परिचय

सामान्य तया च्याउ भन्ने वित्तिकै हामीलाई छाता जस्तो आकारको जमिन वा मक्किएको पराल वा काठमा उम्रने हुर्कने भन्ने लाग्दछ । च्याउ एक प्रकारको वनस्पति नै हो । यो सेतो धागो जस्तो ढुसीबाट विकसित हुँदै पछि गएर च्याउको आकार लिन्छ । च्याउलाई ढुसीको पूर्णरुप पनि भनिन्छ । त्येसैले च्याउ खेती गर्दा सरसफाईमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । च्याउमा पनि रोग कीरा लाग्ने भएकाले च्याउ उमार्न प्रयोग गरीने माध्यमहरु (पराल, छ्वाली, काठको धुलो वा मुडा आदी) च्याउखेतीमा प्रयोग गरीने  औजार, सामाग्रीहरु तथा कामदारहरुले सरसफाईमा बिशेष ध्यान दिनु पर्दछ । नेपालमा खेती गरीने च्याउका प्रजातीहरु र खेतीप्रबिधीहरु निम्नानुसार छ ।

च्याउ टिप्ने तरिका

 

१. टिप्न तयार भएको च्याउको डाँठको फेदमा समाई एक पटक दायाँ र एक पटक बायाँ मर्काई हल्का हातले टिप्नु पर्दछ । यसो गर्दा डाँठ बाँकी रहदैन र नोक्सान पनि हुदैन । पछि उम्रने च्याउलाई पनि असर गर्दैन ।
२. च्याउ टिपेपछि डल्ला र भुँइमा पानी दिई रहनु पर्दछ ।
३. प्रविधि सबै मिलाउन सकेमा ५ कि.ग्रा. सुख्खा परालबाट ६–७ कि.ग्रा. सम्मका च्याउ फलाउन      
   सकिन्छ । 

1

गोब्रे च्याउ

गोब्रे च्याउको लागी चाहिने सामग्री
गोब्रे च्याउ

गोब्रे च्याउ खेती गर्नको लागि स्थान अनुसार मौसम मिलाएर कम्पोष्ट तयार गर्नु पर्दछ । तयारी कम्पोष्टबाट काठको र्याकमा च्याउ रोप्ने बेड बनाई सो बेडमा च्याउ खेती गरिन्छ । काठमाण्डौं उपत्यकामा असार—श्रावणमा मल बनाई भाद्रमा बीउ रोप्ने  र  पौष—माघमा मल बनाई फाल्गुणमा बीउ रोप्ने ।
एक टन परालको कम्पोष्ट मल तयारी गर्न चाहिने सामग्रीहरु :
१. पराल                    १००० किलोग्राम
२. यूरिया                   ५ किलोग्राम
३. एमोनियम सल्फेट    २० किलोग्राम
४. ट्रिपल सुपरफस्फेट   ७ किलोग्राम
५. कृषि चून                ३० किलोग्राम
६. फर्मालीन               १ लि.
७. नुभान                  १०० एम.एल.
८. डेरोसाल                ५० ग्राम 
९. गुणस्तरिय च्याउको बीउ        २० वोतल (२५० ग्राम प्रति वोतल) वा ५ कि.ग्रा

कम्पोष्ट तयार गर्ने विधिः
गोब्रे च्याउ

कम्पोष्ट तयार गर्ने विधिः

  • सफा पराललाई १ फिट लामो हुने गरी टुक्र्याउने ।
  •  टुक्राएको पराललाई चिसो पानीमा ८—१० घण्टा डुवाउने ।
  • काठको फ्रेम (५ फिट लम्बाइ ५ फिट चौंडाइ र १ फिट उचाइ)को सहायताले परालको तहतह गरी थिच्दै हरेक ३—४ तह (१     हात) पछि एक पसारो को दरले मल छर्ने र ४ फिटसम्मको उचाई बनाई ५०० के.जी.सम्म पराल अट्ने गरी पुष्ट पार्ने ।
  • पराल सुख्खा छ भने हल्का पानी दिने ।

कम्पोष्ट पल्टाउने :

