियन्त्रण हुन्छ । अथवा रोभराल ५०, १.५ देखी २ ग्राम प्रति लिटर पानीमा मिसाई छर्नाले डढुवा रोगको प्रभावकारी नियन्त्रण भई उत्पादनमा दोब्बर वृद्धि पाईएको छ ।

डाउनी मिल्डयु ( सिते ढूसी )

यो रोग पातको मथिल्लो भागमा धब्बाहरु  देखिन्छन् । भने यसको ठीक मुनिपट्टी सेतो ढुसी पलाएको देखिन्छ । आक्रमण बढी भएमा फूलमा पनि असर गर्दछ । रोग लागेका फूलहरु बिकृत भई बटारिएको हुनुको साथै सेतो धुलोले ढाकेको देखिन्छ ।
नियन्त्रण
रोगको लक्षण देख्ना साथ डाईथेन जेड–७८, २ देखी ३ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने वा १ ग्राम केराथेन प्रति लिटर पानीमा मिसाई १० दिनको अन्तरालमा २ देखी ३ पटक छर्नु पर्दछ ।

सेतो फोके (हवाइट ब्लस्टिर )

यदि डाउनी मिल्डयु सँगै यो रोग पनि लागेमा बिरुवाका पात, डाठ र फूलमा सेता फोका देखिन्छ र ति फोकाहरु फुटेर सेतो धूलोहरु झरिन्छ । फूलहरु बिकृत हून्छन् र दानाहरु लागदैनन् ।
नियन्त्रण

  • बाली समयमा लगाउने ,खेतलाई  झारपात मूक्त्त राख्ने ,रोगी बिरुवालाई उखेली जलाउनु वा गाड्नु पर्दछ ।
  • रोगको प्रकोप देखना साथ डाईथेन एम.–४५, ३ ग्राम प्रति लिटर पानीमा मिसाई १० दिनको फरकमा २ वा ३ पटक छर्नाले रोग नियन्त्रण हुन्छ वा मेटालाक्सिल (रेडोमिल ) १ एम. एल. पानीमा मिसाई १५ दिनको फरकमा छर्नाले रोग नियन्त्रण हुन्छ ।

किरा व्यवस्थापन

करौते झिंगा

तोरी बालीको सुरुको अवस्थामा लाग्ने यो प्रमुख किरा हो । यो असोज÷कार्तिकमा देखा पर्दछ । र चिसो लागे पछि हराएर जान्छ । किराको लाभ्रेकोे रङ कालो हन्छ । यसले बिरुवाको कलिलो अवस्थामा पात र कमलो भाग खाइ दिन्छ ।
रोकथामः
किराको प्रकोप देख्ना साथ मालाथियन ५ प्रतिशत धुलो बिषादी २० देखी २५ के.जी. प्रति हेक्टरको दरले बिहानी पख छर्नु पर्दछ ।
अथवा क्लोरोपाइरीफस १० प्रतिशत / साइपरमेथ्ररिन १० प्रतिशत झोल २ एम. एल. प्रति लिटर पानीमा मिसाइ छर्दा नियन्त्रण हुन्छ ।

लाही किरा 

यो किरा तोरी बालीहरुको प्रमुख शत्रु हो । यस किराको माउ तथा बच्चा दुबै बिरुवाको पात, मुनाहरु, फूलका गुछामा बसी रस चुस्छन् । समयमा नै यसको नियन्त्रण गरिएन भने उत्पादनमा निकै कमी आउछ ।
रोकथाम :
बाली समयमा लगाउने ।
 किराको प्रकोप देखिएमा साइपरमेथ्ररिन १० प्रतिशत झोल १ देखी २ एम. एल. प्रति लिटर पानीमा मिसाइ छर्ने वा रोगर ३० इ.सी. १ लीटर प्रति १००० लिटर पानीमा मिसाइ १ हेक्टरमा छर्ने ।
 किरा लागेको भागमा खरानी छर्ने वा १० प्रतिशत गौउ मुत्र वा निमको पातको झोल ३ देखी ४ पटक सम्म प्रयोग गरेमा यस किरालाइ नियन्त्रण गर्न सकिन्छ ।

