गोलभेडाका पन्जिकृत अन्य जातहरु

क. छिमलमा फल्ने वा लहरिने जात (Inderterminate)

१. मनिसा

  • अग्लो बिरुवा उचाई २.५ मिटरसम्म हुन सक्छ  त्यसैले बलियो टेका दिनुपर्छ ।
  • बेर्ना सारेको ६० दिनपछि फल तयार हुन्छ । तथा ९० देखि १२० दिनमा अधिकतम फल तयार हुन्छ ।
  • एक बिरुवामा १२ के.जी. सम्म फल लाग्ने ।
  • अण्डा आकारको रातो रङ्गको फल ।
  • बाक्लो छाला भएकोले केहि दिनसम्म भण्डारण गर्न सकिन्छ ।
  • एक फलको तौल ८०–१०० ग्राम सम्म हुन्छ ।
  • तापक्रम सहन सक्ने ।
  • सुख्खा मौसममा खेती गर्न सकिने,फागुनदेखि चैत्र र श्रावणदेखि भाद्रमा मध्य पहाड तथा आश्विनदेखि माघसम्म तराईमा बेर्ना सार्न सकिन्छ।

पुसा रुबी

  • बेर्ना सारेको ६० दिनमा उत्पादन लिन सकिने अगौटे जात हो ।
  • फल पुरा गोलाकार हुदैन र मध्यम गहिरो नलीहरु (Slight medium furrows) हुन्छ ।
  • समान रातो फल, एक फलको तौल ५० –७५ ग्राम हुन्छ  र पात तुलनात्मक रुपमा साँगुरो हुन्छन् ।
  • ६०– ६५ दिनमा फल टिप्न तयार हुन्छ, बीउको मात्रा धेरै हुन्छ ।
  • तराइ, मध्य र उच्च पहाडको लागी सिफारिस गरिएको छ ।
  • २०४६ सालमा उन्मोचित गरिएको ।

.रोमा

  • बेर्ना सारेको ६५–७० दिनमा उत्पादन लिन सकिने  मध्यम जात हो ।
  • फल अण्डाकार, नरम, चिल्लो, समान रुपमा बाक्लो, दुई भाग (Bi-chambered) हुने र बीउको मात्रा थोरै भएको हुन्छ ।
  • एक फलको तौल ६०–८० ग्राम हुन्छ, पात चौडा र आलुको पात जस्तो हुन्छ ।
  • ६०– ६५ दिनमा फल टिप्न तयार हुन्छ ।
  • एकै पटकमा फल्ने हुनाले बोट होचो र झाङ्गिने किसिमको हुन्छ ।
  • तराइ, मध्य र उच्च पहाडको लागी सिफारिस गरिएको छ ।
  • २०५१ सालमा उन्मोचित गरिएको ।

मनप्रेसकस

  • बेर्ना सारेको ८०–९० दिनमा उत्पादन लिन सकिने  मध्यम अगौटे जात हो ।
  • फल ग्लोब आकारको, नरम,समान रातो, Bi/tri-chambered, कसिलो र बीउको मात्रा थोरै भएको हुन्छ ।
  • एक फलको तौल ७५–१०० ग्राम हुन्छ ।
  • ८०– ९० दिनमा फल टिप्न तयार हुन्छ ।
  • पटक पटकमा फल्ने हुनाले बोट ठूलो र सिधा  हुन्छ ।
  • तराइ, मध्य र उच्च पहाडको लागी सिफारिस गरिएको छ ।
  • २०५१ सालमा उन्मोचित गरिएको ।

५. एन.सि.एल–१

  • गर्मी र ओइलाउने रोग सहन सक्ने जात जुन बेर्ना सारेको ६५–७५दिनमा उत्पादन लिन सकिन्छ ।
  • फल आरु आकारको,अलि अलि गोलाकार ,कसिलो बाक्लो छाला भएको, हल्का रातो रङ्गको हुन्छ ।
  • एक फलको तौल ६०–७५ ग्राम हुन्छ ।
  • पटक पटकमा फल्ने हुनाले बोट ठूलो र सिधा  हुन्छ ।
  • तराइ, मध्य र उच्च पहाडको लागी सिफारिस गरिएको छ ।
  • २०५१ सालमा उन्मोचित गरिएको ।

. मध्यम उचाई हुने वा कम अग्ला वा होचा जातहरु (semi or indeterminate)

१. अविनास – २

  • एकै पटक फल्ने अथवा छिमलमा फल्ने जातको बिचको बिरुवा १२० से.मी. लामो हुन्छ ।
  • प्रशस्त मात्रामा फुल्ने, फल्ने, १० – १२ के.जी. एक बोटमा फल लाग्न सक्ने, एक फलको तौल ८० देखि १०० ग्राम सम्म हुन्छ ।
  • रातो रङ्गको गोलाका फल हुने ।
  • गर्मी तथा पात घुम्रिने रोग सहन सक्ने ।
  • ६० – ६५ दिनमा प्रथम उत्पादन लिन सकिन्छ । तथा ९० – १२० दिनमा अधिकतम उत्पादन हुन्छ ।
  • सुख्खा माटो तथा सुख्खा समयमा राम्रो हुन्छ तर बर्षा समयमा राम्रो हुदैन । श्रावणदेखि भाद्रमा मध्य पहाड तथा आश्विन देखि माघसम्म तराईमा बेर्ना सार्न उपयुक्त हुन्छ ।