  • पहिलो पल्टाई ५ दिनमा, दोस्रो १० दिनमा (कृषि चून पनि छर्ने), तेस्रो पल्टाई १३ औं दिनमा, चौथो १६ औं दिनमा, पाँचौ पल्टाई १९ दिन, छैठौं पल्टाई २२ औं दिनमा गर्नुपर्दछ । डाईथेनएम ४५, २.५ ग्राम र नुभान १ मी.लि. प्रति लिटर पानीको दरले घोल बनाई २० लिटर प्रति टन कम्पोष्टमा प्रयोग गर्ने ।
  • सातौं पल्टाई २५ औं दिनमा र आठौं पल्टाई २८ औं दिनमा गर्ने ।
  • यो अवस्थामा कम्पोष्टको रङ्ग हल्का खैरा, चिस्यान ६० प्रतिशत र पि.एच. ६—६.५ हुनु पर्दछ ।

कम्पोष्ट वेडको तयारी:
च्याउ खेती गरिने कोठालाई २ प्रतिशतको फर्मालिनले सफा गर्ने । सो कोठामा ३—४ फिट चौडाई र ६—८ इन्च उचाईका कम्पोष्ट वेड काठको र्याकमा बनाउने । भुईमा पनि वेड बनाउन सकिन्छ ।
 

बीउ छर्ने
गोब्रे च्याउ

बीउ छर्ने ः

  • वेड तयार गरेको २ दिन पछि च्याउको बीउ छर्ने ।
  •  १ टन परालको लागि २० बोतल बीउ आवश्यक पर्छ ।
  • माथिल्लो १.५ इन्च कम्पोष्ट हटाई बीउ छर्ने र त्यसलाई कम्पोष्टले ढाकेर हत्केलाले बिस्तारै थिच्ने । माथिबाट फर्मालिनले उपचार गरिएको पत्रिकाले ढाकी पानी दिने ।
  •  कोठाको तापक्रम २२—२५ डिग्री सेल्सिएस र सापेक्षिक आर्द्रता ८०—८५ प्रतिशत राख्ने ।
  •  १५—२० दिनमा कम्पोष्टमा सेतो ढूसी रेखाले ढाकेको देखिन्छ ।
माटोले छोप्ने
गोब्रे च्याउ

माटोले छोप्ने (केसिङ्ग)
बीउ छरेको २ हप्ता पछि वेडको माथिल्लो तह ढाक्नको लागि मिश्रण(माटो) तयार गर्ने । यसको लागि १०० के.जी. मसिनो माटो २ के.जी. चूना र फर्मालीन पानीको घोल (२५एम.एल.ः ५ली) एकै ठाउँमा मिसाई प्लाष्टिकले ढाकी ४८ घण्टा राख्ने र पुनः राम्ररी चलाउने । सो मिश्रणले १ इन्च बाक्लो हुने गरी वेडलाई छोप्ने र बिहान बेलुकी हल्का पानी दिने ।

कोठाका तापक्रमः
शुरुमा तीन हप्तासम्म २२—२५ डिग्री सेल्सिएस र सापेक्षिक आद्रता ८०—८५ प्रतिशत राख्ने र त्यसपछि १५—१८ डिग्री सेल्सिएस र सापेक्षिक आद्रता ८०—९० प्रतिशत हुने गरी मिलाउने ।
 

रोग/कीरा नियन्त्रण
गोब्रे च्याउ

रोग/कीरा नियन्त्रण
खैरोप्लाष्टर रोगः यो रोग ढूसीबाट फैलन्छ । शुरुमा सेतो र पछि खैरो पाउडर जस्तो देखिन्छ । यसको नियन्त्रणको लागि सरसफाई, हावाको संवाहन, तापक्रम र सापेक्षिक आर्द्रता मिलाउनु पर्छ । उपचारको लागि ५ ग्राम वेभीष्टीन प्रति लिटर पानीमा मिसाएर वेडमा छर्ने ।

कीरा नियन्त्रणः झिँगा एवं सुलसुलेको असर देखियो भने सुलसुलेको लागि ०.१ प्रतिशत र झिँगाको लागि ०.२ प्रतिशत नुभानको घोल बनाएर छर्कने । अवस्था हेरी फेरी एक पटक दोहो¥याउने । विषादी छरेपछि च्याउ टिप्न ४ दिनसम्म पर्खनु पर्छ ।
 

