बीउ उत्पादन र आम्दानी

  • ८ मी ह २८ मी  को एउटा प्लाष्टिक घरबाट सरदर २५०० देखी ३००० ग्राम सम्म वीउ उत्पादन भई प्रति ग्राम रु ११५ को दरले २ लाख ८७ हजार देखी ३ लाख ४५  हजार  सम्म आम्दानी लिन सकिने देखिएको छ  । उक्त साइजको जाली सहितकोे प्लाष्टिक घर फलामको फ्रेम राखी बनाउँदा सरदर ३ लाख ५० हजार खर्च लाग्ने देखिन्छ जुन पाँच बर्ष सम्म साधारण मर्मत गरी सजिलै प्रयोगमा ल्याउन सकिन्छ । केन्द्रीय तरकारी वीउ उत्पादन केन्द्र खुमलटारमा वीउ उत्पादन गर्दा प्रति के.जी क्रसिंग गरीएको ताजा गोलभेडावाट सरदर ३.५ ग्राम सुकाएको वीउ उत्पादन भएको पाइएको छ । सामाजिक आर्थिक महाशाखा,नार्क ले २०७२/७३ मा गरेको स्थलगत सर्भेक्षण अनुसार ६० बर्

वर्णसङ्कर बीउ उत्पादनका लागि ध्यान दिनु पर्ने कुराहरू

  • भाले र पोथीलाई छुट्टै नर्सरीमा रोप्ने र १८ देिख २२ दिनको बेर्नालाई बीउ उत्पादन गर्ने जग्गामा सार्नु पर्दछ । 
  • पहिलो फूल, सारेको ३० देखि ३५ दिनमा फुल्छ र पहिलो फूलको झुप्पालाई(First cluster) हटाउने।दोस्रो फूलको झुप्पावाट क्रसिङ् सुरु गर्नु पर्दछ। 
  • रोपेको एक हप्तापछि मरेको वेर्नाहरूलाई फेरि सार्ने । रोपेको एक महिना देखि लगातार ठिमाहा वा बेजात बोट हटाउनु पर्दछ । 
  • पोथी भन्दा भालेलाई १०÷१२ दिन अगाडि बीउ खसाली बेर्ना सार्नु पर्दछ । 
  • पोथीको बीउ जमाएको २५ दिन पछि १५ ÷ १५ दिनको अन्तरमा पुन तिन पटकसम्म भालेको बीउ जमाउनु पर्दछ । यसले गर्दा पोथी बोटमा फुल फ

वर्णसङ्कर बीउ उत्पादनका लागि गरिने क्रियाकलापहरु

इम्यासकुलेसन (Emasculation)

  • बोट बिरुवामा फूल लागेपछि, त्यसको पंखुरी पत्रदल भाले अङग वा पोथी अङग चिम्टा वा अन्य कुनै कृत्रिम तरिकाले फूलबाट अलग गर्ने तरिकालाई इम्यासकुलेसन (Emasculation)भनिन्छ ।  
  • इमास्कुलेसन हात वा चिम्टा (Forceps) ले गरिन्छ । 
  • इमास्कुलेसन गर्दा कोपिला (Bud) छनौटमा ध्यान दिनु पर्छ । भोलि पल्ट खुल्ने अलिक पहेंलो देखि सकेको तर नखुलेको फूल को पत्ता अलिक पहेंलो भइ सकेको तर नफुलेको कोपिला छनौट गर्नु पर्छ एउटा झुप्पामा पहिलो पटक आएका ३÷४ वटा फूलहरू छनौट गरी अरु मसिना फूलहरू फोरसेपको सहायताले निकालेर फालिदिनु पर्छ । 

बीउ उत्पादन बिधि

      भाले र पोथीलाई छुटृै नर्सरीमा रोप्ने र २० देखी २५ दिनको बेर्नालाई बीउ उत्पादन गर्ने जग्गामा/प्लास्टिक घरमा सार्ने