२. एन. एस. – ८१५

  • छोटो बिरुवा, ९० से.मी. सम्म अग्लो हुन्छ ।
  • धेरै हांगाहरु हुन्छन् २ – ३ पटकसम्म धेरै फुल लाग्छ ।
  • गर्मी सहन सक्ने ।
  • गोलोदेखि अण्डाकार रातो फल, एक फलको तौल ७० – ९० ग्राम हुन्छ ।
  • राम्रो फल्छ, ४ – ७ के.जी. प्रतिबोट ( ४ – ७ मे.टन प्रति रोपनी ) ।
  • ५० – ६० दिनमा फल टिप्न तयार हुन्छ , तर ८० देखि ९० दिनमा बढी फल लिन सकिन्छ ।
  • बाक्लो छाला भएकोले भण्डारण धेरै दिनसम्म गर्न सकिन्छ  तथा टाढा बजारको लागी उपयुक्त छ ।
  • माघदेखि बैशाख, मध्य आषाढदेखि भाद्र पहिलो हप्तासम्म मध्य पहाड तथा आश्विन देखि माघ सम्म तराईमा रोप्न सकिन्छ ।

३. एन. एस. ८१२

  • छोटो बिरुवा, ९० से.मी. सम्म अग्लो हुन्छ ।
  • हांगाहरु ठीकै संख्यामा २ पटक फुल्ने ।
  • गर्मी सहन सक्ने, अण्डाकार रातो रङ्गको फल, प्रति फल ७० – ९० ग्राम तौल हुने ।
  • प्रति बोट ४ – ६ के. जी. फल्ने ।
  • ५५ दिनमा फल तयार, अधिकतम उत्पादन ८० – ९० दिनमा ।
  • माधदेखि बैशाख र आषाढ दोश्रो हप्तादेखि भाद्रको दोस्रो हप्तासम्म मध्य पहाडमा तथा आश्विन देखि  माघसम्म तराईमा बेर्ना सार्न सकिन्छ ।

४. सुरक्षा

  • छोटो बिरुवा ८० से. मी सम्म अग्लो हुने ।
  • हांगाहरु तथा फुलको संख्या ठिकै ।
  • अलि अण्डाकार रातो फल, फलको छाला बाक्लो, तर भण्डारण गुण नराम्रो, फल टिपेको १ – २ रात मात्र राख्न सकिने ।
  • बेर्ना लगाएको ५५ दिनदेखि फल तयार हुने, प्रतिबोट ४ – ६ के.जी. फल्ने ।
  • गर्मी तथा ओइलाउने रोग सहन सक्ने ।
  • मध्य पहाडमा माघदेखि श्रावण तथा भाद्रदेखि माघसम्म बेर्ना सार्न सकिने ।

५. टि – ५९७५ 

  • बोट १०० से. मी. सम्म अग्लो हुने ।
  • धेरै हांगा आउने ३ – ४ पटक सम्म फुल्ने ।
  • गर्मी, पात तथा फलमा लाग्ने धेरै रोग सहन सक्ने ।
  • अलि अलि अण्डाकार साईजको रातो रङ्गको फल दिन् प्रति बोट ६ – ८ के. जी. फल लाग्ने, प्रति फलको तौल ७० – ९० ग्राम हुने ।
  • छाला राम्रो भण्डारण गुण राम्रो भएको ।
  • माघदेखि बैशाख, मध्य आषाढदेखि शुरु भाद्रसम्म मध्य पहाड तथा आश्विन देखि पौषसम्म तराईमा बेर्ना सार्न सकिन्छ ।

६. एन. एस. २५३५

  • छोटो बिरुवा, ८० से. मी. सम्म अग्लो हुने ।
  • धेरै हांगा लाग्ने २ – ३ पटकसम्म फुल्ने ।
  • गर्मी तथा केहि मात्रामा पातमा लाग्ने रोग सहन सक्ने ।
  • अण्डाकार रातो रङ्गको फल, प्रलि फलको तौल ७० – ८० ग्राम हुने ।
  • ५० – ६० दिनमा फल तयार हुने, अधिकतम फल ८० – १०० दिनमा उत्पादन हुने ।
  • प्रति बोट ५ – ७ के. जी. फल्ने बाक्लो छाला तथा भण्डारण गुण राम्रो भएको ।
  • माघदेखि बैशाख, मध्य आषाढदेखि भाद्र शुरुसम्म मध्य पहाडमा तथा आश्विनदेखि पौषसम्म तराईमा बेर्ना सार्न सकिन्छ ।

७. विशेष

  • बोट होचो सानो थाक्रा दिए हुने ।
  • फल ठूला साथै आकर्षक हुन्छन् ।
  • ओइलाउने रोग नलाग्ने ।
  • उत्पादन प्रति बोट ४ – ६ के.जी.