च्याउ टिप्नेः
गोब्रे च्याउ

च्याउ रोपेको व्याड माटोले ढाकेको ३ हप्ता पछि च्याउ टिप्न लायक हुन्छ । च्याउ टिप्दा बोटलाई समातेर एकातर्फ बटारी हल्कासँग टिप्नु पर्दछ । च्याउ टिपेपछि जरा हटाई उपचार गरिएको माटोले पुनः पुरी हल्का पानी दिनुपर्दछ । एक टन परालको कम्पोष्ट २००-३०० किलोग्रामसम्म ताजा गोब्रे च्याउ उत्पादन हुन्छ ।

कन्ये च्याउ

परिचय
कन्ये च्याउ

पौष्टिक खाद्य पदार्थको रुपमा रहेको कन्ये च्याउ खेती गरी आय आर्जन गर्न सकिन्छ । धानको पराल, गहँुको छ्वाली, मकैको खोस्टा, तोरीको डाँठ आदिको सदुपयोग गरी यो च्याउ उत्पादन गर्न सकिन्छ ।
कन्ये च्याउ खेती गर्दा २०—३० डि.से. तापक्रम र आर्द्रता ८०—९० प्रतिशत हुनुपर्छ । सुहाउँदो तापक्रम भने २२—२५ डि.से. हो ।
 

आवश्यक सामाग्री तथा खेती प्रबिधी
कन्ये च्याउ


१.    सफा पराललाई बीउको मात्रा मिलाउनका लागि तौलने ।
२.    तौलेको पराललाई २ देखि २.५ इन्चको टुक्रा पार्ने ।  
३.    पराललाई २ घण्टा सफा पानीमा डुबाउने ।
४.    सफा पानीले ३—४ पटक परालमा भएको धूलो पखाल्ने ।
५.    भिजाएको परालमा बढी भएको पानी हटाउन एक रात छायाँँ परेको भिरालो ठाउँमा फिजाई पानी तर्काउने ।
६.    परालमा भएका सूक्ष्म जीवाणुलाई मार्न पानीको वाफले मात्र ३० मिनेटदेखि १ घण्टासम्म पराल बफाउने ।
७.    बफाएको पराललाई सफा ठाउँमा राखी चिसोभएपछि १६×१८ इन्चको प्लाष्टिक झोलमा ६ इन्च जति पराल राखी बीउ छर्ने र फेरी, इन्च पराल राख्ने र बीउ छर्ने । यसै गरी ४—५ तहसम्म बीउ छर्ने । परालमा ढूसी राम्रो फैलाउन हल्का तरिकाले थिच्नुपर्छ ।
८.   प्लाष्टिक भित्र केही मात्रामा अक्सिजनको आवश्यकता पर्ने भएकोले १० से.मी. फरकमा १ से.मी. गोलाईको प्वाल पार्ने ।
९.  बीउ रोपी सकेको प्लाष्टिक झोलालाई अध्यारो ठाउँमा २५—३० डि.से. तापक्रम भएको कोठामा झ्याल ढोका बन्द गरी ३ हप्तासम्म               राख्नुपर्दछ ।
१०. परालमा पूरा ढूसी फैलिएपछि प्लाष्टिक झोला चिर्ने र डल्लोलाई ईटा तथा फल्याकमाथि राख्ने । झुण्ड्याउन पनि सकिन्छ ।
११.  प्लाष्टिक झोला चिर्ने समयमा परालमा स—साना च्याउका दाना पनि देखिन्छन् । सो झोला खोलेको ५—७ दिनमा च्याउ टिप्न तयार               हुन्छ ।
१२.  दिनको २—३ पटक जमिनमा पानी छर्कने ।
१३.  एउटा डल्लोबाट ३—४ पटकसम्म च्याउ फल्दछ ।
 

दुधे च्याउ

परिचय
दुधे च्याउ

दुध जस्तै सेतो भएकोले यसलाई दुधे च्याउ भनिएको हो र  अंग्रेजीमा(Milky mushroom) भनिन्छ भने बैज्ञानिक नाम (Calocybe indica )हो । यस दुधे च्याउको खेती गर्मी मौसममा गर्नु पर्दछ । यस च्याउको खेती गर्न काठमाण्डौं उपत्यकामा जेष्ठ महिना देखि भाद्र महिना सम्म र तराई र भित्रि मधेसमा जाडो महिना बाहेक अन्य समय उपयुक्त मानिएको छ । यस च्याउको खेती धानको पराल, गहँुको छ्वाली, मकैको ढोड, तोरीको गट्टे आदिमा गर्न सकिन्छ तर उपयुक्त भने धानको परालमा नै देखिएको छ ।    
उपयुक्त तापक्रम
तापक्रम नियन्त्रण गरि खेतीको तापक्रम थाहा पाएर मात्र कुन खेती  हुदाँ च्याउ खेती गर्दा ढुसी फैलाउन २०–३० से. ग्रे. र च्याउ फलाउन २८ से. ग्रे. देखि ३५ से ग्रे तापक्रम र औसत आद्रता ८०–८५ प्रतिशत हुन आवश्यक छ । उमार्ने मध्यामको पि एच ६.५–७.५ सम्म राम्रो मानिएको छ 

