कौसी खेतीको लागि वालीको छनौट

कौसी खेतीमा लगाउने बाली छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरु :

  • जरा सकभर कम फैलने खालको तथा जरा कम गहिराईमा सिमित रहने
  • छिटो उत्पादन दिने
  • लामो समयसम्म उत्पादन दिने
  • बोट धेरै नझाङ्गिने

कौसी खेतिका लागि उपयुक्त केही फलफूल तथा तरकारीहरु
खेती गरिने स्थानको हाबापानी तथा उपलब्ध संरचनालाई बिचार गरी कौसीमा निम्न प्रकारका फलफूल तथा तरकारी बालीहरु खेती गर्न सकिन्छ:

तलिका : कौसीमा खेती गर्न सकिने केही फलफूलहरु

फलफूलको प्रकार फलफूल बाली
पतझड फलफूल अंगुर, अंजीर
सदाबहार फलफूल अम्बा, आम्रपाली आँप, मल्लिका आँप (कलमी गरिएका बिरुवा)
सुन्तलाजात फलफूल कागती, मुन्तला, उन्सु सुन्तला, जुनार (कलमी गरिएका बिरुवा)
कमलो फलफूल स्ट्रबेरी


तालिका :  कौसीमा खेती गर्न सकिने केही तरकारीहरु 

तरकारी बाली जात
गोलभेंडा मनप्रेकस, अभिनाश, मनिषा, सृजना,  लगायत सिफारिस गरिएका अन्य  जातहरु
भण्टा पुसा पर्पल लङ, नूर्की, जुम्ली स्थानीय आदि
भेडे खुर्सानी क्यालिफोर्निया वण्डर, बेल बण्डर
खुर्सानी   ज्वाला,कर्मा ७४७,  एन एस १७०१, अकबरे
स्विसचार्ड सुसाग, फोर्ड हुक जायन्ट
रायो      खुमल चौडापात, खुुमल रातोपात, मार्फा चौडापात 
तीते करेला     पुषा दोमौसमी, कोयम्बटुर लङ्ग , पाली आदि
काँक्रो      जापानीज ग्रीन लङ्ग, माइको ग्रीन लङ्ग, भक्तपुरे स्थानिय , मालिनी , निन्जा आदि
लौका      स्थानिय, समर प्रलिफिक लङ्ग , एन एस ४०१
घिरौला     स्थानिय, पुषा चिल्लो, कान्तिपुरे, नारायणी 
जुकेनी     ग्रे कोट, ग्रिनबल,सोण्डो भी आदि
काउली     काठमाण्खडौ लोकल ,खुमल ज्यापू,सिल्भर कप, ह्वाइट कप, स्नो मिस्टिक आदि
बन्दा     टी ६२१, ग्रीन कोरोनेट आदि
ब्राेकाउली     ग्रीन स्प्राउटिङ्ग, प्रिमियम  क्रप आदि
ग्याँठ गोभी     सम्राट, ह्वाइट भियाना,पर्पल भियाना, आदि
सिमी    झाँगे, त्रिशुली (केन्टुकी वण्डर), चौमासे
बोडी मालेपाटन १, मिटर, खुमल तने,आकाश आदि
रामतोरिया    अर्का अनमिका, पार्वती, जुली आदि
प्याज    एग्री फाउन्ड डार्क रेड, रेड क्रियोल,  एन ५३
सलगम     काठमाण्डौ रातो, पर्पल टप
मुला     चलिस दिने, मिनो अर्ली, अल सिजन आदि

यस बाहेक कौसीमा धनिया, ,लसुन, पालुंगो, जिरीको साग आदि जस्ता  तरकारी बाली समेत लगाउन सकिन्छ ।