८. भिम

  • बोट लामो लामा थाक्रा दिनुपर्ने ।
  • धेरै ठूला फल फल्ने ।
  • ओइलाउने रोग कम लाग्ने ।
  • उत्पादन प्रतिबोट ६ – ८ के. जी. ।

९. डालिला 

  • फल लाग्ने क्षमता राम्रो भएको गर्मी समयमा रोप्नको लागी उपयुक्त, फल खँदिलो हुन्छ ।
  • बोटको उँचाइ ४ फिट हुन्छ ।
  • बेर्ना सारेको ६०-७० दिनमा बाली लिन सकिने ।
  • बेर्ना सारेको ४०-४५ दिनमा फुल लाग्ने ।
  • फलको तौल प्रति दाना ४०–५० ग्राम हुन्छ ।
  • उत्पादन ३०,००० के.जी./ हे. हुन्छ ।
  • तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
  • २०६७ सालमा सिफारिस भएको ।

१०. माधुरी  

  • फल आकर्षक रातो रङ्गको, अण्डाकार धेरैदिन टिक्ने र नफुट्ने हुन्छ ।
  • १ दाना बराबर १ बोट र प्रतिबोट सरदर ६५ बटा फल फल्छ ।
  • बोटको उँचाइ ११५ से.मी. हुन्छ ।
  • बेर्ना सारेको ५० दिनमा फुल फुल्छ ।
  • बेर्ना सारेको ८० दिनमा बाली लिन सकिने ।
  • फलको तौल प्रति दाना ५० ग्राम हुन्छ ।
  • उत्पादन १,२०,००० के.जी./ हे. हुन्छ ।
  • तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
  • २०६७ सालमा सिफारिस भएको ।

११. जमुना 

  • फल आकर्षक रातो रङ्गको, चाडै नकुहिने र भण्डारण गर्न सजिलो हुन्छ ।
  • १ दाना बराबर १ बोट र प्रतिबोट सरदर १०० बटा फल फल्छ ।
  • बोटको उँचाइ ११५ से.मी. हुन्छ ।
  • बेर्ना सारेको ५० दिनमा फुल फुल्छ ।
  • बेर्ना सारेको ८५ दिनमा बाली लिन सकिने ।
  • उत्पादन १,२०,००० के.जी./ हे. हुन्छ ।
  • तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
  • २०६७ सालमा सिफारिस भएको ।

१२. एन.एस. ७१९

  • बोटको उँचाइ ४८-५५ से.मी. हुन्छ ।
  • बेर्ना सारेको ७८-८० दिनमा बाली लिन सकिने ।
  • उत्पादन ८०-९० मे.टन हुन्छ ।
  • तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
  • २०६६ सालमा सिफारिस भएको ।

१३. यूरेका

  • बोटको उँचाइ १६० से.मी. हुन्छ ।
  • बेर्ना सारेको १०२ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ९३.७ मे.टन हुन्छ ।
  • तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
  • २०६६ सालमा सिफारिस भएको ।

१४. साभेरा

  • बोटको उँचाइ १५० से.मी. हुन्छ ।
  • बेर्ना सारेको १०५ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ११३ मे.टन हुन्छ ।
  • तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
  • २०६६ सालमा सिफारिस भएको ।

१५. नोभा 

  • बोटको उँचाइ १४० से.मी. हुन्छ ।
  • बेर्ना सारेको १०७ दिनमा बाली लिन सकिने ।
  • उत्पादन १५२  मे.टन हुन्छ ।
  • तराइ र  मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
  • २०६६ सालमा सिफारिस भएको ।

१६. अस्त्र  ७१७

  • बोटको उँचाइ १३० से.मी. हुन्छ ।
  • बेर्ना सारेको १०३ दिनमा बाली लिन सकिने ।
  • उत्पादन १३१ मे.टन हुन्छ ।
  • तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
  • २०६६ सालमा सिफारिस भएको ।

१७. मरिना

  • बोटको उँचाइ १५०से.मी. हुन्छ ।
  • बेर्ना सारेको १०५ दिनमा बाली लिन सकिने ।
  • उत्पादन ११३ मे.टन हुन्छ ।
  • तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
  • २०६६ सालमा सिफारिस भएको ।

१८. गौरब ५५५

  • बोटको उँचाइ २५०—३०० से.मी. हुन्छ ।
  • बेर्ना सारेको १००—१०५ दिनमा बाली लिन सकिने ।
  • उत्पादन १०६ मे.टन हुन्छ ।
  • तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
  • २०६६ सालमा सिफारिस भएको ।