नेपालमा गाई मुख्यतया दूध उत्पादनको लागि पालिन्छ । तिनिहरुको जात र स्याहार सुसार जस्तै: आहार, स्वास्थ्य स्थिति आदिले दूध उत्पादन क्षमतामा असर पार्दछ । उपयुक्त घाँस, दाना र पानीको व्यवस्थामा उन्नत जातका पशुबाट राम्रो उत्पादनको आशा गर्न सकिन्छ । स्थानीय जातका पशुमा पनि स्याहार संभार एवं अन्य व्यवस्थापन राम्ररी गरिएमा राम्रो उत्पादन लिन सकिन्छ । यद्यपि स्थानीय जातका पशुहरुमा वंशाणुगत रुपमै तिनको उत्पादन क्षमताको सीमा कम रहने गर्दछ । उन्नत जातका गाईले स्थानीय जातको तुलनामा धेरै गुणा बढी दूध दिन्छन् र बाच्छा बाच्छी पनि चाँडै हुर्कन्छन् । फलस्वरुप, कम उमेरमा नै बाली खोज्ने हुनाले छिटै व्याएर चाँडै दूध दिन थाल्छन् । उन्नत जातका गाई को २ बेत बीचको अवधीकम हुने हुनाले छिटो छिटो व्याउँछन् । तसर्थ उन्नत जातको गाई पालेमा बढी फाइदा लिन सकिन्छ । नेपालमा अधिकांश संख्यामा स्थानिय जातका गाई भैंसी रहेका छन् तर यीनिहरुको दूध उत्पादन निकै कम छ । अधिकांश गाई स्थानिय नश्लको भएकोले गाईको दूध उत्पादन परिमाण पनि कम देखिन्छ । त्यसकारण दूध उत्पादन बढाउन उन्नत नश्लको पशु, उपयुक्त आहारा र स्वास्थ्य व्यवस्थापन तथा बजारीकरणको राम्रो व्यवस्था गर्नको साथै हरियो घाँसमा आधारित पशुपालन गरि उत्पादन लागत घटाउने कार्य गरेमा गाई पालनबाट उचित फाईदा लिन सकिन्छ ।
गाई पालन
परिचय
घरपालुवा पशुहरु मध्ये गाई सर्वाधिक प्रचलित पशुहरु हुन् र गाई पाल्ने प्रचलन विश्वभरी नै पाइन्छ। नेपालमा पनि परापूर्वकालदेखि नै गाई पाल्ने चलन चली आएको छ । हामी कहाँ गाई खासगरी दूधको लागि पालिन्छ । नेपालमा प्रचलनमा रहेका गाई पालन गर्ने तरिकाहरु निम्नानुसार छन् ।
क. चराएर पाल्ने
पशु वस्तुहरु चराएर पाल्ने तरिका जमिन प्रशस्त भएको ठाउँहरुमा प्रचलित छ । यस तरिकामा पशुवस्तुहरु चराउने प्रयोजनका लागि चरन खर्कहरु छुट्टयाई त्यस्ता खर्कहरुमा व्यवस्थित तरिकाले चराईन्छ । यस्ता चरन खर्कहरुमा उन्नत घाँसहरु लगाएर वा आफै उम्रेका घाँस र वनस्पतिहरुलाई जोगाएर राखिन्छ र वर्षको निश्चित पहिनामा तोकेको खर्कमा पशुहरु चराइन्छ । यस्ता चरन खर्कहरु व्यक्तिगत वा समुदाय विशेषको सामूहिक पनि हुन सक्दछन् । यस तरिकाको पशुपालन हाम्रो देशको उच्च पहाडी भागहरुमा बढी मात्रामा प्रचलित भएको छ र खासगरी चौरी पालन गरेको पाईन्छ । यसैगरी केही मात्रामा मध्य पहाडी भागमा पालन गरेको देखिन्छ । यस प्रकारको पशुपालन व्यवयायमा पशुहरु पूर्ण रुपमा चरनमा नै निर्भर रहने गर्दछन् । कृषकको तर्फबाट नियमित रुपमा नुन दिने चलन छ।
ख. चराउनुका साथै थप आहारा पनि दिएर पाल्ने
यो तरिकाको पशुपालनमा पशुहरुलाई चराउनुका साथै थप केही कृषि जन्य उप पदार्थहरु मिसाएर तयार गरेको दाना र डालेघाँसहरु पनि दिइन्छ । यो तरिकाको व्यवसाय हाम्रो देशको मध्ये पहाडी भाग र तराई क्षेत्रमा बढी प्रचलित भएको पाईन्छ र यस अन्तर्गत पशुलाई बिहान र बेलुका दुध दुहुने समयमा गोठमा बाधिन्छ र दिउँसो चरनमा पठाईन्छ । पशुलाई प्रायजसो खुला चउर तथा वन जंगलको छेउछाउमा चराईन्छ।
ग. बँधुवा गरी पाल्ने
व्यवसायीक रुपले पशुपालन गर्दा यो तरिका अपनाइन्छ । यस तरिकाबाट पशुपालन गर्दा पशुहरुलाई गोठमा बाँधेर राखिन्छ र तिनलाई चाहिने आवश्यक घाँस, दाना पानी लगाएत सबै सेवा बाँधेकै स्थानमा दिइन्छ । यसरी पशुपालन गर्न थोरै जमिन भए पनि हुन्छ तर कृषकमा पशुपालन व्यवस्थापन सम्बन्धी प्राविधिक ज्ञानको राम्रो जानकारी हुन आवश्यक छ ।
नस्लहरु
नेपालको उत्तरी भेग मुस्ताब र मनाब जिल्लामा यी गाई पाइन्छन् । यी गाईहरु अत्यन्तै कठिन अवस्थामा र अति न्यून आहारामा बाचेका छन् । यी गाईको जुरोको विकास भएको हुँदैन । यी गाईहरुको शरीरिक तौल करिब १२५ के.जि हुन्छ । तर दूध उत्पादन दैनिक तिन लिटर दिने यी गाईको बारेमा खासै धेरै अध्ययन भईसकेको छैन ।
नेपालको सुदुर पश्चिम विकास क्षेत्रको पहाडि जिल्लाहरु अछाम, बझाब, बाजुरा र डोटिमा पाईने यो सानो शरीर हुने जातको गाई हो । यी गाईलाई नौ मुठे गाई पनि भन्ने चलन छ । यी जातका गाई थोरै दाना तथा कमजोर व्यवस्थापनमा पनि दूध उत्पादन गर्न सक्षम छन् । यी जातका गाईहरु कालो, खैरो, सेतो तथा कालो र सेतो थोप्ला मिसिएका विभिन्न रङ्गका पाईन्छन् । यी जातका गाईहरु औषतमा ८८ से.मि अग्लो र ११० के.जि तौलका हुन्छन भने साढेहरु ९७ से.मि अग्लो र १५० के.जि तौलकन हुन्छन् । यी गाईहरु ३६ महिनाको उमेरमा वयस्क हुन्छन र ४६ महिनाको उमेरमा पहिलो पटक ब्याउछन् । यो गाइले दैनिक सरदर १.५ लि. दूध उत्पादन गर्छ ।
नेपालको पुर्वाञ्चल विकास क्षेत्रको पहाडि जिल्लाहरु इलाम र पाचथरमा यी गाई पाइन्छन् । यी गाईहरुको शारिरीक तौल करिब २६८ के.जि रेकर्ड गरिएको छ । यो जातको गाईको संख्या कम भएर लोपोन्मुख अवस्थामा छ ।
वैदिक कालका ऋषिमुनिहरुकै पाला देखि पालिदै आएका यी गाई नेपालको पहाडि भेगमा प्रसस्त पाइन्छन् । पहाडि गाईलाई स्थानिय रुपमा किर्को पनि भनिन्छ । यिनीहरुको उत्पादकत्व ज्यादै कम छ । दैनिक सरदर १.३ लिटर वा वार्षिक २५० देखी ३०० लिटर मात्र दूध उत्पादन हुन्छ । यिनिहरुको शारिरीक तौल १५० देखी २०० किलो हुन्छ । यी गाई दिन प्रतिदिन ख्याउटे हुंदै गएका छन् । यी गाईहरु मुख्य रुपमा खेतिपाति सम्बन्धी कार्यहरु खासगरी गोरुहरु खेतबारी जोत्ने कार्यको लागी पालिन्छ । पहाडमा यी गाईहरू मल उत्पादनको प्रमुख श्रोत हुन ।
यी गाई नेपालको पहाडि भेगमा भिर पाखामा चर्न सक्ने गुण भएको गाई हो । यो जातको गाईमा पहिलो पटक ब्याउने उमेर ५५ महिना, बेत अन्तराल १८ महिना, दैनिक दूध उत्पादन २.५ लि. र दूध दिने अवधि ३०५ दिन पाईएको छ । यी गाईहरु मुख्य रुपमा खेतिपाती सम्बन्धी कार्यहरु खासगरी गोरुहरु खेतबारी जोत्ने कार्यको लागी पालिन्छ ।
तराईमा पाइने पहाडि गाई वाहेक हरीयाना जात प्रमुख जातको गाई हो । हरियाना गाईको जन्मथलो भारत भएतापनि वर्षौ देखि हरीयाना जातको साढे बाट स्थानीय गाई बिच प्रजनन् गराउदै आएकोले हाम्रो तराई क्षेत्रमा पालिदै आएको बर्णशंकर गाइले हाल आएर स्थानीय गाईकै रुपमा लिइएको छ । यी गाईको दूध उत्पादन सरदर १००० लिटर प्रति वेत हुन्छ । अत्यन्तै वलियो शारिरीक वनावट भएको कारण यी जातका गोरुहरु गाडा तान्न पनि निक्कै प्रयोग गरिन्छ । त्यसैले यसलाई जातको गाई पनि भनिन्छ ।
याक, नाक र चौरी पालन हिमाली क्षेत्रका वासिन्दाको प्रमुख आर्थिक आधार रहेको छ । चौरी पालन २००० मिटर भन्दा माथि र याक, नाक पालन ३००० मिटर भन्दा माथिको क्षेत्रमा गरीन्छ । पशु पालननै मुख्य पेशा रहेको हिमाली क्षेत्रमा याक, नाक र चौरीलाई धेरै प्रकारले उपयोग गरिन्छ । यि पशुबाट उत्पादन हुने दूधबाट नौनी, घीउ, चिज र छुर्पि बनाइन्छ र यो वाहेक रौ, छाला र रगत पनि उपयोगमा ल्याइन्छ । याकको वैज्ञानीक नाम द्ययक न्चगललष्भलक हो । भालेलाई याक र पोथीलाई नाक भनिन्छ । नाक र पहाडि साढे वा याक र पहाडि गाई विचको प्रजननबाट निस्केको वर्णाशंकरलाई चौरी गाई भनिन्छ । घर पालुवा याकको तौल सरदर २४५ के.जी र नाकको सरदर २१५ के.जी. हुन्छ । करीब ३ वर्षको उमेरमा नाकले साढे खोज्छ । याकको दैनिक दूध उत्पादन १.२ लिटर हुन्छ र ५ देखी ६ महिना सम्म दूध दिन्छ । चौरी नाक भन्दा अलि दूधालु हुने भएकोले दैनिक ३ लिटर दूध दिन्छ ।
यो humpless cattle भीत्र पर्दछ । यस्को जन्मथलो वेलायतको जर्सि टापु हो । यो गाई तराई देखी मध्य पहाडि क्षेत्रमा यो गाई पाल्न सकिन्छ । सबै भन्दा सानो जिउ डाल परेको यस गाईको उत्पादन सरदर वार्षिक ४००० लिटर हुन्छ र यस्मा फ्याट ५ प्रतिशत हुन्छ । पहाडी गाई सर्गंको पहिलो क्रशमा नै १००० देखी १२०० लिटर दूध उत्पादन हुन्छ । गाईको सरदर तौल ३५० के.जी. र साढेको ५०० के.जी. हुन्छ ।
यो जातको गाईको उत्पत्ति हल्याण्डमा भएको हो र यो सवै भन्दा वढि दूध दिने जातमा पनि पर्दछ । वार्षिक दूध उत्पादन ६००० लीटर र ३.६ प्रतिशत फ्याट छ । यो माली गाई हो । एउटा वयस्क गाईको तौल ६०० के.जी. हुन्छ । कुनै कुनै गाईले १५ हजार लिटर भन्दा बढि दूध दिएको पाईएको छ ।
यो जातको गाईको उत्पत्ति स्वीटजरल्याण्डमा भएको हो । नेपालमा यो गाईको प्रजनन केन्द्र पशु विकास फार्म जिरीमा रहेको छ । पहाडि भेगमा यो गाई उपयुक्त रहेको छ । यसको सरदर वार्षिक (३०५ दिनमा) दूध उत्पादन ५००० लिटर रहेको छ । दूधको फ्याट ४ प्रतिशत जती हुन्छ ।
आवास व्यवस्थापन
गाई पालनबाट पूर्णरुपमा उत्पादन लिन हर मौसममा आराम हुने किसिमको वासस्थान (गोठ) हुनुर्पछ । राम्रो तरिकाले बनाएको गोठमा गाई पाल्दा सन्तोषजनक उत्पादन लिन सकिने र रोग लाग्ने सम्भावना कम हुन्छ र लागिहाले पनि सहजै नियन्त्रण गर्न सकिन्छ । पशुका उमेर अनुसारका छुट्टाछुट्टै गोठहरु हुनु अति आवश्यक छ । गोठ पानी नजम्ने, पानी निकासको राम्रो व्यवस्था भएको, पानी बढी सोस्ने किसिमको माटो भएको, जमिन केही उचो र मानव बस्ती स्थान भन्दा अलि पर हुनु उपयुक्त हुन्छ । गोठ रेखदेख गर्न पनि सजिलो हुने र वास्तीमा प्रदूषणको समस्या पनि नहुने किसिमको स्थान छनौट गर्नुपर्दछ । गोठको भूइँ सकभर सिमेन्ट र कंक्रिटबाट बनाई हल्का किसिमले स्लोप (भिरालो) राखिएमा सफागर्न सजिलो हुन्छ । गोठ बनाउँदा सकभर सस्तो स्थानीय सामाग्रीको प्रयोग हुने गरी र मर्मत खर्च पनि सस्तो पर्ने तथा गोठ स्वस्थकर हुनुको साथै हिंस्रक जनावरहरु पस्न नसक्ने किसिमको हुनुपर्छ । गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु निम्न विषयहरुमा विचार पुर्याउनु पर्छ ।
गाईलाई दूध दुहुने र उपचार गर्ने समयमा बाहेक अन्य समयमा नबाधिकन खुल्ला रुपमा राखीन्छ । खुल्ला क्षेत्रमा जाडो, गर्मी वा वर्षादको पानीबाट जोगाउनको लागी टहरो बनाएको हुन्छ । पशुलाई पीउनका लागी पानीको नाली र घाँसको लागी डुड राखेको हुन्छ । पशुलाई दूध दुहुने घरमा लगेर दूध दुहिन्छ र त्यस बेलामा दाना दिईन्छ । यसरी पशुलाई नबाधिकन राख्दा तिनिहरु स्वतन्त्र हुन्छन् र आराम महशुस गर्दछन ।
फाईदा
- यो तरिकाले पशु पाल्दा निर्माण खर्च कम लाग्छ ।
- पशुले हिडडुल गर्दा प्रसस्त कसरत गर्न पाउछन् र आराम महसुस गर्दछन् ।
- पशुलाई सफा राख्न सकिन्छ ।
- अलग घरमा दूध दुहुने भएकोले सफा दूध उत्पादन हन्छ ।
- भविष्यमा फार्मको आकार बढाउन सकिन्छ ।
- ज्यामि खर्च कम लाग्छ ।
बेफाईदा
- बढि जमिन को आवश्यकता पर्छ ।
- आहारा खाने बेलामा प्रतिस्पर्धा हुने ।
- चिसो र बढि पानी पर्ने यो तरिका सुहाउँदैन ।
- हरेक गाई लाई हेरबिचार पुर्याउन नसकिने ।
- दूध दुनको लागि अलग घर चाहिने ।
- बथानमा पशुहरुमा रोग फैलने सम्भावना बढि हुन्छ ।
यस प्रकारको गोठमा भित्ता र छानाले गोठलाई ढाकेको हुन्छ र झ्याल, ढोका तथा भेन्टिलेटर बाट आवश्यक उज्यालो तथा हावा ओहोर दोहर गर्ने व्यवस्था हुन्छ । यस्तो गोठको निर्माण खर्च तुलनात्मक रुपमा अली महंगो पर्दछ । गाईलाई एकै स्थानमा दाना पानी दिनुको साथै दूध समेत दुहिन्छ । यसरी पाल्दा पशुलाई सफा र निरोगी बनाई राख्न सकिन्छ । चिसो स्थानमा यो किसिमको गोठ अति उपयुक्त हुन्छ भने गर्मी स्थान र वर्षा बढि हुने क्षेत्रमा गोठमा आद्रता बढ्ने र गोठको भुई चिसो हुनसक्ने हुनाले हावाको ओहोर दोहरको व्यवस्थामा ध्यान दिनुपर्ने हुन्छ ।
फाईदा
- खराब मौसम भएको बेलामा पनि पशु सुरक्षित हुन्छ ।
- पशुलाई सफा राख्न सकिने ।
- रोग नियन्त्रण गर्न सहज हुने ।
- गोठमा हरेक गाई/भैँसीलाई हेरविचार गर्न सकिने ।
- दूध दुनको लागि अलग घर नचाहिने ।
बेफाईदा
- निर्माण खर्च बढि लाग्छ ।
- भविष्यमा फार्मको आकार बढाउन सकिदैन ।
- गर्मि र बढि आद्रता भएको ठाउमा यो तरिका सुहाउदैन् ।
यो प्रणालीमा गाईलाई दुई तरीकाले गोठमा बाधेर राख्न सकिन्छ:
क) एकोहोरो लाईनमा बाधेर: यस तरीकामा १० देखि १५ वटा गाईलाई गोठमा बाधेर राख्न सकिन्छ ।
ख) दोहोरो लाईनमा बाधेर: यस तरीकामा १५ भन्दा बढि गाई राख्न सकिन्छ । तर एउटा गोठमा ५० गोटा भन्दा बढि संख्या भएमा अर्को गोठमा राख्नु पर्छ । एउटा गोठ बाट अर्को गोठ को दुरी ३० फिटको हुनुपर्छ ।
यस प्रणाली अन्तरर्गत २ तरीकामा गाई भैँसीलाई गोठमा राख्न सकिन्छः
अ. पुच्छर पुच्छर पर्ने गरी गोठमा राख्ने तरीका
फाईदा
- दूध दुहुन र पशुलाई सफा राख्न सजिलो हुने ।
- गाईले बाहिरको ताजा हावा पाउने ।
- दूध दुहुनेबेलामा निरिक्षण गर्न सजिलो हुने ।
- एक पशुबाट अर्कोमा रोग सर्ने सम्भावना कम हुन्छ ।
बेफाईदा
- दाना पानी दिन ज्यामि खर्च बढि लाग्ने ।
- गाई भैँसीलाई गोठमा आ-आफ्नो स्थान पाउन कठिन हुने ।
आ. टाउको टाउको पर्ने गरी गोठमा राख्ने तरीका
फाईदा
- गाई गोठ भित्रनै रहने भएकोले व्यवस्थापन गर्न सजिलो हुने ।
- गोठको नालिमा घाँम परिरहने हुदा निसंक्रमण गर्न सजिलो हुने ।
- दाना पानी दिन सजिलो हुने ।
- आगन्तुकले हेर्दा आकर्षक देखिने ।
बेफाईदा
- दूध दुहुनेबेलामा निरिक्षण गर्न असजिलो हुने ।
- गाई भैँसीले बाहिरको ताजा हावा पाउन कठिन हुने ।
गाईको गोठ निर्माणको लागी ठांउको छनौट गर्दा निम्न बिषयमा ध्यान दिनु पर्छ ।
सि.नं |
विषय |
हुनुपर्ने |
कारण |
१ |
माटो |
|
|
|
क. किसिम |
बलौटे दुमट |
|
|
ख. प्रकार |
मलिलो |
|
|
ग. अवस्था |
धेरै सुख्खा र धेरै चिसो नभएको |
|
२. |
स्थानको स्वरुप |
वरीपरीको स्थान भन्दा अलि माथी उठेको |
|
३. |
जमिनको बनोट |
करीब करीब समथर ठाँउ |
|
४. |
सूर्यको प्रकाश |
भुईमा घाम लाग्नु पर्ने |
|
५. |
हावा |
जोडले हावा नलाग्ने |
|
६. |
बजार |
नजिक |
|
७. |
दिगोपना |
लामो अवधिसम्म खप्ने |
|
८. |
ज्यामी |
सिपभएको, सस्तो ज्याला, नियमित, आवश्यकता अनुसारको संख्यामा, ईमान्दार र मिहेनति |
|
९. |
पहुँच |
मुल सडकबाट नजिक |
|
१०. |
वरीपरीको स्थान |
सुरक्षित, सफा |
|
११ |
पानी |
आर्सिनिक नभएको, पीउन योग्य |
|
१. गोठको जग र दिवाल
नरम माटो भएको स्थानमा अलि गहिरो र कडा माटो भएको स्थानमा अलि कम गहिराई भए हुन्छ । जमिन माथि ४ फीट माथि सम्म पानीले पखाल्न सहज हुने गरी चिल्लो पार्नुपर्छ । गोठ भित्र पर्ने कुना स्थान लाई पुरेर गोलो पार्नु पर्छ यस्ले कुनामा धुलो जम्मा हुन पाउँदैन । साथै दिवालमा कोण परेको धारिलो भागलाई गोलो पारेमा चोटपटक लाग्न पाउँदैन ।
२. गाईको गोठको भूइं क्षेत्र निर्माण
