कौसी खेतीको लागि स्थानको छनौट

कौसी खेतीको लागि स्थानको छनौट

कौसी खेतीको लागि प्रशस्त घाम लाग्ने तथा सजिलैसंग पानी दिन सकिने तथा गोडमेल गर्न सकिने, निकासको उचित प्रबन्ध भएका तल उल्लेखित ठाउँहरु उपयुक्त हुन्छन् :

घरको छत

घरले थाम्न सक्ने तौललाई ध्यानमा राखी खुल्ला छतमा माटो वा अन्य बिरुवा हुर्काउन सकिने पदार्थहरू (Medium) जस्तै कोकोपिट र माटो वा प्रांगारिक मलको मिश्रण राखी खेती गर्न सकिन्छ ।

घरको बरण्डा

पक्की घरमा घर अनुसार निकालिएका कौसीहरू (Balcony) मा उपयुक्त–आकारका भाँडा गमला, फ्रेम, बाकस तथा अन्य संरचना राखी तरकारी खेती गर्न सकिन्छ ।

घरको कौसी

कौसी वा बरण्डाको रेलिङ्ग
घर–कम्पाउण्डको पर्खाल