झुसील किरा

यो किराको लाभ्रेले सुरुमा झुन्डमा पातमा बसी कोत्रेर खान्छ । पछी लाभे्रहरु हुर्किएर चारैतिर छरिएर पात तथा कोसाहरु खान थाल्दछन् ।
रोकथाम 

  •  यो किराको नियन्त्रणको लागि शुरुमा लाभ्रेको झुन्डलाई पात सँगै टिपी नष्ट गरी दिंदा चारै तिर फैलिन पाउदैन ।
  •   प्रकोप बढी भएमा २ मि. ली. इक्लोप्रिड प्रति लिटर पानीका दरले घोली मध्यान्नमा छर्ने गर्नु पर्छ ।
  • तोरी बालीमा हूने मुख्य झारपातहरु र नियन्त्रणका  उपायहरु
  • तोरी बालीमा उम्रिएका झारपातहरु समयमा नियन्त्रण गरिएन भने उत्पादनमा ३० प्रतिशत सम्म   ह्रास ल्याउछ । तोरी बालीमा हुने झारपातहरु जस्तै : बेथे, मोथो, गाजरी, ठोकारा, दुबो, कुटिलकोसा, केदली आदि ।
  • यी झारपातलाई बाली उम्रेको शुरुको अवस्थामा हटाउनु पर्दछ । झारपात हटाउदा बालीको बोटको संख्या पनि ठिकको दुरीमा राख्न सकिन्छ । ज्यामी नपाएको खण्डमा पेन्डीमेथालिन ३ देखी ४ एम. एल.प्रति लिटर पानीमा मिसाई १५ देखी २० लिटर झोल प्रति केजी बीउ छरेको एक दिनपछि मजाले छर्नू पर्दछ । त्यस्तै ठोकरा झार नियन्त्रणको लागि ग्लाइफोसेट १०० मि.लि. प्रति हेक्टर फूलफूल्ने बेला र १५० मि.लि. प्रति हेक्टर जमीनमा १००० लि. पानीमा मिलाइ एक हप्तामा पुन दोहोराएमा यो झारपातहरुमा कम आउने पाइएको छ साथै बाली चक्र अपनाएर ठोकारा धेरै हुने खेतमा आलस वा सिमी लगाउने हो भने पनि ठोकाराको संख्यामा उल्लेख्यनिय कमी आउछ ।
     

बाली कटानी तथा भन्डारण

बाली काट्ने उचित समयको चयन तथा बाली कटानी

बाली पुरै पाके पछि उखेल्दा वा काट्दा दाना झर्ने समस्या हुने हुदा ८० प्रतिशत कोसा पहेँलो भएपछि विहानी पख वाली उखेल्नु वा काट्नु राम्रो हुन्छ । उखेले पछि तोरीलाई खलिहान वा आँगनमा पाँच/सात दिन राखेर त्यसपछि तीन÷चार  घाम राम्रोसँग सुकाएर दाना झार्नु पर्दछ । यसरी झारेका दानाहरुलाई ३/४ दिन घाममा सुकाएर ८ प्रतिशत चिस्यान कायम राखि सुख्खा र ओभानो ठाउँमा भण्डारण गर्नु पर्दछ ।

उत्पादन र फाइदा
उन्नत प्रबिधि अपनाएर राम्रोसँग गरिएको तोरी खेतीबाट प्रति हेक्टर १००० देखि १३०० के.जि. उत्पादन लिन सकिन्छ । यसरी सम्पूर्ण खर्च कटाएर (रु ४००००। आज भोली भाउ ( रु७० प्रति के. जि.)अनुसार प्रति हेक्टर रु ४०,५००। खुद नाफा लिन सकिन्छ ।