कडा, पानी नसोस्ने र सफा गर्न सजिलो हुने ढंगबाट निर्माण गर्नुपर्दछ । त्यसको लागी सिमेन्ट कंक्रीट ढलान गरेर वा ईटा छपाएर वा ढुंगा छापेर गोठको भूँई निर्माण गर्न सकिन्छ । सकेसम्म खुला क्षेत्र र नसके पनि वन्द क्षेत्र त अनिवार्य रुपमा सिमेन्टेड हुनु पर्दछ । यसरी भूई क्षेत्रको निर्माण गर्दा भूंई नचिप्लीने र खस्रो खालको बनाउनु पर्दछ । गोठको भूई सामान्यतया जमिन देखि ४० से.मी. जति उचो हुनु पर्दछ । भूई क्षेत्रको निकास तर्फ हल्का भिरालो बनाएर बनाउनु पर्दछ । जसले गर्दा सफा गरेको पानी र पिसाब वगेर जान सक्दछ ।
३. पर्खाल क्षेत्र
गोठको बन्द तथा खुला क्षेत्रको पर्खाल एकदमै मजवुद अर्थात वलियो हुनु पर्दछ । पर्खाल बनाउदा इटा ढुंगाबाट वा १०–१२ से.मी. बाक्लो रेनेफोर्स सिमेन्ट कंक्रीट पर्खाल पनि बनाउन सकिन्छ । यो नै सर्वोत्तम पर्खाल हुन्छ ।
भिरालो छाना भएको गोठमा वन्द क्षेत्रको पर्खालको उचाई २.२५ मिटर र खुला क्षेत्रलाई १.५ मीटर अग्लो पर्खाल वा (galvanized corrugated Iron) ले घेरेको हुन पर्दछ ।
४. गोठको चौडाई
एकोरो लाइनमा राख्दाः ३.८० देखि ४.२५ मीटर
दोहोरो लाइनमा राख्दाः ७.९ देखि ८.७ मीटर
गोठको लम्बाई पशु संख्याको आधारमा निर्भर हुन्छ । त्यस्तै गोठको उचाई, छानामा राख्ने सामाग्री र हावापानीको अवस्थामा भरपर्छ तापनि साधारणतया छानाको आधारसम्मको उचाई २.२५ मीटर हुनुपर्छ ।
५. गेट
गोठ भित्र प्रवेश गर्ने गेट १.२ मी. फराकिलो हुनु पर्दछ र यो फलाम वा वलियो काठबाट निर्माण गरिनु पर्दछ ।
६. छाना
छाना स्थानिय हावापानीमा सुहाउँदो हुनुपर्छ । गर्मि ठाउँमा हावा ओहोर दोहोर हुने व्यवस्था भएको दुईतिर भिरालो परेको (Gable roof) उपयुक्त हुन्छ भने चौडाई कम भएको गोठमा दुईतिर भिरालो भई छानाको माथिपटि उठेको (Monitor roof) हुनु राम्रो हुन्छ । छाना हलुको वलियो, टिकाउ, हेर्दा आकर्षक, तापको कुचालक र पानी नचुहिने हुनु पर्दछ । छानामा राख्न सक्ने सामाग्री मा टायल, एस्वस्टस सिट, टिनको जस्तापाता, एलुमुनियम सिटको प्रयोग गर्न सकिन्छ । स्थानिय रुपमा पाईने सामाग्रि जस्तो पराल, छ्वाली आदि पनि प्रयोग गर्न सकिन्छ । यस्तो छानो बनाउन सस्तो पर्ने र गोठलाई सितल समेत बनाउने भएतापनि आगो लाग्ने सम्भावनाबाट बचाउन साबधानी अपनाउनु पर्छ ।
७. दानापानी खाने क्षेत्रको निर्माण
जमीनबाट ५० से.मी. उचो हुने गरी यसको निर्माण, ईटा तथा सिमेन्ट मोटार वा सिमेन्ट मोटार ढुंगाबाट निर्माण गर्न सकिन्छ । पानी पिउने क्षेत्रको निर्माण पनि दाना खाने क्षेत्रको जस्तै गरी बनाउन पर्दछ । प्रति वयस्क पशुवस्तु १०–२० से.मी. लम्बाई हुने गरी पानी पिउने क्षेत्रको निमाण गर्नु पर्दछ ।
८. खुट्टा डुवाउने क्षेत्र
सरुवा रोगबाट बचाउनको लागी गोठको गेटमा पिंधमा ६ मी.×३ मी. र माथी १२×४ मी. फराकिलो तथा ०.३ मी. गहिरो हुने गरी यसको निर्माण गरीन्छ र ५ प्रतिशतको फिनेल पानी वा १ प्रतिशतको पोटासियम परम्याग्नेट वा ०.१ प्रतिशतको एक्रीफलाभिन वा ७% चून पानी अटुट रुपमा राख्नु पर्दछ ।
९. मल राख्ने खाडल
गाई भैँसी गोठबाट अलि टाढा एउटा मल राख्ने खाडलको निर्माण गर्नु पर्दछ । यसरी बनाईने खाडल प्रति एक गाई भैँसी को लागि १२–१५ घ.मी. जति आवश्यकता पर्दछ । किनकी एउटा गाईबाट प्रति दिन ४० के.जी.को दरले मल प्राप्त हुन्छ र प्रति ३.मी. मा ७००–१००० के.जी. सम्म मात्र मल अटाउन सक्छ ।
१) गोठ सुरक्षित हुनुपर्दछ जसले गर्दा गाई भैँसीलाई जाडो गर्मी, वर्षा, बतासबाट बचाउँछ ।
२) गोठ सुविधायुक्त हुनुपर्दछ । यसले गाई भैँसीलाई बस्न, घाँस र दानापानी खान सजिलो हुन्छ र उत्पादन वृद्धि गर्न सहयोग पुग्दछ ।
३) गोठ बनाउँदा गाउँघरका स्थानीय सामाग्री प्रयोग गरी बनाउनु पर्दछ । यसो गर्दा सस्तो लागतमा गोठ तयार गर्न सकिन्छ ।
४) गोठ सफा गर्दा सजिलै सफागर्न सकिने हुनुपर्दछ । गोठको भुई केही भिरालो खाल्डाखुल्डी नपरेको र पानी नजम्ने खालको हुनुपर्दछ ।
५) गोठको भूई चिप्लिने खालको हुनु हुँदैन ।
६) गोठमा प्रशस्त हावा एवं प्रकाश आवतजावत गर्ने किसिमको हुनु पर्दछ । गोठमा प्रकाश र हावा कम भएमा पशुहरुलाई श्वास प्रश्वास सम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ ।
७) दुधालु पशुको लागि दूध दुहुन, पानी खुवाउन र सफागर्न सजिलो हुने खालको हुनु पर्दछ ।
८) गोठमा दाना, घाँस, पानी ल्याउन सजिलो हुने ठाउँमा हुनुपर्दछ ।
९) गोठमा दाना, घाँस, पानी खेर नफालिकन खान सक्ने किसिमको डुँड बनाउनुपर्दछ ।
१०) विभिन्न उमेरका पशुहरुको लागि आवश्यक पर्ने गोठको क्षेत्रफल निम्न अनुसार छ ।
आहार व्यवस्थापन
गाईबाट राम्रो उत्पादन लिनको लािग राम्रो स्याहार सुसारको आवश्यकता पर्दछ । स्याहार सुसार राम्रो भएन भने राम्रो जातको पशु भएर पनि अपेक्षित उत्पादन लिन सकिदैन । गाई पालनमा राम्रो स्याहार सुसार भन्नाले उचित व्यवस्थापन एवं राम्रो आहाराको प्रबन्ध गर्न आवश्यक पर्छ किनभने पशुको शरीरलाई चाहिने आवश्यक पौष्टिक तत्वहरु आहाराबाट उपलब्ध हुन्छन् । गाईको दूधमा पाइने चिल्लो पदार्थ, प्रोटिन, खनिज पदार्थ, भिटामिन आदि बन्ने प्रक्रियामा पशुलाई दिईने आहाराको सोझो सम्बन्ध हुन्छ। तसर्थ, गाईले जति बढी मात्रा दूध दिन्छन् त्यति नै राम्रो गुणस्तरको आहारा पशुलाई दिनु आवश्यक हुन्छ । यसरी पशुलाई चाहिने मात्रामा आहारा प्राप्त भएन भने पशुले दूध उत्पादन गर्न आफ्नो शरीरमा रहेको संचित शक्तिको प्रयोग गर्न थाल्दछन् जस्ले गर्दा पशुहरु दुब्लाउन थाल्दछन् । पशु कमजोर भएपछि उत्पादन घट्दछ, बेलामा बाली नजाने, गर्भ नरहने अथवा कमजोर बाच्छा–बाच्छी जन्मने हुन्छ । कमजोर पशुलाई विभिन्न रोग लाग्ने सम्भावना पनि बढाउछ । त्यसैले पशुहरुको आहारालाई पोषक तत्वको आधारमा २ भागमा वर्गीकरण गरिएको छ ।
१)घाँसपातः जुन आहारमा १८ प्रतिशत भन्दा बढी रेसा र ६० प्रतिशत भन्दा कम टि.डि.एन हुन्छ । त्यस्तो आहारालाई घाँसपातको वर्गमा राखिएको छ । सो हरियो वा सुख्खा दुवै किसिमको घाँसपातमा हुन सक्दछ ।
(१) सुख्खा घाँस (२) हरियो घाँस
अ) नाईट्रोजन बढी हुने घाँस जस्तैः वर्सिम, लुसर्न, काउपी आदी ।
आ) नाईट्रोजन कमहुने घाँस जस्तैः मकै, जुनेलो, वाजरा आदी ।
२)दानाः यस प्रकारको आहारामा १८ प्रतिशत भन्दा कम रेसा र ६० प्रतिशत भन्दा बढी टि.डि.एन. हुन्छ।
अ) पशुजन्य पदार्थ भएको दाना: जस्तैः माछाको सिद्रा, मासुको धुलो आदी ।
आ) वनस्पतिजन्य पदार्थ भएको दाना: जस्तैः मकै, गहुँ, बदाम आदी ।
ग) फिड एडेटिभ्सः एन्टिवायोटिकस, हर्मोन, भिटामिन र खनिज पदार्थहरुलाई एडेटिभ्स अन्तर्गत राखिएको छ ।
पशुवस्तुहरुलाई दिइने आहाराले निम्नलिखित शारीरिक आवश्यकताहरु पुर्ति गर्दछ ।
१) शारीरिक स्थित सामान्य राख्ने: पुराना जीवकोष वदल्ने र नयाँ जीव कोष पैदा गर्ने र शरीरलाई सामान्य स्थितिमा राख्ने ।
२) शारीरिक बृद्धि गर्ने: पशुको शारीरिक वृद्धि र विकासको लागि आवश्यक पर्ने अंग प्रत्याङ्गको विकासमा आहाराको ठूलो भूमिका रहन्छ ।
३) काम गर्ने: काम गर्ने प्रयोजन जस्तैः हलो जोत्नु, गाडा तान्नु, हिंडडुल गर्ने आदि जस्ता कामको लागि थप पोषक तत्वको आवश्यकता पर्दछ ।
४) उत्पादन गर्न: दूध, मासु (भैँसीमा) उत्पादन गर्न थप पोषक तत्वको आवश्यकता पर्दछ ।
५) सन्तान उत्पादन कार्य: सन्तान उत्पादन कार्यका लागि समेत पशुहरुलाई थप आहारा चाहिन्छ ।
आहारमा गाईलाई विभिन्न अवस्थामा चाहिने पौष्टिक तत्वहरु जस्तो कार्वोहाइड्रेट (शाक्ति), प्रोटिन (एमिनो एसिड), चिल्लो पर्दाथ, भिटामिन, खनिज तत्व र पानी हुनुपर्छ । यसरी पौष्टिक तत्वहरुलाई ठीक ठीक मात्रामा मिलाएर तयार पारेको गाईको दाना कन्सन्ट्रेड दाना हो र यस्लाई सन्तुलित दाना भनिन्छ ।
गाईको दाना (Concentrate Feed) भनेको त्यस्तो प्रकारको दाना हो, जस्मा १२ देखि १८ प्रतिशतसम्म पाचनसील प्रोटीन, ६० देखि ७५ प्रतिशतसम्म जम्मा पाचनसील पौष्टिक तत्व, १ देखि १.५ प्रतिशतसम्म क्याल्सीयम, ०.४ देखि ०.८ प्रतिशतसम्म फस्फोरस्, १० देखि १२ प्रतिशतसम्म पानी र गाईभैंसीको लागी आवश्यक पर्ने अन्य सम्पूर्ण पौष्टिक तत्वहरु समावेश गरिईएको हुन्छ र यो ज्यादै पाचनसील पनि हुन्छ।
सन्तुलित दाना बनाउन, कार्बोहाईडेट/शक्तिका श्रोतहरु जस्तोः मकै, चोकर, ढुटो, गहुं, सखर, जौं, कोदो, जै आदी प्रोटिनका श्रोतहरु जस्तोः तोरीको पीना, भटमासको पीना, तिलको पीना, वदामको पिना, सूर्यमखीको पीना तथा तेलहन वालीका अन्य पीनाहरु, विभिन्न दाल तथा गेडागडी र यसबाट प्राप्त हुने चोकरहरु भिटामीन र खनिजजन्य पदार्थहरु जस्तैः नून, एग्रीमीन फोर्ट, मिनामिल, कन्सीमिन, आदिको जरुरत पर्दछ । यी मध्ये एग्रीमिन फार्ट, मिनामिल, कन्सीमिन जस्ताः खनिज तथा भिटामिनजन्य पदार्थहरु गाउँघरमा सजिलै उपलव्ध हँुदैन । यदि गाई भैँसी तथा पाडाबाच्छाहरुलाई मौसम अनुसारको घाँस प्रसस्त खुवाउने गरेको छ भने खनिज पदार्थ र भटामिनहरु धेरै हदसम्म त्यसैबाट पूर्ति हुन्छ । प्रोटिन र कार्बोहाईड्रेटका श्रोतहरु र नून गाउँघरमा नै सजिलै पाईन्छ । मकै वा चोकर मात्रै वा पीना मात्रै खुवाउनु दाना सन्तुलन तथा आर्थिक दृष्टिकोणले पनि उपयुक्त र फाईदाजनक हुँदैन । त्यसैले मकै, चोकर, ढुटो, गंहु, जौ, जै, कोदो जस्ता कार्बोहाईडेटका श्रोतहरु मध्येबाट तीन खण्डको दुई खण्ड अर्थात ६५ देखि ६८ प्रतिशत र प्रोटिनका श्रोतहरु जस्तोः तोरीको पीना, भटमासको पीना, तिलको पीना, वदामको पिना, सूर्यमखीको पीना तथा तेलहन वालीका अन्य पीनाहरु, विभिन्न दाल तथा गेडागुडी र यसबाट प्राप्त हुने चोकरहरु मध्येबाट तिन भागको एक भाग अर्थात ३० देखि ३३ प्रतिशत मिसाएर गाउँघरमै सन्तुलित दाना तयार गर्न सकिन्छ । यसरी बनाईएको ९८ प्रतिशतको मिश्रणमा एक प्रतिशत खाने नून, एक प्रतिशत खनिज भिटामिनको सम्मिश्रण (एग्रीमिन फार्ट वा कन्सिमिन वा मिनामिल) मिलाएर १०० प्रतिशतको सन्तुलित दाना बनाउन सकिन्छ ।
उग्राउने पशुहरुलाई चटाउने युरिया, मोलासेस र विभिन्न मिनरल मिसाई तयार गरिएको ईटा आकारको ब्लकलाई युरिया मोलासेस मिनरल ब्लक भनिन्छ । घाँसको अभाव भएको समयमा र खासगरी हिउँदे सुख्खायाममा (पौष देखि वैशाखसम्म) उग्राउने पशुहरु जस्तैः गाई भैँसी तथा भेडा बाख्रालाई आहाराको कमि हुने गर्दछ । यस समयमा पराल, छवाली, कुनौरो, नल तथा ढोड जस्ता कम पौष्टिक तत्व हुने आहारा खुवाउने गरिन्छ । यस्ता पदार्थमा पशुलाई आवश्यक पर्ने पौष्टिक तत्वहरुको मात्रा एकदमै कम हुने भएकोले यस्ता आहाराले पशुहरुको दूध तथा मासुको उत्पादन घटाउछ । त्यसकारण पौष्टिक तत्वको हुने कमिलाई पुरा गर्न युरिया मोलासेस मिनरल ब्लकको प्रयोग गरी उत्पादन बढाउन सकिन्छ् ।
युरिया मोलासेस मिनरल ब्लकको फाइदा
१. उग्राउने पशुहरुको पेटमा रहेको जीवाणुहरुको लागि आवश्यक थप शक्ति, प्रोटिन र खनिज तत्व युरिया मोलासेस मिनरल ब्लकले प्रदान गर्छ र फलस्वरुप यी जीवाणुहरुको संख्यामा व्यापक वृद्धि हुन्छ ।
२. यी जीवाणुहरुले रेशादार घासपात पचाउने ईन्जाइम उत्पादन गर्छन, जुन इन्जाईमले सुक्खा घाँस पराल जस्ता आहारालाई सजिलै पचाउछ र फलस्वरुप दुध र मासुको उत्पादन बढ्छ ।
३. कुनै खास समय पछि पेटमा भएका जीवाणुहरु मर्छन र आन्द्रामा पुग्छन् र यहाँ यी जीवाणुहरु पचेर पशुलाई उच्च गुणस्तरको प्रोटिन तथा मिनरल उपलव्ध हुन्छ ।
हाम्रो देशमा ग्रामिण क्षेत्रमा स्थानीय स्तरमा नै उपलब्ध हुन सक्ने खुदो (मोलासेस) संग युरिया, नुन, ढुटो आदि मिलाएर पशु वस्तुहरुको पौष्टिक आहार “मोलासेस युरिया ब्लक” बनाउन सकिन्छ । ३० के.जी.तौलको यस्तो मोलासेस ब्लक बनाउन निम्न पदार्थहरु मिसाउनु पर्दछ ।
१. मोलासेस १५ के.जी
२. युरिया ३.० के.जी
३. नून १.५ के.जी
४. सिंमेन्ट वा चुनढुङ्गा ३.० के.जी
५. ब्रान ७.५ के.जी र साथमा थोरै पानी
जम्मा ३० के.जी
उपरोक्त अनुसारका वस्तुहरुलाई राम्ररी मिसाएपछि ब्लक बनाउने प्लाष्टिक सिटमा केही दिनसम्म राखी कडा हुन दिनु पर्दछ । यसरी केही समय पनि कडा हुन्छ र पशुलाई चाट्नको लागि दिन सकिन्छ ।
मिनरल ब्लकको उपयोग गर्ने तरिका
१. पराल, ढोड, नल जस्ता सुक्खा आहारा खान सके जति पशुलाई दिनुपर्छ ।
२. हरियो घाँस उपलब्ध भएमा आवश्यक कुल सुख्खा पर्दाथको एक चौथाई भाग हरियो घाँस खुवाउन पर्छ।
३. पशुको शारिरीक तौलको एक प्रतिशतले हुने तौल बराबरको दाना दिनुपर्छ ।
४. युरिया मोलासेस मिनरल ब्लक लाई चाट्ने भाडोमा राखी करिब ३०० ग्राम प्रति दिनका दरले चाट्न दिनुपर्छ ।
५. पशु वस्तुहरुलाई मिनरल ब्लक खुवाएको वेलामा पानी प्रशस्त पिउन दिनुपर्छ । युरिया मोलासेस मिनरल ब्लकको प्रयोगले दूध र मासु उत्पादन (भैँसीमा) वृद्धि हुनुका साथै गाई भैँसीमा बाझोपनाको समस्या पनि घट्छ ।
परालमा युरियाको उपचार गरेर पोषक तत्वको बृद्धि गर्न सकिन्छ र यसका लागि प्रति १०० के.जी. पराललाई उपचार गर्न ४ के.जी. का दरले युरियाको व्यवस्था गर्नु पर्दछ । युरियाबाट परालको उपचार गर्नका लागि एउटा बाकस जस्तो संरचना बनाउनु पर्दछ र त्यसमा थोरै थोरै गर्दै पराल राख्नु पर्दछ । त्यसपछि युरियालाई पानीमा घोल्ने र बाकसमा राखिएको परालाई युरिया पानीले भिजाउँदै जानुपर्दछ । यही क्रमले सबै पराल भिज्ने गरी युरियाको घोल छरेर त्यसलाई सात दिनसम्म रहन दिनुपर्दछ । यसरी उपचार गरिएको परालमा पौष्टिक तत्व बृद्धि भएको हुन्छ र यस्तो पराल पशुलाई खान दिँदा फाइदा हुन्छ ।
घाँसको पौष्टिकता र उत्पादनलाई कम हुन नदिई उपयुक्त समयमा हरियो घाँस काटेर घाम वा छायामा सुकाई सुरक्षित गरी राखेको सुकेको घाँसलाई हे भनिन्छ । घाँसको किसिम अनुसार यसलाई लेग्युम हे, नन लेग्युम हे र मिश्रित हे भन्न सकिन्छ । हे बनाउनका लागि नरम खालको डाठ हुने घाँस उपयुक्त हुन्छ । जस्तै दिनानाथ, जै, बरसिम, भेच, बोडी, लुसर्न, गिनी, स्टाइलो, मोल्यासेस, सिग्नल, सिराट्रो, सटेरिया आदि । लगभग १० प्रतिशत जति फूल फूल्ने बेलामा घाँस काटेर घाममा सुकाउनु पर्दछ। पानीमा नभिज्ने र छिटो सुक्ने गरी बनाएको हे राम्रो गुणस्तरको हुन्छ ।
हे बनाउनको लागि उपयुक्त घाँसहरु
हे बनाउनको लागि पातलो डाठ भएका खास गरेर कोसे तथा अकोशे घाँसहरु उपयुक्त मानिन्छन् । जस्तै जै, बर्सिम, लुसुर्न, बाडी, सिमी तथा स्थानीय नरम घासहरु। व्यवसायीक फार्ममा यस्ता घासहरुको खेति गरीन्छ । मोटो डाठ भएका घासहरु मकै ज्वार, बाजरा आदिलाई राम्रोसँग थिचेर टुक्रा बनाएर हे बनाउन सकिए तापनि यिनीहरु साइलेज बनाउन नै उपयुक्त हुन्छन् ।
