बाली टिपाई

तरकारी तथा फलफूलको उपयुक्त अबस्थाको विचार गरी टिप्नु पर्दछ । फल ठुलो बनाएर टिप्छु भनेर धेरै समय बोटमै राख्नु हुदैन यसले नयाँ आउने फल लाइ असर पार्दछ । तसर्थ टिप्न योग्य अबस्थाको विचार गरी टिप्दै जानु पदर्छ ।

तालिकाः केही तरकारी वालीको टिप्ने समय

फल तरकारी वाली

परिचय
यस तरकारी वाली  अन्तर्गत नेपालमा खेती हुने तरकारीमा गोलभेडा, भन्टा, खुर्सानी र रामतोरिया पर्दछन् । यस प्रकारका तरकारी वालीले गर्मी मन पराउँदछन् । यस प्रकारका तरकारीहरुको प्राय खेती बर्षा याममा गरिने हुनाले खेती गरिएका संरचनामा पानी जम्न नदिने तथा विरुवालाइ पानीवाट जोगाउन सकेमा लामो समयसम्म उत्पादन लिन सकिन्छ । यस समुहका भिण्डी वाहेक सबैको वेर्ना जमाएर विरुवा सारी खेती गरिन्छ । यस समूहका प्राय तरकारीहरुलाइ तालिम तथा काँटछाँटको आबश्यकता पर्दछ । 

कौसीमा फलफूल खेती

परिचय
कौसीमा कमलो फलफूल जस्तै स्ट्रवेरी र कम फैलिने तथा छिटै उत्पादन दिने फलफूलहरु जस्तै कलमी गरि विरुवा तयार गरिएका कागती, मुन्तला, उन्सु सुन्तला, आम्रपाली आँप, मल्लिका आँप, होचा जातका मेवा आदि फलफूलहरुका विरुवालाइ ठुला साइजका गमला, ड्रम आदिमा खेती गर्न सकिन्छ । यसरी खेती गर्दा वेला वेलामा संरचनाहरुको परिवर्तन ( बर्षमा एकपटक साना गमलावाट ठुलामा सार्ने ) आबश्यकता अनुसार तालिम तथा

लहरे तरकारी वाली

परिचय
यस अन्र्तगत काँक्रा, फर्सी, जुकेनी, करेला, घिरौला, लौका, स्कुस, चिचिन्डा आदि जस्ता गर्मी मन पराउने तरकारीहरु पर्दछन् । यस समूहका तरकारीहरुको जरा लामो जाने भएकोले सोही अनुसार संरचना ब्यबस्थापन गर्न जरुरी हुन्छ ।  कोैसी लगायतका स्थानमा कम लहरा जाने तथा छिटै फल दिने जुकेनी तथा हाइब्रिड काँक्रा, घिरौला, करेला र लौका खेती गर्न सकिने तर लहरे वाली खेती गर्दा कौसी वा करेसावारी वा वालको एक कुनामा खेती गर्दा राम्रो हुने । माटो विना पनि यस बर्गका तरकारीहरुको खेती गर्न सकिने ।

कोसे तरकारी वाली

परिचय
यस समूह अन्र्तगत तने वोडी, ध्यु सिमी, बकुल्ला र केराउ पर्दछने । वाली चक्र प्रणाली अनुसार खाद्यतत्व ब्यबस्थापनमा यस बर्गका वालीको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । यस बर्गका प्रायजसो तरकारी वालीलाइ थाँक्रोको आबश्यकता पर्ने हुनाले रेलिंग, पर्खालको छेउ वा कौसीको कुनामा लगाउन उपयुक्त हुने । केराउ तथा बकुल्लालाइ चिसो हावापानी आबश्यक पर्दछ भने अन्यलाइ गर्मी हावापानी आबश्यक पर्दछ ।

केही प्रचलित कोसे तरकारी तथा खेती समय

गानो तरकारी वाली

परिचय
यस समूह अन्र्तगत प्याज , लसुन , लिक आदि पर्दछन् । यस बर्गका तरकारीहरुको चिसो मौसमा खेती गरिन्छ । यिनिहरुलाइ शुरुको समयमा वढी मात्रामा पानीको आबश्यकता पर्दछ । यस बर्गका तरकारीहरु मध्ये प्याजको विरुवा जमाएर खेती गरिन्छ भने लसुन लिक आदिको वीउ रोपेर खेती गरिन्छ ।
 

गानो समूहका केही प्रचलित तरकारी तथा खेती समय

जरे तरकारी वालीहरु

परिचय
यस समूहका तरकारी वालीहरुमा मुला, सलगम, गाजर, चुकन्दर लगायतका जरा तरकारीको रुपमा प्रयोग हुने वालीहरु पर्दछन् । यस समूहका तरकारी वालीहरु जमिन मुनि उत्पादन हुने हुनाले प्रयोग गरिने संरचनामा आबश्यक माटोको ब्यबस्था गर्न जरुरी हुन्छ । यस बर्गका तरकारी वालीहरु हिउँद याममा सफलता पूर्वक खेती गर्न सकिने भएतापनि मुलका केही जातहरु गर्मी समयमा समेत खेती गर्न सकिन्छ तर गर्मी समयमा लगाएको मुलामा
पिरोपनको मात्र वढी हुन्छ । यस बर्गका तरकारीहरुको सोझै वीउ रोपेर खेती गरिन्छ ।

जरे समूहका केही प्रचलित तरकारी तथा खेती समय

सागपातवाली समूह

परिचय
यस समूहमा रायो, चम्सुर, पालुँगो, धनियाँ, स्वीसचार्ड, जिरीको साग लगायतका कमला पातहरु तथा सिंगै कमला वोटहरु काँचो सलादको रुपमा वा पकाइ खान प्रयोग हुने तरकारी वालीहरु पर्दछन् । यस बर्गका तरकारी वालीहरुको खेती चिसो समयमा सफलतापूर्वक गर्न सकिन्छ भने स्वीसचार्ड एकपटक रोपेपछि लामो समय सम्म उत्पादन लिन सकिन्छ । यस समूहमा पर्ने रायो,स्वीसचार्ड,जिरीको साग, सेलरी,पार्सलेको विरुवा नर्सरीमा तयार गरी रोपिन्छ भने धनिया,पाकचोइ, चम्सुर, पालुँगोको वीउ सिधै छरिन्छ ।
सागपातवाली समूहका केही प्रचलित तरकारी तथा खेती समय