खेती गर्ने तरिका
दुधे च्याउ

दुधे च्याउ खेती गर्दा सबैभन्दा राम्रो धानको पराल नै हो ।  ताइचुङ्ग धानको पराल चाडै नगल्ने भएकोले  निकै      
राम्रो मानिएको छ । पराल नयाँ र राम्रोसँग सुकेको हुनुपर्दछ । हरियो परालमा दुधे च्याउ फल्दैन ।

१. सर्वप्रथम पराललाई १–१.५ इन्चसम्मको टुक्रामा काट्ने र बीउको मात्रामा मिलाउने पराल जोख्ने । ५ कि.ग्रा. सुख्खा पराललाई २५० ग्राम च्याउको बीउ आवश्यक पर्दछ ।    
२. ३० मिनेट जति सफा पानीमा काटेको पराल भिजाउने ।            
३. ५–६ घण्टा वा एक रात छायाँमा पानी तर्काउने ।                          
४. हातले थिच्दा चिसो मात्र हुने गरि पानीको मात्रा मिलाउने ।                           
५. मःम बफ्याए जसरि पराल बफ्याउने । (तापक्रम ३०–१०० से.)                    
६. २ घण्टा समय सम्ममा बफ्याउने ।                                                 
७. पराल चिसो भएपछि १८” –२२” को प्लास्टिक ब्यागमा पराल बीउ (करिब ६ इन्च) गरि 
   तह तह मिलाई बीउ रोप्ने वा छर्ने थिच्ने र मुख बाँध्ने । 
८. प्लास्टिक ब्याग वा डल्लो वा Ball मा २०–२५ वटा वरपर सुइरोले प्वाल पार्ने ।
९. डल्लो वा च्याउ राखेको पोकालाई भुइँमा मात्रै वा डोरीको सहायताले झुण्डाउने ।
१०. कोठाको तापक्रम २०–३० से. हुने गरि मिलाउने ।
११. तीन हप्ता देखि एक महिनामा परालमा सेतो ढुसीले ढाक्दछ ।
१२. ढुसीले ढाकेपछि उपचार गरेको माटोले १–१.५ इन्च वाक्लो गरि छोपी दिने यसलाई              
    (Casing)भनिन्छ ।
१३. प्लास्टिकको मुखमा हल्का पानी छम्किने ।
१४. यस समयमा तापक्रम २८–३५से. आवश्यक पर्दछ ।
१५. १०–१५ दिन भित्रमा स–साना च्याउ देखिन सुरु हुन्छ ।
१६. एक हप्ता भित्रमा च्याउ टिप्न योग्य हुन्छ ।
१७. एक पटक लगाएको च्याउको डल्लोमा २–३ पटकसँग च्याउ फुल्दछ ।
१८. च्याउ खेती गरिएको स्थानमा सर सफाई राम्रो नभएमा रोग कीराले दुःख  दिन  सक्दछ । 
 

मृगे (सिताके) च्याउ

परिचय
मृगे (सिताके) च्याउ

मृगे च्याउलाई अंग्रेजीमा (Black forest mushroom) जापानीजमा (Shitake) चाइनिजमा (shieing-gu )ग र वैज्ञानिक नाम(Lentinula edodes ) ले चिनिन्छ । विश्वमा खेती गरिएका करीब ४० जातका च्याउ मध्ये मृगे च्याउ उत्पादनका हिसाबले दोश्रो च्याउमा आउदँछ । यो च्याउ जापान, चीन र पूर्वी एसियन् देशहरुमा प्रख्यात छ । यसको खेती अमेरिका तथा युरोपियन देशहरुमा पनि तीव्र गतिमा विस्तार भइरहेको छ । यो च्याउ विभिन्न औषधिय गुणहरुले पूर्ण छ ।