हे बनाउन घासको उपयुक्त अवस्था
कलिलो अवस्थाको घासमा मा पौष्टिक तत्वहरु अधिकतम मात्रामा हुने तर घाँस नपर्ने हुन्छ । घाँस छिप्पिदै जाँदा पौष्टिक तत्व कम हुँदै जान्छ । त्यसैले हे बनाउँदा घाँसलाई त्यतिखेर काट्नु पर्दछ जतिबेला हरियो घाँसको उत्पादन र त्यस्मा पाइने पौष्टिक तत्वको राम्रो सन्तुलन भएको हुन्छ । हे बनाउनको लागि घाँस फुल्नुभन्दा केही अगावैमा राम्रो हुन्छ ।
व्यवसायीक फार्ममा हे बनाउने तरिका
क) वर्षायाम वा हिउदमा पाइने हरियो घाँसलाई अलिअलि फुल्न लागेको बेलामा काट्नुपर्छ ।
ख) काटेको घाँसलाई ३ देखि ४ दिन घाममा सुकाउनुपर्दछ । दिनको ३,४ पटक सुकाएको घाँसलाई ओल्टाई पल्टाई गर्नुपर्दछ यसले दुवैतिर राम्रोसँग सुक्ने हुन्छ ।
ग) घाँसमा पानीको मात्रा १५ देखि २० प्रतिशतमा झरेपछि हे तयार हुन्छ ।
घ) तयार भएको हे हरियो रंगको र मिठो बास्नायुक्त हुनु पर्दछ । हे हरियो भएमा क्यारोटिन नामक तत्व पाइन्छ जसबाट शरीरमा भिटामिन ए आपूर्ति हुन्छ ।
ङ) तयार भएको हेलाई संकलन गरी बिटा बाधेर सुरक्षितसाथ भण्डारण गर्नु पर्दछ ।
श्रावण देखी असोज सम्म प्रसस्त मात्रामा घाँस पाईने हुनाले सो अवधीमा गाई पनि चिल्ला र स्वस्थ देखिन्छन । तर फेरी जाडो मौसम सुरु भएपछि पुन आहाराको कमि हुन जान्छ र त्यस्तो मौसम अनुसारको आहारा उपलब्धताको खाडललाई हे बनाएर पुर्ति गर्ने चलन छ । नेपालको उच्च पहाडि भेगमा घास बढि उत्पादन भएको बेलामा संकलन गरी घाममा सुकाएर हे बनाउने चलन छ । घासको संकलन मंसिर महिनामा गर्ने चलन भएकोले त्यसबेलामा घास छिपिएर सुकिसकेको हुन्छ । त्यसकारण यस किसिमले बनाएको हे पराल जस्तै हुन्छ र धेरै मात्रामा पौष्टिक तत्व नास भएको हुन्छ । आफुलाई घास सुकेको लागेपछि हे लाइ पराल जस्तै गरी रुखमा टौवा बनाई राख्ने चलन छ । हे बनाउने घाँसलाई फूलफुल्ने समयमा नै संकलन गरी हे बनाएर राख्न सकेमा पौष्टिक तत्व नास हुन पाउने थिएन र पोसीलो हे गाईलाई उपलब्ध हुने थियो ।
क) हे मा १५ देखि २० प्रतिशत मात्र पानीको मात्रा हुनुपर्दछ । हे बढी सुक्यो भने घाँसपात धूलो हुने र पात झर्ने भई पशुहरुले खान रुचाउदैनन् । २० प्रतिशतभन्दा बढी पानीको मात्रा रहेमा ढुसी लाग्ने हुन्छ ।
ख) बिउ वा दाना लागिसकेको घाँसबाट हे बनाउदा घासमा पौष्टिक तत्व ज्यादै कम हुन्छ ।
ग) हे सुकाउदा एकापट्टी मात्र धेरै बेरसम्म सुकायो भने पातहरु झर्छन् । घाँसको डाठमा भन्दा पातमा बढी पौष्टिक तत्व पाइने हुदा पातलाई झर्नबाट बचाउन दिनको ३ देखि ४ पटकसम्म पल्टाउनु पर्दछ ।
वर्षा याममा बढी पानी पर्ने र गर्मी हुने र हिउँदमा ज्यादै कम पानी पर्ने र जाडो हुने भएकोले वर्षा याममा प्रशस्त मात्रामा हरियो घाँस पाइने तर हिउँदमा घाँसको अभाव हुने गरेको पाइन्छ । वर्षा याममा प्रशस्त हरियो घाँस पशुहरुले खान पाउने हुँदा पशुहरु स्वस्थ रहने तथा उत्पादनमा समेत वृद्धि भएको पाइन्छ तर हिउँदमा पानीको कमी तुषारो हिँउ आदिको प्रकोपले गर्दा घाँस उत्पादनमा कमी हन्छ र फलस्वरुप उत्पादन पनि घट्न जान्छ । त्यसैले वर्षायाममा बढी भएको हरियो घाँसलाई संरक्षण गरेर राखी हिँउदमा खुवाउन सकियो भने पशुहरु स्वस्थ हुनुको साथै तिनीहरुबाट प्राप्त हुने दूध मासु ऊनको उत्पादनलाई कायम राख्न वा वृद्धि गर्न सकिन्छ । यसरी हरियो घाँसलाई संरक्षण गरेर राख्ने दुई तरिकाहरु ( सईलेज र हे) प्रचलित छन् ।
साइलेज
हरियो घाँसलाई खाडलमा खाँदेर अमिल्याई राखिएको (फर्मेण्टेशन) गरिएको घाँसलाई साइलेज भनिन्छ । यो गुन्द्रुक अथवा सिन्की जस्तै गरेर बनाइने हुँदा साइलेजलाई गुन्द्रुक घाँस वा सिन्की घास पनि भन्न सकिन्छ । वर्षायाममा बढी भएको हरियो घाँसलाई हिउँदमा घाँसको कमी भएको बेलामा पशुहरुलाई खुवाई बढी उत्पादन लिन साइलेज बनाइन्छ । हरियो घाँसमा भएको पशुहरुलाई चाहिने पौष्टिक तत्वहरु साइलेजमा पनि लगभग कायमै रहने भएको हुंदा हरियो घाँस जत्तिकै रसिलो र पोषिलो हुन्छ । साइलेज बनाउन उपयुक्त घाँसहरु साइलेज वर्षायाममा प्रशस्त हुने मकै, ज्वार, टियोसेण्टी, बोडी, नेपियर आदि तथा स्थानीय कुनै पनि घासबाट बनाउन सकिने भए तापनि प्रोटीन भन्दा कार्बोहाइड्रेट बढी पाइने घाँसहरुबाट साइलेज बनाउन उपयुक्त हुन्छ ।
असल साइलेजमा हुनुपर्ने गुणहरु
राम्रो खालको साइलेज ढुसी नपरेको
मिठो अमिलो बासना आउने हुनुपर्दछ ।
राम्रो खालको साइलेजको रंग हरियो पहेंलो मिसिएको हुन्छ ।
राम्रो साइलेजको अम्लियपन ३.८ देखि ५ सम्म भएको हुनुपर्छ ।
साइलेज बनाउँदा उत्पादन हुने विभिन्न अम्लहरुमा ल्याक्टीक अम्लको तुलनामा अन्य अम्लको उत्पादन ज्यादै कम हुनुपर्दछ । अन्य अम्लहरु एसिटिक, प्रोपियोनिक र ब्युटाइरिक एसिड हुन्छन् । व्युटाइरिक एसिड बढी हुने हुँदैन यसले नराम्रो बासना उत्पादन गर्दछ । साइलेज भिजेमा यस्तो अम्ल उत्पादन हुन्छ । साइलेजका लागि घास काट्ने उपयुक्त समय साइलेज बनाउनको लागि घास उपयुक्त समयमा काट्नुपर्दछ । यदि घाँसलाई उपयुक्त समयमा काटिएन भने साइलेजको उत्पादन तथा गुणस्तरमा फरक पर्न जान्छ । वर्षायाम तथा हिउदमा प्रशस्त मात्रामा उत्पादन हुने घासहरुको साइलेज बनाउनको लागि काट्ने उपयुक्त समय मकै, जै, ज्वारमा गेडामा दूध पसेको बेला र टियोसेण्टीमा ५० प्रतिशत बोटमा फूल फुलिसकेपछि र स्थानीय घासहरुलाई फूल फुल्ने बेलामा काट्न उपयुक्त हुन्छ ।
साइलेज बनाउने तरिका
साइलेज कति बनाउनू पर्ने हो, आवश्यकता अनुसार खाडलको साइज बनाउनू पर्दछ । खाडलको एक क्युबिक फिटआयतनमा करीब १८ के.जी. साइलेज अटाउने हुँदा सो अनुसार हिसाब गरी खाडलको आकार बनाउनू पर्दछ । साइलेज बनाउनको लागि घासमा ६५ देखि ७० प्रतिशत पानी हुनुपर्दछ। तर वर्षायाममा हुने घासमा लगभग ८० प्रतिशत जति पानी हुने हुनाले घाँसमा पानीको मात्रा ६५ देखि ७० प्रतिशतमा झार्न घासलाई एक दिनभरी ओइलाउनु पर्दछ । ओइलाएको घासलाई ३ देखि ४ इन्चको टुक्रा बनाउनुपर्छ । खाडलको चारैतिर पाएसम्म प्लाष्टिक नभएमा सुकेको घाँसपात केराको पात वा अन्य पात राम्ररी मिलाएर ओछ्याउनु पर्दछ । ओइलाएर टुक्रा पारेको घाँसलाई खाडलमा हाल्दै बेसरी भारी चिजले खाद्नुपर्दछ र भरसक त्यसै दिन भरिसक्नुपर्दछ । यदि खाडल एकै दिनमा भर्न सकिएन भने बेलुका काम सकिएपछि खाडललाई प्लाष्टिकले राम्ररी छोपेर राख्नुपर्दछ जसले गर्दा वर्षाको पानी खाडलभित्र नपसोस । खाडल खनेको जमीनको सतहभन्दा २ देखि ३ फिट माथिसम्म खाडलभरी भिरालो बनाएर प्लाष्टिकले छोप्नु पर्दछ । यसरी खाडलको मुखलाई भिरालो बनाउँदा वर्षादको पानी खाडलमा पस्न पाउँदैन । प्लाष्टिक माथि माटोले राम्रोसँग छोप्नुपर्दछ। सम्भव भएमा खाडल माथी छाना बनाएमा वेश हुन्छ । खाडलमा राखी खाँदेको २ महिना पछि साइलेज झिकेर खुवाउन सकिन्छ ।
गाईलाई साइलेज खुवाउने तरिका
१. खाडलको एक छेउबाट माटो र प्लाष्टिक हटाउनु पर्दछ ।
२. कुहिएको माथिल्लो पत्र फ्याक्नु पर्दछ ।
३. प्रत्येक दिन ५ वा ६ इन्च जति साइलेज निकाली सकेपछि पुनः प्लाष्टिकले छोप्नु पर्दछ ।
५. बानी नपरेका पशुहरुले सुरुसुरुमा साइलेज त्यति मन लगाएर खाँदैनन् त्यसैले सुरुसुरुमा अलिअलि मात्र दिएर बानी बसाल्नु पर्दछ र पछि रुचाएजति दिन सकिन्छ ।
१. साइलेज बनाउदा घाँसलाई ओइलाउन जरुरी छ तर धेरै सुक्नु दिन हुँदैन ।
२. घाँसमा धेरै पानी भयो भने साइलेज कुहिन्छ ।
३. घाँस धेरै सुकेमा खाडलमा घाँस राम्रोसँग खाँद्न मुश्किल हुन्छ र घाँसको बीचमा प्रशस्त हावा रहन गई कुहिने हुन्छ ।
४. बर्षाको पानी खाडलभित्र नपस्ने गरी खाडल अग्लो ठाउँमा बनाउनुपर्दछ । खाडलमा पानी वा हावा पस्यो भने साइलेज कुहिने हुन्छ ।
५. खाडलको चारैतिर प्लाष्टिक वा पात ओछ्याई घाँसलाई सिधै माटोको सम्पर्कमा आउन दिनुहुंदैन । यदि घाँस माटोको सम्पर्कमा आएमा साइलेज कुहिन्छ ।
६. खाडलभित्रको घाँसलाई राम्ररी खाँदी भित्रको हावा निकाल्नुपर्दछ । हावा रहित वातावरणमा घाँसमा रहेको गुलियो पदार्थलाई ल्याक्टिक अम्लमा परिवर्तन गर्ने सूक्ष्म जिवाणुहरुको वृद्धि हुन्छ ।
७. घाँस राम्रोसँग खाँद्न सकियोस भन्नाका खातिर खाडलको मुख पिध भन्दा चौडा बनाउनू पर्दछ ।
जै घाँस
परिचयः
यो हिउँद महिनामा लगाउन सकिने घाँस हो । यो घाँस असोज कार्तिक महिना देखी लगाउन सकिन्छ .
जमिनको तयारी
झारपात हटाउने, बांझो जोत्ने, दुई पटक चास काट्ने, डल्ला फुटाएर माटो मसिनो बनाउने । बिउ छर्ने भन्दा अगाडी डि.ए.पी. मल लगाउनु पर्दछ ।
बिउको मात्रा
घाँसको जात अनुसार ४ देखि ५ कीलो प्रति रोपनी बिउको आवश्यकता पर्दछ ।
मलको मात्रा
आवश्यक पर्ने फस्फेरसको मात्रा जमिन तयार गर्दाको अवस्थामा छर्नु पर्दछ । फस्फोरसको लागि ४,५ किलो सम्म डी.ए.पी.मल लगाउन सकिन्छ । यो घाँस खेतीको लागि युरिया ४÷५ के.जी. प्रति रोपनी लगाउन सकिन्छ भनि सिफारीस गरीएको छ । नाईट्रोजनको श्रोत युरीया मल लाई तिन चार भाग गरेर पहिलो पटक घाँस उम्रिएको २०, २२ दिनमा सिंचाई गरे पछि र प्रत्येक पटक घाँस काटेर सिंचाई गरेर युरिया मल छर्नु पर्दछ । युरिया मलमा भएको नाईट्रोजन हावामा उडेर जाने भएकोले बिरुवा उम्रिसकेपछि मात्र युरिया मल लगाउनु पर्दछ । मलहरु पानीमा घुलेपछि बिरुवाको जराले सोस्न सक्दछ त्यसैले हामीले माटोमा मल लगाए पछि माटोमा चिस्यान हुनु अतिआबश्यक छ । माटोको उर्बरा शक्ति अनुसार मलको मात्रा फरक पर्छ, त्यसैले सकिन्छ भने माटो जांच गराएर सिफारीस गरीए अनुसार रासायनिक मलहरु प्रयोग गर्नु फाइदाजनक हुन्छ ।
सिंचाई (पानी लगाउने)
माटोको चिस्यानको अवस्था बिचार गरेर बिस दिनमा एक पटक सिंचाई गर्नु राम्रो हुन्छ । घाँस छरेको बिस–बाईस दिन पछि पहिलो पटक सिंचाई गर्नु पर्दछ र सिंचाई गरी सके पछि यूरिया मल छर्नु पर्दछ । सिंचाई नगरी यूरिया मल छर्नु हुदैन । सिंचाई नगरी यूरिया मल छर्दा मल माटोमा मिल्न पाउंदैन । माटोमा नमीलेको यूरिया मल हावामा उडेर जाने हुनाले हामीले घाँसखेतीको लागि यूरिया किन्न खर्च गरेको पैसा घाँस खेतीमा लगानी नभई हावामा उडेर जान्छ । जै घाँस काटी सकेपछि हरेक पटक सिंचाई गरी यूरिया मल छर्दा घाँस छिटो पलाउंदछ ।
घाँस काट्ने उपयूक्त समय
पचास प्रतिशत भन्दा बढी घाँसमा फूल देखिएको अवस्थामा घाँस काट्दा सवैभन्दा बढी उत्पादन र घाँसबाट पौष्टीक पदार्थ उपलब्ध हुन्छ । तर यसरी घाँस काट्दा व्यवहारिक कठीनाई हुने हुनाले हामीले आफ्नो आवश्यकतालाई ध्यान दिएर घाँस काट्न सकिन्छ । यो घाँस साईलेज बनाएर राख्न राम्रो मानिन्छ । यदि साईलेज बनाएर राख्ने हो भने घाँसको दाना लागेर दुधे अवस्थाको भए पछि घाँस काट्दा राम्रो गुणस्तरको साईलेज बनेको पाईएको छ । यो घाँसलाई हे बनाएर राख्न पनि सकिन्छ । हरियो घाँस उत्पादनः १००० किलो प्रति कठ्ठा ।
जातहरु
केन्ट, स्वान, नेत्र, कामधेनु आदि ।
बर्षिम
परिचय
यो हिउँद महिनामा लगाउन सकिने घाँस हो । यो घाँसलाई असोज कार्तिक महिना देखि पुष महिना सम्म लगाउन सकिन्छ । यो घाँसलाई घाँसको राजा भनेर चिनिन्छ । उपलब्ध हुने पौष्टीक पदार्थः प्रोटीनः २२ प्रतिशत ।
बिउको मात्र
बिउको गुणस्तर अनुसार १ देखी १.५ किलो प्रति रोपनी । पहिलो पटक बर्षिम लगाएको अवस्थामा बिउलाई सूक्ष्म जैबिक मलले उपचार गरेरमात्र बिउ छर्नु पर्दछ । उपचार नगरी छर्दा बर्षिमको जरामा बसेर हावामा भएको नाईट्रोजनलाई उपयोग गर्ने जिवाणु नहुने भएको हुनाले बिरुवाले हावामा भएको नाईट्रोजन लिन सक्दैन र बिरुवा बढ्न सक्दैन ।
मलको मात्रा
घाँस लगाउनु भन्दा पहिला माटो जांच गराएर सिफारीस गरीएको मात्रामा मल लगाउनु प्रबिधिक दृष्टिकोणले उपयुक्त देखिन्छ । माटो जांच गराएर मल छर्दा बिरुवालाई आवस्यक पर्ने मात्रामा मल उपलब्ध हुन्छ । नाईट्रोजन ७५० ग्राम , फस्फोरस २.५ किलो प्रति कठ्ठा लगाउन सकिन्छ । बर्षिम घाँसले हावामा भएको नाईट्रोजनलाई उपयोग गर्न सक्ने क्षमता भएको हुनाले नाईट्रोजन (यूरियामल) दिन आबश्यक पर्दैन तर बिरुवा सानो अवस्थामा भएको बेला बिरुबाको छिटै बिकास होस भन्नका लागि एक पटक यूरिया मल लगाउन राम्रो हुन्छ । मलको लागि १.५ किलो यूरीया र ३ देखी ४ के.जी. सम्म डीएपी मल प्रयोग गर्न सकिन्छ । फस्फोरस भएको मल जहिले पनि जमिन तयारी गर्दा नै छर्नु पर्दछ भने यूरिया बिरुवा उम्रिसकेर पानी लगाएर छर्नु पर्दछ ।
सिंचाई (पानी लगाउने)
माटोमा चिस्यानको अवस्था बिचार गरी यदि माटोमा चिस्यान नपुग्ने भएमा हरेक पटक घाँस काटी सकेपछि पानी लगाउंदा घाँस छिट्टै पलाएर आउंछ ।
घाँस काट्ने उपयूक्त समयः
बिउ छरेको दुई महिनामा यो घाँस पहिलो पटक काट्न सकिन्छ भने ३५, ४० दिनमा दोस्रो र तेस्रो पटक काट्न सकिन्छ । हरियो घाँस उत्पादनः यो घाँसले सुहाउंदो बातावरण पाएमा एक कठ्ठामा २००० कीलो हरियो घाँस उत्पादन भएको पाईएको छ ।
जातहरु
मस्काबी, वरदान, वि.एल. २२, यु.पि.वि. १०३ आदि ।
बहुबर्षिय घाँस खेती
स्टाईलो
परिचय
यो गर्मी क्षेत्रमा लगाउन सकिने बहुबर्षिय कोशेघाँस हो । यो घाँस रुखो र खेर गएको पाखाहरुमा लगाउन सकिन्छ । सिंचाईको व्यवस्था नभएको ठांउमा यो घाँसको बिउ बर्षा मौषममा छर्नु पर्दछ । यो घाँस सामुदायिक बनहरुमा सफलतापूर्वक लगाएको पाईन्छ र एक पटक लगाए पछि अर्को बर्ष लगाई रहनु पर्दैन ।
बिउ छर्ने तरीका
यो घाँसलाई छर्दा एक मिटर चौडाईको प्लट बनाउने र राम्रोसंग खनजोत गर्ने । यो घाँसको बिउ मसिनो हुने भएको हुनाले ठूलो डल्ला भएको ठांउमा बिउ नउम्रिन सक्दछ । यो घाँस लगाउंदा धरैवटा प्लटहरु ड्याङको रुपमा बनाउनु पर्दछ । जसले गर्दा एउटा प्लटमा उर्मीएको घाँसले प्लटको दुबै तर्फ चार पांच फिट सम्मको क्षेत्रमा फैलिन्छ ।यसो गर्दा बिउको मूल्यमा पनि कमी आउंछ भने खेती गर्ने खर्चपनि कम लाग्दछ ।
हरियो घाँस उत्पादन
यो घाँसले सुहाउंदो बाताबरण पाएमा कठ्ठाको २००० किलो सम्म हरियोघाँस उत्पदन लिन सकिन्छ ।
नेपियर
