खाद्यतत्व ब्यबस्थापन

विरुवाका आवश्यक खाद्य तत्वहरुको अभावमा विरुवाले आफ्नो जीवन चक्र पुरा गर्न सक्दैन, एउटा तत्वको अभावमा त्यस तत्वले गर्ने काम अर्को तत्वले गर्न सक्दैनन तथा ति तत्वहरुले विरुवाको वृद्धि तथा विकासमा सोझै असर पार्दछन तसर्थ विरुवाको समूचित खाद्यतत्व ब्यवस्थापनमा सदैव ध्यान दिन जरुरी हुन्छ ।
खाद्यतत्वको वर्गिकरणः
विरुवालाइ आबश्यक खाद्यतत्वको मात्राको आधारमा खाद्यतत्वलाइ निम्नलिखित तहमा बर्गीकरण गरिएको छ; प्राथमिक खाद्य तत्व : कार्वन ,हाइड्रोजन, अक्सिजन जुन हावा तथा पानीवाट प्राप्त हुन्छन् ।
मुख्य तत्व : नाइट्रोजन, फस्फोरस, पोटास जसको लागि रासायनिक तथा प्रांगारिक स्रोतको प्रयोग गर्नु पर्दछ ।
सहायक तत्वः क्याल्सियम, म्याग्नेसियम, सल्फर पोटास जसको लागि रासायनिक ,प्रांगारिक स्रोतको साथै बजारमा उपलब्ध सुक्ष्म तत्वको प्रयोग गर्नु पर्दछ ।
सुक्ष्म तत्व : सुहाग ,जस्ता, म्यागनिज ,मोलिब्डेनम , ताँवा ,क्लोरिन र फलाम पोटास जसको लागि रासायनिक , प्रांगारिक स्रोतको साथै बजारमा उपलब्ध सुक्ष्म तत्वको प्रयोग गर्नु पर्दछ ।