खेती गर्ने तरिका
मृगे (सिताके) च्याउ

१. यो च्याउ खेतीको लागि शितल र ओसिलो हावापानीको आवश्यकता पर्दछ । उचित हावापानीको व्यवस्था गर्न सके वर्षे भरी खेती गर्न सकिन्छ ।
२. मृगे च्याउ दुई तरिकाबाट उत्पादन गर्न सकिन्छ (क) काठको मुढामा प्वाल पारेर (ख) काठको धुलोमा । काठको मुढामा प्वाल पारेर
 

 खेती गर्दा
३. ८–१० वर्ष पुरानो रुख हुनु पर्दछ ।
४. यस रुखलाई कार्तिक मंसिर महिनामा काट्नु पर्दछ ।
५. एक हप्ता दश दिन रुखलाई ओइलिन दिनु पर्दछ ।
६. करीब ३० से.मी. गोलाइ र एक मिटर लम्बाइको मुढा तयार गर्नु पर्दछ ।
७. त्यस मुढामा ६ देखि आठ औँलाको फरकमा एक औँला जति गोलाइ र गहिरो गरि प्वाल पार्नु पर्दछ । माथि भनिएको मुढाको आकारमा ५०–६० प्वाल पार्नु पर्दछ ।
८. उक्त प्वालहरुमा राम्रो सँग मृगे च्याउको बीउ कोच्नु पर्दछ ।
९. उक्त प्वालहरुमा नब्बे प्रतिशत मैन, दश प्रतिशत सल्लाको चोप र जनावरको बोसो पकाई तात् तातै सिल गर्नु पर्दछ । यसो गर्दा बीउलाई रोग, किरा, पानी आदीबाट जोगाउन सकिन्छ ।
१०. बीउ रोपी सकेपछि मुढा मा च्याउको ढुसी पैmलाउन निश्चित ताक्रिम करीब २०–२५ड्ढ से. भएको ठाउँमा हावा चलखेलको लागि टाँड  पर्नेगरी चाङ्ग लगाउनु पर्दछ ।
११. च्याउको जात अनुसार ८–१२ महिना भित्र काठको भित्री भागमा पुरा ढुसी पैmलिन्छ र मुढालाइ    ठड्याउनु पर्दछ  । 
१३. सुख्खा भएमा दिनको १–२ पटक पानी छम्किरहनु पर्दछ ।
१४. यसरी मुढा ठड्याएको ८–१० दिन पछि च्याउका साना–साना दानाहरु देखा पर्दछन् र ५–७ दिन पछि च्याउ टिप्न लायक हुन्छन् ।
१५. सरसफाइमा ध्यान दिइ रोग, किरा लाग्नबाट बचाउन पर्दछ । यदि रोग, किरा देखिएमा विषादीको न्यून मात्रामा प्रयोग गरि उपचार गर्नु पर्ने हुन्छ । 
१६. एकपटक लगाएपछि रुखको जात अनुसार उत्तीसको मुढामा दुई वर्ष (फाल्गुण–वैशाख र भाद्र-कात्तिक) सम्म च्याउ फल्दछ । यसै गरि सौर वाजका मुढामा पाँच वर्ष सम्म च्याउ आइरहन्छ । तर मुढाको हेरचाहमा विशेष ध्यान दिन जरुरी पर्दछ ।
 

1

रातो च्याउ

परिचय
रातो च्याउ

औषधिय गुणले भरिपूर्ण रातो रंगको च्याउलाई नेपालीमा रातो च्याउ, अंग्रेजीमा (Red mushroom), र जापानिज भाषामा रेशी (Reshi)भनिन्छ । यसको  बैज्ञानिक नाम (Ganoderma) हो । यसको डाँठ कालो रंगको हुन्छ । कुनै कुनै च्याउको छाता गाढा रातो रंगको पनि पाईएको छ । यो च्याउ समुद्री सतहबाट एक हजार मिटर देखि अठ्ठार सय मिटर उचाइ भएका पहाडी भुभाग भएका जंगलमा उम्रेको पाईएको छ । काठमाण्डौ उपत्यकाको फूल्चोकी, शिवपुरी, नागर्जुन, सुन्दरीजल, चन्द्रागिरी, लेले, सूर्य विनायक तथा उपत्यका बाहिर टिष्टुङ्ग, पालुङ्ग, दामन आदी ठाउँमा पनि पाइएको छ ।
यसलाई जंगलबाट संकलन गरि ल्याएर त्यसैबाट बीउ तयार गरि यसको खेती र अनुसन्धान भईरहेको छ । नेपालमा यसका नेपाली, जापानिज, फिलिपिनी र बेल्जीयम जातका रातो च्याउको केही मात्रामा व्यवसायिक रुपमा खेती भई रहेको छ । यसको बजार मुल्य अरु च्याउको तुलनामा महंगोमा बिक्रि भइरहेको र यसको माग दिन प्रतीदिन बढि रहेको पाइएको छ ।