यो धेरै छिटो बढ्ने, धेरै घाँस उत्पादन दिने बहुबर्षिय अकोशे घाँस हो । यो घाँसको उत्पति दक्षिण अफ्रिका हो । यो घाँसको बिउको उमार शक्ति ज्यादै न्यून भएकोले छिप्पीएको डांठ जरा भएको बिरुवा निकालेर लगाउन सकिन्छ । सिम जग्गामा यो घाँसा लगाउन सकिदैन । रोपेको तिन महिना पछि पहिलो पटक घाँस काटन सकिन्छ भने त्यस पछि ६ देखि ८ हप्ता अवधिको फरका घाँस काट्न सकिन्छ । यो घाँस खेतीको रुपमा एक ठाउंमा लगाईएको छ भने लगातार चार बर्षसम्म उत्पादन लिन सकीन्छ र चार बर्ष पछाडी पुरानो ठूटाहरुलाइ हटाएर खनजोत, मलजल गरेर फेरी घाँस रोप्नु पर्दछ । तर खेतबारीको डीलकान्लामा लगाएको बार्षौ सम्म पनि यो घाँसबाट उत्पादन लिन सकिन्छ । यो घाँस काट्दा फेदै लगाएर काट्नु पर्दछ । यदि यो घाँसकाट्दा तल डांक्ला छोडेर काटीयो भने जरा उक्सीएर आउंछ र घाँसको उत्पादन राम्रो हुदैन । एक रोपनीको लागि ५०० देखि ७०० सेटस्को आवश्यकता पर्दछ । यो घाँसको डाक्ला ठूलो हुने भएकोले घाँसलाई मसिनो टुक्रा बनाएर दिंदामात्र गाईभैसीले घाँस नष्ट नपारी खान्छ । यदि टुक्रा नवनाई डांक्ला नै लगाईदिंदा पशुले पातमात्र खाने र डांक्ला फ्यांकी घाँसको सदुपयोग हुन सक्दैन । त्यसैले नेपियर घास लगाए पछि घाँसलाई टुक्रा बनाउने हाते औजार वा हाते मेशिन को जरुरत पर्दछ ।
जातहरु
गजराज, पुसाजायन्ट, मठ नेपियर, हाइबे्रड C.O.3, C.O.4, NB 21
अमृसो
यो घाँस ईलाम जिल्लामा सफलतपूर्वक खेती गरीएको छ । यो घाँसको फूलबाट कुचो उत्पादन हुने हुंदा दोहोरो फाईदा पाउन सकिन्छ । यो घाँसको कुचो छिप्पिए पछि कुचो निकालेर बोटलाई काटेर गाईबस्तुको घाँसको रुपमा उपयोग गरीन्छ । यो घाँसमा सुख्खा पदार्थ : ३० प्रतिशत, प्रोटिन :१० प्रतिशत, चिल्लो : १.३ प्रतिशत र रेशा ३२ प्रतिशत पाईन्छ ।
नेपियर र अमृसो खेतीको फाईदाहरुः
- भिरालो बारी, कांल्लाको डीलमा लगाउंदा भूक्षय रोक्न मद्दत गर्ने ।
- एक पटक लगाए पछि फेरि लगाउनु नपर्ने ।
- पशु आहाराको आवस्यकता पुरा गर्न मद्दत पुर्यायाउने
मोलासेस
नेपालको तराई देखि मध्य पहाडसम्म हुने यो अकोशे घाँस हो । यो सबै प्रकारको जमीनमा लगाउन सकिन्छ भने यो घाँस भु–संरक्षणको लागि उपयुक्त मानिन्छ । यो अन्य घाँसको तुलनामा बाह्रै महिना हरियो रहन्छ । यसको पातमा मसिनो रौंहरु देखिन्छ र विरुवा पनि वास्नादार हुन्छ जुन सख्खरको जस्तो वास्ना आउंछ ।
लगाउने तरिका
बर्षयाम शुरु भए पछि जेठ–आषाढतिर घाँसको हांगाबिंगा भए ३ आंख्ला भएको डांठलाई प्रति रोपनी करिब ५००० सेट्स (बिरुवा) रोप्नु पर्दछ । यदि विउ छर्ने भएमा प्रति रोपनी २५० ग्राम चाहिन्छ ।
घाँसको उत्पादन लिने
घाँस लगाएको करिब ३ महिना पछि पहिलो पटक काट्न सकिन्छ । पहिलो पटक काटे पछि करिब १ महिनामा दोस्रो पटक काट्न सकिन्छ । यस प्रकार १ बर्षमा ४–५ पटकसम्म पनि काट्न सकिन्छ ।
हेरचाह
दिगो व्यवस्थापकिय अभ्यास गरेर पशु कल्याण, सामाजिक आर्थिक र वातावरणिय दृष्टिकोणले उपयुक्त हुनेगरि स्वस्थ्यकर पशुबाट सुरक्षित र गुणस्तरिय दूध उत्पादन गर्ने असल असल गाई व्यवस्थापन अभ्यास विधि अपनाउनु पर्छ । यस विधिमा निम्न विषयहरु समेटिन्छ:
१. पशु स्वस्थ्य: दुधालु पशुलाई स्वस्थ्य राख्न प्रभावकारी पशु स्वास्थ सेवा प्रदान गर्नु पर्छ ।
२. दूधको स्वच्छता: दूधलाई स्वस्थकर तरिकाले दुहुने र भण्डारण गर्नु पर्छ । दूध दुहुने र भण्डारण गर्ने उपकरणहरु उपयुक्त र प्रयोग गर्ने हालतमा राख्नु पर्छ ।
३. आहारा (दाना, पानी): पिउने पानी सफा, सुरक्षित र दाना नबिग्रेको, नसडेको उपयुक्त सामाग्रीबाट तयार गरेको राम्रो गुणस्तरको हुनुपर्छ ।
४. पशु कल्याण: पशुलाई ५ वटा स्वतन्त्रता उपयोग गर्न पाउने गरी राख्नु पर्छ ।
- पशुलाई हमेसा पानी उपलब्ध हुनुपर्छ । भोक र कुपोउपलब्ध हुनेगरि राख्न हुँदैन । पानी र दाना हमेसा हुनुपर्छ ।
- पशुहरु आरामले बस्न पाउनु पर्छ । यस्कोलागि उपयुक्त गोठ बनाउनु पर्छ ।
- पशुलाई कुनै पनि प्रकारका पिडा, चोटपटक र रोग बाट मुक्त हुनुपर्छ । लागि हालेमा तुरुन्त उपचार गरिहाल्नु पर्छ ।
- पशुलाई कुनै प्रकारको डर उत्पन्न नहुने गरि राख्नु पर्छ । गोठमा प्रयोग गरिने उपकरण औजारहरु उपयुक्त हुनुपर्छ ।
- पशुलाई आफ्नो स्वभाव अनुसार रहने बस्ने व्यवस्था हुनुपर्छ । हिडडुल गर्ने आराम, सुत्ने आदि आफ्नो इच्छा अनुसार गर्न पाउनुपर्छ ।
५. वातावरण: दूध उत्पादन गर्दा फार्मको वरिपरिको वातावरणलाई सन्तुलन हुने गरि व्यवस्था मिलाउनु पर्छ ।
६. सामाजिक र आर्थिक पक्ष: गाई फार्मले फार्मको वरिपरिको किसानहरुलाई पनि आर्थिक र सामाजिक फाईदा दिन्छ । त्यसकारण असल गाई व्यवस्थापन अभ्यास विधिलाई अपनाउदा यस्ले सामाजिक र आर्थिक जोखिमलाइ व्यवस्थापन गर्न मद्दत गर्छ ।
दुधालु गाईको हेरचाह गर्दा तिनीहरुलाई खुवाउनु पर्ने दानापानी, घाँस परालको ध्यान पुर्याउनु पर्दछ । दुधालु पशु स्वास्थ रहन र दूध उत्पादन गर्नको लागि विभिन्न पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ । त्यस्ता पौष्टिक तत्वहरु पशुलाई दैनिक खुवाईने दाना र घाँसपातबाट उपलब्ध हुनु पर्दछ । अन्यथा, उनीहरुको शरीरमा संचित भएर रहेका तत्वहरु दूध बन्ने प्रक्रियामा प्रयोग हुनगई पशुको शरीर कमजोर हुन जान्छ । यसले दूध उत्पादन राम्रोसँग नहुने पशुले समयमा साँढे राँगो नखोज्ने समस्या पैदा भई आर्थिक हिसाबले किसानलाई नोक्सान पर्न जान्छ । दुधालु पशु स्वास्थ रही सन्तोषजनक रुपमा दूध उत्पादन लिनको लागि व्यवस्थापनसँग सम्बन्धित निम्न कुराहरुमा ध्यान दिनुपर्दछ ।
१) दूध दुहुँदा ठीक तरिकाले दूध निथ्रने गरी दुहुनु पर्दछ, जसबाट कल्चौडोमा दूध बाँकी नरहोस् । दूध दुहुने बेला साबुन पानीले हात र कल्चौडो धोएर थुन एवं कल्चौंडो सफा पार्नु पर्दछ । यसबाट थुन र कल्र्चांडोमा संक्रमण हुनबाट बचाउन सकिन्छ ।
२) धेरै दूध दिने उन्नत जातका गाईहरुलाई घाँस र परालबाट मात्र पौष्टिक आहारा नपुग्ने हुँदा सन्तुलित दाना दिनुपर्दछ । स्थानीय स्तरमा उपलब्ध हुन सक्ने विभिन्न पदार्थहरुको साथमा खनिज ततवहरु मिसाई घरमा नै सन्तुलित दाना बनाउन सकिन्छ ।
३) दूध दुहुँदा पशुलाई तर्साउने, पिट्ने र भड्काउने गर्नु हुँदैन । दूध दुहुँदा हातको मुठि बनाएर थुन निचोरेर दुहुँनु पर्छ, हत्केलाको र बुढि औलाले थुन निचोरेर दुहुँनु हुदैन । दूध दुहुँने मानिसको हातको औलाको नङ्ग काटेको हुनुपर्छ ।
४) दूध दुहुँदा थुन धोएर पुछ्ने अनि छिटो छिटो दुहुने गर्नुपर्दछ । थुनलाई पानीले धुदा दूध पग्रिन मद्दत गर्छ । थुन धोएर सकेसम्म दूध पगारेको ७ मिनेट भित्र दूध दुहि सक्नुपर्दछ । नत्र सबै दूध दुहुन नसकिने हुन्छ ।
५) दुधालु गाईलाई व्याएको करीब २ महिना नपुगी साँढे लगाउने वा कृत्रिम गर्भाधान गराउने गर्नु हुँदैन । यसबाट पशुको स्वास्थ एवं शारिरीक अवस्थामा नराम्रो असर पर्छ र दूध उत्पादन घट्दछ ।
६) दूधको लागि पालिने गाई भैँसीको दूध उत्पादन क्रमशः पहिलो तथा पाँथो वेतदेखि क्रमशः घट्दै जाने हुन्छ । तसर्थ ५ वा ६ वेत पछि हुन्छ ।
७) दूध उत्पादनको स्तर पशुलाई गरिने स्याहार सुसार र दाना पानीमा पनि भर पर्दछ ।
आहारा व्यवस्थापन
दूधालु पशुहरुलाई स्वस्थ रहन र दूध उत्पादनको लागि गुणस्तरयुक्त दानाको आवश्यकता पर्दछ । दुहुना गाईको लागि शारीरिक तौलको २.५–३ प्रतिशतसम्म सुख्खा पदार्थ आवश्यक पर्दछ । हामीले पशुवस्तुहरुलाई खुवाइने घाँसपातमा सरदर २० प्रतिशत सुख्खा पदार्थ र ८० प्रतिशत पानीको मात्रा रहेको हुन्छ । यस हिसाबले एउटा ३५० के.जी. तौल भएको पशुलाई ७–१० के.जी. जति सुख्खा पदार्थ चाहिन्छ र यसका लागि ३५ के.जी. घाँसपात खान दिनुपर्दछ ।
३५ के.जी.घाँसको २० प्रतिशत सुख्खा पदार्थ भन्नाले ७ के.जी. हुन आँउछ र बाँकी ८० प्रतिशत (२८ के.जी.) अंश पानी पर्न आउँछ । एउटा स्वास्थ पशुलाई प्रतिदिन ४५ लिटर पानी दिनुपर्ने हुन्छ । माथिको हिसाब हेर्दा पशुलाई औसत २८ लिटर पानी दैनिक रुपमा पशुलाई दिनुपर्ने हुन्छ । यसरी पशुलाई कति पानी दिने भन्ने कुरा खाद्य पदार्थमा रहेको सुख्खा पदार्थमा घर पर्दछ ।
गाईको लागि चाहिने सुख्खा पदार्थको मात्रा
शरिरिक तौल (के.जी.) |
आवश्यक पर्ने सुख्खा पदार्थ (के.जी.)
|
३५० |
९–१०.५ |
४०० |
१०–१२ |
४५० |
११–१३.५ |
५०० |
१२.५ – १५ |
व्याउने गाईको हेरचाह
गाई भैँसीको व्यवसायको सफलता पशुहरुको हेरचाह एवं व्यवस्थापन पक्षसँग प्रत्यक्ष रुपमा सम्बन्धित रहने गर्दछ । यो व्यवसायमा धेरै जोखिमहरु छन् र पशुपालन व्यवसायीले निकै सतर्कमा अपनाउनुपर्ने हुन्छ । गाई भैँसीपालक कृषकहरुले ध्यान दिनुपर्ने कुराहरु बुँदागत रुपमा यसरी प्रष्ट्याउन सकिन्छ ।
१. साधारणतया वाली गएको २८० दिनमा गाई व्याउने गर्दछन् । त्यसैले कृषकहरुले आफ्नो पशु व्याउने सम्भाव्य मिति याद गरी राख्नु पर्छ ।
२. गाई व्याउने सम्भाव्य मिति भन्दा केही दिन अगाडि देखि पशुलाई थोरै समय हल्का हिँडडुल गराउनु राम्रो हुन्छ । यसो गर्नाले गाई भैँसी व्याउने समयमा हुन सक्ने सम्भावित कठिनाइहरु जस्तैः बच्चा अड्किने, भण्डार फर्किने जस्ता समस्याहरुमा केही हदसम्म कमी आउँछ ।
३. व्याउने माउलाई व्याउनु भन्दा २–३ हप्ता अगाडि देखि बथानबाट अलग राख्नु पर्दछ । यस्ता पशुहरुलाई सार्वजनिक ठाँउमा छोड्नु हुँदैन नत्र आपसमा जुधेर तुहिने डर हुन्छ ।
४. गाई व्याउने मिति भन्दा करीब २ महिना अगाडि देखि दूध दुहुन बन्द गर्नु पर्दछ । यसो गर्नाले माउको शरीर कमजोर नहुने एवं आगामी वेतको दूध उत्पादन बढ्नुका साथै गर्भाशयमा बढ्दै गरेको बच्चाको लागि पौष्टिक तत्वहरुको आपूर्ति समेत हुन्छ । दूध दुहुन बन्द गर्दा एकै पटक नगरी क्रमिक रुपमा गर्नुपर्छ जस्तै एक छाक दुहुने, दिन बिराएर दुहुने गर्दै बन्द गर्नु पर्छ ।
५. गाई व्याउनु भन्दा एक हप्ता अगाडि देखि अलग्गै व्याउने कोठामा राख्नुपर्दछ । यदि गोठमा अलग्गै कोठा छैन वा सानो संख्यामा मात्र पशुहरु पालिएका छन् भने त्यही गोठलाई राम्रोसँग सफा गरेर फिनाइल पानी वा चून छर्केर ओभानो सोतर राखी व्याउने माऊलाई राख्ने व्यवस्था मिलाउनु पर्दछ । व्याउने पशुलाई राख्ने गाठको भूँई अगाडि पट्टी होचो र पछाडि केही अग्लो हुने गरी बनाउनु पर्दछ । यसो गरेमा गाईमा भण्डार फर्कने समस्या कम हुन्छ ।
६. व्याउने अवस्थाका गाई भैँसी राखिने गोठ हावादार एवं सूर्यको प्रकाश आउने किसिमले बनाइएको हुनु पर्दछ ।
७. व्याउने समयावधि पुगेको अवस्थामा कल्चौडो टन्न परेको, सूत फुलेको र पुच्छरको फेदमा खाल्डो परेको हुन्छ । यसलाई पौंठा बसेको भनिन्छ ।
८. शारीरिक अवस्था राम्रो भएका पशुहरु स्वस्थकर अवस्थामा विना कुनै सहयोग व्याउन सक्दछन् । यद्यपि व्याउने समय भएको बेला सहयोगको लागि तयार भएर बस्नु बेस हुन्छ ।
९. व्याउने समय पुग्नु केही दिन अगाडिदेखि पशुलाई हल्का नरम किसिमको मिलेसम्म कोसे घाँस दिनुपर्दछ र दाना केही कम दिनुपर्दछ जसले गर्दा कव्जियत हुन पाउँदैन र व्याउन सजिलो हुन्छ साथै भण्डार फर्कने डर पनि कम हुन्छ ।
१०. साधारणतया व्याउने व्यथा लागेको ३–४ घण्टामा माउ पशु व्याईसक्नु पर्दछ । यदि यो समयमा व्याउन सकेन भने डिस्टोकिया भएको हुन सक्दछ । यस्तो समयमा पशु चिकित्सक एवं प्राविधिकको सहयोग लिनु आवश्यक हुन्छ ।
११. व्याएको ३–४ घण्टामा साल झर्नुपर्दछ । यदि ५–६ घण्टासम्म पनि साल झरेन भने तरुन्त पशु चिकित्सकसंग सम्पर्क राख्नुपर्दछ ।
१२. व्याएको पशुको साल नझरेसम्म पशुलाई एक्लै छोडेमा साल खाने डर हुन्छ । साल खाएमा दूध सुक्ने हुन सक्छ ।
१३. धेरै दूध दिने पशुहरुलाई मिल्क फिभर भन्ने रोग (सिताङ्ग) लाग्न सक्दछ । मिल्क फिभर हुने सम्भावना भएमा तुरुन्तै कयाल्सियम दिने व्यवस्था गर्नुपर्दछ । गर्भिणी अवस्थाको अन्तिम महिनातिर दानामा क्याल्सियम मिसाएर दिने गर्नुपर्दछ ।
१४. पशु व्याएपछि तुरुन्तै बाच्छा–बाच्छी पाडा–पाडीहरुलाई पुछिदिने र माउको नजिकै चाट्न सक्ने गरी न्यायो ओभानो ठाउँमा राखी दिनुपर्दछ । व्याएको माउको सूत वरपर कल्चौडो पछाडिको भागमा सफा गरी बाच्छा–बाच्छी पाडा–पाडीलाई दूध चुसाउने गर्नुपर्दछ । दूध चुसाउनु अघि सबै थुनबाट २–४ सिर्का दूध दुहेर फ्याँकि दिनुपर्दछ ।
१५. पशु व्याउने वित्तिकै विगौती दूध दुहुनु पर्दछ र दूध दुहदा सबै दूध निखारेर दुहुनु पर्छ । यसले गर्दा थुनेलो हुन पाउदैन ।
१६. व्याएको माउलाई मन तातो खोले अथवा सख्खर र पानी मिलाएर खान दिनुपर्दछ । यसबाट गाई भैँसीलाई तुरुन्त शक्ति प्राप्त भई स्वास्थ बन्न सहयोग पुग्दछ ।
आहार व्यवस्थापन
प्राणीलाई जीवित रहनको लागि आहाराको अति आवश्यक पर्दछ । गाईको लागि सामान्यतया प्रतिदिन जीवन निर्वाहको लागि डि.सि.पि.०.३ के.जी. र टि.डि.एन. ३.७ के.जी. का साथै क्याल्सियम २० ग्रााम र फस्फोरस १५ ग्राम आवश्यक पर्दछ । यसको साथै हरियो घाँस ३० के.जी. भएमा शरीरलाई चाहिने पौष्टिक तत्व पुरा हुन सक्दछ । गर्भिणी पशुको लागि यस बाहेक सामान्यतया गर्भाधारण गरेको ६ महिना पुगेपछि गाई भैँसीलाई थप दाना र प्रशस्त हरियो घाँस दिनुपर्दछ । यसबाट गर्भाशयमा बढ्दै गरेको बच्चाको लागि पौष्टिक तत्वहरुको आपूर्ति हुन्छ र माऊ पनि स्वास्थ रहन्छ । दूध दिँदै गरेका गाईको दूध सुकाउन दूध दुहुन छोडे पनि दैनिक २ के.जी. दानाको साथै पेटभरी नरम हरियो घाँस दिनुपर्दछ । जीवन निर्वाहको लागि प्रतिदिन प्रति पशुका लागि चाहिने पौष्टिक तत्वको तालिका
पशुको तौल (के.जी.) |
शक्ति (मेघा जुल) |
प्रोटिन (ग्राम) |
सुख्खा पदार्थ (के.जी.) |
पानी (लिटर) |
३५० |
४५ |
३४१ |
७ |
४५ |
५०० |
५९ |
४३२ |
१० |
६० |
बाच्छा–बाच्छी भन्नाले जन्मेदेखि ६ महिनासम्मको उमेरका पशुहरुलाई बुझाउँछ । यस उमेरका पशुहरुलाई हुर्काउने कार्य निकै जोखिमपूर्ण हुने गर्दछ । यो उमेरका पशुहरुको सरदर मृत्युदर निकै बढी हुने भएकाले हेरचाह गर्दा सतर्कता अपनाउनु पर्ने हुन्छ । साना बाच्छा–बाच्छी पाडा–पाडीको राम्रो स्याहार सम्भार हुन सकेमा मात्र पछि गएर राम्रो माऊ हुन सक्दछन् । त्यसैले यो उमेर समूहका पशुहरुलाई उचित तवरले हुर्काउन निम्न कुराहरुमा ध्यान दिनु पर्दछ ।
१) जन्मेपछि बाच्छा–बाच्छीको छातिमा कडासँग समात्न वा पछाडिको खुट्टा समातेर उठाउन हुँदैन, यसले शरीरमा हानी गर्दछ ।
२) बाच्छा−बाच्छी, पाडा−पाडी जन्मने बित्तिकै नाक मुखबाट जालो हटाई शरीर पुछिदिने र माउले चाट्न सक्ने गरी नजिकै राखी दिने गर्नुपर्दछ । माउले नचाटेमा सफा कपडाले यीनिहरुको शरीर पुछिदिनु पर्छ यसो गर्दा शरीर सफा हुनुको साथै शरीर रक्त संचार राम्रोसँग हुन जान्छ ।
३) जन्मेको करिब १ घण्टाभित्रमा माउको कल्चौडो सफा गरी सबै थुनबाट २−४ सिर्का दूध दुहेर फ्याँक्ने र नवजात बच्चालाई विगौती दूध चुसाउनु पर्दछ ।
४) भर्खर जन्मेको बच्चालाई दूध चुस्न सिकाउनको लागि आफ्नो हातको औंला मुखमा राखेर चुस्न दिनुपर्दछ । र यसरी औंला चुसाउदै विस्तारै कल्चौडोतिर लैजानुपर्दछ ।