  • भाले वोटको १० देखि १५ दिन अगाडि बीउ खसाली बेर्ना सार्नु पर्दछ 
  • बेर्ना सारेको ३० देखि ३५ दिनमा पहिलो फूल फुल्छ र पहिलो फूलको झुप्पालाई (First cluster)क्रसिङ् नगरी हटाई दोस्रो झुप्पावाट क्रसिङ् सुरु गरिन्छ 

वर्णसङ्कर बीउ

  • दुई शुद्ध  (Pure inbred line) तर भिन्दा भिन्दै गुण भएका एउटै प्रजातिका (Species) का भिन्न जातहरूलाई क्रस गरी बनाएको नयॉ जात नै वर्णसङ्कर जात हो
  • सृजना जात यसै गरी बिकास गरिएको जात हो  ( पोथी एच आर डी १ र भाले एच आर डी १७ को क्रस  ) 
  • एच आर डी १ को गुण : ब्याक्टेरियावाट ओइलाउने रोग सहन सक्ने, गोलो आकारको सानो फल फल्ने  अग्लो हुने (Intermediate) जात ।
  • एच आर डी १७ को गुण : लाम्चो तथा ठुलो फल फल्ने  होचो हुने (determinate) जात
  • क्रंसिग गर्न आबश्यक माथिका जातहरुको  वीउ (parental line) वागवानी

सृजना गोलभेडा बिउ उत्पादन

परिचय 

यो गोलभेडा नेपालमा विकास गरिएको पहिलो हाइब्रिड गोलभेडा हो । नेपालमा व्यवसायिक तरकारी खेतीको करिब ६० प्रतिशत क्षेत्रफल वर्णसङ्कर बीउले ढाकेको अनुमान छ  (के.सी. २०७१) । नेपाल कृषि अनुसन्धान परिषद्ले गोलभेंडाको वर्णसङ्कर जात सिर्जना विकास गरी वि. सं. २०६६ (सन २०१०)मा यस जातको पंजिकरण गरेको हो । सृजना गोलभेडा बेमौसमी खेतीको लागि उपयुक्त हुनाका साथै यसको स्वाद समेत उपभोक्ताले मन पराउने र ब्याक्टेरियावाट ओइलाउने रोग समेत सहन सक्ने गोलभेडाको जात भएकोले काठमाण्डौ उपत्यका लगायत आसपासका मध्यपहाडी क्षेत्रमा यसको प्लाष्टिक घरभित्र ब्यापक खेती हुँदै आएको छ ।

जरामा गाँठाे पार्ने रोग

परिचय 

बोटहरुको बृद्धि विकास राम्रो हुदैन । पातहरु पहेलिएर झर्न थाल्दछन् । त्यस्ता बोटको जरामा गिर्खाहरु हुन्छन् । पछि बोट ओईलाउदछ र मर्दछ ।

ओएलाउने रोग (ब्याक्टेरियाजन्य)

परिचय 

बोटहरु टुप्पोबाट सर्लक्क ओईलाउदछन् । बिहान, बेलुका स्वस्थ देखिन्छ ।शुरुको अवस्थामा दिउँसो घाम लागेको बेलामा ओईलाउदछ । अन्तमा सबै बोट ओईलाउदछ ।

ब्याक्टेरियल विल्ट (ओईलाउने रोग) रोगको परीक्षणका लागि उज टेष्ट :

ओईलाउने रोग (ढुसीजन्य)

परिचय 

ढुसीजन्य ओईलाउने रोगका कारक जीवाणुहरु माटोमा रहेका हुन्छन् । गोलभेडाको बोटमा रोग संक्रमणको शुरुवातमा तलका पातहरु पहेंलिन्छ । डाठँ काटेर हेर्दा भित्री भाग खैरो कालो देखिन्छ, पछि बोटहरु ओईलाउदछन् ।