रातो च्याउको उपयोगिता 
यस च्याउको महत्व भनेको यो औषधिका रुपमा प्रयोग गरिन्छ । यो तरकारी खाने नभई विभिन्न रोग निको पार्नका लागि सेवन गरिन्छ । यसको स्वाद तितो हुन्छ । त्यसैले यस च्याउको सेवनले उच्च रक्तचाप भएका विरामीलाई उच्च रक्तचापलाई घटाउन मद्दत गर्दछ । ट्यूमर निरोधक क्षमता बढाउदछ, क्यान्सर रोग हुनबाट जोगाउँछ, रोगसंग लड्ने क्षमतामा बृद्धि गर्दछ, पाचन शक्ति बढाउँछ, अरुचि घटाउँदछ र यौन बर्धकपनि मानिएको छ । 

हावापानी
रातो च्याउ

यसको खेती २२ देखि ३१ डि.से. तापक्रम भएको ठाउँमा गर्न सकिन्छ तर उपयुक्त तापक्रम २५ देखि २८ डि.से. र सापेक्षिक आद्र्रता ८० देखि ९५ प्रतिशत हुनु पर्दछ । बढि तापक्रम भएमा रोग कीरा लाग्ने संम्भावना हुन्छ । खेती गर्ने ठाउँ बढि ओसिलो हुनु आवश्यक छ ।

खेती गर्ने तरिका
रातो च्याउ

गाउँघरमा पाइने उत्तिस काठको मुढामा यस च्याउको खेती गर्न सकिन्छ । रुख ८ देखि १० वर्ष जति उमेरको हुनु पर्दछ । रुखलाई पालुवा आउनु अगाडि अर्थात कात्तिक मंसिरमा काट्नु पर्दछ । काठको मुढाको लम्बाइ १५ से.मी. र गोलाई करिब २० देखि २५ से.मी. हुनु आवश्यक छ । यसरी तयार पारिएको काठको मुढालाई प्लाष्टिकको झोला (कन्य च्याउ रोप्ने झोला जस्तो) भित्र राखी झोलाको मुख बाँधेर ड्रममा कन्य च्याउको पराल बफ्याए जस्तै गरि करीब ३ देखि ४ घण्टा सम्म बफ्याउँनु पर्दछ । बफ्याउँदा ड्रमको बाहिरी भागमा हातले छुन नसकिने तातो हुनु पर्दछ ।

काठको मुढालाई बफ्याए पछि चिसो बनाउनका लागि सुरक्षित स्थानमा राख्नु आवश्यक छ । काठको मुढा चिसो भएपछि प्लाष्टिकको मुख खोली रातो च्याउको बीउ सुरक्षित साथ छर्नु पर्दछ । काम गर्ने व्यक्ति, स्थान आदी सफा हुनु अति आवश्यक छ । बीउ छरि सकेपछि सफा २० देखि २५०से. तापक्रम भएको कोठामा मुढामा ढुसी फैलाउन राख्नु पर्दछ । करिब अढाई महिनामा काठको मुढामा  ढुसी फैलिई सक्दछ । ढुसी फैलिई सकेपछि प्लाष्टिकको झोला हटाई काठको मुढालाई माटो भित्र गाड्नु पर्दछ । माटो भित्र गाडेको २ देखि ३ महिना भित्र च्याउ उम्रन शुरु गर्दछ । च्याउ उमार्ने ठाउँमा सापेक्षित आद्र्रता ९० प्रतिशत भन्दा माथि भएको र उज्यालो हुनु आवश्यक छ । पौष–माघमा यस च्याउको बीउ रोपेमा जेष्ठ–आसाढमा च्याउ उत्पादन शुरु हुन्छ र वर्षमा २ बाली लिन सकिन्छ ।