५) भर्खरै जन्मेको बाच्छा−बाच्छी, पाडा−पाडीको लागि विगौती दूध अनमोल आहार हो । विगौती दूधमा आवश्यकीय पौष्टिक तत्वहरु (प्रोटिन, चिल्लो पदार्थ र खनीज तत्वहरु) प्रशस्त मात्रामा हुन्छन् । साथै, यसमा रोग लाग्नबाट बचाउने तत्वहरु (Antibody) समेत प्रशस्त मात्रामा हुन्छन् । विगौती दूध खुवाउनाले नवजात शिशुमा रोगको प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ र रोगले असर गर्ने सम्भावना कम हुन्छ । तसर्थ विगौती दूध शरीरको तौलको १० जति खुवाउनु पर्छ ।
६) भर्खरै जन्मेका बाच्छा–बाच्छी, पाडा–पाडीहरुको नाभी ४ अंगुल जति छोडी सफा ब्लेड या कैंचीले काटी दिनुपर्दछ र डिटोल वा टिन्चर आयोडिन औषधि लगाउनु पर्दछ । यसले धनुष्टङ्कार रोग हुनबाट बचाउँछ।
७) बाच्छा–बाच्छी, पाडा–पाडी जन्मेको केही समयसम्म अलग्गै राख्नु पर्दछ । यिनीहरुको उमेर ८ हप्ता भएपछि समूहमा राख्न सकिन्छ ।
८) जन्मेको १०–१५ दिन भएपछि बाच्छा–बाच्छी पाडा–पाडीको सिङ्ग नउम्रने बनाउनुपर्दछ ।
९) बाच्छा–बाच्छी, पाडा–पाडीलाई पहिचानको चिन्ह लगाउनु पर्दछ ।
आहारा व्यवस्थापन
माउ ब्याउने बित्तिकै माउको दुग्ध ग्रन्थिहरुले बिगौति पैदा गर्छ । असली बिगौति पहिलो पटक दूध दुहुदा वा चुसाउदा मात्र प्राप्त हुन्छ । पहिलो पटक दूध दुहे पछि तेश्रो दिन सम्म दुहुने दूध लाई बोलीचालीमा बिगौति दूध भने पनि यसलाई टूान्जिसन दूध भनिन्छ किनभने यस्मा पाईने पौष्टिक तत्व पहिलो पटक दुहेको दूध को भन्दा निकै कम हुन्छ । असली बिगौति दूधमा ल्याक्टोजको मात्रा कम हुने हुनाले बाच्छा–बाच्छीलाई छेरपटि लाग्ने सम्भावना कम हुन्छ ।
बाच्छा–बाच्छीको लागि उत्तम आहार आमाको दूध हो । दुधमा शरीरलाई चाहिने मात्रामा पौष्टिक तत्वहरु पाइन्छ । बाच्छा–बाच्छीलाई साधारणतया एक महिनासम्म उनीहरुको शारीरिक तौलको दश भागको एक भाग दूध खुवाउनु पर्दछ । यसरी मिलाएर दूध खुवाउने गरिएमा साना पाडा बाच्छाहरुलाई दूध बढी भई छेर्ने अथवा दूध कम भई कमजोर हुने अवस्था आउन पाउँदैन ।
दुई हप्ताको उमेरदेखि बाच्छा–बाच्छीले घाँस खान थाल्दछन् । घाँस खान दिदा पशुको आमाशय (रुमेन)को विकास राम्रो हुन्छ । त्यसैले बाच्छा–बाच्छीको अगाडि केही नरम हरियो घाँस राख्ने गर्नु पर्दछ । यसरी घाँस खान शुरु गरेपछि दूधको मात्रा धटाउन सकिन्छ । बाच्छा–बाच्छीलाई दूध छुटाउने समयको हकमा ठूलो शरीरिक बनावट हुने जातहरुमा ७० के.जी. र सानो शारीरिक बनावट हुने जातका लागि ४०–४५ के.जी. शारीरिक तौल भएपछि दूध छुटाईदिन सकिन्छ । उन्नत जातका – क्रसब्रीड गाईका बाच्छा–बाच्छीको लागि उमेर अनुसार चाहिने आहारको मात्रा तालिकामा प्रस्तुत छ ।
उमेर (हप्ता) |
दूध (लिटर) |
सुख्खा एवं हरियो दाना |
२ |
५ |
एक मुठी दाना |
३ |
५ |
एक मुठी दाना |
४ |
६ |
०.५ के.जी. दाना + राम्रो नरम हरियो घाँस |
७ |
५ |
१ के.जी. दाना + राम्रो नरम हरियो घाँस |
९ |
४ |
१ के.जी. दाना + राम्रो नरम हरियो घाँस |
१० |
३ |
१ के.जी. दाना + घाँसको मात्रा बढाउने |
१२ |
२ |
१.५ के.जी. दाना + घाँसको मात्रा बढाउने |
१३-४० |
- |
१.५ के.जी. दाना + घाँसको मात्रा बढाउने |
सामान्यतया १०–१२ महिनासम्म कोरेलीलाई भित्री गोठमा नै राखिन्छ । त्यसपछि विस्तारै बाहिर गोठमा निकालिन्छ । जन्मेको १५–१८ महिना उमेर पुगेपछि कोरेलीहरु बाली जाने हुन्छन् । बाली जाने कुरा कोरेलीको तौलसँग पनि सम्बन्धित हुन्छ । सानो जातको कोरेली भए २००–२२५ के.जी शारीरिक तौल र ठूलो जात भएमा २६०–२८० के.जी. तौल भएपछि मात्र बाली लगाउनु पर्दछ । राम्रोसँग आहारा र अन्य व्यवस्थापन पुगेको अवस्थामा १४ महिनाको उमेर देखि नै कोरेलीहरु बाली जाने हुन्छन् र २५–३० महिना उमेर हुँदासम्म बच्चा जन्माउन सक्छन् । पशुको जात, आहारा व्यवस्थापन र हावापानीको अवस्थाले कोरेलीको वृद्धि र विकासमा प्रत्यक्ष प्रभाव पारेको हु्न्छ ।
आहारा व्यवस्थापन
कोरेलीलाई हरियो नरम घाँसको अलावा दैनिक २.५–३.० के.जी. दाना दिनुपर्दछ । कोरेली बाच्छा–बाच्छीको लागि निम्नानुसारको आहारा हुनु जरुरी हुन्छ ।
सुख्खा पदार्थ (के.जी.) |
पाच्य प्रोटिन (के.जी.) |
टि.डी.एन (के.जी.) |
मेटाबोलिक शक्ति (के.जी.) |
क्याल्सियम (के.जी.) |
फस्फोरस (के.जी.) |
३.४ |
०.३२ |
२.३ |
८(४ |
८ |
६ |
स्वास्थ्य व्यवस्थापन
पशुहरु स्वास्थ्य र निरोगी हुनुपर्छ अन्यथा पशु रोगी भएमा त्यसबाट उत्पादनमा ह्रास आउनुको साथै पशुमा हुने उपचारको खर्चले ठूलो आर्थीक नोक्सानी हुन सम्छ । साथै धेरै जसो पशुमा लाग्ने रोगहरु मानिसलाई पनि लाग्न सक्ने हुनाले फार्ममा राखिने पशुहरुलाई स्वस्थ्य राख्नु पर्छ ।
- हामीले घरमा पालेका पशुहरु शारिरीक रुपमा स्वास्थ्य भएको खण्डमा मात्र आषातित उत्पादन लिन सकिन्छ ।
- स्वास्थ्य पशुहरुबाट मात्र स्वास्थ्य पशु जन्य पदार्थ उत्पादन गर्न सकिन्छ । त्यसैले अस्वास्थ्य पशुको राम्रोसँग पहिचान गरी समय मै उपचार नगरेमा उत्पादन घट्नुका साथै पशुहरु मर्न पनि सक्दछन ।
- धेरै जसो पशुमा लाग्ने रोगहरु मानिसलाई र सबैजसो मानिसलाई लाग्ने रोगहरु पशुलाई सर्न सक्दछ । त्यसैले पशु पालक कृषकहरु र पशु स्वास्थ्य प्राविधिकहरु सधै सतर्क रहनु पर्दछ ।
- अस्वास्थ्य पशुको हेर विचार गर्दा होसियारी पूर्वक गर्नु पर्दछ र विरामी पशुसँग लसपस भएको हात साबुन पानीले धुनु पर्दछ ।
- तसर्थ स्वास्थ्य र अस्वास्थ्य पशुमा हुने भिन्नताहरु बारे कृषकहरु तथा पशु स्वास्थ्य कार्यकर्ताहरुलाई ज्ञान हुनु अति जरुरी छ ।
क. रोगी पशु र निरोगी पशुमा भिन्नता
निरोगी पशु |
रोगी पशु |
झट्ट हेर्दा फूर्तिला देखिन्छन् |
झट्ट हेर्दा झोक्रयाएको, चहलपहल गर्न त्यति नसक्ने देखिन्छ । |
सामान्यतया उभिएको अवस्थामा टाउको शरीर भन्दा माथि उठेको हुन्छ । |
टाउको शरिरको लेवल भन्दा तल झुकाएको हुन्छ । |
कानहरु ठाडा वरपरको वातावरण तर्फ पशु सचेत र सजग भएको जस्तो देखिन्छ । |
कानहरु लत्रेका र पशु वरपरको वातावरणसँग कुनै प्रतिकृया नदेखाउने हुन्छ । |
पशु धनीले बोलाउदा वा अन्य कुनै चाल गर्दा प्रत्यक्ष रुपबाट विभिन्न अभिनय तर्फ सकरात्मक व्यवहार देखाउछ । |
पशु धनीले बोलाउदा वा कुनै आवाज तथा साधनहरुद्वारा चहलपहल गराउन खोज्दा कुनै पनि चाल नगर्ने हुन्छ । |
आखा, नाक, मुख तथा शरिरमा बाहिर कुनै पनि किसिमको रोगको संकेतहरु देखिदैन । |
आखाबाट कचेरा बग्ने, मुखबाट र्याल, फिज काड्ने ,नाकबाट बाक्लो सिंगान निकाल्ने आदि गर्दछ । |
मुख (थुतुनो) सधै पानी अथवा ओसिलो रहेको हुन्छ । |
थुतुनो सुख्खा हुन्छ । |
घाँस, दाना पानी रुचाएर खाने गर्दछ । |
घाँस, दाना,पानीमा रुचि देखाउँदैन । |
उग्राई रहन्छ वा पाउर मार्दछ । |
पाउर मार्दैन । उग्राउदैन । |
साविक बमोजीम पशुले (गाई, भैँसीले गोबर र भेडा, बाख्राले जुतो ) दिसा गर्दछ । |
गोबर पातलो, दुर्गन्धयुक्त हुन्छ । गोबरमा मासी मिसिएको वा आउ परेको जस्तो वा रगत मिसिएको देखिन्छ । |
पिसाब समयमै सामान्य किसिमले गर्दछ । |
पिसाब पहेलो वा रगत मिसिएको रातो देखिन सक्दछ र पिसाब गर्दा अप्ठयारो महसुस गर्न सक्दछ । |
शारिरीक तापक्रम, श्वास प्रश्वास गति साविक बमोजिम हुन्छ । |
हिड्डुल गर्दा विना कुनै कठिनाई अवरोध महसुस नगरी खुल्ला रुपले सामान्य रुपमा हिड्डुल गर्ने गर्दछ । |
ज्वरो आउेन, स्यास्या गर्ने , श्वास फेर्न गाह्रो भएको जस्तो देखिन्छ । |
राम्रोसँग उभिन तथा सन्तुलन मिलाएर हिड्न सक्दैन । |
बाहिर शरिरमा घाउ, चोटपटक आदि केहि भएको हुँदैन । |
शरिरमा घाउ चोटपटक आदि भएको हुन सक्छ । |
शरिरको छाला नरम, चम्किलो र रौंहरु सफा देखिन्छन । |
छाला खस्रो, फुस्रो र रौंहरु फोहर र ठाडा ठाडा भएको देखिन्छन र छालामा रोगका लक्षणहरु देखिन्छन । |
बसेको अवस्थामा टाउको सिधागरी कान हल्लाउने र पुच्छर चलाई रहने गर्दछन । |
बसेको बेला टाउको भुईमा छातीमा राखेर, अड्याएर राख्दछ र कान तथा पुच्छरको गति केहि पनि देखिदैन । कहिले काँही घाटी तन्काउने नजिकमा कुनै आवाज दिएमा तर्सिने आदि गर्दछ । जस्तै टिटानस भएको खण्डमा यस्तो हुन्छ । |
गर्भिणी पशुहरु समय पुगेपछि विना कुनै कठिनाई बच्चा जन्माउने साल खसाल्ने गर्दछन । |
गर्भिणी पशुहरुमा समय नपुग्दै बच्चा तुहिने, बच्चा अड्किने तथा साल नखसाल्ने आदि हुन्छ । |
शरिर सधै ऋृष्टपुष्ट देखिन्छ, दूध साविक रुपमा दिन्छ । |
जनावर क्रमिक रुपले दुब्लाउँदै जान्छ । दूध दैनिक रुपमा घट्दै जाने हुन्छ । |
घाँस दाना, पानी बाहेक अन्य चिजविजहरु खाने पानी प्राय: हुँदैन । |
माटो चाट्ने, कपडा , काठ कागज आदि सुख्खा बस्तुहरु चपाउने (खाने) गर्दछन । |
घाउँ घरमा अझै पनि पशुहरु विरामी पर्दा त्यति वास्ता नगर्ने प्रवृत्ति छदैछ । तर जानी राख्नु पर्ने कुरा यो छ कि पशुमा लाग्ने रोगले उत्पादनमा कमि आउने र पशु धनको क्षति मात्र नभई धेरै जसो रोगहरु मानिसमा पनि सर्न सक्दछ र ठूलो धन जनको नोक्सानी पनि हुन जाने हुन्छ
१. पशुको चाल चलन अध्ययन गर्ने ।
२. पशुको आहार खाने प्रवृति हेर्ने । पशुले शरीरलाई चाहिने आवश्यक मात्रामा आहारा नखाएमा विरामी भएको छ की भनेर जाँच्न सकिन्छ ।
३. पशुले दिशा पिशाब गरेको छ कि छैन हेर्ने गर्नुपर्दछ र गरेको भएमा कस्तो गरेको छ हेर्नु पर्दछ ।
४. शरीरमा रक्त संचालन नियमित छ कि छैन , मुटुको गति र नाडीको चाल कस्तो छ विचार गर्ने ।
५. पशुको शारीरिक तापक्रम सामान्य भए नभएको विचार गर्ने ।
६. गाई भैँसी शरीर, छाला, रौं ऊन, म्युकस मेमव्रेनहरु हेर्नु पर्दछ । पशु विरामी भएमा यी कुराहरुमा सामान्य अवस्थामा भन्दा परिवर्तन भएको पाइन्छ ।
यसरी निरीक्षण गर्दा स्वास्थ्य स्थितिमा कुनै गडबड भएको देखिएमा पशु चिकित्सकसँग सम्पर्क गरी सल्लाह लिनु पर्छ ।
परिचय
हरेक पशुको आ–आफ्नो शारीरिक तापक्रम हुन्छ । सामान्य अवस्थामा शरिरको तापक्रम समान्य नै हुन्छ तर विशेष अवस्थामा शरिरको तापक्रम सामान्य भन्दा केही बढ्छ जसलाई हामी ज्वरो भन्दछौ ।
१ वर्ष मुनि १०२.५
१ वर्ष माथि १०१.५
ज्वरोको कारण
- ज्वरो धेरै कारणले आउन सक्छ । जस्तै:
- जिवाणु, विषाणु, फंगस, प्रोटोजोवा
- कुनै वाह्य तत्वको शरिरमा प्रवेश तन्तुहरुमा चोटपटक, अत्यधिक रक्तश्राव, हाड भाँच्चिनु आदि ज्वरोको कारण हुन सक्छन् ।
- पानीको कमी भएको अवस्थामा दिइने सलाइनले पनि ज्वरो आउन सक्छ ।
- मस्तिष्कको ट्यूमर, रक्तश्राव, चोटपटक आदि ।
- शरिरमा पानीको कमीले
- एड्रिनलिन, थाइरोक्सिन, निकोटिन, क्याफिन जस्ता मस्तिष्क उत्तेजित गर्ने औषधि सेवन गर्दा ।
- कुनै खास रोग जस्तै एन्थ्राक्स, साउने, आदिको कारणले
- लोकल संक्रमण जस्तै: घाउ, पिलो, चोटपटक आदि ।
लक्षण
क) प्रथम अवस्था
- जाडो हुने, जिउ काम्ने, झोक्राउने, दानापानी कम खाने, रौं ठाडो हुने,
- स्वास लामो लामो फेर्ने, कम्मर तन्काउने, पिसाव पहेलो हुने वाहिर छाम्दा ज्वरो नहुने आदि ।
ख) दोश्रो अवस्था
- शरिर एकदम तातो हुने, काम्न छाड्ने,
- एकदमै झोक्रिने, कान लतारिने, आँखा रातो हुने, छिटो छिटो श्वास फेर्ने,
- थुतुनो सुख्खा हुने, दाना पटक्कै नखाने, वढि तिर्खाउने, दिशा कव्जियत, पिसाव थोरै फेर्ने आदि ।
ग) तेश्रो अवस्था
- शरीरको तापक्रम पसिना काढेर सामान्य हुने, श्वास क्रिया पनि सामान्य हुने ।
- थुतुनो अलि रसाएर आउने, पिसाबको रंग पनि सामान्य भएर जाने, कहिले काँही तापक्रम एकदम घटेर शरिर एकदमै चिसो हुने ।
- यी अवस्था खतरनाक हुने गर्छ, पशुलाई शक हुन गई मर्न पनि सक्छ ।
उपचार
- सामान्य ज्वरोमा ज्वरो कम पार्न औषधि जस्तै: वोलिन, डाइक्लोफेनिक, पारासिटामोल आदि सुई १ मि.लि. प्रति २५ के.जी. शारिरीक तौल अनुसार दिने वा वोलिन अक्सालजिन वोलस ठूलो पशुलाई १ देखी २ गोली दिनमा २ पटक खुवाउने । र साना पशुलाई आधा गोलि २ पटक खुवाउने ।
- ज्वरोको कारण पत्तालगाई त्यसको उपचार गर्ने जस्तै: जिवणुको संक्रमणमा एटिवायोटिकको मात्रा मिलाई कम्तिमा छ दिनसम्म दिने ।
- शक हुन लागेको ५ भने डेक्स्ट्रेज सलाइन नशावाट दिने डेक्सामेथासोनको प्रयोग गर्ने ।
- खान रुचाउने औषधि पनि दिन सकिन्छ । जस्तै:
Digestovet 30 gm दिनमा २ पटक
Ruchamax 15 gm दिनमा २ पटक
Pachoplus 2 चक्की दिनमा २ पटक आदि ।
- एलर्जीको विरुद्धको औषधि जस्तै: Avil, Zeet सुई ठूलो पशु ५ देखी १० मिलि मासुमा, साना पशु १ देखी २ मिलि मासुमा
अन्य व्यवस्थापन
कहिले काही विशेष गरी घाममा राख्दा, धपेडी पर्दा, खोप लगाउंदा, भाइरसको संक्रमण हुंदा तापक्रम वढि आफै निको पनि हुन सक्छद, त्यस्तो वेलामा पशुलाई छांयामा हावा चल्ने ठाउंमा राख्ने , प्रशस्त पानी खुवाउने आदि गर्नु पर्दछ ।
साउने रोगमा तीन दिन पछि ज्वरो आफै ठिक भएर पनि जान्छ ।
कुनै भाइरसले आक्रमण गरेपछि भाइरस आफै नियन्त्रण भए पनि शरिर कमजोर भएको अवस्थामा व्याक्टेरियाले आक्रमण गर्न सक्ने भएकोले त्यो वेलामा व्याटेरिया मार्ने एन्टिवायोटिक दिनु परेको हो ।
कुनै पनि पशु वस्तुहरुलाई दिएको घास दाना पानी रुचिसंग वा मन लगाएर नखाने लाई अरुचि भन्ने गरिन्छ । यस्तो अवस्था पशुहरुलाई विभिन्न कारणले गर्दा हुन्छ । यस्तो अवस्थामा पशुहरु नउग्राउने रुमेन चाल्न वन्द हुने गर्दछ ।
कारण
आहारामा गडवडि जस्तै, दाना पानिको खराबी कुहिएको घास पराल तथा अरु अन्नहरु खाने बढि मात्रामा गेडागुडिहरु खानाले र बुढो पशुहरुले राम्रोसँग नचपाई खानाले
लक्षण
- पशुहरु सुस्ता झोक्राउने
- दानापानि घास मन लगाएर नखानु खाए पनि एक दुई त्यान्द्रा तान्नु
- शरिरको रौ जिग्रिङ्ग देखिने, आखा गाडिएर जाने
- शरिरमा पानिको मात्रा कम हुंदै जाने, दुध दिने पशु भएमा दुध उत्पादन कम हुन जाने
- शरिरको तापक्रम कहिले कांही अलि अलि वढनसक्ने, अलि अलि पेट दुखाएजस्तो गर्ने ।
उपचार
- रोगको साधारण अवस्थामा हरमिन्सा, हिमालय वत्तिसा ठूलो पशुलाई ५० ग्राम विहान ५० ग्राम बेलुका खान दिने ३ देखी ४ दिनसम्म र सानो पशुलाई २० देखी २५ ग्राम साँझ विहान खान दिने ।
- वायोवुस्ट, फलोराटोन रुमेन वोल ठूलो पशुलाई दुई वोलस विहान दुई वोलस बेलुका ३ देखी ४ दिनसम्म खान दिने
- भिटामिन वि कम्प्लेक्स जस्तै वेलामाइल, लिभोजिन, विभिनल फार्टको सुई ठूलो पशुलाई १० एम.एल. दिनको एक पटक मासुमा तिन दिनसम्म लगाउने । सानो पशुलाई ३ देखी ५ एम.एल.पशुको शारिरिक वनावट हेरी मासुमा ३ दिनसम्म सुई लगाउने ।
- पशुको रुमेन तथा रेटिकुलममा अत्यधिक ग्याँस भरिने अवस्थालाई पेट फुल्ने भनिन्छ ।