उत्पादनोप्रान्त गरिने क्रियाकलापहरु

तोरीमा प्याकेजिङ्ग तथा प्रशोधन


तोरी बालीबाट दाना झारीसके पछि यसलाई जुटको अथवा प्लासटिकको बोरामा भरेर राखिन्छ । भण्डारण गर्दा मुख्य ध्यान राख्नु पर्ने कुरा भनेको यसमा रहेको चिस्यान हो । यसमा चिस्यान ८%  भन्दा धेरै भएमा  किरा र रोगहरुले आक्रमण गर्ने गर्छ । त्यसपछि ८%चिस्यानमा ओभानो ठाउँमा राख्नु पर्दछ । भण्डारण घरमा प्रसस्त हावा खेल्ने ठाउँ हुनु पर्छ । प्रशोधनमा मुख्य भनेको यसबाट तेल निकाल्नु नै हो । तोरीबाट तेल निकाल्दा तारीलाई राम्रोसँग सफा गरी मिलमा तोरी पेल्दा तेलको मात्रा बढेको पाईन्छ । र त्यसको पिनालाई २–३ पटक सम्म दोहोराउदा तेलको मात्रा बडाउन सकिन्छ । त्यसो नगर्नादा ६% सम्म तेल पिनामा नै रहने गर्छ । र त्यस बाहेक तोरीको पाउडर पनि प्रयोगमा आएको पाइन्छ । तोरीको पाउडरलाई अचार बनाउदा, माछा, मासुमा राख्दा त्यसको स्वाद बड्छ । नेपाल सरकारद्वारा लागु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाजनाले कृषि उत्पादनमा विशेष जोड दिइरहेको छ । त्यसैले प्रशोधन केन्द्र खोलेर तोरीका अन्य उत्पादनलाई बढावा दिन सके किसानहरु अझ लाभान्वित हुन सक्छन् ।


 

अन्य जानकारी

तोरी वालीमा प्राकृतिक परसेचनको महत्व


तोरी परसेँचित वाली भएकोले फूलफुल्ने बेलामा मौरी, बारुला आदि परसेचनहरुको आवश्यकता पदर्छ । बिषादीको प्रयोगले फाईदा जनक किरा मर्ने भकाले परागसेचनमा कम हुन गई तोरीको उत्पादन कम हुने गरेको पाईन्छ ।

   खुला प्राकृतिक परागसेचन प्लट नियेंत्रण प्लोट
 कोसा संख्या प्रति बोट ५४      २३
बोटको उचाई १०६ से.मि.  १०७ से.मि.
 प्रति कोसा दाना संख्या १७    ११
 दानाको तौल ३ ग्राम      २.६ ग्राम
 उत्पादन प्रति हेक्टर १००९ के.जी.        ४४८ के.जी.


 

तोरी बालीको उन्नत खेती गर्न लाग्ने अनुमानीत खर्च तथा आम्दानी
क् स. क्रियाकलाप इकाई संख्या दरु रु. जम्मा रकम     रु. कैफियत 
(क) जग्गाको भाडा हेक्टर  १ ६००० ६०००  
(ख) ज्यामी खर्च          
जमिन तयारी ३ पटक जोत्न तथा पाटा लगाउन पटक १५०० ४५००  
मलखाद छर्न जना ४०० ४००  
बीउ छर्न जना ४०० ४००  
बीउ छोप्न पाटा लगाउन जना १००० १०००  
विषादी छर्न (झारपात ,किरा,रोग नाशक ) जना ४०० २०००  
बाली काटन तथा ओसार्न जना १५ ४०० ६०००  
बाली चुट्न (ट्रेक्टर)   १००० १०००  
बीउ केलाउन,सफा गर्न, सुकाउन, प्याकिंग र थन्काउन जना १० ४०० ४०००  
जम्मा ज्यामी खर्च         २५,५००  
(ग) उत्पादन सामाग्री खर्च          
बीउ के.जी. १०० ८००  
बेभिष्टीन ग्राम ५० ५०  
डि.ए.पी. के.जी. ९० ५० ४५००  
युरिया के.जी. ९० २५ २२५०  
पोटास के.जी. ३३ ४५ १४८५  
सल्फर के.जी. २० १२० २४००  
बोरेक्स के.जी. १५० १३५०  
झारनाशक, किटनाशक, रोगनाशक विषादी के.जी ⁄ लि. १९६५ ५८९५  
जम्मा उत्पादन खर्च         १८,७३०  
(घ) कुल उत्पादन खर्च       ४४,२३०  
(ङ) कुल आम्दानी उत्पादन के.जी.(सरदर) के.जी. १००० ७० ७०,०००  
(च) खुद मुनाफा रु.( ङ – घ )       २५,७७०  

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

सन्दर्भ सामाग्री