- ग्याँसको साथ साथै फिंज समेत भरिएको अवस्थालाई फ्रोथी व्लोट भनिन्छ ।
- अपच तथा अजिर्ण अवस्था पार गर्दै पेट फुल्ने अवस्थामा सम्म आई पुग्ने गर्छ ।
- यस रोगबाट प्रभावित पशुको पेट वार्यातर्फ रुमेन वेस्सरी फुलेर आउने श्वासक्रियामा कठिनाई तथा श्वास अवरोधका कारण प्रायः मृत्यु हुने गर्छ ।
कारण
हरियो कोशेवालीका घांस अत्यधिक मात्रामा खाएमा
गेढागुडि घाटीमा अवरोध (चोक) एलर्जी, आन्तरिक परजिवी, फोस्फोरस तत्वको कमी इत्यादी ।
लक्षण
यस रोगमा २ प्रकारका लक्षण देखापर्छ ।
- प्रथम प्रकारमा पेटमा ग्यासको अलवा फिज समेत भरिएको हुन्छ ।
- अर्को प्रकारका अवस्था जसमा केवल ग्यास मात्र भरिएको हुन्छ रुमेनमा ग्यास तथा फिज एकसाथ भरिएको अवस्था निकै खतरनाक हुनुको साथै उपचार समेतमा पनि निकै कठिनाई हुने गर्छ ।
- पशुले दानापानी नखाने, पेटको बायाँतर्फ डम्म फुलेर आउने झोक्रिने, सुस्त हुने,
- टाउको घाटी तन्काउने, जिव्रो निकाल्ने,
- दाँत कटकटाउने, मुखको वंगारा कसिने, मुखवाट ¥याल काढ्ने,
- पेट दुख्ने, श्वासक्रियामा कठिनाई, नाडिको गति प्रतिमिनेट १०० देखी १२० पटक पुग्ने, श्वासक्रिया ६० पटक प्रतिमिनेट पुग्ने,
- रुमेनलाई हातले दवाउँदा मादल वजेको जस्तो आवाज आउने,
- दिशामा कव्जियत, रुमेनको पि.एच. अम्लीय हुने,
- रोगको तिक्ष्ण अवस्थामा आधा देखी ३ घण्टा भित्रमा मर्ने गर्छ
- पेट अत्यधिक फुल्नका कारण हावाको चापले शरिरका भित्री अंगहरु जस्तै कलेजो, मटु, फोक्सो इत्यादीमा दवाव पर्न गई रक्त श्राव समेत हुने गर्छ ।
- जसले गर्दा पशुको नाक मलद्धारबाट रगत आउने गर्छ र पटके रोगको भ्रम पर्न जान्छ ।
उपचार
- रोगको साधारण अवस्थामा टिम्पोल, अफ्रोन, टिम्पानिमल, ठूलो पशुलाई ८० ग्राम तथा सानो पशुलाई (बाच्छा पाडा) ४० ग्राम तथा भेडा वाख्रालाई २० ग्राम मनतातो पानीमा फिटी वा तेलमा फिटी दिनमा २ पटक खान दिने व्लाटल, आफानिल, व्लाटोसिल, व्लटोनिल, मध्ये कुनै एक ठूलो पशुलाई प्रथम मात्रा १०० एम.एल. त्यस पछि ६० एम.एल. तथा भेडा वाख्रालाई १५ एम.एल. दिनमा २ पटक दुई दिनसम्म खान दिँदा सवै प्रकारका पेट फुल्ने रोगमा फाइदा गर्छ ।
- ग्याँस बनाउने जिवाणुको वृद्धि रोक्न पेनिसिलिन, नियोमाइसिन, डिस्टिल्ड वाटरमा घोली सिँधै रुमेनमा राखी दिने । मुखबाट टेट्रासाईक्लिन वोलस २ गोली दिनमा २ पटक ३ दिनसम्म खान दिँदा फाइदा गर्छ ।
- रोगको तिक्ष्ण अवस्थामा पशुको ज्यान बचाउन तत्काल रुमेनबाट माटोनिडिल वा ट्रोकार एण्ड क्यानुलाले पेटको बायाँ तर्फ जसलाई पारालम्वर फोसा भनिन्छ । रोपी सिधै ग्याँस निकाली दिने । निडिल वा एण्ड क्यानुलाकै माध्यमबाट रोगको सिकिस्त अवस्थामा अफानिल, व्लाटटोसिल, व्लाटोनिल मध्ये कुनै एक १०० एम.एल.ठूलो पशुलाई रुमेनमा राखीदिँदा तत्काल फाइदा गर्छ ।
- फर्मालिन १० देखी ३० एम.एल. वा तारपिनको तेल १५ देखी ३० एम.एल. १५०० एम.एल. पानीमा पिटी सिधै रुमेनमा राखी दिने । फ्रोथिव्लाटको स्थितिमा मिनरल आयल (आलसको तेल, लिक्वीड पाराफिन, भेजिटेवल आयल जुन उपलव्ध हुन्छ । ५०० एम.एल. खान दिने , यसले फिज फटाउन मद्दत गर्छ ।
- उपरोक्त चिकित्साको साथ साथै एटिहिस्टामिन इन्जेक्सन (एभिल, क्यूराल, हिस्टल, जिट, क्लोरिल, एलर्ट) ठूलो पशुलाई १० देखी १५ एम.एल. तथा वाच्छा पाडालाई २ देखी छ एम.एल. मासुमा सुई लगाउँदा एलर्जीको कारण उत्पन्न रोगमा तत्काल फाइदा गर्छ ।
- सहायक चिकित्साको रुपमा भिटामिन वी कम्प्लेक्स इन्जेक्सन वेलामाई, विभिनल फार्ट, लिभोवेक्स, लिभोजिन, न्यूट्र्लििभ, ठूलो पशुलाई १० एम.एल. तथा सानो पशुलाई २ देखी ३ एम.एल. एक दिन छाडेर ३ पटक मासुमा सुई लगाउंदा पाचन क्रिया दुरुस्त पार्न मद्दत गर्छ ।
- रुमेनको मांशपेशीलाई उत्तेजित पार्न क्यालसियम वोरोग्लोकोनट इन्जेक्सन ४५० एम.एल. नशा एवं छालामुनि दिँदा फाइदा गर्छ । पशुले निकै पेट दुखेको जस्तो गरेमा एनालजेसिक इन्जेक्सनको प्रयोग गर्ने।
- पशुको मुखमा घोडालाई लगाउने लगाम जस्तै लगाई दिंदा श्वास प्रश्वास क्रियामा निकै सजिलो हुन जान्छ, साथै ग्यास आउन मद्दत गर्छ ।
- पेटफुल्ने रोगको तिक्ष्ण अवस्थामा रुमेनवाट ग्याँस निकाली एन्टिहिस्टामिन इन्जेक्सन १० एम.एल. मासुमा लगाउने, पेनिसिलिन इन्जेक्सन वा स्ट्रेप्टोपेनिसिलिन १० एम.एल. डिस्टिल्ड वाटरमा घोली वा अक्टिट्रासाईक्लिन १० देखी १५ एम.एल. वरावर भागमा डिस्टिल्ड वाटरमा घोली सिधै रुमेनमा राखिदिने, साथै व्लोटोनिल, व्लाटोसिल, अफानिल, मध्ये कुनै एक १०० एम.एल. सिधै रुमेनमा राखि दिने । सहायक चिकित्साको रुपमा भिटामिन वी कम्प्लेक्सको सुई, एनाल्जे सिक सुई प्रयोग गर्ने ।
पशुले दानापानी रुचिसित अर्थात मन लगाएर नखाने अवस्थालाई अरुचि भनिन्छ । खाएको दानापानी राम्रोसित नपच्ने अवस्थालाई अपच भनिन्छ । पशुहरुमा अरुचि तथा अपच भएमा मन लगाएर नखाने, रुमेनको गति कम हुने तथा मुख गन्हाउने गर्छ ।
कारण
- दानापानीको गडवढि, कुहिएको घास, पराल अन्न खाने
- अत्यधिक मात्रामा अन्नका गेडागुडि खाने,
- दाँत खिईनाका कारण खाएको वस्तु राम्रोसित चपाउन नसक्नु पानी नखानु इत्यादि ।
लक्षण
- पशु झोक्राउने, सुस्त हुने
- पानी खान मन नपराउने, शरिरको रौ खस्रो
- आँखा गाडिएको
- शरीरमा पानीको कमी
- एक्कासी दुध घटाउने
- शारिरिक तापक्रम, नाडीको गति सामान्य वा अलिकता घटबढ
- हल्का किसिमले पेट दुखेको जस्तो गर्ने इत्यादी ।
उपचार
- रोगका साधारण अवस्थामा हरमिन्सा, हिमालय वत्तिसा, रुचामेक्स, वटेसा वत्तिसा, ठूलो पशुलाई ४० देखी ६० ग्राम तथा सानो पशुलाई १५ देखी २० ग्राम दिनमा २ पटक भेली पिठोमा मिसाई एक हप्तासम्म खान दिंदा निकै फाइदा गर्छ ।
- वायोवुस्ट वोलस, इस्याक रुम्वीयन, वायोटोन एन्टिवा, पाचोप्लस, रुमेन, वोभिरम, ल्फोराटोन, डाइजेस्टो भेट, एनोरेक्सोन, फलोरावुस्ट, मध्ये कुनै एक ठूलो पशुलाई २ देखी ४ गोली दिनमा २ पटक तथा सानो पशुलाई आधा देखी एक गोली दिनमा २ पटक ३ देखी ५ दिन सम्म खान दिने ।
- भिटामिन वीकम्प्लेक्स विथ लिभर एक्स्ट्रयाक्ट (वेलामाइल, न्यूट्रिलिभ फोर्ट, विभिनल फोर्ट, लिभोजिन, कन्सिप्लेक्सन, ठूलो पशुलाई १० एम.एल. तथा सानो पशुलाई २ देखी ५ एम.एल. मासुमा ३ दिन सम्म सुई लगाउंदा निकै फाइदा गर्छ ।
- अम्लीय वा क्षरीय कुन प्रकारको अरुचि छ सो को जांच गरी रुमेनको पि.एच. ठिक पार्न सोडावाइकार्व, म्याग्नेसियम हाइड्रेक्साइड ठूलो पशुलाई १०० ग्राम तथा सानो पशुलाई ५० ग्राम खान दिने, आवश्यकता अनुसार पुनः दोहराउने ।
- नं. १, २ को साथमा नं. ३ का कुनै एक इन्जेक्सन एकसाथ प्रयोगले तत्काल फाइदा गर्छ ३ महिना भन्दा वढिका गर्भिणी पशुलाई वोभिरम वोलस खान नदिने ।
- जिर्ण प्रकारका अपच रोगमा भिटामिन वी कम्प्लेक्स १० एम.एल. लिभर एक्स्ट्याक्ट ५ एम.एल. गरी ठूलो पशुलाई १५ एम.एल. दिनकै ५ देखी छ दिनसम्म मासुमा लगाउँदा निकै प्रभावकारी हुने गर्छ ।
दिशामा कव्जियत
दिशामा कव्जियत भएको अवस्थामा गाई, भैँसीको रुमेन ठोस खाद्यपदार्थले भरिएको हुन्छ ।
कारण
- सुख्खा खाद्य पदार्थ बढी भएको आहार
- प्रशस्त पानीको आहारासँग कमी
- असामान्य आहाराको उपभोग
- कडा रोगहरुको असर
- जुकाको प्रकोप
- अत्याधिक कार्बोहाइड्रेट आहार (आलु, गहुं, चामलको भात, जौ तथा अन्नका गेडागडी) खानाले हुने गर्छ ।
लक्षण
- अरुचि आहारा खान नरुचाउने, नउग्राउने ।
- छटपटाहट हुने (दुखाईको कारण)
- गोबर गोटटा पर्दछ ।
- पेट फुल्ने , पटको गाति कम हुने वा वन्द हुने
- दब्रे पेट थिच्दा कडा पाइने ।
उपचार
- पशुलाई दिशान कव्जियत भएमा निम्न लिखित उपचारवाट फाइदा गर्छ ।
- ठूलो पशुलाई सावुन पानीको एनिमा दिने, कुकुरलाई ग्लीसरीन वा लिक्वीड पाराफिनको एनिमा दिने । आलसको तेल ४०० एम.एल. वा लिक्वीड पाराफिन १०० एम.एल.लाई आधि लिटर मनतातो दुधमा फिटी खान दिने ।
- म्यागसल्फ (magsulph) २०० देखी ४०० ग्राम खाने नुन ५० देखी ६० ग्राम, साथमा हिमालय वत्तिसा, वुटिसा वत्तिसा, हरमिन्सा मध्ये कुनै एक ५० देखी ६० ग्राम मनतातो पानीमा फिटी खान दिने ।
- कार्वाकोल (Carbachol) वा नियोस्टीगमीन (Neostigmin)२ देखी ५ एम.एल. चिकित्सकको रायमा छलामुनि सुई लगाउने सहायक चिकित्साको रुपमा भिटामिन वि, को सुई ५ देखी १० एम.एल. मासुमा लगाउंदा फाइदा गर्छ ।
नोट: गभिणी पशुलाई वेसरी छेराउने खालका औषधि दिनु हुँदैन ।
अर्जिण
ठूला जनावरहरुको रुमेन ( प्रथम भुडी प्रभावित हुन्छ र साना जनावरहरुको ठूला आन्द्रा प्रभावित हुन्छ ।
कारण
- सुख्खा खाद्य पदार्थ बढी भएको आहार
- प्रशस्त पानीको आहारासँग कमी
- असामान्य आहाराको उपभोग
- कडा रोगहरुको असर
- जुकाको प्रकोप
- आन्द्रा बटारिनु
- पशुहरुमा अत्यधिक कार्बोहाइड्रेट आहार (आलु, गहुँ, चामल, भात, जौ तथा अन्नका गेडागुडी) खानाले हुने गर्छ ।
- कुहिएका, सडेगलेका तरकारी, कटहर इत्यादी खानाले पेटमा ल्याक्टिक एसिड अत्यधिक उत्पादन हुन गई पशुले दानापानी नखाने, पेट फुल्ने, रुमेनको गति बन्द हुने, तथा मृत्यु हुने गर्छ ।
लक्षण
- पेट ढुस्स फुलेर आउने, पेट दुख्ने, दाँत कट्कटाउने,
- हातले रुमेन दबाउँदा गाडिने, रुमेन विल्कुलै नचल्ने,
- दानापानी कति पनि नखाने,
- शारिरिक तापक्रम सामान्य भन्दा कम हुने (९८ देखी १०० डि.फ.)
- नाडीको गति तथा श्वासक्रिया बढ्ने, पातलो थोर थोरै छेर्ने,
- ओग्राउन बन्द गर्ने अन्धो भए जस्तो गर्ने हिड्दा लडखराउने,
- टाउको पेटनिर फर्काएर वस्ने, करिब करिब मिल्क फिभर रोग जस्तै लक्षण देखिने हुन्छ ।
- यस रोगमा रुमेनको पि.एच. छ भन्दा पनि कम भएर जान्छ, तसर्थ यसलाई एसिडियो सिस भनिन्छ ।
रोग निदान
रुमेनका सामान्य पि.एच.५.५ देखी ७.५ को वीचमा हुने गर्छ,
गाई भैँसीको पिसावको जांच गर्दा अम्लिय हुने, जुन साधारण अवस्थामा क्षारिय हुने गर्छ ।
उपचार
- रुमेनको एसिडियोसिस जांच गर्न वि.डि.एच. पेपरको प्रयोग गरी सो लाई ठिक पार्न सोडावाईकार्व ठूलो पशुलाई १०० देखी १०० ग्राम तथा सानो पशुलाई २५ देखी ५० ग्राम दिनमा २ पटक खान दिने वा २.५ देखी ५ प्रतिशतको सोडावाईकार्व इन्जेक्सन ठूलो पशुलाई ३०० देखी ५०० एम.एल. तथा सानो पशुलाई ५० देखी १०० एम.एल. नशामा तुरुन्त सुई दिने वा ल्याक्टेट रिंगर सोलुसनको प्रयोग गर्ने ।
- पशुलाई छेराउन म्यागसल्फ ठूलो पशुलाई २५० देखी ५०० ग्राम तथा सानो पशुलाई ५० देखी १०० ग्राम मनतातो पानीमा फिटी खान दिने
- मुखवाट टेट्रासाइक्लिन (टेरामाइसिन, वोलिसाइक्लिन, एल्साईक्लिन वोलस ) २ गोली दिनमा २ पटक ठूलो पशुलाई तथा सानो पशुलाई आधा देखी एक गोली दिनमा २ पटक ३ देखी ५ दिनसम्म खान दिने ।
- एन्टिहिस्टामिन इन्जेक्सन (एभिल, क्याराल, जिट, हिस्टाल) ठूलो पशुलाई १० देखी १५ एम.एल. तथा सानो पशुलाई २ देखी ५ एम.एल. मासुमा सुई लगाउने ।
- क्यालसियम वोरोग्लुकोनेट इन्जेक्सन २०० देखी ३०० एम.एल. दिनकै २ देखी ५ दिनसम्म छालामुनि लगाउँदा शरिरमा क्यालसियम तत्वको कमी हुन पाउँदैन ।
- भिटामिन वी कम्प्लेक्स विथ लिभर एक्स्ट्र्याक्ट इन्जेक्सन मासुमा ३ दिनसम्म सुई लगाउने ।
- शरीरमा पानीको कमीमा डेक्ट्रेज सलाईन नशावाट दिने, रुमेनलाई मालिस गर्न लगाउने केही उपाय लागेन भने रुमेन्टोमी अपरेशन गर्नु पर्ने हुन्छ ।
थुनेलो रोग
परिचय
- कल्चौडो सुनिनु वा दूधको गुणमा फरक पर्ने अवस्थालाई थुनेलो भनिन्छ ।
- पोथि जातिका गाई, भैंसी, भेडा, बाख्रा,घोडा आदि सबै जसो जनावरहरुलाई हुन सक्दछ ।
- यो एउटा नेपालमा सामान्य देखिने रोग हो र खासगरी पशुहरु व्याउने वित्तिकै देखिन्छ ।
- थुनेलो रोग धेरै किसिमका जिवाणुहरुको कारणबाट हुन्छ । यदि गोठ, थलोमा राम्रो सरसफाई भएको छैन भने जनावर व्याएको समयमा विभिन्न किसिमका जिवाणुहरु कल्चौडोमा थुनबाट प्रवेश गर्दछ ।
- रोग लागि सकेपछि आर्थिक दृष्टिकोणले निकै घाटा हुन जान्छ र करिव २५ प्रतिशत जति उत्पादन घटाउदछ ।
- थुनेलो रोग लागेको दूध मानिसले खाएमा जिवाणुको कारणबाट मानिसमा पनि अनेक किसिमका रोगहरु लाग्ने प्रवल सम्भावना हुन्छ ।
रोगको प्रमुख लक्षणहरु
- व्याएको वस्तुहरुको कल्चौडो सुनिनु, छुदा दुखेको अनुभव गर्नु र तातो हुनु ।
- दूध नदिनु र कल्चौडो, थुन साह्रो हुनु, दूधको गुणस्तरमा फरक देखिनु, दूधमा रगत मिसिएको रातो वा जमेको लेघ्राहरु (टुक्रा) देखिनु ।
- यदि उपचार गर्न ढिला भएमा भित्र पाक्दछ र पिप पनि आउँदछ ।
- यदि थुन मात्रै सुन्निएको भए शुरुमा दूध राम्रो हुन्छ तर थुन सुन्निएकोले दूध दुहुन गाह्रो पर्दछ ।
- अति तिव्ररुपमा भएमा पशुलाई ज्वरो आउने, झोक्रिने, खाना नखाने हुन्छ ।
- समयमा उपचार नभए थुन बन्द हुन्छ र दूध नआउने र पुरा कल्चौडो नै खतम हुने संभावना हुन्छ ।
- रोग निदान ।
पहिचान
दूइ तरिकाबाट यो रोगको निदान गर्न सकिन्छ ।
- माथिका लक्षणको आधारमा
- दूधलाई प्रयोगशालामा परिक्षण गराएर
उपचार
- दूध बेला बेलामा दुहुनु पर्दछ ताकि कल्चौडोमा पर्ने दवाव कम होस ।
- यदि दूध आएको छैन भने किटाणु रहित पारेको थुन भित्र राख्ने नलि जसलाई (Teat Syphon/Teat canula) भनिन्छ । थुनमा भित्र घुसाउने र भित्रिएको दूध सवै निकाल्ने ।
- सबै दूध निकालेपछि क्यानुलालाई बाहिर निकाल्नु पर्दछ । कल्चौडो र थुनलाई विहान बेलुका राम्रोसँग सेकी दिने ।
- यदि दूध पानी जस्तो रगत मिसिएको पिप जस्तो भएमा जिवाणुको कारणबाट थुनेलो भएको रहेछ भनी बुझ्नु पर्दछ । त्यस्तो अवस्थामा पशुलाई एन्टीवायोटिक सुई दिने सबै दूध निखारेर मात्र औषधि थुनमा राख्नु पर्दछ ।
- नसुन्निने, नदुख्ने सुई दिने र विभिन्न प्रकारका मलहम पाइन्छ ति मध्ये कुनै एक लगाई दिने गर्नु पर्दछ ।
- त्यस्तो अवस्थामा पशुलाई राम्रो दानापानी दिनु पर्छ ।
ध्यान दिनु पर्ने कुराहरु
दूध दुहुने मान्छेले नब नपाल्ने र हात सफा राख्ने गर्ने ।
दैनिक दूध दुहुनु भन्दा पहिले कल्चौडो सफा गर्ने ।
औषधिहरु प्रयोग गर्दा राम्रो संग प्रयोग गर्ने ।
थुनेलो रोग लागेको थुन वा जनावरलाई अरु पशुहरु दुहि सकेपछि मात्र दुहुने गर्नु पर्दछ र दुहुनो पशुको गोठ सफा राख्नु पर्दछ ।
चरचरे
यो रोग व्याक्टेरियाबाट प्राय मोटाघाटा गाई, भैंसी, बाख्रा, भेडालाई फाट्टफुट्ट रुपमा लाग्ने घातक रोग हो। यो रोग ६ महिना देखि २÷३ वर्षको उमेरका जनावरमा बढी देखिन्छ । गर्मि र वर्षातको समयमा यो रोग बढी देखिन्छ र रोगका जीवाणु चिस्यान भएको माटोमा बर्षौ सम्म जिवितै रहन सक्छन ।
रोग सर्ने तरिका
मुख्यतया जीवाणुद्वारा दुषित आहारा तथा घाउ चोटपटक जस्तै: खसी पार्दा, ऊन काट्दा, गोरुमा फाली लाग्दा आदिबाट हुने घाउको माध्यमबाट माटो तथा गोबरमा भएका किटाणु शरिरमा प्रवेश गर्छन| फिला, तिघ्रा, काध, पुठा आदिको मासुमा पुगी मासु कुहाउन र विष समेत उत्पन्न गराउन थाल्छन र यसको प्रभावबाट पशु मर्न सक्छ ।
रोगका लक्षण
- एक्कासी जनावर लर्खराउन थाल्छ , १०६ डिग्री फा. देखि १०७ डिग्री फा. सम्म उच्च ज्वरो आउदछ ।
- बढी मासु भएका स्थानहरु जस्तै: फिला, पुठा, गर्धन, काध जस्ता स्थानहरुमा सुन्निएको रातो देखिन्छ । छाम्दा तातो हुन्छ र पशुले दुखेको अनुभव गर्दछ ।
- हातले थिच्दा दवाउदा हावा भरिएको जस्तो र चरचर आवाज आउने हुन्छ ।
- विस्तारै यि स्थानहरुको रंग डडेको मासु जस्तो रंगमा परिवर्तन भई चिसो र छाम्दा नदुख्ने हुन्छ
- छाला ठाउँ ठाउँमा चिरिएको देखिन सक्दछ । यि सुन्निएका स्थानहरु चिरेमा फिज सहितको कुहिएको नौनीको गन्ध युक्त तरल पदार्थ आउँदछ ।
- जनावरलाई श्वास फेर्न गाह्रो हुन्छ । समयमै रोगको उपचार नभएमा जनावर १२ देखि ४८ घण्टा भित्रै मर्न सक्छ । मरेको जनावरको छिट्टै भुडी ढाडिन थाल्छ र मलद्धार फर्केको एचयबिउकभ या चभअतगm देखिन्छ ।
उपचार
- पेनिसिलिनको सुई १०,००० आई यू प्रति किलो शारिरीक तौलका दरले ८/८ घण्टामा मासुमा सुई बाट दिने र अन्य औषधि मध्ये कुनै एक सुई जस्तै एम्पिसिलिन विशेषज्ञको सल्लाह अनुसार ५ देखि ६ दिनसम्म मासुमा दिने ।
- डेक्साभेट वा डेक्सोना २.५ देखि ५ एम.एल. मासुमा वा नसामा सुई दिने ।
- सुन्निएको स्थानमा चिरेर टिन्चर आयोडिन १० देखि १५ एम.एल.लगाउन ।
रोकथाम
छ महिना भन्दा माथिका सम्पूर्ण स्वस्थ्य जनावरहरुलाई हरेक वर्ष वर्षात शुरु हुनु अगावै चरचरे विरुद्ध खोप लगाउनु पर्दछ ।
मात्रा: ठूला जनावर ५ एम.एल.छाला मुनी र साना जनावर ३ एम.एल. छाला मुनी ।
सावधानी: विरामी जनावरलाई अलग्गै छुट्याई उपचार गर्नु पर्छ र जनावर मरेमा राम्ररी गाड्ने वा जलाउने गर्नु पर्दछ।
खोरेत रोग
परिचय
- यो विषाणुबाट हुने सरुवा रोग हो र यसलाई अंग्रेजीमा फुट एण्ड माउथ डिजिज (Foot and Mouth Disease) भनिन्छ ।
- यो रोगले पशुको मुख र खुट्टामा घाँउ बनाउँछ ।
- यो रोग एक पशुबाट अर्को पशुमा सजिलैसँग सर्न सक्दछ ।
- हाम्रो देशमा खोरेत रोग नियन्त्रण गर्नको लागि काठमाण्डौको बुढानिलकण्डमा खोरेत रोग नियन्त्रण शाखा स्थापना भएको छ ।
- यो रोग स्थानीय पशुहरुलाई भन्दा उन्नत नश्लका पशुहरुमा बढीरुपमा देखा पर्दछ ।
- नेपालमा यो रोग हात्तिलाई समेत पाईएको कुरा हाम्रो पुराना वरिष्ठ पशु चिकित्सकहरुले बताएका छन् ।
- नेपालमा मात्र नभएर यो रोग अझ एशियाका अन्य देशमा पनि समस्याको रुपमा छ
रोगको कारण
यो रोग खास गरी निम्न प्रकारका विषाणुद्वारा लाग्दछ । यसका विभिन्न टाइपहरु छन् जस्तो ।
१) टाईप A (२) टाईप B
३) टाईप C (४) SAT-I
(५) SAT-II (६) SAT-III
(७) ASIA-I
यो रोग एक आपसमा कसरी सर्दछ त
- विषाणुबाट लाग्ने रोग भएकोले यो रोग हावा रोगी पशुको दाना पानी,घाँस चरन आदिको लसपसबाट एक अर्को पशुमा तुरुन्तै सर्दछ ।
- यस रोगको सर्ने अवधि १देखि ७ दिनसम्म हुन्छ ।
मुख्य मुख्य लक्षणहरु
- पशुलाई एक्कासी ज्वरो करिव १०४देखि १०६ डि.फ. सम्म पुग्दछ ।
- पशु झोक्राउने, खुट्टामा घाउ भएको छ भने खोच्चाउने, हिडडुल गर्न नसक्ने र साथै घाउमा झिंगाहरु घुमेको समेत देखिन सक्छ ।
- पशुले खाने कुरा खाँदैन, मुखमा घाउहरु देखिन सक्दछ, मुखबाट र्याल काड्न थाल्दछ ।
- पशुको ओठ गिंजाहरुमा खटिरा आउँछ र यसरी घाउ बढ्दै गएमा खुट्टा, कल्चौडो र थुन समेतमा पनि घाउहरु देखा पर्न थाल्दछ ।
- यदि रोगि पशु ब्याउने भएमा गर्भ पतन , तुहिन पनि सक्दछ ।
- स—साना वाच्छा, बाच्छी रोगको प्रकोप बढेमा मर्न पनि सक्दछन् ।
- रोगले बढी आक्रमण गरेमा र समयमा उपचार नगरेको खण्डमा मुख, गिजा, खुट्टा, कल्चौडो आदिको खटिरा फुट्दछ र घाउ वन्न सक्दछ र त्यस्तै पशुको खुर पनि भर्न सक्दछ ।
रोगको निदान
- माथिका लक्षणहरु हेरेर सजिलै यहि रोग रहेछ भनि पत्ता लगाउन सकिन्छ ।
- यसको प्रयोगशालामा जाँच गरेर कुन प्रकारको विषाणु ,भाइरसबाट यो रोग भएको हो भन्ने समेत पत्ता लगाउन सकिन्छ ।
उपचार
- विषाणुबाट लाग्ने रोग भएको कारणले लक्षण अनुसार उपचार गर्नु राम्रो हुन्छ ।
- बढी ज्वरो भएमा ज्वरो घटाउने औषधिहरु दिने, घाउहरु निको पार्न र अन्य जिवाणुहरुले आक्रमण नगरोस भनेर एन्टीबायोटिकको मात्रा मिलाई प्रयोग गर्ने ।
- मुखको घाउ फिटकिरी तथा पोटास पानीले सफा गर्ने ,खुट्टा कल्चौडोको घाउ सफा गरी मलहम ( हिमेक्स, चारमिल आदि ) लगाउने र गोठ तथा खोरमा फिनाइल पानीले सफा गर्नु पर्दछ ।
रोकथाम
- रोग नलागोस भनेर पशुहरुलाई पहिले नै खोरेत रोग विरुद्धको औषधिहरु लगाउनु पर्दछ ।
- रोग देखा परि सकेको खण्डमा तुरुन्त रिब खबअअष्लबतष्यल गर्नु पर्दछ ।
- रोगी पशु र निरोगी पशु छुट्टा छुट्टै राख्ने ।
- रोगी पशुले प्रयोग गरेको दाना पानीका भाडाकुडाहरु निरोगी पशुसंग लसपस नगर्ने आदि जस्ता सावधानीहरु अपनाउनु पर्दछ ।
भ्यागुते रोग
परिचय
यो रोग Pasteurella multocida नामक व्याक्टेरियाको आक्रमणबाट विशेष गरी गाई, भैँसी तथा बंगुरमा हुन्छ जसमा उच्च ज्वरो आई जिव्रो घाटी सुन्निई श्वास फेर्न निकै गाह्रो भइ घ्यार घ्यार आवाज निकाल्ने लक्षण देखाएर समयमै उपचार नभएमा पशु मर्ने हुन्छ ।
नेपालमा यो रोग प्राय सबै क्षेत्रहरुमा सबै समयमा देखा पर्दछ ।
रोग सर्ने कारण
यस रोगका जिवाणुहरुबाट दुषित पानी तथा रोगीको संपर्कमा आएको घाँस, पराल, दाना तथा रोगी पशुसँगको सिधा सम्पर्कबाट हुने लसपसबाट रोग सजिलै सर्न सक्छ ।
रोगका लक्षण
- अकस्मात उच्च ज्वरो (१०५—१०७ डिग्री फ.) आउछ, पशु लरखराउन थाल्छ ।
- जिव्रो, घाटी, ह्याकुलो सुनिन्छ ।
- जनावरलाई श्वास फेर्न निकै अप्ठ्यारो पर्छ ।
- टाढैबाट पशुले घ्यार्र घ्यार्र आवाज निकालेको सुनिन्छ ।
- जनावरको आखा रातो हुन्छ , आन्द्रामा समेत घाउ हुने भएकोले सुरुमा कब्जीयत र पछि रगत तथा मासि मिसिएको पखाला लाग्छ ।
- यस रोगले छालामा र श्वास प्रश्वासमा असर गर्ने भएकोले दुई रुपमा लक्षणहरु देखिन्छन् ।
- तीव्र खालको रोगमा प्राय: पशु १ देखि २ दिन भित्रै मर्छ ।
उपचार
- रोगी पशुलाई अलगै छुट्याएर उपचार गर्नु पर्छ । तुरुन्त उपचार नभएमा पशुलाई बचाउन कठिन हुने हुदा विशेषज्ञको सल्लाह अनुसार ५ देखि ६ दिनसम्म तलका मध्ये कुनै एक एन्टीवायोटिक औषधि दिनु पर्दछ।
- टेरामाइसिन: पशुको जात,उमेर र अवस्था अनुसार ५ देखि २५ मि.ली. सम्म क्ष्रः सुई दिने बायोट्रिम सुई निर्माताका सिफारिस अनुसार दिने ।
- भेसाडिन ,सल्फाडिमाडिन वा डायडिन मध्ये कुनै एउटा ३० देखि १०० मि.ली सम्म क्ष्रः सुई दिने । साथमा एभिल, क्युराल, जीट जस्ता कुनै एक एन्टि हिष्टामिनिक सुई वा डेक्सामेथासोन जस्तै डेक्साभेट वा डेक्सो्नाको सुई दिने
- नरम कलिलो घाँस, झोलीलो खानेकुरा खुवाउनु पर्छ ।
रोकथाम
- रोगी पशुलाई बथानबाट अलग्गै छुट्याउनु पर्दछ र स्वस्थ्य सबै पशुहरुलाई तुरुन्तै खोप दिनु पर्दछ । यसरी खोप दिदा ६/६ महिनाको फरकमा सम्पूर्ण पशुहरुलाई खोप लगाउनु पर्दछ ।
- मरेका तथा रोगी जनावरको सम्पर्कमा आएका सम्पूर्ण आहारा तथा दुषित पदार्थ जलाउनु अथवा गहिरो खाडलमा पुरि दिनु पर्छ ।
- रोग फैलिएको क्षेत्रमा पशुको आवत जावत तथा पशु जन्य पदार्थको आदान प्रदान र अन्य सम्पर्क हुनबाट सकभर रोक लगाउनु पर्दछ ।
मिल्क फिभर
परिचय
- यो रोगलाई दुधे ज्वरो तथा सिताङ्ग ज्वरो पनि भनिन्छ ।
- नाम मिल्क फिभर भएतापनि विरामी पशुहरुमा ज्वरो बढ्दैन घट्दै जान्छ ।
- दूधालु गाई भैसीमा विशेष व्याएको एक हप्ता भित्रै यो रोग लाग्दछ ।
- खासगरी स्वास्थ्य ,धेरै दूध दिने गाई भैसीमा त्यसमा पनि तेश्रो देखि पाचौ बेत सम्मका पशुहरुमा यो रोग देखा पर्दछ ।
- रगतमा क्याल्सीयम तत्वको कमि भएमा यो रोग लाग्दछ ।
- यो एक पशुबाट अर्को पशुमा सर्ने खालको सरुवा रोग हैन ।
मुख्य लक्षणहरु
- दूध उत्पादन तत्कालै घट्दैन ।
- काम्ने तथा मांशपेशी कम्पन हुने ।
- हिड्दा धरमराउने । आखाको नानी ठूलो हुदै जाने ।
- उठ्न नसक्ने ज्वरो घट्दै जाने ।
- मुन्टो बटारेर ढाडमा अड्याएर वस्ने ।
- धेरै कमजोर भएपछि हयाकुलो र मुन्टो भुईमा टेकाएर वस्दछ ।
- समयमा उपचार नपाएमा १—२ दिन भित्रै पशु पर्दछ ।
रोग निदान
रोगको इतिहास र लक्षणबाट रोग पत्तालगाउन सकिन्छ ।
उपचार
- क्याल्सीयम बोरो गुल्कोनेट माइफेक्स,क्याल्वोरल मध्ये कुनै एक औषधिलाई शरिरको तापक्रम जति पार्ने र ३०० देखि ४५० मि.लि. विस्तारै थोपा, थोपा गरी नसाबाट सुई दिने । नसाबाट दिन नसके २ देखि ३ ठाउमा छाला मुनि दिए पनि हुन्छ ।
- सुई लगाउन नसके वा सुई नपाएमा कुनै पनि क्याल्सीयम युक्त औषधि दैनिक १०० एम.एल. कम्तीमा १० दिन सम्म खुवाउने ।
- एभिल वा जिट वा डेक्साभेट मध्ये कुनै एक १० एम.एल मासुमा सुई दिने ।
रोकथाम
दुधालु जनावरलाई समय समयमा मिनरल मिक्चर खुवाउने ।
यदि व्याउने पशु भएमा व्याउनु भन्दा केहि दिन अगाडिबाट क्याल्सीयम युक्त झोल औषधीमा अन्य भिटामिन युक्त औषधि मिसाई दैनिक १०० एम.एल.का दरले खुवाउने ।
व्याउन नसक्ने
परिचय
व्याउन नसक्ने अवस्थालाई डिस्टोकिया भनिन्छ । यदि पशुहरुले गर्भाधारण गरेपछि अवधि पुरा हुँदा पनि सामान्य रुपमा व्याउन नसकी बच्चा अड्केको अवस्थालाई नै डिस्टोकिया भनिन्छ । हामी कहां भैसीहरुमा यस्तो अवस्था बढी देखिएको छ । साथै उन्नत नश्लमा भन्दा लोकलमा डिस्टोकिया बढी पाइन्छ ।
कारण
- पशुलाई सन्तुलित आहारा भिटामिन मिनरल आदि नपुगी व्याउने पशु कमजोर हुनु ।
- सर्भिसको मुख नखोल्नु ।
- पेटमा बच्चा वा भ्रुण कुनै कारणले मर्नु
- पेटमा बच्चाको टाउको बटारिनु खुट्टा खुम्चिनु वा दोव्रिनु ।
- बच्चा असमान्य स्थिति जस्तै टाउको २ वटा खुट्टा धेरै हुने आदि भएमा ।
- पाठेघर नै बटारिएमा । यसरी बटारिने अवस्था पशुले आहाल खेलेमा दौडिएमा हुन
- सक्दछ ।
- पशुले कलिलो उमेरमा र बुढी उमेरमा गर्भाधारण गरेमा पनि डिस्टोकिया हुन सक्दछ ।
- पशुको पछाडीको डडाल्नुको हाड भाचिएमा आदि ।
- पशुको शारिरिक अवस्था ठिक नभएमा ।
यी माथिका कारणले पशुलाई डिस्टोकिया हुन्छ । त्यसैले उपचार गर्दा पनि कुन कारणले गर्दा डिस्टोकिया भएको छ त्यहि अनुसार गर्नु पर्दछ ।
उपचार
- पशुहरुको पछाडीको भाग राम्ररी सफा गरी बोरा वा सोत्तर ओच्छाई राख्ने हातलाई एन्टीसेप्टीक पानीले धोएर सुत भित्र हात हाली पाठेघरको मुख खुले नखुलेको हेर्ने । यदि मुख खुलेको भएमा विस्तारै हात भित्र घुसारेर बच्चाको अवस्था कस्तो अवस्थामा छ हेर्ने । जब अवस्था कस्तो छ थाहा हुन्छ । त्यसपछि निम्न अनुसार जाँच गरी उपचार गर्ने ।
- यदि बच्चाको मुन्टो बटारिएको छ भने हातको सहायताले मुन्टो सोझो पार्ने र अगाडीको खुट्टा सोझो बनाउने (खुट्टा मुनि परेमा) खुट्टामा डोरी लगाउने टाउको विस्तारै सोझो पारेर डोरी तान्ने यसो गर्दा सजिलोसंग बच्चा निस्कन सक्दछ । यदि गाह्रो भएमा मुखमा समेत अंकुश वा डोरी लगाएर तान्न सकिन्छ ।
- यदि सर्भिस खुलेको नै छैन भने पशुलाई सर्भिस खुल्न समय दिनु पर्दछ । त्यसैले डेक्साभेट दिएर १२ घण्टा जति छोड्ने । यदि सर्भिस बटारिएको छ भने यो औषधि नदिने । यदि बटारिएको छैन भने अक्सीटोसिन सभिएसको मुखमा स्प्रे गरेमा सर्भिस छिटो खुल्छ ।
- यदि खुट्टा बटारिएको छ भने खुट्टा सोझ्याउनु पर्दछ खुट्टा सोझ्याएर डोरी वाध्ने र बच्चा अलि कति अगाडी धकेलेर ठिक अवस्थामा आएपछि टाउको सोझ्याई डोरीले विस्तारै तान्ने ।
- यदि पाठेघर बटारिएको छ भने यसको उपचार गाह्रो हुन्छ । पहिले सुतबाट हात हाल्ने र सर्भिसको मुखमा औला राख्ने र पशुालई जतापट्टि बटारिएको छ ठिक उल्टो पर्ने गरी पुरै पशुलाई नै रोलिब गर्ने । यसरी रोलिब गर्दा औलाले सर्भिसको मुख भने छोड्नु हुँदैन । विस्तारै रोलिब गरे पछि पुरा सर्भिस खुल्छ र बच्चाको खुट्टामा डोरी लगाएर विस्तारै तान्ने ।
- यदि बच्चा भित्र मरेको छ झिक्न गाह्रो हुन्छ साथै धेरै बटारिएको भए निकाल्न असमर्थ भइन्छ त्यसकारण सर्जिकल केश गरेर वच्चा पेट चिरेर निकाल्नु पर्दछ । यसको लागि पशु चिकित्सकलाई सम्पर्क गर्ने ।
यसरी डिस्टोकियाको उपचार गर्दा पशु कमजोर छ भने क्याल्सीयम डेक्सट्रोज नशाबाट इन्जेक्सनद्वारा दिनु पर्दछ । साथै नखुख्ने औषधि पनि दिनु राम्रो हुन्छ । बच्चा निकाली सकेपछि पशुको पाठेघरमा फ्यूरिया बोलस वा कूनै एन्टिबायोटिक पाउडर वा झोल राख्नु पर्दछ । पशुलाई ५ देखि ७ दिन सम्म कुनै एन्टीबायोटिक दिनु पनि राम्रो हुन्छ । यसरी उपचार गर्दा कहिले काही भडारो पनि फर्कन सक्ने भएकोले यसको पनि ख्याल गर्नु पर्दछ । पशुलाई कुनै भिटामिन मिनरल क्याल्सीयम मुखबाट खुवाउने सल्लाह पनि दिनु पर्दछ ।
बुङ्गो निस्कने वा भडार फर्कने
परिचय
जनावर व्याएको १—४ दिन भित्र बराबर कनि रहेमा पाठेघर बाहिर निस्कन्छ । त्यसलाई भडार फर्केको भनिन्छ । कुनै कुनै व्याउने पशुले व्याउनु भन्दा केहि महिना अगाडी देखिनै सुतबाट सानो रातो मासुको डल्ला निकाल्छ त्यसलाई बुङ्गो निकालेको भनिन्छ । यस्तो समस्या प्राय सबै जातको जनावरमा देखिने भएता पनि गाई भैसीमा बढी पाइन्छ । पहिलो बेतमा भडार फर्केको गाई भैसीमा अन्य बेतमा पनि समस्या देखिन सक्दछ ।
कारण
- व्याउने पशु ज्यादै कमजोर भएमा ।
- पाठेघरमा कुनै घाउ अथवा केहि खरावी भएमा ।
- पशु व्याएपछि साल समयमा भरेन र लगातार कनि रहेमा ।
उपचार
- सर्वप्रथम विरामी पशुलाई उस्को पेटलृ भुईमा टेक्ने गरी बसाउने ।
- उपचार गर्ने व्यक्तिले नब काटी राम्रो संग सावुन पानीले हात धुने र हातमा लिक्युड प्याराफिन वा तेल लगाउने ।
- पाठेघरमा साल/औरो अडकिएको भए त्यसलाई पहिला राम्रोसँग होसियारी साथ हटाउने
- बाहिर निस्कीएको पाठेघरलाई पोटास पानी वा एक्रिफलाविन पानीले राम्रोसँग सफा गर्ने र विस्तारै सफा कपडामा राखेर विस्तारै भित्र धकेल्दै जाने ।
- यदि पशुले कनेको छ भने पुच्छरको फेदको आख्लाबाट १०—१५ एम.एल जाईलोकेन वा नोभोकेनको सुई दिने । त्यसको साथ साथै ५ एम.एल. सिक्वील मासुमा दिन सकिन्छ ।
- बाहिर निस्कीएको पाठेघर सवै भित्र राखेपछि सल्फा बोलस वा फ्यूरिया बोलस मध्ये कुनै एक ३—४ बोलस भित्र राखी दिने ।
- ३—४ दिस सिम्म पेनिसिलिन सुई मासुमा दिने ।
परिचय
समान्यतया गाई व्याएको ३—४ घण्टा भित्र साल झर्नु पर्दछ । यदि व्याएको १२ घण्टा सम्म पनि साल नझरेमा उपचार गर्नु जरुरी हुन्छ ।
साल समयमा झर्नुको कारण
- पाठेघरको संक्रमण भएमा
- गर्भ पतन भएमा ।
- व्याएको पशु कमजोर भएमा ।
- जुम्ल्याहा बच्चा भएमा ।
- बच्चा मरेको जन्मिएमा ।
- गर्भिणी पशुको सालमा क्याल्सीयम र अक्सीटोसीनको कमि भएमा साल समयमा नझर्न सक्दछ ।
उपचार
- सर्वप्रथम औषधिको प्रयोग गरेर समस्या समाधान गर्ने प्रयास गर्नु पर्दछ ।
- रिप्लेन्टा धुलो गाई भैसीलाई ५० ग्रा. र भेडा बाख्रालाई १०—२० ग्रा. दिनको २ पटक खुवाउने ।
- सख्खर वा खुदो १०० ग्राम दिनको एक पटक २—३ दिन दिने ।
- क्याल्सीयम युक्त औषधीको झोल १०० एम. एल. दिनको १ पटक दिने ।
- यदि औषधीको प्रयोगबाट साल नझरेमा सिपालु व्यक्ति वा राम्रो प्राविधिकद्वारा हाल सफा गरी पाठेघरमा हात हालेर विस्तारै साल निकाल्ने । यसरी हातले तान्दा जबरजस्ती गर्नु हुँदैन ।
- साल झिकिसकेपछि पाठेघर भित्र पोटास पानी वा एक्रिल्फयामिन पानीले सफा गर्ने र फ्यूरिया वा सल्फा बोलस वा टेरामाईसिन बोलस ३—४ गोटा राखी दिने ।
- पशुलाई पछाडीको भाग ५—६ इन्च उठ्नेगरी वाध्ने ।
- दिसा कव्जीयत हुन नदिने ।
कनिरहेको भए सिक्यूल ५ एम.एल मासुमा सुई दिने
अन्तरिक तथा वाह्य परजिवी
अरु माथि आश्रित भई जीवन निर्वाह गर्ने र आश्रय लिइृ हानी पुर्याउने जीवहरुलाई नै परजिवी भनिन्छ ।
परजीवीका प्रकारहरु
दुधालु जनावरहरुलाई विभिन्न प्रकारका वाह्य र आन्तरिक परजिवीहरुले सताएको पाईन्छ । वाह्य परजिवीहरु जस्तैः किर्ना, जुम्रा, उपियाँ आदि जनावरहरुमा पर्दछन । यी मध्ये किर्नाले जनावरमा ववेसियोसिस वा लहमुले रोग निम्त्याउदछ । लहुमुले रोगमा जनावरले रगत मिसिएको पिसाव फेर्ने, ज्वरो आउने र अन्त्यमा रगतका कोषिकाहरु विग्रेर मृत्यू हुने हुन्छ । जुम्रा, उपिया र विभिन्न झिंगाहरुले सिधै रोग नल्याएतापनि रगत चुसी जनावरलाई कमजोर बनाई दिन्छ । जसको कारणले अरु कुनै पनि रोग जनावरलाई सजिलै सित लाग्न सक्छ । वाह्य परजिवीबाट जनावरमा लुतो पनि हुने हुन्छ । यी सबै कारणबाट दुध दिने जनावरहरुको दुध चालै नपाउने गरी घटीरहेको हुन्छ । जसबाट कृषकलाई प्रत्यक्ष आर्थिक घाटा भै राखेको हुन्छ । आन्तरिक परजीवीहरुमा गोलो जुका, फित्ते जुका, नाम्ले आदि प्रंमुख छन । यी परजीवीहरु जनावरको लागी धेरै नै हानीकारक हुन्छन । वाछा वाच्छिमा गोलो जुका र फित्ते जुकाको प्रकोप धेरै हुन्छ भने ठूला वस्तुहरुमा यिनीहरु बाहेक नाम्लेको प्रकोप वढी हुन्छ ।
- नुभान: ५ मी.ली. १ ली पानीमा मिसाई जिउमा दल्ने ।
- मालाथिन: १० देखी २० मी. ली. प्रतिलिटर पानीमा ३ोली वस्तुको जिउमा दल्ने ।
- एस्केवियल: यो झोल औषधि वस्तुको प्रभावित भागमा राम्रोसँग मोल्ने ।
- सल्फर मल्हम: माथि कै जस्तो यो मलम वस्तुको प्रभावित भागमा मोल्ने । यो ९ भाग सल्फर पाउडर र १ भाग भेस्लीन मिलायर तयार गरिन्छ ।
- नियोसिडल: ५ मी.ली.२ ली पानीमा घोली जीउमा लगाउने आईभरमेक्टिनको
- सुई लगाउने: १ मि.लि. प्रति ५० के.जी. शारिरिक तौलको दरले छालामा सूई लगाउनु पर्दछ । आवश्यकता अनुसार हरेक हप्ताको फरकमा ३ पटकसम्म सूई लगाउन सकिन्छ ।
माथि उल्लेखित औषधी मद्धे नियोसिडल, पेस्टोवेन, एस्केवियल, सल्फर मल्हम आदि औषधिहरु धेरै विषालु हुँदैनन् । तसर्थ यिनीहरु हप्ताको अन्तरमा पुनः प्रयोग गर्नु पर्ने हुन्छ । यी वाहेक उपरोक्त अन्य औषधिहरु विषालु हुन्छन । अतः यिनीहरुको प्रयोग गर्दा जनावरको मुख नाक र आँखामा नपर्ने गरी र चाट्न नमिल्ने गरी प्रयोग गर्नु पर्छ । यस्ता विषालु औषधिहरु प्रयोग गरेको एक डेढ घण्टा पछि सफा पानीले पखालिदिनु पर्दछ । यस्ता वाह्य परजिवीको प्रकोप घटाउनको लागि गोठ सफा सुग्घर गर्नुका साथै गोठ र यसको वरिपरी सुख्खा राख्नु पर्दछ ।
१. ठूलो जुका विरुद्ध प्रयोग हुने औषधिहरु
- वर्मिन वोलस: १–२ वोलस प्रति १०० के.जी. शारिरीक तौल ।
- पानाकुर वोलस: १ बोलस प्रति २०० के.जी. शारीरिक तौल ।
- भल्वाजीन बोलस: १ बोलस प्रति १०० के.जी. शारीरिक तौल ।
- वेन्मीन्थ बोलस: १ बोलस प्रति २०० के.जी. शारीरिक तौल ।
- पिपराजीन भोल: ०.५ मि.लि. प्रति के.जी. शारिरिक तौलको दरले खाली पेटमा खुवाउने ।
२. फित्ते जुका विरुद्ध प्रयोग गर्न सकिने औषधिहरु
- निक्लोजामाईड: ५० मि.ग्रा. प्रति किलो शारिरीक तौलको दरले
- सिस्टोफेन टयावलेट: ०.२ ग्राम प्रति के.जी. शारिरीक तौलको दरले ।
- टेनिल पाउडर: ५०–७५ ग्राम प्रति गाई÷भैसीको दरले ।
नाम्ले एक प्रकारको आन्तरिक परजिवी हो । यो चेप्टो आकारको हुन्छ र यो कलेजोमा वसी पशुलाई असर पुर्याउछ । विभिनन ठाउंमा यस आन्तरिक परजिवीलाई माटे,लेउ,चिसो आदि स्थानिय नामवाट चिनिने गर्दछ । यदि यसको प्रकोप बढि भएमा पशु मर्न सक्दछ भने सामान्य अवस्थामा पनि दुध उत्पादन करिव ४० देखी ८० प्रतिशत सम्म कम हुन्छ । यो रोगले पशुलाई अषाढ देखी कार्तिक महिना सम्म वढि सताउँछ ।
कारण
विशेष गरि यो रोग जुन ठाउँमा बढि शंखे किरा पाइन्छ त्यस्तो ठाउँमा बढि हुन्छ । किनकी यसको जिवन चक्र पुरा गर्न शंखे किराको आवश्यकता पर्दछ । यो रोग पानी जम्ने ठाउँको घास पराल खाएमा लाग्दछ जुन ठाउँमा वढि चिस्यान छ त्यस्तो ठाउँमा चराउँदा बढि सताउने गर्दछ । परालको तलको भाग खुवाएमा पनि यो रोग लाग्दछ ।
लक्षण
- पशुले दानापानी खाना कम गर्ने, पशु दुब्लाउँदै जान्छ ।
- पशुले पातलो गन्हाउने गोबर छेर्दछ ।
- पशुको सुरुमा कब्जियत पनि हुन सक्छ ।
- पशुले सुख्खा चिज मन पराउने घांसपात छानेर खाने गर्दछ
- पशुको ह्याकुलो सुनिन जान्छ, आँखा पहेलो सेतो देखिन्छ ।
- रौ झर्न थाल्दछ, माटो खाने गर्दछ, पशुलाई सास फर्न गाह्रो हुन्छ ।
- पशुले दिएको दुध कम दिने, गनाउने फाँटने गर्न थाल्दछ ।
- पशुले समयमा उपचार नपाएमा पशु मर्ने ।
- यदि मरेको पशु चिरेर हेरेमा कलेजोमा नाम्ले भेटिन सक्छ, कलेजो बिग्रिएको हुन्छ ।
रोग निदान
- माथिका लक्षणको आधारमा
- पशुको गोवर परिक्षण गरेर ।
उपचार
पशु धेरै नै कमजोर भएमा सुरुमा लिभर टोनिक खुवाउने वा इन्जेक्सन लगाउने । (बेलामाइल, लिभरजेट, लिभोजिन, विभिनलफोर्ट, न्यूटिलिफ मध्ये कुनै एउटा इन्जेक्शन लगाउने अथवा लिभोल पाउडर, लिभोकेयरपाउडर, हिपाक्युर, याक्रिफिट बोलस अथवा लिक्वीड, मेवोलीप लिक्यड, ब्रोरोटोन जस्ता औषधीहरु मध्ये कुनै एक खुवाउनु पर्दछ )
नाम्ले विरुद्ध प्रयोग हुने औषधिहरु
- डिस्टोडिन वोलस: १ ग्राम प्रति १०० के.जी. शारिरीक तौलको दरले खुवाउनु पर्दछ ।
- रेनाईड वा एम्फानाईड चक्की: ७.५ मी.ग्रा.प्रति के.जी शारीरिक तौल
- फेसिनेक्स् वोलस: ९ मी.ग्रा. प्रति के.जी शारीरिक तौल
- टेट्राजन झोल: ५० देखि १०० एम.एलसम्म शारीरिक तौल अनुसार दिन सकिन्छ
- जोनेक्स झोल: ५० देखि १०० एम.एल शारीरिक तौल अनुसार दिन सकिन्छ
- एनाल्गन: १० मी. ग्रा. १० मी.ग्रा. प्रति के.जी. शारीरिक तौल यो व्याउने वस्तुलाई पनि दिन सकिन्छ ।
- बिरामी भएको बेला ज्वरो आएको बेला पशुलाई औषधि नखुवाउने ।
- माटेको औषधीको साथमा भिटामिन मिनरल आदि पनि दिने ।
- औषधि सकेसम्म बिहानमा खुवाउने र औषधि खुवाए पछि दिउसो पशु नछाड्ने घरमा नै बाँधेर राख्ने ।
रोकथाम
- घुम्ती चरनको व्यवस्था गर्ने ।
- शंखे किराको नियन्त्रण गर्न कपर सल्फेट चरन वा घांस काट्ने ठाउँमा टर्ने ।
- सिम ओसिलो पानी जम्ने ठाउँमा पशुलाई नचराउने
- पशुलाई काटेर घाँस खुवाउने वा वधुवा गरि पाल्ने
- पशुलाई वर्षमा २ पटक नाम्ले विरुद्ध औषधि खुवाउने । नल पराल खुवाउँदा फेदको भाग सकेसम्म नखुवाउने ।
खोपहरु बारे जानकारी
- गाईमा प्रयोग हुने खोपहरु
- H.S. Vaccine - भ्यागुते रोग विरुद्ध
खोप लगाउने उमेर: ४ महिना त्यसपछी प्रत्येक ६ महिनामा
मात्रा: साना पशु—३ मिलि छाला मुनि ठूला पशु— ५ मि.लि. छाला मुनि वर्षको २ पटक
- H.S. & B.Q. Combined Vaccine - भ्यागुते र चरचरे रोग विरुद्ध
खोप लगाउने उमेर: ४ महिना त्यसपछी प्रत्येक ६ महिनामा
मात्रा: साना पशु —३ मिलि छाला मुनि ठूला पशु— ५ मि.लि. छाला मुनि वर्षको २ पटक
- B.Q. Vaccine - चरचरे रोग विरुद्ध
खोप लगाउने उमेर: ४ महिना त्यसपछी प्रत्येक ६ महिनामा
मात्रा: साना पशु—३ मिलि छाला मुनि ठूला पशु—५ मि.लि. छाला मुनि वर्षको २ पटक
- FMD Vaccine : खोरेत रोग विरुद्ध
खोप लगाउने उमेर: ४ महिना त्यसपछी प्रत्येक ६ महिनामा
मात्रा: ३ वा ५ वा १० मिलि छाला मूनि वा तेलयुक्त खोप भएमा मासुमा
- Anthrax Spore Vaccine (Live) : पटके रोग विरुद्ध
मात्रा: १ मि.लि. छाला मुनि वर्षको १ पटक रोग देखिएको ठाउँको वरिपरी ।
सामान्यतया सबै जसो पशु वस्तुहरुमा प्रजनन् योग्य उमेर पुगेपछि भाले खोज्ने र निश्चित समयवधीको फरकमा उमेरको निश्चित हदसम्म सन्तान जन्माई रहनु पर्नेमा विभिन्न कारणवश भाले नखोज्ने तथा खोजे पनि गर्भाधारण नभई उल्टी रहने अवस्थालाई बाँझोपन भनिन्छ । बाँझोपनको उचित कारण पत्ता लगाई समयमा उपचार गर्न सकेको खण्डमा पशुले सन्तान जन्माउन सक्ने हुनसक्छ । आर्थिक दृष्टिकोणबाट बाझोपन हाम्रो देशको पशुधनमा महत्वपूर्ण समस्याको रुपमा रहेको छ ।
कारण लक्षण र उपचार
बाझोपनको कारणलाई ४ समुहमा बाँड्न सकिन्छ ।
१. वातावरणीय कारण (Environmental Cases)
वातावरणको तापक्रम अति बढि र अति कम भएको अवस्थामा धेरै जसो पशुवस्तु (विशेष गरी भैसी) वाली जादैन । यसको उचित व्यवस्थापनको कारणबाट उपचार हुन्छ । जस्तै बढि गर्मी भएको बेलामा दिनमा २—३ पटक नुहाई दिने, छानामा खरले छाउने तथा इन्सुलेटर प्रयोग गर्ने, रुखपातहरु गोठ छेउ—छाउमा लगाउने र गोठ बनाउदा खोच, हावा नचल्ने ठाउँमा बनाउनको सट्टा उच्चा हावा चल्ने ठाउँमा भएमा गर्मीको तनाव कम हुन्छ । त्यस्तै जाडोबाट बचाउन गोठमा पर्खाल लगाउने सुख्खा सोतर राख्ने र इन्सुलेटर तथा सम्भव भएमा हिटर प्रयोग गर्नु पर्दछ ।
२. संक्रामक कारण (Infectious Cause)
ब्रुसेल्लोसिस, भिब्रिओसिस तथा ट्राइकोमोनियासिस जस्ता यौन सम्पर्कबाट सर्ने रोग लागेमा तथा अन्य ब्याक्टेरिया तथा प्रोटोजोवाको प्रजनन् अंगमा संक्रमण भएमा योनीद्वारबाट दुर्गन्धित फोहोर पदार्थ बाहिर आई रहने रेक्टल पाल्पेसन गर्दा मलद्वारबाट हात राखेर प्रजनन् अंग छाम्ने । गर्दा गर्भाशय सुन्निएको वा त्यहा पिप भरिएको थाहा हुन्छ । कहिलेकाहि पशुलाई ज्वरो आउने, आहारा खान रुची नगर्ने तथा पशुको अवस्था विग्रदै जान सक्दछ । यसको उपचारको लागि सर्वप्रथम एक्रिफ्लेविन राखेको पानीले पाठेघर सफा गरीसकेपछि लुगोल्स आयोडिन वा वोकाडिन दलिदिने सार्थै lixen २० gm लाई 50 ml distill water मा घोलेर तिनदिनसम्म राख्नाले संक्रामकबाट बचाउन सकिन्छ । त्यस्तै प्रोटोजोवाको संक्रमण कारण भएमा Metronidazol औषधी पाठेघरमा AI नगल को सहायताले राखी दिनु पर्दछ । आवश्यक भएमा एन्टिवायोटिक्स सुई पनि दिन सकिन्छ ।
३. पोषण तत्वको कमीको कारण (Nutritional Cause)
आहारा सन्तुलित नभएमा तथा परजिवीको कारण राम्रो अहारा नभएमा पनि पशुलाई पोषण तत्वाको कमि हुन जान्छ र बाँझोपन हुन्छ । बाँझोपन सम्बन्धित मिनरलहरुमा मुख्य आइरन, कोवाल्ट, कपर र फस्फोरस मुख्य छन् । त्यस्तै भिटामिनहरुमा Vit A & Vit Ek| भ्प्रमुख छन् । यी तत्वहरु इन्जेक्सन तर oral रुपमा दिएर पशुलाई उपचार गर्न सकिन्छ । मिनरल र भिटामिन मिक्चर पाउडर पनि बजारमा पाइन्छ । जसलाई आवश्यक मात्रामा दिएर उपचार गरिन्छ ।
४. हर्मोनको असन्तुलन वा कमी भएर Hormonal Cause) :
Cystic ovary & Persistant कर्पस लुटियमको कारण पशुमा इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनको सन्तुलन नभएर बाँझोपन हुन्छ । त्यस्तै इन्ट्रोजनको कमि भएमा कष्भिलत जभबत हुने समस्या हुन्छ । यस्तो सहि कारण पत्ता लगाई आवश्यक उपचार गर्नु पर्दछ । जस्तै Persistent Cl र Cystic ovary df Lutalyze or prosolvin inj. दिने cystic ovaryलाई हातले फुटाएर पनि उपचार हुन्छ, तर यसमा अति skilled ब्यक्ति हुनु आवश्यक छ । Silent heat मा vetestrol inj.or prajana दिने । मिनरलको कमिमा repromin or cofecuग चक्की दिने ।
बाझोपनको रोकथाम
- सन्तुलित दाना खुवाउने, खनीजको ढिक्का दिनदिनै चाट्न दिने ।
- आन्तरीक परजिवी विरुद्ध औषधि खुवाउने ।
- हात राखेर बच्चा वा साल झिकेमा वा भण्डार फर्केमा सेब्लोन वा पोभिडिन पानीले राम्रोसंग सफा गरि सल्फाडिमाइडिन चक्की पाठेघरमा राख्ने ।
- कलिलो र सानो उमेरका पोथी जनावरलाई प्रजनन नगराउने ।
- समयमा भाले लगाउने । पशु बातमा आएको उपयुक्त समय पछि भाले लगाउने (१२ देखि १८ घण्टाको बिचमा), पशु बातमा आए नआएको पत्ता लगाउन नियमित रुपमा अवलोकन गर्ने ।
पशु आहारा व्यवस्थापनबाट
बाँझोपन नियन्त्रण गाई,भैसी स्वस्थ तन्दुरुस्त र उत्पादनशील हुनको लागि बिभिन्न किसिमका पौष्टिक तत्वहरु पशुको शारीरिक तौल, उमेर र उत्पादनशीलताको आधारमा संतुलित रुपमा आहारामा दिनु पर्दछ । पशुलाई उत्पादनशील बनाउनको लागि शक्तिबर्धक, प्रोटिनदायक, बिभिन्न खनिज पदार्थहरु र बिभिन्न भिटामीनहरुको जरुरी पर्दछ । यी बिभिन्न पौष्टिक तत्वहरुले पशुको शारीरिक बृद्धि र उत्पादनशीलतालाई बृद्धि गर्न मद्दत पुर्याउँदछन् । बाली लाग्न योग्य भएको र बाली लागेको पशुको आहारामा बिभिन्न पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ । यसको लागि भिटामीन र खनिज पदार्थहरु पर्याप्त मात्रामा आहारामा समावेश हुनु पर्दछ । प्रजनन प्रक्रिया सुचारु रुपले संचालन गर्न खनिजहरुमा फस्फोरस, आईरन, कपर, कोवाल्ट, सेलेनियम, म्यागनिज जस्ता खनिज पदर्थहरुले अप्रत्यक्ष रुपमा प्रभाव पारेका हुन्छन भने भिटामीनहरुमा ए, डी र ई को महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
शक्तिबद्र्धक र प्रोटिनदायक पदार्थहरु
पशुहरुको शारीरिक बृद्धी र उत्पादनको लागि शक्तिबद्र्धक र प्रोटीनदायक पदार्थहरुको आवश्यकता पर्दछ । यी पदार्थहरुको अभावमा पशुको शारीरिक बृद्धि हुन नसिकी प्रजनन अंगहरुको विकास हुन पाउँदैन फलस्वरुप प्रजनन प्रकृयाको विकास पनि ढिलो हुने साथै उत्पादनमा पनि कम हुने समस्याहरु पाईने गर्दछन् ।
सन्दर्भ सामग्री
व्यवसायीक पशु पालन र कुखुरा पालन प्रविधि(Commercial Livestock and Poultry Farming Technology)
नेपाल सरकार
(Government of Nepal)
कृषि विकास मन्त्रालय
(Ministry of Agricultural Development)
सिंहदरबार, काठमाडौं नेपाल
(Singhadarbar Kathmandu Nepal)